बल्ल पत्ता लाग्यो भुईबाट उठेर अति छिटो सम्पत्ति कमाउने अति गोप्य नियम, धनले तपाईंलाई खोज्दैछ नलुक्नुस्, यति पढौंनियम १
सबैले पैसा कमाउन सक्छन्, धनले भेदभाव गर्दैन
धनको बारेमा रहेको एउटा राम्रो कुरा यो हो कि यसले साँच्चै कसैलाई भेदभाव गर्दैन । तपाईंंको रंग या जाति के हो, तपाईंं कुन वर्गको हो, तपाईंंका आमाबाबु के गर्थे या तपाईंको आप्mनो बारेमा के विचार छ भन्ने जस्ता कुराको यसले वास्ता गर्दैन । हरदिन खाली स्लेटबाट शुरु हुन्छ । यसले कुनै फरक पार्दैन कि बितेका दिनमा तपाईंंले के गर्नुभएको थियो । हरेक दिन नयाँ हुन्छ । तपाईंंसँग पनि अरुमा जति नै अधिकार र अवसर छन् । तपाईंं धनको भण्डारबाट जति चाहनुहुन्छ उति लिन सक्नुहुन्छ । तपाईंंलाई एकमात्र कुराले रोक्छ, त्यो हो तपाईंं आफैं र धनको बारेमा तपाईंंको मिथ्याधारणा ।
दुनियाँका सबै मानिससँग त्यति नै धन हुन्छ, जति उनीहरुले भण्डारबाट लिन्छन् । योदेखि बाहेक अरु भन्न नै के सकिन्छ र ? यस्तो कुनै तरिका छैन जसबाट यो थाहा पाउन सकियोस् कि पैसा कोसँग छ, ऊ कति पढेलेखेको मानिस हो, उसको महत्वाकांक्षा के हो या ऊ कुन वर्गको हो । पैसाको कान, आँखा या इन्द्रिय हुँदैन । यो त उपयोग या खर्च गर्नको लागि हुन्छ । बचाउन र लगानी गर्नको लागि हुन्छ । लडाउन या लोभ्याउन र मेहनत गराउनको लागि हुँदैन । योसँग भेदभावको कुनै मेशिन हुँदैन, त्यसैले यसले निर्णय गर्न सक्दैन कि तपाईंं यसको हकदार हो कि होइन ।
मैले धेरै धनी मानिसहरुलाई नजिकबाट नियालेको छु । उनीहरु सबैमा यही एउटा समानता हुन्छ त्यो हो, यो नियमको खेलाडी हुनु । यस बाहेक उनीहरुमा कुनै समानता छैन । धनी मानिसहरु अलग–अलग किसिमका हुन्छन्, जो मानिस धनी हुने सम्भावना एकदमै कम हुन्छ, ऊ नै धेरै धनी हुनसक्छ । ऊ सभ्यदेखि असभ्यसम्म हुनसक्छ, बुद्धिमानदेखि लिएर मूर्खसम्म हुनसक्छ, योग्यदेखि लिएर अयोग्यसम्म हुनसक्छ । सबै धनी मानिसले पाइला अगाडि सार्दै भन्ने गर्छन्, “हो, म धनको भण्डारमा आप्mनो भाग चाहन्छु ।” तर गरिब मानिसहरु भन्ने गर्छन्, “होइन मलाई चाहिदैन, म यसको लागि योग्य छैन । म यसको हकदार होइन । म यति लिन सक्दिन । मलाई धन चाहिदैन ।”
यो पुस्तक यसै विषयमा छ । यो पुस्तकले धन र धनी मानिसप्रति तपाईंंले हेर्ने दृष्टिकोणलाई चुनौती दिनेछ । हामी सबै मान्छौं गरीब मानिसहरु आप्mनो परिस्थिति, पृष्ठभूमि, वातावरण, लालन–पालनको कारण गरीब हुन्छन् । तर तपाईंंसँग यो किताब किन्ने पैसा छ र तपाईं यो दुनियाँमा तुलनात्मक सुरक्षा र आरामले बस्न चाहनुहुन्छ भने तपाईंंसँग पनि धनी बन्ने सामथ्र्य छ । यो मुश्किल हुनसक्छ, यो कठिन हुनसक्छ, तर यो गर्न सकिन्छ । यो नै पहिलो नियम हो–जो पनि धनी बन्न सक्छ, तपाईंंले बस धनी बन्ने संकल्प लिनु पर्नेछ र मेहनतको साथ काममा जुट्नु पर्नेछ । बाँकी सबै नियम उज्वलताको बारेमा छन् ।नियम २
धनको बारेमा आप्mनो परिभाषा निश्चित गर्नुस्
तपाईंको लागि धन के हो ? यदि तपाईं धनी बन्न लागिरहनु भएको छ भने सबैभन्दा पहिला तपाईंंले यो प्रश्नको जवाफ खोज्नु पर्नेछ । मैले देखेको छु धनी मानिसहरु धनी बन्नु अगाडि नै धनको परिभाषा सदैव निश्चित गर्छन् । उनीहरुलाई राम्रोसँग थाहा हुन्छ उनीहरुको दृष्टिकोणमा धनको अर्थ के हो ।
मेरो एउटा धनी र उदार साथी छ । ऊ भन्ने गर्छ, धेरै अगाडि उसको बिजनेस शुरु गर्दाको समयमा नै उसले आफूलाई कति बेला धनी मान्ने भनेर निश्चित गरेको थियो । उसले संकल्प ग¥यो जबसम्म ऊ आफूले जम्मा गरेको धन नै खर्च गरिरहेको हुनेछ (जसलाई हामी पूँजी भन्छौं) तबसम्म ऊ आफैंलाई धनी मान्नेछैन, जब ऊ आप्mनो पूँजीबाट मिल्ने ब्याजको पनि ब्याजले खर्च चलाउन थाल्नेछ तबमात्र आफूलाई धनी मान्नेछ । मलाई त यो परिभाषा धेरै राम्रो लाग्यो ।
त्यो साथीलाई राम्ररी थाहा हुन्छ कि हरेक घण्टा उसले ब्याजको ब्याज कति पाइरहेको छ । साँझ जब कोही डिनर गर्न जान्छ तब उसलाई थाहा हुन्छ डिनरको लागि कति खर्च लाग्नेछ, डिनरको अवधिमा उसले कति ब्याज कमायो । ऊ भन्छ, यदि खर्चभन्दा ब्याज धेरै भएमा ऊ खुशी हुन्छ ।
तपाईंंलाई लाग्ला यो धनको उच्च परिभाषा हो । सायद तपाईंं धनको परिभाषा यति उच्च निश्चित गर्न चाहनुहुन्न । अवश्य नै यसमा कुनै नराम्रो छैन । तपाईंं निश्चित धनराशिलाई धनको आधार बनाउन सक्नुहुन्छ । उहिले सबै मानिस मिलेनियर बन्न चाहन्थे । यो समयमा यो सजिलै थाहा पाउन सकिन्छ कि तपाईंं लक्ष्यसम्म पुग्नु भयो या भएन । आजको मितिमा धेरै मानिसहरुको घरको मूल्य मिलियनभन्दा बढी हुन्छ तर उनीहरु आफूलाई धनी मान्दैनन् । उनीहरुले अझैसम्म आफूलाई आप्mनो स्थितिभन्दा माथि उठाएर बिलेनियरसम्म बनाउने साहस जुटाउन सकेनन् ।
तुलनाको लागि म तपाईंंलाई आप्mनो परिभाषा बताउँछुः मसँग यति हुनुपर्छ कि मैले पर्याप्त पैसा हुने बारेमा चिन्ता गर्नु नपरोस् । पर्याप्त पैसा अर्थात् कति ? मलाई कहिल्यै थाहा हुँदैन । सधैं यो कुराको चिन्ता लागिरहेको हुन्छ, सधैं खर्च धेरै भइरहेको छ र आम्दानी कम । तर गम्भीरताले भन्ने हो भने मलाई लाग्छ कि जबदेखि मैले एक पाउण्डको साटो हजारौं गन्न थालें तबदेखि मलाई आनन्द छ । म जान्दछु कि मैले कति पाएँ, मलाई कतिको आवश्यकता छ र म कति खर्च गर्न सक्छु ।
केही मानिसले पैसाको चिन्ता नगर्नुको अर्थ हो, उसको परिवारमा आपतकालीन स्थितिको सामना गर्नको लागि पर्याप्त पैसा हुनु । तब तपाईंं यसलाई कसरी परिभाषित गर्नुहुन्छ ? आप्mनो कारको संख्याले ? नोकरको संख्याले ? बैंक ब्यालेन्सले ? आप्mनो घरको मूल्यले ? लगानीको पोर्टफोलियोले ? स्पष्ट छ कुनै पनि जवाफ सही र गलत छैन, तर मलाई यो लाग्छ कि जबसम्म तपाईंंले धनको परिभाषा निश्चित गर्नुहुन्न तबसम्म तपाईंं अगाडि बढ्नुहुन्न । यदि हामीसँग कुनै लक्ष्य छैन भने हामी निशाना साध्न सक्दैनौं । यदि हामीसँग कुनै लक्ष्य नै छैन भने हामी घर बाहिर निस्कन सक्दैनौं, हामी घण्टौंसम्म घुमिरहन्छौं । यदि हामीसँग धनको परिभाषा छैन भने हामी आप्mनो सफलताको जाँच या मूल्यांकन कसरी गर्न सक्छौं ? यदि हामीले यस्तो गरेनौं भने हामी यो कसरी थाहा पाउँछौ कि यो पुस्तक हाम्रो लागि कतिको उपयोगी साबित भयो ?
नियम ३
आप्mनो लक्ष्य निर्धारण गर्नुस्
धनको परिभाषा निर्धारण गरिसकेपछि अब तपाईंंसँग एउटा उद्देश्य हुनुपर्छ, आप्mनो लक्ष्य निर्धारण गर्नु र त्यो लक्ष्यसम्म पुग्ने टायमटेबल बनाउनु । यो धेरै सजिलो छ । तपाईंं कार चढेर कतै जान लागिरहनु भएको छ, तपाईं कति बेला बाहिर निस्कनु हुन्छ भन्ने कुरा तपाईंंलाई थाहा छ भने यो तपाईंंको बुद्धिमानी हो । घर बाहिर निस्कनु अगाडि ध्यान दिनुपर्ने कुराहरु–
तपाईंं कुन बेला घरबाट बाहिर निस्कनु हुन्छ ?
तपाईंंलाई कति बेलासम्म त्यहाँ पुग्ने आशा छ ?
तपाईंं कुन बाटोबाट जान लागिरहनु भएको छ ?
त्यहाँ पुगेपछि तपाईंं के गर्नुहुन्छ ?
धनी बन्नु पनि ठीक यस्तै हो । तपाईंंले पहिल्यै थाहा पाउनुपर्छ कि तपाईंंको विचारमा धनी बन्नुको अर्थ के हो ? तपाईंं त्यहाँ कसरी पुग्न चाहनुहुन्छ ? त्यहाँ पुग्नको लागि कति समय लाग्ने विचार गर्नुभएको छ ? त्यहाँ पुगेर तपाईंं आप्mनो पैसाले के गर्नुहुन्छ या के गर्न चाहनुहुन्छ ?
तपाईंंले पहिला नै यो कुरा थाहा पाउनु पर्छ कि तपाईंको विचारमा धनी बन्नुको अर्थ के हो ? तपाईंं त्यहाँ कसरी पुग्न चाहनुहुन्छ ? यसको लागि कति समय लाग्ने आशा छ ?
धनको आप्mनै परिभाषा निश्चित गरेपछि के तपाईं आफ्नो लक्ष्य तय गर्नुको महत्व बुभ्mन सक्नुहुन्छ । तपाईंं कसरी धनी बन्न चाहनुहुन्छ र यसको लागि कति समय लाग्छ, यस विषयमा सोच्नुस् । अनि आप्mनो लक्ष्य बनाउनुस् । यो सजिलो हुनसक्छः “म चालीसौं जन्मदिनसम्ममा मिलेनियर बन्नेवाला छु र म आप्mनो प्रोपर्टी डेभलपमेन्ट कम्पनीको माध्यमले पैसा कमाउनेछु ।”
यो सजिलो थियो । मेरो मतलब हो, यो मेरो लागि सजिलो थियो किनकि म तपाईंंलाई मात्र उदाहरण दिइरहेको छु । म शर्त लगाउँछु कि तपाईंंको लागि यो केही मुश्किल हुनेछ । यस्तो यसकारणले हो कि तपाईंंले यस बारेमा पहिला सोच्नु समेत भएको थिएन होला । हो, यो हुनसक्छ कि तपाईंंले कहिल्यै त्यत्तिकै कुनै सपना देख्नु भएको छैन– म धेरै धनी, प्रख्यात या सफल बन्न चाहन्छु भन्ने सपना । तर मेरो विचारमा धेरै कम मानिसहरु मात्र धनी, प्रख्यात र सफल बन्न सक्छन् र उनीहरु नै वास्तवमा के, कहिले र कसरी आदिको फैसला गर्छन् । यदि तपाईंं धनी बन्न चाहनुहुन्छ भने तपाईंंले पनि यही गर्नु पर्नेछ । मलाई थाहा छ, तपाईं धनी बन्न चाहनुहुन्छ नत्र तपाईंंले यो किताब किनेर पढ्नु हुने थिएन । यो तपाईंंको लागि राम्रो हो ।
अब आप्mनो लक्ष्य निश्चित गर्नुस् । म पर्खिन सक्छु ।
पर्खिनुस्, म आएँ ? तपाईंंले कुन लक्ष्य निश्चित गर्नुभयो ? तपाईंंको लक्ष्य यथार्थवादी, इमान्दार र हासिल गर्न योग्य हुनुपर्छ । यथार्थवादी भन्नुको मतलब हो कि यदि तपाईंं संसारको सबैभन्दा धनी मानिस बन्ने लक्ष्य बनाउनु हुन्छ भने यो सिद्धान्ततः पूरा हुनसक्छ तर वास्तविकतामा पूरा नहुनसक्छ, यसैले यो यथार्थवादी लक्ष्य हैन ।
इमान्दार भन्नुको मतलब हो कि तपाईं आफूप्रति इमान्दार रहनु पर्छ र यस्तो लक्ष्य निर्धारण गर्नु पर्छ जुन लक्ष्य सँगै तपाईंं बाँच्न सक्नुहोस् र काममा जुट्न सक्नुहोस् । आफैंसँग झूटो बोल्नुको अर्थ हो, तपाईंं असफल हुनु ।
हासिल गर्न योग्य ? हो, यो पनि । यदि तपाईंंलाई प्रोपर्टीको बारेमा केही थाहा छैन र सिक्न पनि चाहनुहुन्न, तपाईंंसँग कुनै पूँजी छैन र तपाईंंले ऋण पनि पाउनु भएन भने प्रोपर्टी डेभलपर बन्ने लक्ष्य बनाउनु यथार्थवादी, इमान्दार या हासिल गर्न योग्य हैन ।
तपाईंं आप्mनो लक्ष्यसँग खुशी हुनुहुन्छ ? राम्रो कुरा हो । अब हामी अगाडि बढ्छौं किनकि हामी चाहन्छौं कि तपाईंं छिट्टै काममा जुट्नु होस् ।
नियम ४
यसलाई गोप्य राख्नुस्
तपाईंं अब एउटा यात्राको शुरुवात नयाँ दिशामा गरिरहनु भएको छ । यो कुरा गोपनीय राख्नु नै सबैभन्दा राम्रो हुनेछ । एउटा समय यस्तो आउनेछ, जब तपाईंंलाई यो कामको सिलसिलामा धनको मार्गदर्शकको सल्लाह (नियम ६४ मा हेर्नुस्) लिने आवश्यकता पर्छ, तर त्यो बेलामा यो कुराको प्रचार–प्रसार नगर्नुस् कि तपाईंं के गरिरहनु भएको छ । यसको पछाडि कैयांै कारण छन् ः
मानिसहरुका सल्लाह धेरैजसो नकारात्मक हुन्छन् र उनीहरुले तपाईंंलाई आप्mनो लक्ष्यबाट डग्मगाउन सक्छन् ।
यदि सबै मानिसले त्यही काम गर्न थाले भने तपाईंंको लागि थोरै स्थान बच्नेछ ।
आप्mना सबै राम्रा विचार सित्तैमा बाँड्न आवश्यक छैन ।
आप्mनो कामधन्दाको बारेमा अरु मानिसले एक्लै कुरा गरे भने त्यो कहिल्यै तपाईंंको हितमा हुँदैन ।
अरुलाई यस्तो लाग्नुपर्छ कि तपाईंं उपदेश दिइरहनु भएको छ या उनीहरुलाई आप्mनो सोचमा ढाल्ने कोसिस गरिरहनु भएको छ ।
वास्तवमा यदि कसैले तपाईंंसँग सोध्छ कि तपाईंंलाई कस्तो छ, तब जवाफ दिंदा धेरै राम्रो भनेर टार्नुस् । तपाईंंको कामको बारेमा लम्बे–चौडे स्पष्टीकरण दिनु कुनै आवश्यकता छैन ।
मनमा गोप्य रहस्य राख्नु राम्रो हुन्छ, यसले तपाईंंलाई भित्री खुशीको अनुभूति हुन्छ ।
यदि तपाईंं आफूले गरेको कामको बारेमा कुरा गर्दै प्रचार गर्न थाल्नु हुन्छ भने तपाईंंका वरिपरिका मानिसहरु तपाईंंको रिस गर्न थाल्नेछन् र तपाईंंलाई त्यो काम गर्नबाट रोक्नको लागि नराम्रो कुरामा जोड दिन्छन् । आखिर तपाईंंले एक प्रकारले उनीहरुलाई बिदा भनिरहनु भएको छ । तपाईंं एक प्रकारले यो घोषणा गरिरहनु भएको छ कि तपाईंंको पुरानोस्वरुप या जीवनशैली राम्रो छैन र तपाईंं नयाँ मैदानको खोजीमा लागिरहनु भएको छ । उनीहरु यो कुराले खुशी हुँदैनन् । यसैले यो कुरा गोप्य नै राख्नुस् । काम गोप्य राख्नमा तपाईंंको एक पैसा पनि खर्च हुँदैन र तपाईंंले केही गर्ने आवश्यकता पनि हुँदैन ।
यो रहस्य आफूमै सीमित राख्नुस् । नियम सिक्दै जानुस् र अभ्यास गर्दै जानुस्, तर यसको बारेमा कसैलाई नबताउनुस्, चाहे तपाईंंलाई यो पुस्तक उनीहरुले पढे भने उनीहरुलार्ई धेरै फाइदा पुग्नेछ भन्ने नै किन नलागेको होस् । तपाईंं यो पुस्तक उनीहरुको छेउछाउमा छोड्न सक्नुहुन्छ ।
रमाइलो कुरा त यो छ कि तपाईंंले यो कुरा सबैलाई बताउनुभयो भने पनि उनीहरुले यो काम गर्छन् भन्ने कुराको सम्भावना धेरै कम छ । धेरैजसो मानिसहरु गरिबीको दलदलबाट बाहिर निस्कनुभन्दा टी.भी. हेरेर बस्न मनपराउँछन् । जब मैले तपाईंंलाई यो कुरा गोप्य राख्नुस् भनिरहेको छु भने म सिर्फ तपाईंंको बारेमा सोचिरहेको छु । मानिसहरु आप्mनो धर्मको बारेमा आफैं मुख बन्द राख्छन् । मानिसलाईं भाषण र उपदेशदेखि साँच्चै नै घृणा हुन्छ । मानिसलाई यो कुरा बताउँदा उनीहरु रिसाउँछन् कि उनीहरुको जीवनशैलीमा सुधारको आवश्यकता छ र उनीहरु जे भनिरहेका छन् त्यो पर्याप्त राम्रो छैन । धन हासिल गर्नु त्यो कुरामध्ये एक हो, जसलाई तपाईंं व्यक्तिगतरुपले र गोपनीय तरिकाले चुपचाप गर्नुहुन्छ । यस्तो हैन कि धनी बन्नु गलत कुरा हो, कुरा त यति हो कि एक्लै यो काम सबैभन्दा राम्ररी हुन्छ ।
नियम ५
धेरैजसो मानिसहरु यति अल्छी हुन्छन् कि उनीहरु धनी बन्न सक्दैनन्
तपाईंंले बिहान छिटो उठ्नु पर्छ, दिनभर कडा मेहनत गर्नु पर्छ र राती सुत्न जानु अगाडि पनि आप्mनो लक्ष्य पूरा गर्ने काम गर्नुपर्छ । हो, पैसा कहिलेकाहीं त रुखमा फलेको जस्तो लाग्छ । जस्तै, कैयौं मानिसहरु चिठ्ठा, ज्याकपट या धेरै ठूलो पुरस्कार जित्छन् । नचिनेका नातेदारले कैयौं मानिसको नाममा इच्छापत्र गरेर धेरै पैसा छोडेर जान्छन् । हो, मानिसहरुले सोच्दै नसोची अचानक प्रतिष्ठा र धन पाउँछन् । तर तपाईंंको जीवनमा यस्तो केही हुनेवाला छैन । हेर्नुस्, हतार त यहीं लागिरहेको छ । त्यसो त तपाईंंले आप्mनो लक्ष्य यस्तो योजना, “चिठ्ठामा धन जितेर विलासिताको काखमा टाउको राखेर जिन्दगी बिताउँ” भन्ने बनाउनु भएको छ भने तपाईंंले अगाडि अरु नियम पढ्ने आवश्यकता छैन । यो पुस्तक बन्द गर्नुस् र गएर एउटा चिठ्ठाको टिकट किनेर ल्याउनुस् । यदि तपाईंंको लक्ष्य यथार्थवादी छ भने अगाडि पढ्दै जानुस् ।
धेरै मानिसहरु यति अल्छी हुन्छन् कि उनीहरु धनी बन्न सक्दैनन् । उनीहरु भन्छन्, उनीहरु अवश्य नै धनी बन्न चाहन्छन् तर उनीहरुले साँचो बोलेकै छैनन् । हुनसक्छ कि उनीहरु धनी बन्ने इच्छाले देखावटी गर्नको लागि अधूरो मनले चिठ्ठाको टिकट किन्छन्, तर उनीहरु मेहनत गर्न तयार हुँदैनन् । उनीहरु त्याग गर्न, पढ्न, सिक्न, सबै कुरा बुभ्mन र कोसिस गर्नको लागि कम्मर कस्दैनन् । उनीहरु यसलाई आप्mनो जीवनको एक सूत्रीय लक्ष्य या संकल्प बनाउनको लागि तयार हँुदैनन् । उनीहरु मध्ये धेरैजसो मानिसहरु यसकारणले यसो गर्छन् किनकि उनीहरुलाई लाग्छ, यस्तो गर्नाले उनीहरुको प्रतिष्ठामा नराम्रो धब्बा लाग्नेछ । तर के पैसा कमाउनको लागि कडा मेहनत गर्नु ठीक हो ? कि गरीबीमा जिउनु राम्रो कुरा हो ? मलाई लाग्छ कि यो सब यो कुरामा निर्भर गर्छ कि तपाईंं धन किन चाहनुहुन्छ र यसले के गर्न चाहनुहुन्छ ।
धेरै मानिसहरु मेहनत गर्न चाहदैनन् । हो, उनीहरु धन त चाहन्छन् तर सिर्फ त्यो बेलामा जब यो संयोग या भाग्यले मिल्छ । तब उनीहरुलाई कुनै दिक्क हुँदैन, किनकि यहाँ पसिना, काम, प्रतिष्ठा र एकाग्रताको चिह्न लागेको हुँदैन ।
मलाई लाग्छ, यदि तपाईंं कुनै धनी मानिसलाई आप्mनो रोल मोडल मान्नु हुन्छ, बिल गेटस्, रिचर्ड ब्रान्सन, एलन शुगर, वारेन बफेट, गार्डन रामसे, जेम्स डाइसन, पेट्र केलनर तब तपाईंंले यी सबैमा एउटा कुराको समानता पाउनु हुनेछ, त्यो हो, कठोर मेहनत । उनीहरुको कमाइ कम्प्युटर, सेल्स, बिजनेस, फिल्म उद्योग, भ्याकुम क्लिनर, पप म्युजिक, रेडियो स्टेशन या चाहे जुन व्यवसायले होस्, तर उनीहरुमा एक दिनमा यति धेरै काम गर्ने योग्यता हुन्छ, जति हामीहरु मध्ये धेरै मानिसहरुले एक महिनामा पनि गर्न सक्दैनांै ।
धनको बारेमा यो नै अद्भुत कुरा हो, यो कसैको पर्खाइमा बसेको छ कि कसैले यसमाथि आप्mनो दाबा पेश गरोस् । जो मानिसले यसमाथि दाबा गर्छन् उनीहरु त्यही हुन् जो बिहान छिटो उठ्छन्, कडा मेहनत गर्छन् र राती धेरै बेरसम्म काम गर्छन् ।
र तपाईंंले पनि यही गर्नु पर्नेछ । मलाईं आप्mनो टीममा आल्छी, धोकेवाज या चाकडी गर्ने मानिस चाहिदैन । म मेहनती, समर्पित, एकाग्रचित्त, महत्वाकांक्षी र संकल्पवान मानिसलाई आप्mनो टीममा सामेल गर्न चाहन्छु, जो धनी बन्न चाहन्छन् । स्पष्ट छ, उनीहरुमा केही हास्यबोध हुनुपर्छ ।
नियम ६
आप्mना धनसम्बन्धी धारणाहरु कहाँबाट आएका हुन् भन्ने बुझ्नुस्
हामी सबै धनसम्बन्धी मिथक या धारणाको कारणले ठूला हुन्छौं । यिनीहरुमध्ये धेरै धारणाहरु हामी आप्mना आमाबाबु र उनीहरुको लालन–पालनको तरिकाबाट ग्रहण गर्छौं । मलाई अझै पनि आफ्नी आमाको यो कुरा याद छ, “एक सुका बचाउनुको मतलब हो, एक सुका कमाउनु ।” आजसम्म मैले यो बुझ्न सकिरहेको छैन कि यसको अर्थ के हो । सायद म भाग्यमानी छु । मेरा धनसम्बन्धी धारणाहरु यस्तै बकवासमा आधारित छन् । तर हामीहरु मध्ये धेरैजसो मानिसहरुमा तल दिएका धारणाहरु गहिराइसम्म जमेका हुन्छन्ः
पैसा सारा अपराधको जड हो ।
पैसा नराम्रो कुरा हो ।
म धनी बन्न योग्य छैन ।
पैसा सिर्फ लोभी र बेइमान मानिसले कमाउँछन् ।
पैसाले मानिसलाई भ्रष्ट बनाउँछ ।
तपाईंंले पैसाको बारेमा डिङ हाक्नु हुँदैन, तपाईंं कति कमाउनु हुन्छ भनेर कहिल्यै नबताउनुस्, तपाईंंसँग कति सम्पत्ति छ या तपाईंंले कुनै चीजमा कति खर्च गर्नुभयो भन्ने पनि नबताउनुस् (यो राम्रो नभएसम्म) ।
पैसा भयो भने आध्यात्मिक शुद्धता कायम रहन सक्दैन ।
धनी बन्नाले साथी छुट्छन् ।
धनी बन्नको लागि धेरै मेहनत गर्नुपर्छ ।
खुशी र पैसा एकसाथ रहन सक्दैनन् ।
तपाईंंसँग जति धेरै हुनेछ, उति नै धेरैको इच्छा गर्नुहुनेछ ।
गरीब मानिस धेरै राम्रा हुन्छन् ।
भगवान्ले मलाई धनी बनाउन चाहँदैनन् नत्र म अहिलेसम्म धनी बनिसकेको हुनेथिएँ ।
म धनी बन्नको लागि सही मानिस हैन ।
यी धारणाहरु एक पटक राम्ररी पढ्नुस् र सोच्नुस्, कति कुरामा तपाईंं विश्वास गर्नुहुन्छ । जाँच गर्नुस्, कुन कुराले तपाईंं भित्रको तार झन्झनाउन थाल्छ । अब तपाईंंले थोरै मेहनत गर्नु पर्छ । यस्ता आप्mना धारणा लेख्नुस् । केही यस्ता धारणा पनि होलान् जुन सायद मैले लेख्न बिर्सेको हुँला, त्यो पनि लेख्नुस् । अब यो पत्ता लगाउनुस् कि तपाईंंभित्र यो धारणा कसरी आयो । के तपाईंंले यसको बारेमा साँच्चै सोच्नु भएको छ, तर्क र शोध गर्नुभएको छ ? या फेरि तपाईंंले पुख्र्यौली रुपमा, बाटोमा भेट्टाउनु भयो या टिप्नु भयो ?
जुन धारणा साँचो हैन, त्यो बेकारको हो, त्योबाट छुटकारा पाउनुस् । ती धारणालाई झ्यालबाट बाहिर प्mयाँक्नुस्, जुन तपाईंंको बाटोमा आएका छन् र तपाईंंको बाटो रोकिरहेका छन् जसले तपाईंंलाई धनी बन्न दिइरहेका छैनन् ।
अब तपाईंंसँग यिनीहरु मध्ये एउटा पनि धारणा बच्नु हुँदैन, केही मात्र हैन, मात्र खाली पाना बाँकिरहनु पर्छ । अब तपाईंं त्यो पानामा यसप्रकारका नयाँ विश्वास लेख्न सक्नु हुन्छः
पैसा राम्रो कुरा हो ।
पैसाको चाहना गर्नु राम्रो कुरा हो ।
म धनी बन्न लागिरहेको छु ।
मैले मेहनत गर्नको लागि कम्मर कसें ।
धनी मानिसमा धनसम्बन्धी नकारात्मक धारणा हुँदैनन्, जसरी गरीब मानिसमा हुन्छन् । उनीहरुले या त त्यो भावनाबाट छुटकारा पाइसके या फेरि उनीहरुमा कहिल्यै थिएन । यदि हामीले पनि त्यसबाट छुटकारा पायौं भने हाम्रो पनि धनी बन्ने सम्भावना बढ्नेछ ।
नियम ७
यो बुझ्नुस्, धन परिणाम हो, पुरस्कार हैन
यदि तपाईंं पैसा कमाउनको लागि धेरै मेहनत गर्नुहुन्छ भने तपाईंंमा धनी बन्ने सम्भावना धेरै छ । तपाईंंले यो मान्नुपर्ने छ कि पैसा त्यो पारिश्रमिक हो, जुन तपाईंंको चतु¥याइँपूर्ण सोच र कडा मेहनतको लागि दिइन्छ । तपाईंं जति कडा मेहनत गर्नुहुन्छ, जति चतु¥याइँले मेहनत गर्नुहुन्छ, उति नै धेरै कमाउनुहुन्छ । तपाईंंलाई पैसा कसैले दिने हैन, कसैले जाँच गरे पनि तपाईंं यसको हो, यसको लागि योग्य हो । यो त तपाईंंको मेहनतको परिणाम या फल हो ।
धेरैजसो हामीहरु कुनै पैसावालालाई देख्नेबित्तिकै मूल्यांकन गर्न थाल्छौं कि ऊ यसको हकदार हैन । हामी सबै यस्तै गर्छौं । म इन्टरनेट बुकी केल्भिन आयरको बारेमा पढिरहेको थिएँ, जो अनलाइन ग्याम्बलिङ व्यवसायबाट धेरै धनी बनेका छन् । अमेरिकामा उनका १.६ करोड ग्राहक छन् । अमेरिकाको न्यायपालिका यो कुराले खुशी छैन र उनलाई जेल पठाउन चाहन्छ । समस्या यो छ कि उनी अमेरिकी नागरिक हैनन्, न त उनी त्यहाँ बस्छन् । तपाईंं वेभ साइट धधध।ायचदभक।अयm (जुन वास्तविक धनीहरुको होमपेज हो) तर उनीहरुको बारेमा बिस्तारमा पढ्न सक्नुहुन्छ । यदि यो तपाईंंको होम पेज हैन भने अबदेखि हुनुपर्छ । तपाईंंको लक्ष्य धनी बन्नु हो, जसको मतलब यो बुझ्नु हो कि धन कहाँबाट आउँछ ।
आयरको बारेमा फेरि एक पटक ध्यान दिऔं । उनी अमेरिकी कानुनको एक तथाकथित् लूपहोलबाट धनी बने, हुन त उनको काम गैरकानुनी हो, तर उनी यो देशमा बस्दैनन्, यसैले उनलाई सजाय दिन सकिदैन । के उनी अपराधी हुन् ? म त यस्तो मान्दिन । म यो जानकारी यसबाट केही फाइदा उठाउनको लागि पढ्ने गर्छु । जुवा खेल्नु नराम्रो हुनसक्छ तर मलाई यो कुरा राम्ररी थाहा छ कि यो धन उनको कडा मेहनतको फल हो ।
केही समय अगाडि म एउटा कार क्लिनरमा केन्द्रित टी.भी. प्रोग्राम हेरिरहेको थिएँ । त्यो मानिस धनी र प्रख्यात हस्तीहरुको कारको सफाइ र पालिश गथ्र्यो । ऊ कार धोएको ५,००० पाउण्ड लिन्थ्यो । ध्यान दिनुस्, यसमा पालिश पनि सामेल छ । अब उसको यो पैसा पुरस्कार हो या परिणाम ? मलाई लाग्दैन कि उसले यसलाई पुरस्कार मान्छ । यो मूल्य उसले निर्धारण गरेको हो । ऊ दुनियाँको सबैभन्दा राम्रो कार क्लिनर हो । त्यसैले ग्राहकले उसलाई यति धेरै पैसा दिन्छन् । यति राम्रो पैसा पाउनु उसको व्यावसायिक विचार, कुशलता र मेहनतको परिणाम हो ।
नियम ८
धनलाई दुश्मन हैन साथी सम्झिनुस्
यो पुस्तक लेख्दा मैले आप्mनो धनसम्बन्धी दृष्टिकोणमा आपैंmसँग कैयौं प्रश्न सोधें । यो रुचिकर प्रक्रिया थियो ।
पैसासँग हामी सबैको सामना हुन्छ । हामी सबैसँग बैंक एकाउण्ट, क्रेडिट कार्ड, लोन, ओभरड्राफ्ट र हाउस लोन हुन्छ । हामी सबै जीवनमा हरेक दिन पैसाका तमाम साधनसँग सम्बन्ध राख्छौं । हामी सबै धेरै चाहन्छौं या हामीलाई धेरै जरुरत हुन्छ । तब समस्या के छ त ?
यी सबैको सम्बन्ध त हाम्रो दिमागमा चलिरहेको चीजसँग छ । तपाईंंले जसरी नै म पनि पैसा सम्हाल्छु, खर्च गर्छु, बचाउँछु । म यो काम धेरै निपूर्णतापूर्वक धेरै खुशीले गर्न चाहन्छु ।
यो लेख्नु अगाडि मैले आफ्नो उद्देश्य, मिथक, आन्तरिक मान्यताको कठोर जाँच–पड्ताल गरें । र म यो नतिजामा पुगें कि पैसा राम्रो या नराम्रो हँुदैन । यो न मित्रवत हुन्छ न दुश्मन । हुन त पैसालाई नराम्रो मानिएको छ, तर पैसा नराम्रो हैन । पैसाबिना जीवन छरपस्ट हुनेछ । पैसा त्यो इन्धन हो, जसले हामी सबैको इन्जिनलाई सही स्थितिमा राख्छ । हामी यो पैसा के गर्छौं ? (अर्को नियम हेर्नुस्) । पैसा नै राम्रो–नराम्रो, सही–गलत, साथी–दुश्मन हुन्छ ।
मसँगै तपाईं पनि दोहो¥याउनुस्, पैसा राम्रो हो । पैसा धेरै राम्रो हो । पैसा जरुरी छ । पैसा ठीक हो । पैसा मेरो दुश्मन हैन, साथी हो । स्पष्ट छ, यो कुरा मनमनै भन्नुस्, नत्र तपाईंंका परिवारका मानिसले या साथीले तपाईंं पागल हुनुभयो भन्ने सोच्नेछन् । पैसासँग लड्न छोडिदिनुस् । यस बारेमा लाज मान्न छोडिदिनुस् ।
अन्त्यमा पैसावाला वा धनी बन्नको लागि मेहनत गर्नुको मतलब यो हैन कि तपाईंंले आप्mनो राजनीतिक विचारधारा नै बदल्नु पर्नेछ । यदि तपाईंं चाहनुहुन्छ भने समाजवादी या अतिवादी राजनीतिक विचारधाराको समर्थन गर्दै पनि धनी बन्न सक्नुहुन्छ । लेबर पार्टीका मन्त्री लर्ड सेन्सबरी ब्रिटेनका सबैभन्दा धनी मानिस मध्ये एक हुन् । पैसाले यसमा कुनै बाधा पु¥याउँदैन । पैसाको कारणले तपाईंंको आध्यात्मिक गुणमा कुनै कमी आउँदैन या तपाईंंको अर्को जन्ममा कुनै प्रभाव पार्दैन । म वाचा गर्छु । तपाईंं पैसाले जे काम गर्नुहुन्छ, त्यसले फरक पर्न सक्छ, तर मूलभूत कुरा यो हो कि पैसा तपाईंको दुश्मन हैन, साथी हो ।
नियम ९
तपाईंं पैसा किन चाहनुहुन्छ, त्यो फैसला गर्नुस्
यो तपाईंंको लक्ष्य निर्धारण गर्ने प्रक्रियाको एक भाग हो । यसको कुनै सही या गलत जवाफ छैन । उदाहरणको लागि धन कमाएर कोकीनमा उडाउनु मेरो नजरमा मूर्खतापूर्ण काम हो । तर यो व्यक्तिगत मामला हो । तपाईंंलाई मेरो लक्ष्यमा समस्या छ जस्तो लाग्ला, किनकि म पैसाले पोपद्वारा फ्रान्समा बनाइएका प्राचीन महल किन्न चाहन्छु । हामी सबै ती चीजमा खर्च गर्छौं, जसको बारेमा हामी सोच्छौं, त्यसले हामीलाई सन्तुष्ट या सुखी बनाउनेछ भन्ने ठान्छौं । हामी सबै आप्mनो सुख आफैंले रोज्छौं र यो मेरो काम हैन कि म अरुको न्यायाधीश बनेर फैसला सुनाउँ ।
तब तपाईंं पैसा किन चाहनुहुन्छ ? तपाईंं धनी किन बन्न चाहनुहुन्छ ? तपाईंंको जवाफले तपाईंंको लुकेको धनसम्बन्धी धारणाको बारेमा धेरै कुरा बताउँछ र तपाईंंले पैसालाई कसरी हेर्नुहुन्छ भन्ने बारेमा पनि ।
कैयौं पटक यो कुरा धेरै सजिलो हुन्छः हामीसँग एउटा सपना हुन्छ र त्यो सपना साकार बनाउनको लागि हामीलाई पैसाको आवश्यकता हुन्छ । सपना पहिला आउँछ । जेराल्ड डरेल बाल्यकालदेखि नै एउटा चिडियाघर बनाउन चाहन्थे । उनले ३६ बेस्टसेलिङ पुस्तक लेखे, जुन पुस्तकबाट कमाएको पैसाले उनले जर्सीको द्वीपमा आप्mनो सपनाको चिडियाघर बनाउन सके । तपाईंंको सपना के हो ?
हुनसक्छ, यो यति सजिलो नहोस् । मैले एउटा नजिकको परिचितसँग सोधें कि ऊ धनी किन्न बन्न चाहन्छ । उसको जवाफ अचम्मित बनाउने खालको थियो । उसले भन्यो, ऊ धन आप्mनो बच्चालाई धेरै प्रदान गर्नको लागि कमाउन चाहन्थ्यो । बच्चालाई धेरै दिनाले उनीहरु लामो समयसम्म घरैमा बस्नेछन् र उनीहरु धेरै समय घरमा बसे भने उसले बुढेसकालको समय एक्लै कटाउनु पर्नेछैन । मूलतः ऊ एक्लोपनाबाट बच्नको लागि धनी बन्न चाहन्थ्यो ।
एउटा अर्को परिचितले मलाई भन्यो, ऊ रोमाञ्चक जीवन जिउनको लागि धनी बन्न चाहन्थ्यो । उसलाई केही उक्साएपछि थाहापाएँ, रोमाञ्चक जीवन भन्नुको उसको मतलब पलायनवाद थियो, अर्थात् ऊ एक पटक फेरि युवा, स्वतन्त्र र कुमार बन्न चाहन्थ्यो ।
के यस्ता मानिसको लागि धनी बन्ने सही जवाफ छ ? के यस्तै तपाईंंको लागि पनि हो ?
तपाईंं धेरै धन के को लागि चाहनुहुन्छ ? यो पत्ता लगाइसकेपछि आप्mनो त्यो आवश्यकता पूरा गर्ने वैकल्पिक तरिकाको बारेमा सोच्नुस् । मैले पहिला भनेको थिएँ, म धनी यसकारणले बन्न चाहन्थें कि म आप्mनो परिवारको कुनै सदस्यको आकस्मिक रोगको खर्च व्यहोर्न सकूँ । यसको साटो त म मेडिकल बीमा गराएर यो सुनिश्चित गर्न सक्थें ।
यो पनि विचार गर्नुस् कि तपाईंं धेरै धनी बन्ने आवश्यकता छैन । मलाई सान र मानको कुरा वा कार र डुंगा मनपर्छ, तर आम्दानी बढेपछि यस्ता कुरामा मेरो खर्च बढेको छैन । म अझै पनि पुरानो सस्तो स्पोर्टस् कार र डुंगा मनपराउँछु, जसलाई धेरै मर्मत गर्ने आवश्यकता हुन्छ । मेरो प्रेरणा नयाँ चीजमा धेरै खर्च गर्नु हैन । मलाई नयाँ कार र डुंगा किन्नको लागि पैसाको आवश्यकता छैन । के तपाईंंलाई नै त्यति नै आवश्यकता छ, जति तपाईंंले सोच्नु भएको छ ? यदि यस्तो हो भने राम्रो कुरा हो । तपाईंले यो कुरा स्पष्ट र सुनिश्चित गर्नुपर्छ ।
तब तपाईंंको बहाना के हो ? तपाईं धन किन चाहनुहुन्छ ? मेरो साथी ! आप्mनै एजेण्डा बनाउनुस् र आफैंमा सीमित राख्नुस्, किनकि यो धेरै वास्तविक लाग्नेछ, त्यो योजना गोपनीय र सुरक्षित राख्नुस् । भविष्यमा तपाईंं कुनै दिन फर्केर हेर्न सक्नुहुन्छ तपाईंंको उपलब्धि तपाईंंको सपनाभन्दा कति पर छ ।
नियम १०
यो बुझिराख्नुस्, पैसाले पैसा तान्छ
यो सबैभन्दा ठूलो यथार्थ हो, पैसाले पैसा तान्छ । पैसाले खरायोले जसरी थाहा नै नपाई र छिटो–छिटो सन्तान जन्माउँछ । यो ठूलो झुण्डमा बस्न मनपराउँछ । पैसाले पैसा जन्माउँछ । धनी मनिसहरु अरु धनी बन्दै जान्छन् भने गरिब मानिसहरु अरु गरिब बन्दै जान्छन् । यो नै जिन्दगीको नियम हो । हो, यो दुखद छ । तर यो नै सत्य हो । हामी कडा मेहनत गरेर यसको बारेमा केही गर्न सक्छौं या फेरि हामी यसको बारेमा अफसोच गरेर समस्याको भागिदार बन्न सक्छौं । सधैं जसरी विकल्प रोज्ने अधिकार तपाईंंको हातमा छ ।
यदि तपाईंं धन कमाएपछि केही गर्न चाहनुहुन्छ भने यो तपाईंंको बुद्धिमानी हो, तपाईंं राम्रोसँगले धन कमाउनुस् र त्यो धनको प्रयोग आफूभन्दा कम भाग्यशाली मानिसको मद्दत गर्नको लागि बुद्धिमानीपूर्वक प्रयोग गर्नुस् । या जे तपाईंंको मनमा आउँछ त्यो गर्नुस् ।
जब तपाईंंसँग केही पैसा आउँछ तब तपाईंं अचम्मित हुनुहुनेछ, यो यति तीव्र रुपमा कसरी बढिरहेको छ भनेर । म तपाईंलाई सल्लाह दिन्छु तपाईंं जति छिटो हुनसक्छ, चक्रवृद्धि ब्याजको अवधारणा सिक्नुस् र बुझ्नुस् । म तपाईंंलाई योभन्दा धेरै केही बताउँदिन चक्रवृद्धि ब्याज चिन्नु र आप्mनो धनको जरा बनाउनु धेरै महत्वपूर्ण कुरा हो । म तपाईंंलाई यस बारेमा धेरै कुरा भन्दिन किनकि पहिलो कुरा हो, म तपाईंंको लागि सारा मेहनत गर्न चाहन्न । मैले बताइदिनाले यो कुरा तपाईंंको लागि सजिलो हुनेछ । तर तपाईंं केही सिक्न सक्नुहुन्न । मेरो निष्कर्ष हो, धनी मानिसले चक्रवृद्धि ब्याजको सिद्धान्त आत्मसात गर्छन्, तर अरु मानिसले गर्दैनन् ।
यदि तपाईं आप्mनो सारा आम्दानी खर्च गरिदिनुहुन्छ भने यो नियम तपाईंंको लागि उपयोगी हुनेछैन । तपाईंंसँग कहिल्यै पैसा हुनेछैन, जसले तपाईंंले आप्mनो लागि काम गराउन सक्नुहोस् । पैसाबाट सन्तान जन्माउने उद्देश्यले केही पैसा तपाईंंले बचाएर अलग्गै राख्नुपर्छ । तपाईंंको खरायो पालन केन्द्र छ र तपाईंंले आप्mना सबै खरायो मारेर खानु भयो, अब तपाईंं के पाल्नु हुन्छ ? तपाईंंसँग एउटा पनि खरायो बचेको छैन । खरायो पालन केन्द्रलाई बिर्सिदिनुस्, तपाईं धन पालन केन्द्र शुरु गर्न लागिरहनु भएको छ । तपाईंंको पैसाले सन्तान जन्माउनेछ । केही पैसा तपाईंं फेरि लगानी गर्नुहुनेछ र केही खर्च गर्न सक्नु हुनेछ तर सारा पैसा खर्च नगर्नुस्, नत्र तपाईंंसँग एउटा पनि खरायो बच्ने छैन । हेर्नुस्, यो कुनै रकेट साइन्स हैन, तर अनौठो कुरा यो हो कि धेरै मानिसहरुले यसलाई बुझ्न सक्दैनन् । तर तपाईंंले अब बुझिसक्नुभयो । तपाईंंलाई मैले त्यो सबैभन्दा राम्रो टिप्स दिएँ जुन म दिन सक्थें ।
पैसाबाट सन्तान जन्माउनको लागि केही पैसा अलग्गै राख्नुस् ।
केही पैसा खर्च गर्नको लागि राख्नुस् ।
धेरै पूँजी फेरि लगानी गर्नुस् ताकि धेरै राम्रो स्वस्थ सन्तान जन्मन सकोस् ।
यसलाई गोपनीय राख्नुस् ।