काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिटिलन नेपालको फ्रेमवर्कलाइ परिमार्जनका लागि समिति गठन गर्नेसम्बन्धी निर्णय गर्नुभएको छ ।सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सुचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानूनी व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रमका रहेका बिषयलाई कार्यान्वयनका लागि डिटिलन नेपालको फ्रेमवर्कलाइ परिमार्जन गर्नुपर्ने भएकाले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सो क्रममा मन्त्री गुरुङले समग्र अध्ययन गरि आवश्यकता आधारमा मन्त्रालयको कामलाई अघि बढाउने धारणा राख्नुभयो ।मन्त्री गुरुङले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
यसअघि उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए।