पुण्यप्रसाद प्रसाईअब हामी थोरै हिन्दु धर्मले बताएको यस ब्रह्माण्डका विविध डाइमेन्सन् अथवा आयामको बारेमा कुरा गरौं । हिन्दु धर्मले यस ब्रह्माण्डमा सात आयाम हुने परिकल्पना गरेको छ । अर्थात् सेभेन डाइमेन्सन तर आज विज्ञानमा स्टिङ थ्योरीमा दश आयाम र अझ बढेर यस ब्रह्माण्डमा २६ आयामसम्म हुन सक्ने परिकल्पना गरिएको छ ।
डाइमेन्सनको बारेमा बुभ्mनुभन्दा पहिला हामी हिन्दु धर्म भित्रका केही कुराहरुको बारे जानकारी लिऊँ त्यसपछि यो डाइमेन्सन बारेमा अलिक स्पष्ट बुझिने छ ।
महाभारतमा अर्जुनका छोरा तथा कृष्णका भाञ्जा अभिमन्युलाई चक्रव्युहमा फसाएर कौरवका सबका सब महारथी मिलेर बध गर्छन् । छोराको मृत्युले अर्जुन बहुत शोकमा पर्छन् । उनी अभिमन्युको हत्याका मुख्य अभियुक्त दुर्योधनका ज्वाइँ जयद्रथलाई भोलिपल्ट सूर्य अस्ताउनु अघि नै मार्ने वाचा लिन्छन् । मार्छन् पनि । त्यहाँ कृष्णले आप्mनो चक्रको सहायताले सूर्यलाई छेलेका छन् केही समयका लागि ।
आप्mनो प्रिय छोराको मृत्युले शोकाकुल अर्जुनलाई एकपटक आप्mनो छोरोलाई भेट्ने तिब्र आकांक्षा हुन्छ । कृष्णले उनलाई सम्झाउँछन् तर उनी मान्दैनन् । र, कृष्णले आप्mनो समय यात्रा अर्थात् टाइम ट्राभल गर्नसक्ने शक्तिको माध्यमबाट उनलाई चन्द्रलोकमा लिएर जान्छन् । वैज्ञानिक हकिङले भविष्यमा टाइम ट्राभल गर्न सकिने कुरा पनि गरेका छन् । अर्थात् मानिस समयको गतिमा हिंड्न सक्छ भन्ने उनको परिकल्पना छ । त्यसका लागि उनले विभिन्न माध्यम सुझाएका छन् जस्तो ब्ल्याक होलको माध्यमबाट, कुनै टाइम मेशिनको आविष्कारबाट, वार्म होलको माध्यमबाट । यहाँ हामी समानान्तर ब्रह्माण्डको कुरा गर्दैछौं त्यसैले समय यात्राको कुरा थाति राखौं ।
जब कृष्ण र अर्जुन समय यात्रा गरेर चन्द्रलोक पुग्छन् । चन्द्रलोक भनेको हाम्रो चन्द्रमा होइन अर्को ब्रह्माण्डको कुरा हो । अर्जुनले अभिमन्युलाई देख्छन् । उनी भाव विह्वल भएर उनलाई भेट्न जान्छन् तर अभिमन्यु उनलाई चिन्दैनन् । ती युवक जो शिकार गरिरहेका हुन्छन् भन्छन्, म चन्द्रको छोरो बर्चा हुँ । अर्जुन छक्क पर्छन् ! तिमी मेरो छोरा हौ भनेर सम्झाउँछन् । तर, बर्चा भन्छन्, म बर्चा हुँ । चन्द्रको छोरो । पृथ्वीमा म के थिएँ त्यसको यहाँ केही मूल्य छैन किनकि यहाँ म अर्जुनको होइन चन्द्रको छोरो हुँ ।
निराश भएर अर्जुन कृष्णसँग फर्किन्छन् । यो कुरा आज विज्ञानले कसरी प्रमाणित गर्न खोजिरहेछ त ? सर्वप्रथम डाइमेन्सन के हो ? यसलाई बुझौं त्यसपछि समानान्तर युनिभर्स बुभ्mन सजिलो हुन्छ । नत्र त महान् धर्म शास्त्रमा लेखेका सबै कुरा अन्धविश्वास मात्र लाग्न सक्छन् । त्यस सम्बन्धमा सोचविचार गर्न मनै लाग्दैन ।
जस्तो तपाईं एउटा बिन्दुको कल्पना गर्नुहोस् । यो विन्दु जिरो डाइमेन्सन हो । यस डाइमेन्सनमा रहने प्राणीले लम्बाइ, चौडाइ, उचाइ, गहिराई केही कुरा पनि बुभ्mन सक्दैन । अर्थात् ऊ हलचल गर्न पनि सक्दैन । एक किसिमले स्थिर अवस्थामा रहन्छ ।
त्यस बिन्दुबाट सिधा अरु बिन्दु बनाउँदै लानुस् । केही पर त्यो एउटा सिधा रेखा बन्छ । त्यो सिधा रेखा फस्ट डाइमेन्सन हो । यसमा लम्बाई मात्र हुन्छ । त्यो फस्ट डाइमेन्सनमा बस्ने प्राणी केवल अगाडि र पछाडि मात्र जान सक्छ । दायाँ बायाँ जान सक्दैन । र, उसले दायाँ बायाँ बारे बुभ्mदा पनि बुझ्दैन ।
अब त्यो रेखालाई सीधा रेखा तानेर चारैतिर जोड्नुस् अनि बन्छ २ डाइमेन्सन । २ डिको तत्व हो लम्बाइ र चौडाइ । २ डिमा प्mल्याट मात्र बन्छ ।
अब उही २ डि फिगरलाई सीधा रेखाले तलमाथि जोडियो भने ट्युब बन्छ अर्थात् ३ डाइमेन्सन फिगर । ३ डिको इलिमेन्टस् हुन्छ, लम्बाइ, चौडाइ, गहिराइ र उचाइ । र, यसमा हुने अर्को मुख्य तत्व हो, स्पेस । हामी ३ डि वल्र्डमा रहन्छौं त्यसैले हामीलाई लम्बाइ चौडाइ, उचाइ र गहिराइको महसुस हुन्छ । र, यो कुरा हामी सहजै बुभ्mछौ पनि । यो थ्रि डाइमेन्सनमा हामी रहन्छौं तर यसको महसुस हामीलाई भइरहेको भने हुँदैन । हामी कुनै पनि म्याटरलाई ३ डि मा नै देखिरहेका भने हुँदैनौं । चश्मा लगाएर हेर्ने ३ डि सिनेमामा हामी सम्पूर्ण ३ डाइमेन्सनको अनुभूत गर्न सक्छौं । जुन सिनेमा हेर्दा हामीलाई लाग्छ वास्तवमै सबै कुरा हाम्रा अगाडि नै भइरहेको छ । शुरुशरुमा यस्तो मुभी हेर्दा त दर्शक आतिन्छ पनि ।
यहाँ एउटा कुरा बुभ्mन जरुरी छ । कुनै पनि डाइमेन्सनको आधार भनेको ० डि नै हो । बिना जिरोको आधार सिधा रेखा अथवा १ डि बन्न सक्दैन । सिधा रेखा बिना २ डि बन्न सक्दैन र २ डि बिना ३ डि अथवा ट्युब बन्न सक्दैन । त्यसो भने चौथो डाइमेन्सन कसरी बन्छ ? पक्कै ३ डाइमेन्सनबाट । र, यो ४ डि के हो ?
४ डाइमेन्सनमा सबै डाइमेन्सनहरु स्पष्ट देखिन्छन् । यसका इलिमेण्टस्मा लम्बाइ चौडाइ, उचाइ गहिराई, स्पेश अर्थात् तिनै डाइमेन्सनका इलिमेण्ट हुनुका साथै चौथो डाइमेन्सनको अर्को मूख्य तत्व हो, टाइम । यो मुभिंग हुन्छ । हामी ३ डि बस्ने भएकाले यसको केवल कल्पना मात्र गर्न सक्छौं । अनुभूत गर्न सक्दैनौ । र, कोही ४ डी मा बस्ने कसैले हामीलाई केही कुरा देखायो या उसको वल्र्डको कुरा बतायो भने हामीलाई विश्वास लाग्दैन । अथवा हामी पत्याउँदैनौ । किन भने त्यसको अनुभूत हामीले कहिल्यै गर्न पाएका हुँदैनौं ।
हामी यसलाई अझ स्पष्ट बुझौं । जस्तो २ डि युनिभर्समा बस्ने कोही प्राणी छन् । २ डि मा बस्नेले लम्बाइ चौडाइ त बुभ्mछ तर उचाइ र गहिराइ देख्दैन । जब २ डि वल्र्डमा बस्ने प्राणीको आकाशमा कुनै एयर क्राप्mट आयो भने उनीहरु त्यसलाई देख्दैनन् । किनकि उनीहरु उचाइ बारे जान्दैनन् । यदि त्यो जहाज उनीहरुको वल्र्डमा आयो भने उनीहरुलाई लाग्छ जादू भयो । अचानक आकाशबाट केही कुरा आयो । तथापि एउटा कुरा हामीले बिर्सनु हुँदैन उनीहरुको वल्र्डमा पनि ती २ डि मा बस्ने प्राणीले त्यो पूरा जहाज देख्दैनन् केवल त्यसको २ डि बेस मात्र देख्छन् । उनीहरुले उचाइ देख्न नसक्ने भएकाले । यदि त्यो जहाज मुभ गर्यो भने उनीहरुलाई त्यो पनि आश्चर्य लाग्छ । अब अर्को उदहरण हेरौं । मानौं त्यो २ डि वल्र्डको प्राणीलाई त्यो थ्री डि वल्र्डको मानिसले माथि लगेर हाइट देखायो । र, त्यहाँका सबै कुरा देखायो । ऊ फर्केर फेरि २ डि वल्र्डमा आयो भने २ डि का प्राणीले उसलाई माथि बाट आएको नदेखेकाले अचानक प्रकट भएको मान्छन् र चकित भएर कता गएको थिइस् र अचानक आइस् भनेर सोध्छन् । उनीहरुलाई ऊ जादूगर जस्तो लाग्छ । जब त्यो २ डि वल्र्डको प्राणीले आपूmले ३ डिमा देखेको कुरा २ डि कालाई भन्छ तब उनीहरु उसको कुरा केही पनि पत्याउँदैनन किनकि उसँग त्यसको प्रमाण २ डि वल्र्डमा उपलब्ध नै हुँदैन । २ डि मा उसले ३ डि मा देखेको इलिमेण्टस् नहुने भएकाले र भए पनि २ डि काले देख्न नसक्ने भएकाले कसैले उसलाई विश्वास गर्दैनन् । अर्कोतिर उनीहरुले उसले भनेको बारेमा कहिल्यै सोचेका हुँदैनन् । नत देखेका नै हुन्छन् । त्यसको प्रमाण नै नभएकाले त्यो मानिस जो उनीहरुलाई ३ डिमा देखेको कुरा सुनाउँछ जोक्कर फाल्तु बन्न सक्छ अथवा पागल । हामी पनि भूतप्रेत र आत्मामा विश्वास गर्दैनौं । हुन्छ कि हुँदैन सधैं तर्क गर्छौं । यसको कारण के हो ? यो हुन पनि सक्छ तर यसको प्रमाण हामी बस्ने ३ डि वल्र्डमा उपलब्ध नै छैन । हो, त्यसैले जसरी हामी २ डि संसारमा ३ डिको वस्तु दर्शाउन सक्दैनौं त्यसै गरी ३ डि मा ४ डि को वस्तु दर्शाउन सकिँदैन । हामी वर्तमानमा अर्थात् यो पलमा बाँचेका हुन्छौं त्यसैले फिजिकल्ली हामी हाम्रो भूत, भविष्य र वर्तमान देख्न सक्दैनौं । तर फोर्थ डाइमेन्सनको मानिसले यो देख्न सक्ने भएकाले ऊ जन्म र मृत्युलाई बुझ्न समर्थ हुन्छ । मृत्यु मृत्यु नभएर एउटा यात्राको प्रक्रिया हो भन्ने कुरा बुभ्mछ । र, अर्को कुरा के चौथो आयामको प्राणीले समय यात्रा, टाइम ट्राभल गर्न सक्छ त ? सक्छ, हुन्छ यसको उत्तर । तर यसका लागि पाँचौं डाइमेन्सनमा पुग्नु पर्छ । समय यात्रा गरेर हामी हाम्रो भूत र भविष्यमा हेर्न मात्र होइन पुग्न सक्छौं । र, भूत र वर्तमान परिवर्तन गर्न समेत सक्छौं । स्टिङ थ्योरी अनुसार यस ब्रह्माण्डमा दश डाइमेन्सन छन् ।
अब यहाँ कृष्णले के गरे ? पहिला त उनले समय यात्रा गराएर अर्जुनलाई पलभरमै अर्को कुनै ग्रहमा पु¥याए । मुख्य कुरा कृष्णलाई सबै डाइमेन्सनहरु बारे ज्ञान थियो । कृष्णलाई आप्mना सबै जन्महरुबारे पनि ज्ञान थियो । समय, स्पेश र ग्राभिटीको बाउन्ड्रीभन्दा उनी पर र स्वतन्त्र थिए । भगवान कृष्णलाई दसै डाइमेन्सन बारे ज्ञात थियो । सबै युनिभर्स बारे पनि । सबै भन्नाले युनिभर्स, मल्टीभर्स देखि ओम्नीभर्ससम्म र, ति कुनै पनि डाइमेन्सको युनिभर्सबाट उनी उर्जा प्राप्त गर्न सक्थे, यदि उनले त्यसको आवश्यकता बोध गरेमा । किनकि उनी परमात्मा थिए र यो हाम्रो ३ डाइमेन्सन वाला ग्रहमा मानिसलाई अर्को डाइमेन्सन बारे ज्ञान दिनका लागि अवतार लिएका थिए । गीतामा कृष्णले अर्जुनलाई आप्mनो विश्वरुप समेत देखाउनु भएको थियो जसको न कुनै शुरुवात थियो न अन्त्य । कृष्णले भन्नु भएको थियो जब यस ब्रह्माण्डमा यी ग्रह, नक्षत्र र ताराहरु, यो आकाश र समय समेत थिएन तब पनि म थिएँ । म नभएको त्यस्तो कुनै काल छैन । यहाँ काल भनेको समय र आकाश भनेको स्पेश हो ।
अर्को ग्रहमा अर्जुनले अभिमन्युको स्वरुप देखे । स्वरुप पनि अर्को होइन त्यही जुन उनको छोरा अभिमन्युको थियो । यसको पुष्टि हिन्दु धर्मको ग्रन्थमा छन् पनि र अर्को ब्रह्माण्डको ग्रहमा अभिमन्यु अर्को भूमिका निभाइरहेको कृष्ण मार्पmत् अर्जुनले आप्mनै आँखाले देख्छन् पनि ।
यस बारे आजको विज्ञान के भन्छ ? त्यस्तो पृथ्वी जस्तै लोक र यहाँको जस्तै प्रतिरुप तर अर्को भूमिकामा त्यो लोकमा कसरी भयो ? यस बारेमा आधुनिक विज्ञान के भन्छ ?
आज केही वैज्ञानिकले प्यारेलाल युनिभर्स अर्थात् समानान्तर ब्रह्माण्डको बारेमा परिकल्पना गरेका छन् ।
सर्वप्रथम १९५४ मा प्रिन्स्टन विश्व विद्यालयका प्रोफेसर ह्युग एडवर्ड द्वितीयले भनेका थिए कि हाम्रो ब्रह्माण्ड जस्तै अरु कैयौ समानान्तर ब्रह्माण्डहरु हुन सक्छन् र ती सबै ब्रह्माण्ड हाम्रो ब्रह्माण्डसँग कुनै न कुनै रुपमा सम्बन्धित रहेका हुन्छन् । हाम्रो ब्रह्माण्डमा अहिले जुन परिस्थिति छ त्यस अर्को ब्रह्माण्डमा हाम्रोभन्दा फरक परिस्थिति पनि हुन सक्छ । जस्तो कुनै ब्रह्माण्डमा अहिले भर्खर डाइनोसरको युग चलिरहेको हुन सक्छ भने हिरोसिमामा खसेको जस्तो अणु बम कुनै अर्को ब्रह्माण्डको ग्रहमा आजभन्दा बीस करोड वर्ष अगाडि नै खसेको पनि हुन सक्छ । पृथ्वी ग्रहमा मानव जाति र अरु प्राणी अणु बम र अरु अनेक खतरनाक वैज्ञानिक प्रयोगको बाबजुद पनि जिवित छौं तर अरु कुनै ब्रह्माण्डको ग्रहमा कुनै सनकी शासकले शक्तिशाली एटम बम हानेर ५० करोड वर्ष अगाडि नै त्यस ग्रहको जीवन समाप्त गरिदिएको होस् । अर्को ब्रह्माण्डमा भौतिकी नियम हाम्रोभन्दा विल्कुलै फरक या विपरीत पनि हुन सक्छ । कुनै ब्रह्माण्डमा हाम्रो जस्तो भौतिक चीजलाई अस्तीत्व नमानेर वेभको आकारले नै सम्पूर्ण कन्सियस अथवा चेतनाको प्रयोग गरिरहेको पनि हुन सक्छ । यो थ्योरी अनुसार हाम्रा कैयौ प्रतिरुपहरु यस ब्रह्माण्डमा हुन सक्छन् र तिनीहरु विभिन्न ब्रह्माण्डमा विभिन्न काम गरिरहेका पनि हुन सक्छन् । कुनै प्रतिरुप अहिले डिनर गरिरहेको त कुनै सुतिरहेको, कतै खेलिरहेको त कतै हिमालको चढाइ गरिरहेको । अर्थात् अहिले हामी जुन पृथ्वीमा जुन जीवन बाँचिरहेका छौं यस्तै पृथ्वी अन्य कैयौ ब्रह्माण्डमा छन् । जहाँ कतै हामी जन्मेका छैनौं, डाइनोसर्स मात्र छन् । कतै हाम्रै अवस्था छ, कतै सातौं शताब्दीको हाम्रो पृथ्वीको जस्तो अवस्था छ । कुनै अर्को ग्रहमा अहिलेको तपाईंं र मेरो प्रतिरुप नै अर्को कुनै व्यवसाय गरिरहेको हुनसक्छ । अथवा म पुण्यप्रसाद प्रसाई यस पृथ्वी ग्रहमा पुस्तक लेख्छु अर्थात् लेखनको व्यवसायमा छु तर अर्को ग्रहमा म अहिले डाक्टर या पप गायकको पेशा गरिरहेको हुन सक्छु । तपाईंंका सपना र आकांक्षाहरु यस पृथ्वीमा पूरा नभएका हुन सक्छन् किनकि तपाईंंलाई कलाकार हुने सपना थियो तर तपाईंं समाज र परिवारको दवावमा आएर इञ्जिनियर बन्नु भयो । तर चिन्ता नलिनुस यस थ्योरी अनुसार तपाईं अर्को ब्रह्माण्डको कुनै ग्रहमा कलाकार नै भएर आप्mनो सपना साकार पारिरहनु भएको हुन सक्छ । तपाईं यस ब्रह्माण्डमा कुनै सुन्दरीलाई प्रेम गर्नुहुन्थ्यो तर उसले तपाईंंको प्रेम अस्वीकार गरी चिन्ता लिनु पर्दैन अर्को ब्रह्माण्डको ग्रहमा तपाईं यस बेला ती सुन्दरीसँग कुनै सुन्दर पार्कमा प्रेमका मिठामिठा भावना साट्दै घुमिरहनु भएको पनि हुन सक्छ । तपाईंं अहिले जे सोचिरहनु भएको छ जस्तो तपाईं यो देशको प्रधानमन्त्री भएको कल्पना गर्नुहुन्छ यो पनि कुनै ब्रह्माण्डको कुनै ग्रहमा भइरहेको हुन सक्छ । कुनै ब्रह्माण्डमा अहिले तपाईं प्रधानमन्त्री हुनु भएको हुन सक्छ भने कुनै ब्रह्माण्डमा तपाईं अहिले भिखारीको जीवन बिताइरहनु भएको पनि हुन सक्छ । यस थ्योरी अनुसार तपाईं अनेक ब्रह्माण्डमा अनेक प्रकारको जीवन बाँचिरहनु भएको हुनसक्छ । यो ब्रह्माण्डमा अहिले तपाईंं मेरो यो लेख पढिरहनु भएको छ तर कुनै ब्रह्माण्डमा तपाईंंले पढिसक्नु भएको छ त कुनै ब्रह्माण्डमा पढ्ने विचार गर्दै हुनुहुन्छ भने कुनै ब्रह्माण्डमा म यो लेख लेख्ने विचार मात्र गरिरहेको पनि हुन सक्छु । अहिले तपाईं जे सोचिरहनु भएको छ या सोचिरहनु भएको छैन त्यो सब यो अनन्त ब्रह्माण्डमा कही न कही संभव भइरहेको हुन सक्छ । यो थ्योरी सुन्दा निकै आनन्ददायक लाग्छ । अचम्म पनि । वैज्ञानिकको अनुसार यी सब जोडिएका समानान्तर युनिभर्सहरु कुनै मल्टिभर्समा जोडिएका हुन सक्छन् । यो मल्टिभर्स युनिभर्समा सारा ब्रह्माण्डहरु साना पानीका फोका जस्ता मात्र छन् जुन पैmलिरहेका छन् अर्थात् एक्सप्याण्डिङ भइरहेका छन् ।
अब यस अनन्त ब्रह्माण्डमा जहाँ कैयौ हामी छौं, त्यहाँ हाम्रो कर्मको के अर्थ हुन सक्छ ? वैज्ञानिकहरु के भन्छन् ? वैज्ञानिकको विचार राख्नुअघि भगवान श्रीकृष्णले भागवत् गीतामा के भन्नु भएको छ एक पटक स्मरण गरौं । गीतामा भगवान कृष्ण भन्नुहुन्छ,
न कर्मणामनारम्भान्नैष्कम्र्यं पुरुषोऽश्नुते ।
न च संन्यसनादेव सिद्धिं समधिगच्छति ।।४।।
न–होइन, कर्मणाम्–नियत कर्म, अनारम्भात्–नगर्नाले, नैष्कम्र्यम्–कर्मबन्धनबाट मुक्त पुरुषः–मनुष्य, अश्नुते–प्राप्त गर्छ, न–होइन, च–पनि, सन्यसनात्–त्यागबाट, एव–केवल, सिद्धिम्–सफलता, समधिगच्छति–प्राप्त गर्छ ।
अनु– मानिस न त कर्मको आरम्भ नगरी निष्कर्मता प्राप्त गर्छ न कर्म त्याग्नाले भगवत्साक्षात्काररूपी सिद्धि प्राप्त गर्छ ।
टिप्पणी– भगवान् अर्जुनलाई कर्ममा फल र आसक्तिको त्याग गर्नका लागि भन्नु हुन्छ ताकि उनी कर्मबन्धनबाट मुक्त हुन सकुन् । अब अर्जुन के सोच्छन् भने यदि उनी कर्म गर्न छोड्छन् भने उनको फल कस्तो हुनेछ र जब कर्मफल नै हुनेछैन तब त्यसको बन्धन कस्तो हुनेछ, अतः कर्मबन्धनबाट मुक्त अति सरल उपाय के हो भने कर्म गर्न छोडिदेऊ । उनको यो भ्रमको निवृत्तिका लागि, श्रीकृष्ण भन्नु हुन्छ, कर्म गर्नु अनिवार्य छ, यसको आवश्यकता एक कर्मयोगीलाई पनि छ र एक ज्ञानयोगीलाई पनि । कर्मयोगको परिपक्व स्थिति योगनिष्ठा अथवा नैष्कम्र्य (निष्कर्मता) हो । यो प्राप्त भएमा साधक समस्त कर्म गरेर पनि त्यसको बन्धनबाट सर्वथा मुक्त रहन्छ, किनकि तब त्यो कर्म अकर्म हुन्छ–त्यसमा फल उत्पन्न गर्ने शक्ति रहँदैन । तर यो स्थितिले उसलाई निष्काम एवं अनासक्त भावले कर्म गर्नाले मिल्छ, कर्म नगरी मिल्न सक्दैन । त्यसैले कर्मबन्धनबाट मुक्त हुने उपाय कर्मत्याग गर्नु होइन, बरु त्यसलाई निरन्तर निष्काम तथा अनासक्तभावले गरिरहनु हो ।
यसै प्रकार ज्ञानयोगको परिपक्व स्थिति ज्ञाननिष्ठा अथवा सिद्धि हो । यो प्राप्त भएमा साधक ब्रह्मभाव प्राप्त गर्छ, उसको दृष्टिमा आत्मा र परमात्मामा कुनै भेद रहँदैन । ऊ स्वयं ब्रह्मरूप हुन्छ तर यो स्थितिले उसलाई निरन्तर गरिने शास्त्रविहिन कर्ममा कर्तापनको अभिमान त्यागेर तथा समस्त भोगमा ममता, आसक्ति एवं कामनाले रहित भएर अनवरत अभिन्नभावले परमात्माको स्वरूपको चिन्तन गर्नाले सिद्ध हुन्छ । कर्मको स्वरूपलाई त्याग गर्नाले मात्र त्यो उसले पाउँदैन, किनकि अहंता, ममता र आसक्तिको नाश नभई साधकको अभिन्नभावले परमात्मामा स्थिर स्थिति हुनसक्दैन । त्यसैले उसका लागि कर्मको स्वरूपतः त्याग गर्नु मुख्य कुरा होइन, भित्री त्याग नै प्रधान हो ।
यसप्रकार कर्मयोगीका लागि कर्तव्य कर्म नगर्नेलाई योगनिष्ठा प्राप्तिमा बाधक र सांख्ययोगीका लागि सिद्धिको प्राप्तिमा केवल स्वरूपबाटै बाहिरी स्तरमा कर्मको त्यागलाई गौण बताएर, भगवान् अब अर्जुनलाई कर्तव्य कर्ममा प्रवृत्त गर्ने उद्देश्यले भिन्न भिन्न कारणले कर्म गर्ने आवश्यकता प्रतिपादित गर्नुहुन्छ । सर्वप्रथम कर्मलाई सर्वथा त्याग्नु मुख्य कुरा होइन, भित्री त्याग नै प्रधान हो । सर्वप्रथम कर्मको त्यागलाई सर्वथा असत्य बताउँदै उहाँ भन्नुहुन्छ–
न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ।।५।।
न–होइन, हि–निश्चय नै, कश्चित्–कुनै, क्षणम्–क्षणमात्र, अपि–पनि, जातु–कुनै कालमा, तिष्ठति–रहन्छ, अकर्म–कृत्–केही नगरी, कार्यते–गर्नका लागि बाध्य हुन्छ, हि–निश्चय नै, अवश–विवश भएर, कर्म–कर्म, सर्व–समस्त, प्रकृति–जैः–प्रकृतिको गुणबाट उत्पन्न, गुणै–गुणद्वारा ।
अनु– निस्सन्देह कुनै पनि मानिस कुनै पनि कालमा क्षणभरको लागि काम नगरी बस्न सक्दैन, किनकि सारा प्राणी समुदाय प्रकृतिबाट उत्पन्न गुणद्वारा जबरजस्ती काम गर्न बाध्य बनाइन्छ–अर्थात् सबै प्राणीले बाध्य भएर काम गर्नु नै पर्छ ।
टिप्पणी– यो कति अकाट्य तथ्य हो जबसम्म शरीर रहन्छ, तबसम्म मानिस प्राणी मात्र नै–आफ्नो प्रकृति अनुसार केही न केही कर्म जस्तो उठ्नु, बस्नु, खानु, पिउनु, सुत्नु, जाग्नु, सोच्नु, मनन गर्नु, सपना देख्नु, ध्यान गर्नु, समाधिस्थ हुनु–गरिरहन्छ ! कुनै पनि मानिस पलभरका लागि पनि स्वरूप (बाहिरी रूपमा) कर्मत्याग गर्नसक्दैन । त्यसको सर्वथा त्याग त उसमा कर्तापनको अथवा ममता, आसक्ति र फलेच्छा त्याग गर्नाले नै सम्भव छ ।
यहाँ प्रकृति शब्दबाट वाच्य समस्त गुण र विकारको समुदायरूप यो जड, दृश्य जगत्को कारणभूता भगवान्को अनादिसिद्ध मूल प्रकृति हो, जसलाई अव्यक्त, अव्याकृत र महद्ब्रह्म पनि भनिन्छ ।
‘कुनै पनि मानिस क्षणभर पनि कर्म नगरी बस्न सक्दैन’– यो भनाइमा यही शंका हुन्छ इन्द्रियको क्रियालाई हठपूर्वक रोकेर पनि मानिस कर्मको त्याग गर्न सक्छ । यो बाहिरी रूपमा इन्द्रियको क्रियाद्वारा त्याग गर्नु कर्मको वास्तविक त्याग होइन । र, निर्दिष्ट कर्म तिम्रो यहाँको सत्यता हो । कृष्ण भन्नु हुन्छ, हे अर्जुन तिम्रा धेरै परिचय भएर पनि क्षत्रिय तिम्रो मूल परिचय हो त्यसैले तिमीले युद्ध गर्नु पर्छ, यो नै तिम्रो सत्य हो ।
अब यो समानान्तर ब्रह्माण्डमा काम अर्थात् कर्मको बारेमा के धारणा बनेको छ हेरौं, जस्तो तपाईंं यहाँ जे क्रिया गर्नुहुन्छ त्यो तपाईंका लागि यहाँ सत्य हुन्छ । अन्य ब्रह्माण्डमा त्यो होइन अरु नै केही सत्य हुन्छ जुन उनीहरु त्यस बखत गर्छन् या मान्छन् । जस्तो तपाईंं अहिले यो लेख पढिरहनु् भएको छ अहिलेका लागि यो तपाईंको सच्चाइ हो । यदि तपाईंले यो बखत यो लेख नपढेर अरु नै केही गर्न पनि सक्नु हुन्थ्यो तर तपाईंले त्यो गर्नु भएन । यस ब्रह्माण्डमा तपाईंले अहिले गरेको कर्मले नै तपाईंको आउनेवाला परिणाम निश्चित गर्छ । यो थ्योरीले भन्छ, जब हामी कुनै कर्म गर्ने निश्चित गर्छौं तब यस ब्रह्माण्डमा कर्मको विभाजन हुन्छ । यो यस बेला पनि हुन्छ जब हामी कर्म गर्दैनौ । कसैले कर्म नगर्नु पनि एक एक्सन नै हो । तपाईंले जीवनमा यस्तो यस्तो खतराको सामना गर्नु हुन्छ, यस्तो कर्म जसले तपाईं मर्न पनि सक्नु हुन्थ्यो तर मर्नु भएन । बाँच्नु भयो तर अर्को ब्रह्माण्डमा तपाईं मरिसक्नु भएको पनि हुन सक्छ । जसरी भगवान् कृष्ण गीतामा कर्म नगर्नु पनि एक प्रकारको कर्म हो भन्नु हुन्छ त्यही कुरा यो थ्योरीले पनि बताउँछ । थ्योरी यस्तो लाग्छ भागवत् गीता र हिन्दु धर्मका वैधिक ग्रन्थबाट अति प्रभावित भएर लेखिएको होस् ।
अर्को कुरा पृथ्वीमा जीवन कसरी भयो भन्ने कुरामा विचार गरौं । जीवनका लागि पानी हुनु अनिवार्य कुरा हो । संसारको रचना त भयो । तर पृथ्वीमा अरबौं वर्षसम्म पनि जीवन थिएन । तब ब्रह्माले पृथ्वीमा गंगा छोड्नु भयो । गंगाको बेग थाम्न पृथ्वीले सक्दिन थिइन् त्यसैले शिवले आप्mनो कपालले गंगाको वेग थाम्नु भयो । र, पानीमा जीवनको शुरुवात भयो ।
यसो सुन्दा यो फिक्सन मात्र हो कि जस्तो त लाग्छ तर आज विज्ञानले के भन्छ त्यसमा विचार गर्नु आवश्यक छ । विज्ञानको एउटा मत छ कुनै पुच्छ«ेतारा पृथ्वीमा ठोकिएर एक भाग अर्थात् एक चौथाइ पृथ्वीको भाग उछिटिएर गयो र चन्द्रमा बन्यो । एउटा मत भन्छ त्यही ठक्करले हाइड्रोजन र अक्सिजनका परमाणुहरु मिले र पानी बन्यो । तर विज्ञानकै अर्को मतले भन्छ, त्यो पुच्छ«ेतारा जुन थियो त्यो बरफको थियो अर्थात् पानीको । र, त्यो पृथ्वीमा ठोकिएपछि स्वभाविक रुपमा तापले पग्लिने मात्र होइन बाफ बन्यो र चिसिएपछि बर्षियो पानी बनेर । अनि हामीले पानी पायौं । यसरी हेर्दा दोस्रो मत र गंगा पृथ्वीमा झर्ने कुरामा मेल खान्छ । जब पानीको पुच्छ«ेतारारुपी गंगा पृथ्वीमा बज्रियो तब त्यसको बेग शिवरुपी ग्राभिटेसनले थाम्यो र त्यसलाई यही रोक्यो । तर पृथ्वीको एक चौथाइ टुक्रा भने उछिटिएर गयो र पृथ्वीको चक्कर लाउन थाल्यो । पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा बन्यो । तर गंगा अर्थात् पानी यही रहिन् र हामीले जीवन पायौं ।
सबै हिन्दुलाई अवतारको बारेमा थाहा छ । बराह अवतारको बारेमा पनि हामीले सुनेका छौं । बराह भगवान विष्णुको अवतार थिए । विष्णु भगवानले यो अवतार लिएर के गर्नु भयो ? पृथ्वी पानीमा डुब्यो । ब्रह्माण्डमा हाहाकार भयो तब बराहले आप्mनो थुतुनोमा पृथ्वीलाई बोकेर पानीबाट बाहिर निकाल्नु भयो । यति हामी सबैलाई थाहा छ । यो थाहा पाएपछि हामी बराह अवतारको बेला कस्तो पृथ्वी बराहले थुतुनोमा बोकेका छन् त्यो हेरौं । कस्तो छ ? चेप्टो ? होइन गोलो । २ सय वर्ष अघिसम्म पश्चिमका मानिसहरु पृथ्वी चेप्टो छ । किनकि गोलो भएको भए त हामी बुङ्ग भुइँमा लड्ने थियौं भन्दै थिए तर हाम्रा हिन्दु धर्ममा महान् ऋषिहरु पानीमा डुबेको गोलो पृथ्वी निकाल्दै थिए अर्थात् हाम्रा महर्षिहरुलाई हजारौं वर्ष अगाडि नै पृथ्वी गोलो छ भन्ने पत्तो थियो । र, त्यसको प्रयोग शब्दमा भयो भूगोल । अर्थात् गोल धर्ति ।
अर्को शब्द जुन हजारौं लाखौं वर्ष पहिला प्रयोगमा आयो जगत । हामी यस ब्रह्माण्डलाई चराचर जगत भन्छौं । जगतको अर्थ जसमा गति छ । जो मुभिङ छ । मतलब यो पृथ्वी चलायमान छ गतिमा छ । र, ब्रह्माण्ड गतिमान छ अर्थात् चराचर । यो स्थिर भएर बसेको छैन । सूर्यले यसको परिक्रमा गर्ने होइन यो आपैंm गतिमा छ भन्ने कुराको प्रमाण हो । र, यो ब्रह्माण्ड एक चक्र हो जुन घुमिरहन्छ । हरेकको जीवन चल्छ । चलायमान छ । चाहे त्यो ससानो कीट होस् या मान्छे, हामी बस्ने पृथ्वी, चन्द्रमा र सूर्य हुन् या ब्रह्माण्ड सबका सब आप्mनो चक्रमा छन् । अर्थात् घुमिरहेका छन् । आज विज्ञान भन्छ, ब्रह्माण्ड गतिमा छ । पैmलिरहेको छ । र, एक दिन यो सारा उर्जा जहाँबाट गएको थियो त्यही एकीकृत हुनेछ । ब्रह्माण्डमा ताराहरु मर्दै जानेछन् र ठूला ठूला ब्ल्याकहोलहरु निर्मित हुँदै जाने छन् । ती ब्ल्याक होलमा जिउँदा ताराहरु र ग्रहहरु पनि मिसिने छन् । ब्ल्याकहोल झन् शक्तिशाली हुँदै जानेछ । त्यसको ग्राभिटेसन पावर बढ्दै जानेछ । क्रमसः ती ब्ल्याकहोलहरु पनि मिल्नेछन् र ब्रह्माण्डमा अकल्पनीय ग्राभिटेसन पावर भएका ब्ल्याकहोलहरु निर्मित हुँदै जानेछ । समयक्रममा आकाश गंगाहरु पनि मिल्ने छन् । अन्ततः ब्ल्याक होलको अद्भूत ग्राभिटेसनका कारणले पूरा आकाश गंगा ब्ल्याक होलमा समेटिने छ । यसरी ब्रह्माण्डका सबै आकाश गंगाहरु ब्ल्याक होलमा परिणत हुने छन् । मिल्की वेका सबै ताराहरु ब्ल्याक होलमा परिणत भएकाले प्रकाश हुनेछैन । ब्ल्याक होलको ग्राभिटेसनले तान्ने छ । ग्राभिटेसनको शक्तिले समय रोकिँदै जानेछ । अन्ततः सबै ब्ल्याक होलहरु मिल्ने छन् अनि यति असीमित आकर्षण शक्ति क्रियट हुनेछ कि म्याटर, समय, प्रकाश र स्पेश केही पनि बाँकी रहने छैन । सबै ब्ल्याक होलले तान्ने छ । यसरी ग्राभिटीको शक्तिले पूरा ब्रह्माण्ड एउटा डट अर्थात् बिन्दुमा परिणत हुने छ । अनि ? अनि एक दिन फेरि ब्याङ । अर्थात् फेरि सृष्टिचक्र शुरु हुनेछ । फेरि समय र स्पेश बन्नेछ । फेरि परमाणु अर्थात् म्याटर बन्ने छ । फेरि ग्रह र ताराहरु बन्न थाल्नेछन् । परिणाम फेरि प्रकाश बन्ने छ । फेरि ग्रहहरुमा एककोषीय जीव बन्ने छन् । फेरि जीवन शुरु हुनेछ । फेरि हामी मानिसहरुको जन्म हुनेछ । फेरि धर्म, विज्ञान र विचारहरु आउने छन् । फेरि हामी तेरो धर्म ठूलो, मेरो विचार ठूलो, मेरो राष्ट्र महान्, मेरो धन, मेरो पद, मेरो पावर भनेर युद्धहरु गर्ने छौं । एकले अर्कालाई मार्नेछौं । केही चेतनशिल मानिसहरुले फेरि खोज शुरु गर्नेछन् । उच्च चेतनास्तर भएकाहरुले ब्रह्माण्डको रहस्य बुभ्mदै जाने छन् । वैज्ञानिकहरु फेरि टेलिस्कोप बनाएर तारा, ग्रह र ब्रह्माण्डको रहस्य बुभ्mने प्रयास शुरु गर्ने छन् । भगवानको अस्तीत्व छ कि छैन भनेर बहस गर्नेछन् । अर्थात् फेरि उही चक्र शुरु हुनेछ । हिन्दु धर्ममा वेद अनुसार यस्तो क्रियसन र प्रलय १४ पटक भइसकेको छ । अर्थात् यो चक्र १४ औं कल्प हो ।
वर्तमान संसारमा जति पनि धर्महरु रहेका छन् ति धर्म एक ज्ञानी व्यक्तित्वको शक्तिशाली उपस्थितिको कारणले शुरु भएका छन् । कुनै पनि धर्मको मूलमा हामी पुग्छौं भने त्यहाँ एक इन्लाइटेन्ट मानिसलाई हामी पाउने छौं । जैन धर्ममा महावीर, बौद्ध धर्ममा सिद्धार्थ गौतम, मुस्लिम धर्ममा मोहम्मद, क्रिश्चियनमा जीसस क्राइष्ट, सिखमा गुरु नानक आदि यसको उदाहरण हो । तर हिन्दु धर्मको विकासक्रम हेर्ने हो भने यो सब हामी पाउँदैनौं । हिन्दुधर्म कोही बुद्धत्व प्राप्त मानिसको केन्द्रमा रहेको छैन । यसको एउटा छुटै विकासक्रम छ । र, यो वैज्ञानिक छ । यो कोही एक व्यक्तिले चलाएको नियम नभएर स्वयम् सर्वशक्तिमान भगवानले ब्रह्माण्डको यो अद्भुत रहस्यको ज्ञान दिन शुरु गर्नु भएको हो । सामाजिक विकासक्रममा सत्यको वास्तविकतामा, सत्यको उद्गममा पुग्नका लागि मानव जातिले गरेको खोजको वैज्ञानिक आधारमा यो धर्म खडा भएको छ । र, त्यसैले यस धर्म भित्र जति पनि मूल्य र मान्यताहरु बन्दै गए त्यसमा वैज्ञानिकता छ । कैयौ ज्ञानी मानिसले त्यस्ता मान्यतामा परीक्षण गरेपछि र ती परीक्षणहरु प्रमाणित भएपछि समाजमा ती नियम र प्रथाका रुपमा विकसित भएका छन् । त्यस्तो खोज र अनुसन्धान यस धर्ममा ऋषिहरुले गर्ने गर्थे । ऋषि भन्नाले आविष्कारक । अग्रेजीमा साइन्टिस्ट । जसले खोज अनुसन्धान गर्छ । जो सिकर हो ऊ नै हिन्दु धर्ममा ऋषि हो । हजारौं वर्ष यस्तै ऋषिहरुले जीवन र जगतका बारेमा अनुसन्धान र खोज गरेपछि एउटा मूल्य र मान्यता स्थापित भयो । त्यो सनातन संस्कार नै हिन्दुधर्म हो । र, यो खोज र अनुसन्धान गर्दा तिनै ऋषिमुनिहरुले लेखेका ग्रन्थहरु यस धर्मका धार्मिक शास्त्र हुन् । नीहित स्वार्थ पूर्तिका लागि लेखिएका केही धार्मिक शास्त्रलाई नजरअन्दाज गर्ने हो भने हिन्दु धर्मका धेरै यस्ता ग्रन्थ छन् जुन लामो अनुसन्धान पश्चात प्रकाशित भएका छन् । हिन्दु धर्मको जग निकै नै बलियो छ । आज संसारमा जुन ज्ञान विज्ञान उच्चतम् अवस्थामा छ त्यसको आधार यिनै हिन्दुधर्मका शास्त्रहरु नै हुन् । हिन्दु धर्मले आज विज्ञानले खोजें भनेको हिग्स बोसन जसलाई आज वैज्ञानिक गड पार्टिकल्स भन्न मनपराउँछन् त्यसको उत्तर समेत हिन्दु धर्मका ग्रन्थले आजभन्दा हजारौं वर्ष पहिला दिइसकेको छ ।
हिन्दु धर्म भित्रको वैज्ञानिकताको कुरा गर्दा हामीले यसको भाषामा पनि ध्यान दिनुपर्ने हुन्छ । यो धर्मसँगै प्रचलनमा आएको भाषा संस्कृत र लिपि देवनागरी हो । लिपि जसमा भाषा लेखिन्छ । यस धराको सबैभन्दा पहिलो मानवले बोलेको भाषा र लिपि यिनै हुन् । विश्वको सबैभन्दा पुरानो लिपि देवनागरी लिपि हो । दवनागरी लिपिभन्दा भन्दा पनि पहिला हिन्दु धर्ममा अर्को पनि लिपि थियो जसलाई भ्रामी लिपि भनिन्थ्यो जुन अहिले लोप हुन गएको छ । भ्रामी लिपि त्यति नै पुरानो हो जति पुरानो छ हाम्रो पृथ्वी । अर्थात् भ्रामी लिपि २ अरब वर्ष पुरानो हो । र, यसबाट हामी के बुभ्mछौं भने लेख्ने कला पनि यही सनातन हिन्दु धर्मबाट भयो । किनकि पहिलो लिपि बनेपछि नै लेख्न सकिन्थ्यो र लिपि यहीं बनेको थियो । हिन्दु सभ्यताबाट लेख्ने कला चिनमा गयो । चिनका वैज्ञानिक पनि यो कुरा मान्छन् । चिनका ऋषिमुनि अर्थात् भनौं वैज्ञानिकहरु जब सनातन हिन्दु सभ्यताको बारेमा बुभ्mन आए उनीहरुले यहाँ लिपिको आविष्कार भएको देखे र उता गएर उनीहरुले आप्mनो लिपिको आविष्कार गरे । अर्थात् संसारलाई लेख्न यही सनातन हिन्दु धर्मले सिकायो । लेख्न मात्र होइन बोल्न पनि यही सनातन हिन्दु धर्मले नै सिकाएको हो संसारलाई । कसरी ? झट्ट सुन्दा हामीलाई विश्वास नलाग्न सक्छ तर यो पनि सत्य हो ।
संसारमा जति पनि मूल भाषा छन् भन्नाले विशिष्ठ भाषा जस्तो जर्मन, फ्रेञ्च, डच, इटालियन, पोर्चुगिज, स्पेनिस, रसियन, डेनिस जति पनि छन् । यहाँ अंग्रेजीलाई विशिष्ठ भाषाको रुपमा नराखिएको हो किनकि यो मूल भाषा होइन । यो दोस्रोको नक्कल अर्थात् मिश्रित भाषा हो । सामान्य भाषा हो ।
यी विशिष्ठ जर्मन, फ्रेञ्च, डच, इटालियन, पोर्चुगिज, स्पेनिस रसियन, डेनिस भाषाका वैज्ञानिक छन् उनीहरु सबै के मान्न तयार छन् भने उनीहरुको भाषाको उत्पति संस्कृतबाट भएको हो ।
जर्मनहरु यो कुरा गहिराइबाटै सहर्ष स्वीकार गर्छन्, हामी पनि आर्य हौं । जर्मन सरकार त संस्कृत भाषामा कति अनुगृहित छ भने संस्कृतप्रति उसको कति धेरै प्रेम रहेको छ भने उसले आप्mनो सरकारी हवाइसेवा जुन उनीहरुको सबैभन्दा ठूलो हवाइसेवा हो त्यसको नाम नै संस्कृतमा राखेको छ लुप्mतहंसा ीगातजबलकब । यसको बारेमा जान्ने जर्मन विशेषज्ञलाई सोध्ने हो भने उनीहरुले यसको जवाफ पनि दिन्छन् । भन्छन्, यो एउटा हाँस हो जुन अहिले लोप भइसकेको छ । लोप भएको हाँस लुप्mत हंस ।
भारतपछि सबैभन्दा बढी संस्कृत भाषामा पैसा खर्च गर्ने देश पनि हो, जर्मनी । र, आज जर्मनीमा एक विश्वविद्यालय संस्कृत साहित्यका लागि समर्पित गरेको छ । अर्थात् जुन विश्वविद्यालय संस्कृति साहित्य पढ्नका लागि हो । हिन्दु धर्मका महर्षिको नाममा उसले विश्वविद्यालयमा एक विभाग नै बनाएको छ । हिन्दु धर्ममा चिकित्सा क्षेत्रमा एक महान्् दार्शनिक चरकको नाममा उसले चर्कोलोजी विभाग बनाएको छ । चरक उनीहरुले यिनै महर्षिको नामबाट लियो र त्यसमा अंग्रेजीको लोजी थपेर चर्कोलोजी विभाग बनायो । याने चिकित्सा विभाग ।
संस्कृत भाषाको बारेमा अरु केही महत्वपूर्ण कुरा पनि यहाँ म बताउन चाहन्छु । भर्खरै नासाले एउटा ठूलो अनुसन्धान गरेको छ । जसमा प्राय सबै वैज्ञानिकको मान्यता छ, कम्प्युटर चलाउनका लागि सबैभन्दा सरल भाषा संस्कृत हो । कम्प्युटर चलाउनका लागि केही सिद्धान्तहरु हुन्छ जसलाई एल्गोर्दिम्स् भनिन्छ । कम्प्युटर चलाउनका लागि आजसम्म विश्वमा सबैभन्दा राम्रो एल्गोर्दिम्स कुनै भाषामा बनेको छ भने त्यो अंग्रेजीमा नभएर संस्कृतमा बनेको छ । जुन सुपर कम्प्युटरको योजना बनेको छ, जुन सन २०२५ मा रिलिज हुने वाला छ त्यसमा यो संस्कृत भाषाको एल्गोर्दिम्स प्रयोगमा आउने छ । जसले फेरि विश्वमा यो भाषाको विकास तिब्र रुपमा हुनेछ । दुनियाँमा यसको एल्गोर्दिम छाउने छ । संस्कृत भाषालाई कम्प्युटर फेमिलिएर भाषा हो भनेर नासाले प्रमाणित समेत गरेको छ ।
अब प्रश्न उठ्छ किन यसरी संस्कृत भाषाको महत्व हुन आएको हो ? यसमा केही कारण छन् । संस्कृत भाषाका वैज्ञानिक महर्षि पाणिनीले यसको व्याकरणको रचना कति पक्का किसिमको गरेका छन् भने त्यसमा आजसम्ममा एउटा कमा पनि फेरबदल गर्नुपर्ने आवश्यकता देखिँदैन । कति पक्का छ भने महर्षि पाणिनीको सूत्र जुन हजारौं लाखौं वर्ष पुरानो छ । र, यो लाखौं वर्ष पहिला जे थियो त्यो आज एकाइसौं शताब्दीमा पनि उतिकै सत्य छ । उत्तिकै पक्का छ र लाखौं वर्षपछि पनि उतिकै पक्का रहने निश्चित छ । यसमा फेरबदल गर्नु पर्ने कुनै आवश्यकता छैन । दुनियाँको सबै भाषामा समयसँगै फेरबदल हुन्छ र भइरहेको छ । तर संस्कृतमा यस्तो फेरबदलको कुनै आवश्यकता छैन ।
जर्मन र फ्रेञ्चले आप्mनो भाषाको निर्माणमा संस्कृतको नै आधार दिएका छन् । तपाईंले यी भाषा पढ्नु भएको भए थाहा हुन्छ यी भाषामा धातु रुप र शब्द रुप हुन्छ । र, यो संस्कृत भाषामा जस्तै हुन्छ । संसारका अरु ५६ भन्दा बढी भाषाको निर्माण प्रक्रिया संस्कृत भाषाको जस्तै रहेको छ । थोरै मात्र फरक हुन्छ । यो फरक पनि किन राखिएको छ भने ती भाषाका वैज्ञानिकहरु भन्छन्, थोरै फरक होस् संस्कृत भाषाभन्दा ताकि संस्कृत जस्तो नलागोस् । समयको अन्तरालमा यो फरकपना पनि मेटिँदै जाने पक्का छ । नमेटिए पनि जननी त संस्कृत भाषा नै हो ।
संस्कृत भाषाको अर्को मुख्य विशेषता यस भाषामा विश्वका अरु कुनै पनि भाषामा भन्दा धेरै शब्दभण्डार छ । अहिले विश्वमा सबैभन्दा बढी बोलिने भाषा जस्तो चाइनिज, अंग्रेजी, रसियन, फ्रेञ्च भाषामा भन्दा संस्कृतमा लाखौंको संख्यामा शब्दहरु बढी रहेका छन् । पाणिनी जुन बेला संस्कृतको ग्राामर बनाएदेखि अहिलेसम्म वैदिक ग्रन्थमा, साहित्य र बोलचालको माध्यबाट जति शब्दको प्रयोग भइसकेको छ त्यो सुन्दा हामी पक्कै चकित हुनेछौंं । त्यसो भए कति शब्द अहिलेसम्म आयो होला त ? १०२ अरब ७८ करोड पचास लाख शब्दको प्रयोग भइसकेको छ । र, वैज्ञानिकको भनाइ छ यदि यही रुपमा संस्कृत भाषाको शब्दहरु अरु १००, २०० वर्ष प्रयोग भइरहने हो भने यति नै शब्दहरु अरु थपिने छन् र नासाको अनुसन्धानले जे देखाएको छ त्यही अनुसार सर्वसाधारणले दैनिक प्रयोग गर्ने कम्प्युटरमा जब यो भाषा आउने छ, तब संस्कृत कम्प्युटरको भाषा हुनेछ तब अरु १, २ सय वर्षमा यति नै शब्द प्रयोगमा आउने छन् । यसलाई अनन्त शब्द भण्डार भनिन्छ । र, यो सब पाणिनीले सिकाए अनुसार पढ्ने हो भने यो सबै शब्द तीन वर्षमा कोही सामान्य मानिसले सिक्न सक्छ भन्ने मान्यता वैज्ञानिकको रहेको छ ।
अर्को महत्वपूर्ण कुरा संसारमा सबैभन्दा संक्षिप्त रुपमा भन्न सकिने भाषा पनि संस्कृत नै हो । कुनै वाक्य एक पेजको छ भने वा आधा पेजको छ भने पनि संस्कृत भाषाको माध्यमबाट त्यसलाई केही पनि कुरा नछाुटाइकन एकदमै संक्षेपमा भन्न सकिन्छ जुन अरु कुनै भाषामा संभव छैन ।
संस्कृत भाषाको वैज्ञानिक आधार पछि अब हामी हिन्दु धर्मले जीवन मन्त्रको रुपमा प्रयोग गर्ने गरेको ॐ शब्दको जप भित्रको विज्ञान हेरौं । पहिला त हिन्दु धर्ममा मानिन्छ कि ॐ ब्रह्माण्डको शून्यतामा गुञ्जयमान छ । अर्थात् जुन बेला म्याटर, समय, स्पेश र उर्जा केही पनि थिएन त्यस बेला यस ब्रह्माण्डमा यही शब्द ॐ मात्र गुञ्जिन्थ्यो किनकि सर्वशक्तिमान भगवान ध्यानमा हुनुहुन्थ्यो । अर्थात् यो शून्यताको ध्वनि हो । भगवानको ध्वनि । दोस्रो पक्ष यस पृथ्वीमा मानिसले सबैभन्दा पहिला सिकेको ध्वनि र शब्द पनि यही हो । यति कारणले मात्र हिन्दु धर्ममा यसको महत्व भएको होइन । कारण छ । यस शब्दमा तीन सिलेबस छन् । ती अक्षर अ, उ र म हुन् । ॐ को उच्चारण गर्दा पहिला अ ले पेट वरपरको क्षेत्र भाइब्रेट हुन्छ । पेट जहाँ सबै किसिमको उर्जा बन्छ । दास्रो उ ले छाती भाइब्रेट हुन्छ र म ले टाउको । यसरी यो ॐ उच्चारण गर्दा सम्पूर्ण शरीर भाइब्रेट हुन्छ । शरीरमा जुन भाइब्रेसन हुन्छ त्यसले मानिसलाई उर्जावान बनाउँछ । यसले उर्जालाई तलबाट माथितिर उठाउँछ ।
हामीले कोलम्बस र भास्को डि गामाको बारेमा सुनेका छौं । यिनीहरु दुवै इण्डियाको खोजीमा निस्केका थिए । कोलम्बस भारत खोज्न जाँदा अमेरिका पुगे । उनले सोचे यही भारत हो र उनीहरुको नाम रह्यो रेड इण्डियन । यता भास्को डि गामा अफ्रिकाको सागर तट हुँदै भारत आए । भास्को डि गामा इण्डियाको खोजमा निस्कँदा उनले युरोपको सबैभन्दा राम्रो र ठूलो पानी जहाज लिएर आएका थिए । जब भास्को डि गामा भारत गुजरातमा आए तब उनलाई रिसिभ गर्न गुजरातबाट एक काना नामको व्यक्ति समुद्रमा गए । र, ति कानाको जहाज त्यो बेला भास्को डि गामाको भन्दा १० गुणा ठूलो थियो । त्यो जहाज देखेर भाष्को डि गामा आश्चर्य चकित भए । तर तपाईंंले आश्चर्य नमान्दा हुन्छ किनकि हिन्दु धर्ममा विज्ञान धेरै माथि थियो । अमेजिंग टेक्नोलोजीको विकास भएको थियो ।
हिन्दु धर्ममा विज्ञान भनेपछि श्रीरामले लंका जान समुद्रमा बनाएको पुल, सेतुको पनि चर्चा गरिनु पर्छ । भर्खरै नासाले एउटा खोज गरेको छ, श्रीरामले लंका जान बनाएको त्यही पुलका बारे । त्यो पुल पाँच लाख तेह्र हजार वर्ष पुरानो भनेर नासाले प्रमाणित पनि गरिसकेको छ । यस पुलको इञ्जिनियरिंग आजभोलिका निर्माण वैज्ञानिकले पनि अति उत्तम भनेका छन् । पहिलो कुरा त समुद्रमा जहाँ कति ठाउँको गहिराइसमेत मापन गर्न सकिंदैन त्यस्तो ठाउँमा त्यति लामो पुल बनाउनु यसै पनि आश्चर्यको कुरा हो । र, अर्को कुरा पुल आजसम्म अस्तित्वमा हुनु अर्को आश्चर्यको कुरा हो । यो पुल सिधा नभएर अंग्रेजी अक्षर श् को आकारमा बनाइएको छ । सिधा नबनाएर यसरी श् आकारमा बढी समय र म्यानपावर लगाएर बनाउनुको के कारण हुन सक्ला ? वैज्ञानिक भन्छन्, सिधा पुल बनाएको भए समुद्रमा बारम्बार उठिरहने छालको कारणले लंका जितेर फर्कनु अघि नै पुल भत्किन सक्थ्यो । नभत्के पनि पानीको प्रेसरको कारण लामो समयसम्म प्रयोग गर्न सकिँदैन थियो । त्यो पुल पछि सर्वसाधारणले प्रयोग गर्ने अवसर नै पाउँदैन थिए । तर पछि सयौं वर्षसम्म लंकाका जनताले भारतमा व्यापार गर्न यो पुलको प्रयोग गर्न सकुन् भनेर लामो समय टिकाउने उद्देश्यले यसरी बनाइयो । श् आकारमा बनाएकाले पानीको जुन प्रवाह हुन्छ त्यसको दवाव एक ठाउँमा मात्र नपरेर छरिने भएकाले पुल लामो समयसम्म टिक्ने भयो ।
यस्तो जटिल पुलका आविष्कारक नल र नील थिए । उनीहरुलाई रामले पुलको नक्सा मागेर पुलको बारेमा बुझेका थिए । उनीहरुले पुलको वशेषता बताउँदै भनेका थिए, यो पुलबाट हामी जान सक्छौं तर शत्रुको सेना आउन सक्दैन ।
कसरी ? रामले सोधेका थिए ।
नल र नीलले भनेका थिए, हाम्रो सेनामा बाँदर छन् । बाँदर हलुका हुन्छन् । उनीहरु चार पाउले टेक्छन् र औंला मात्र टेकेर बडो हल्का तरिकाले जम्प हानेर पारी तर्छन् तर मान्छेको सेनाको भार यस पुलले थेग्न सक्दैन । डुब्छ । र, यो पुल आवश्यकता अनुसार श्रीरामले मात्र आप्mनो वाण हानेर भत्काउन सक्नु हुन्छ ।
यो कसरी ? रामले प्रश्न गर्नु भएको थियो ।
उनीहरुको जवाफ थियो, हामीले यो पुल यस्तो रसायन राखेर बनाएका छौं जुन रसायन तपाईंंको वाणमा लाएको रसायनले मात्र खुस्काउन सक्छ ।
उस बेला हरेकले आप्mनो बाणमा रसायन राखेका हुन्थे । रामको वाणमा राखिने रसायन बारे नल र नीललाई थाहा थियो । पछि अयोध्या फर्किने बेलामा रामले विभिषणलाई उक्त वाण दिनु भएको थियो ताकि लंकाका जनताको आवश्यकता अनुसार विभिषणले पुलको प्रयोग गरुन् र आवश्यक नभए भत्काउन् । यो पुलको सबैभन्दा नपत्यारिलो कुरा मानिसले पुलमा प्रयोग गरेको ढुंगामा थियो । यो पुलमा प्रयोग गरिएका ढुंगा पानीमा तैरिने भनेर रामायण र राम चरित्र मानसमा लेखिएकाले सबैलाई यो एक फिक्सन सिवाय केही होइन भन्ने लाग्थ्यो तर अब त्यो पनि रहस्य रहेन किनकि वैज्ञानिकहरुको मान्यता छ ब्युमाइस पत्थर पानीमा नडुबेर तैरिने गर्छ । भनिन्छ यो पत्थर ज्वालामुखिको लाभाबाट आकार लिएर बन्ने गर्छ । लाभा वातावरणमा आउन साथ मतलब त्यो तातो लाभा चिसोमा आउनसाथ चिसोमा मिल्नासाथ यसमा एक प्रकारको प्वाल बन्छ । त्यो प्वालमा हावा भरिन्छ र त्यसलाई स्पञ्जी बनाउँछ । त्यस बेलाका इञ्जिनियर नल र नीललाई यो ज्ञान थियो जसका कारण उनीहरुले समुद्रमा तैरिने पुल निर्माण गर्न सके । विस्तारै समयको अन्तरालमा त्यो पत्थरमा रहेको हावायुक्त छिद्रमा पानी भरिन थाल्छ र पत्थर डुब्छ । त्यसैले कालान्तरमा त्यो पुल डुब्यो ।