राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलेले राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन ०८४ नपाउञ्जेललाई रहेछ भनि टिप्पणी गर्नुभएको छ ।बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई टुप्पोबाट पलाएको पार्टीको संज्ञा समेत दिनुभयो । उहाँले वामपन्थी तथा लोकतन्त्रवादी सबै पार्टीहरु मिलेर लोकतन्त्र र गणतन्त्र ल्याएपनि नयाँ पार्टीहरु हिरो हुन थालेका बताउनु भयो । उहाँले पुराना पार्टी भ्रष्टाचारी भएका कारण नयाँ पार्टीहरु उफ्रिन पाएका बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘वामपन्थी पनि, लोकतन्त्रवादी पनि सबै मिलेर यो लोकतन्त्र, गणतन्त्र ल्याएको हो । सबैको आ–आफ्नो भुमिका छ । अहिले त टुप्पाबाट पलाएका पो हिरो हुन थाले यहाँ त । लोकतन्त्र, गणतन्त्रका लागि जेल, नेल खाएका, सर्वस्वहरण भएका बिग्रे । भ्रष्टाचारी भए । अब त एक्कासी टुप्पाबाट पलाएका पो उफ्रिएका छन् यहाँ । उहाँहरुले ०८४ भनेको होइन । नपाउञ्जेल रहेछ ०८४ । त्यसकारणले यि नयाँ आएका, टुप्पाबाट पलाएकाको कुरा नगरौँ । जसले लोकतन्त्र, गणतन्त्रको लागि कुरवानी गरे नि, काँग्रेस, एमाले, माओवादी यिनीहरुले त कुरुवानी गरेका हुन् नि । यिनी भ्रष्ट भएर पो मा¥यो त नेपालीलाई ।’
उहाँले सबै पार्टीहरु भ्रष्टाचार गर्ने र कमाउने धन्दामा लाग्दा देशको विकास हुन नसकेको बताउनु भयो ।