नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतमले एमाले फर्कने आफ्नो प्रस्तावमा केपी ओली सकारात्मक नदेखिएको बताउनुभएको छ ।सोमबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले ओलीकै अगाडी आफुले एमाले आउन आतुर रहेको बताएपनि ओलीले भने त्यसलाई गम्भीरतापूर्वक लिएको नदेखिएको बताउनुभएको हो । गौतमले आफ्नो प्रस्तावमा ओलीले अहिले नै पार्टीमा आउनुहोस भन्ने अपेक्षा गरेपनि पार्टीमा आउन चाहने सवैलाई स्वागत छ भनेर आफ्नो प्रस्तावलाई गम्भीर नलिएको महशुस भएको धारणा राख्नुभयो ।एमालेले फर्काउन चाहने हो भने आफु तयार रहेको उहाले बताउनुभयो । पार्टीमा हुने र पार्टीबाहिर हुनेमा धेरै फरक पर्ने भएकाले त्यसलाई महशुस गर्दै आफु एमाले आउन चाहेको उहाको भनाइ छ ।