संघर्ष गर्ने मानिसहरुमा त्यो कस्तो रहस्यमयी तत्व हुन्छ, जसले उसलाई सफल हुने क्षमता प्रदान गर्छ ? ऊ मुश्किल समयमा किन डटिरहन सक्छ, जबकि बाँकी मानिसहरु रहन सक्दैनन् ? उनीहरु किन जीत्छन्, जबकि सबैले हार्छन् ? उनीहरु किन उड्छन्, जबकि बाँकी सबै डुब्छन् ?
जवाफ धेरै सजिलो छ । यसको जवाफ हो कि उनीहरु आप्mनो समस्यालाई एक अलग तरिकाले हेर्छन् । उनीहरु समस्यालाई यथार्थवादी र व्यावहारिक ढंगले हेर्छन् । उनीहरु ती छ सिद्धान्तलाई बुझ्छन्, जुन सबै समस्यामा लागू हुन्छ ।
त्यो कुन सिद्धान्त हुन् ? यदि तपाईंले त्यो सिद्धान्त जान्नु भयो बुझ्नुभयो र त्यसमा अमल गर्नुभयो भने तपाईं पनि विजेता बन्न सक्नुहुन्छ र मुश्किल समयलाई सफलतापूर्वक पार गर्न सक्नुहुन्छ ? शर्त लगाउनुस् ! यो हो त्यो सिद्धान्त सावधानीले पढ्नुस् र त्यसलाई आफ्नो जीवनमा उतार्नुस् ः
१ हरेक जीवित मानिसस“ग समस्याहरु हुन्छन्
तपाईंको समस्या के हो ? के तपाईं बेरोजगार हुनुहुन्छ ? यदि तपाईंं असंभापनापूर्ण चिन्तक हो भने सायद तपाईं सोच्नुहुन्छ कि नोकरीले तपाईंको सबै समस्या सुल्झाइदिने छ । साँचो त यो हो कि नोकरी भएका मानिसको पनि समस्या हुन्छन् । अधिकांश नोकरी गर्ने मानिसहरु यस बारेमा गुनासा पनि गर्छन् कि उनीहरुले सोमबार बिहान काममा जानुपर्छ ।
असंख्य मानिसहरुसँग यस्तो नोकरी हुन्छ जुन उनीहरुलाई मनपरेको हुँदैन । उनीहरु हप्तामा पाँच दिन दुःखको साथ बिताउँछन् । उनीहरु जीउनको लागि काम गर्छन् काम गर्नको लागि जीउँदैनन् । उनीहरु आप्mनो नोकरीसँग घृणा गर्छन् । उनीहरु बेज्यान पाइलाले अफिस या फ्याक्ट्री जान्छन् । एकपटक त्यहाँ पुगेपछि उनीहरु आप्mनो धेरै समय नकारात्मक विचारमा लगाउँछन् । उनीहरु आफ्नो पूरा ध्यान आफ्नो नोकरीको कष्टकारी पक्षमा केन्द्रित गर्छन् ।
केही मानिसहरु सोच्छन् कि उनीहरुको समस्या यस कारणले छ, किनकि उनीहरुले बोसको अधिनमा काम गर्नुपर्छ । यो गलत अनुमान लगाउँछन् यदि उनीहरुको आफ्नै व्यवसाय भएको भए, उनीहरु खुशी हुन्थे त ? यो साँचो हो उनीहरुले यस्तो काम गर्ने व्यवस्थामा धेरै आनन्द मिल्छ । तर स्वरोजगार गर्ने कैयौं मानिसहरुसँग ती मानिसहरुको भन्दा धेरै समस्या छ जो अरुको लागि काम गर्छन् । अधिकतम लाभ या उत्पादनको लागि उनीहरुले कर्मचारी–मालिकको सम्बन्ध र कर्मचारीहरुको म्यानेजमेंटको बारेमा चिन्तित रहनुपर्छ । के तपाईं कुनै बोसको अधिनमा काम गर्नुहुन्छ ? तपाईं यस्तो सोच्न सक्नुहुन्छ, तर सायद यो साँचो हैन । संभावना यो कुराको हो कि उसले तपाईंको लागि काम गरिरहेको छ । हरेक व्यक्तिसँग समस्या छ–बोसको पनि आफ्नै समस्या र कर्मचारीको पनि आफ्नै ।
उसो भए यसको हल के हो ? रिटायरमेंट ? कति धेरै मानिसहरु पैंसठ्ठीको उमेरसम्म सपना देख्ने गर्छन्, त्यो दिनको योजना बनाउँछन् जब उनीहरु घाममा बसेर आराम गर्न सक्छन्, हरेक दिनको आनन्द लिन सक्नेछन्, कसैप्रति जवाफदेही हुनेछैनन् र आरामले जीवन बिताउनको लागि उनीहरुसँग पैसाको कमी हुनेछैन ? यस्तो लाग्छ जस्तो यो स्वर्ग हो ? तर वास्तविकता यो हैन । सेवानिवृत्त मानिसको आप्mनो समस्या हुन्छ । रिटायरमेंटपछि धेरै मानिसहरु बोर हुन्छन् । धेरै मानिसहरु रिटाएर भएपछि केही समयपछि धेरै हताश हुन्छन्, किनकि उनीहरुलाई यो अनुभूतिले सताइरहेको हुन्छ कि उनीहरुले कुनै उपयोगी काम गरिरहेका छैनन् र बेकार भएकाछन् । कैयौं त फेरि नोकरी गर्ने बारेमा सोच्न थाल्छन् ।
सफल मानिस ! निश्चित रुपमा उनीहरुसँग समस्याहरु हुँदैन । सही ? गलत ! साँच्चै यसको उल्टो साँचो हो, किनकि सफलताले समस्या सकाउँदैन, यसले नयाँ समस्यालाई जन्म दिन्छ । कल्पना गर्नुस् कि तपाईं यति धनी हुनुहुन्छ कि तपाईं सर सफाइ गर्नको लागि नोकर राख्नुहुन्छ र ती सबै कामको लागि पनि, जुन काम गर्न तपाईं मनपराउनु हुन्न । धेरै अद्भुत र सुखद लाग्छ ? तर यस्तो हैन ।
मेरो एउटा मित्रको परिवार धेरै कमी छ । ढाई सय डलरबाट उनले सानो ग्यारेजमा हाउस टे«लर्सको लागि वेनिशियन ब्लाइंड्स बनाउने बिजनेस शुरु गरे । एक वर्षपछि उनले यो पैसा दस हजार डलर बनाए । यो पैसाले उनले आप्mनो पहिलो सानो हाउस ट्रेलर बनाए, जसमा उनैले बनाएको भेनेशियन ब्लाइंडस लगाइएको थियो । बिक्री बढ्दै गयो, उनले राम्रो फाइदा पनि पाइरहेका थिए र उनको सम्पत्ति बढेर पचास हजार डलर भयो । समयसँग सँगै उनको बिजनेस सदृढ हुँदै गयो र बढ्दै गयो ।
उनी आप्mनो सानो ट्रेलरबाट निस्केर एउटा ठूलो घरमा बस्न गए । केही वर्षपछि समुद्रको किनारमा बस्न थाले र फेरि नब्बे एकडको फार्म हाउसमा, जहाँ उनकोमा घरेलू काम गर्नको लागि कैयौं नोकर चाकरहरु थिए ।
अब जब उनको धन दस करोड डलर पुग्यो, तब उनले बीवरली हिल्स, क्यालिफोर्नियामा एउटा घर बनाए । अनुमान लगाउनुस् उनको नयाँ आलिशान घरमा नोकरको क्वार्टर छैन । किन ? उनी प्राइभेसी (एकान्त) नपाएको कारणले चिन्तित थिए, जुन नोकर राख्नाले सकिन्छ । उनी नोकरदेखि दिक्क भइसकेका थिए । उनले नोकरबाट जति मद्दत मिल्छ त्योभन्दा धेरै कष्ट हुन्छ । यसैले अब उनी आप्mनो खाना आफंै बनाउँछन् र आफ्नो घर आफंै सफा गर्छन् ।
हो, हरेक जीवित मानिसको समस्या हुनेगर्छ । यहाँसम्म कि महङ्खवाकांक्षा–विहीन मानिसमा पनि अकर्मण्यताको समस्या हुन्छ । परिणामस्वरुप उसमा उत्साह र जोशको कमी हुन्छ । ऊ शारीरिक उर्जाको तल्लो स्तरमा जीवन जीउँछ र बोर हुन्छ । बोरियतलाई सुख या सन्तुष्टिको स्थिति भन्न सकिदैन । जो महङ्खवाकांक्षा विहीन मानिस समस्यादेखि डराउँछ, उसले नयाँ समस्या खडा गर्छ ।
महङ्खवाकांक्षी मानिससँग के हुन्छ ? त्यो विद्यार्थी जो ए ग्रेडको लागि मेहनत गर्छ ? त्यो पर्वतारोही जो चट्टानको टुप्पो समाएर माथि चढ्ने कोसिस गर्छ र आप्mनो जीवन खतरामा पार्छ, सिर्फ एउटा ठूलो चुनौतीलाई जीत्ने सुखको लागि ? त्यो अपांग मानिस जो हर दिन पीडादायी व्यायाम र रिहेबिलिटेशन थेरापीमा घण्टांै बिताउँछ ? समस्या ? प्रष्ट छ ! यी मानिसहरु असफल हुने जोखिम उठाउँछन् । यदि उनीहरु बर्सौंको पशिक्षण पछि पनि पुरस्कार जीत्न सक्दैनन् भने उनीहरुको मन भाँचिने आशंका हामीलाई धेरै हुन्छ ।
त्यो सफल मानिस, जो पर्वतको शिखरमा पुग्छ ? के त्यो मानिस स्वतन्त्रताको अनुभवको आनन्द लिदैन ? के उसले समस्याबाट मुक्ति पाउँदैन ? के ऊ बोरियतको त्यो समस्याबाट मुक्त हुँदैन, जुन सपनाहीन मानिसलाई सताउँछ ? के ऊ असफल हुने त्यो डरबाट मुक्त छैन, जुन महङ्खवाकांक्षी मानिसालई चिन्तित बनाएको हुन्छ ? के पहिलो स्थानमा आउनाले, सफल हुनाले धर्ती स्वर्ग बन्दैन ? पर्वतको चुचुरोमा पुग्नु ? अमेरिकाका राष्ट्रपति छानिनु ?
सफल हुने केही व्यक्तिगत अनुभव मसँग पनि छ । मेरो दावा छ सफल मानिससँग महङ्खवाकांक्षी व्यक्तिको तुलनामा धेरै समस्या हुन्छ ।
निश्चित रुपमा, सफल हुनु अद्भुत कुरा हो । तर यो भन्नु कि सफल मानिस सारा समस्यालाई पछाडि छोडिदिन्छ, एक भूल छ । मेरो यो व्यक्तिगत अनुभव हो कि सफल मानिससँग महङ्खवाकांक्षी मानिसको तुलनामा धेरै ठूला समस्याहरु हुन्छन् ।
तपाईं मलाई १९९५ मा यो कुराको विश्वास दिलाउन सक्नुहुन्नथ्यो, जब म अठाइस वर्षको थिएँ । मलाई अमेरिकामा रिफाम्र्ड चर्चबाट फोन आयो कि म क्यालिफोर्नियामा एउटा नयाँ चर्च शुरु गरुँ । मलाई पाँच सय डलर नगद दिने वाचा गरिएको थियो । हामीसँग पैसा थिएन, सम्पर्क थिएन, पर्याप्त समर्थन थिएन । हामीसँग सिर्फ एउटा सपना थियो । तर मैले सिकें कि यदि तपाईंसँग सपना छ भने तपाईंसँग सबै कुरा हुन्छ–जसमा धेरै भयावह समस्या सामेल छ ! म त्यो दिनको सपना देख्नेगर्थें, जब म आप्mनो लक्ष्यसम्म पुगुँ, जब म सफल हांै, जब मैले जति अरु सपना सकार भएको देख्नमा आत्म सन्तुष्टि मिल्छ । म त्यो दिनको सपना देख्थें, जब म आफ्नो समस्यालाई पुरस्कार बदल्ने छु ।
यसको लािग मैले चालीस वर्षको योजना बनाएँ । म दुनियाँको सबैभन्दा महान् गिर्जाघर मध्येको एक बनाउन चाहन्थें । मलाई तब विश्वास थियो र आज पनि छ कि चर्च मानव समाजको एकमात्र संस्था हो, जो स्त्री पुरुषको हृदयमा आस्था बनाइ राख्नको लागि पूर्ण रुपमा समर्पित छ । यो प्रबल आस्थाबिना मानव जाति नष्ट हुन्छ ।
मैले महसुस गरें कि मेरो सफल चर्च लगभग छ हजार सदस्यबाट बन्ने छ । मैले चालीस वर्षलाई छ हजार सदस्यले भाग गरें र यो निष्कर्षमा पुगें कि चालीस वर्षमा सफल हुनको लागि मैले बस यति गर्नु थियो कि आप्mनो चर्चमा हरेक वर्ष डेढ सय सदस्य जोडौं ।
मैले कडा मेहनत गरें र चर्चप्रति आफ्नो पूरा जीवन समर्पित गरें । यसको परिणामस्वरुप मैले सिकें कि महान् स्वप्नदर्शीहरुको महान् सपना कहिल्यै पूरा हुँदैनः उनीहरु सधैं आशाभन्दा पूरक हुन्छन् । सिर्फ पन्ध्र वर्षमा मेरो चर्चको सदस्य संख्या छ हजारसम्म पुग्यो । हामी सफल भएका थियौं । रिचर्ड न्यूट्राले एक सुन्दर चर्च डिजाइन गरे, जसमा बिहानकालिन सभाको समयमा हरेक डेढ हजार मानिस बस्न सक्थे ।
टेलीभिजन मिनिस्ट्रीको ढोका खुलेको थियो । हामी यति धेरै मानिससम्म पुग्न थाल्यौं जति मैले कहिल्यै सपना पनि सोचेको थिइनँ । मेरो लक्ष्य सिर्फ पूरा भएको थिएन सानो भएको थियो ।
म आप्mनो लक्ष्यमा पुगेको थिएँ । म सफल भएको थिएँ । के म आफ्नो पुरस्कारबाट खुशी थिएँ ? के मलाई त्यो संतोष थियो, जुन कुनै काम राम्रोसँगले गर्दा पाइन्छ ? के मेरो जीवन समस्याबाट मुक्त थियो ? थिएन ! हामी जति सफल हुँदै गयौं, हाम्रो समस्या उति नै बढ्दै गयो ।
एउटा कुरा यो पनि हो कि सफलताले मानिसलाई आकर्षित गर्छ । हामीसँग यति धेरै मानिसहरु भैसके कि हामी उनीहरुलाई संहाल्न सकिरहेको थिएनौं । हाम्रो चर्च, जसमा हरेक प्रार्थना सभामा डेढ हजार मानिसहरु बस्न सक्थे, हरेक त्यो मानिसलाई बसाउन सकिरहेको थिएन, जो प्रार्थना गर्नको लागि इच्छुक थिए । हर हप्ता मानिसहरु आउँथे, भीड देख्थे, पार्किंगको स्थान खोजी गर्दा चिन्तित हुन्थे र आप्mनो कार बाहिर ननिस्की फर्केर जान्थे । मेरो हृदय उनीहरुको लागि दुःखी हुनथाल्यो ।
यो समस्यासँग जुझ्नको लागि हामीले चर्च बाहिर बैठकको व्यवस्था गर्ने निर्णय ग¥यौं । किनकि न्यूट्राले भवनलाई यसरी डिजाइन गरेको थियो कि पूरा काँच भएको एक भाग सुन्दर घाँसको बगैंचा अगाडि रहोस्, यसैले यो स्वाभाविक थियो कि क्यालिफोर्नियाको सुनौलो मौसममा बाहिर कुर्सीहरु राखिइने छ । योजनाले धेरै राम्रोसँगले काम गर्न थाल्यो । कैयौं मानिसहरु बाहिर बस्न मनपराउन थाले, जसलाई हामीले “गार्डन सेक्चुअरी” नाम दियौं । तबसम्म जबसम्म कि वर्षा भएन ।
यो भयानक दृश्य थियो । सयौं मानिसहरु बाहिर बसेका थिए । उनीहरुको टाउकोमा छत थिएन । अचानक मेरो प्रवचनको बीचमा बादल कताबाट आयो र पानी वर्षन थाल्यो । हल्का सीमसीम पानी हैन, तेज ठूलो पानी । मानिसहरु आफ्नो कुर्सीबाट कुदेर सुरक्षित स्थानको खोजीमा दौडिए । तर सुरक्षित स्थान नै थिएन । चर्चको भवन भरिएको थियो र अग्निशासक कानूनले हामीलाई यो कुराको अनुमति दिदैनथ्यो कि हामी बाहिरका यी भक्तलाई चर्चको सुख्खा भवनमा आउन दिउँ । उनीहरुसँग कुनै विकल्प थिएन त्यसैले उनीहरु आप्mनो कार भएतिर दौडिन थाले । उनीहरु गए । मेरो लागि एक एक कालो दिन थियो ।
यो समयमा मैले आप्mनो सबै लक्ष्य पूरा गरिसकेको थिएँ । मैले आरामले बस्ने र सफलताको आनन्द लिने कोसिस गरें, तर तुरुन्तै म भित्रबाट मूर्दा महसुस गर्न थालें । मैले छिटै यो थाहा पाएँ कि जीवनको एकमात्र सुख दिनुको सुख हो । जब मसँग लक्ष्य बचेको थिएन, तब म दुःखी भएँ ।
यसैले मैले ती मानिसहरुमा ध्यान केन्द्रित गरें, जो भित्रबाट खाली र दुःखी थिए तथा जसलाई उपचारको जरुरत थियो । मैले जब यसरी मानवीय कष्ट र दुखाइको बारेमा विचार गरें तब म यो निष्कर्षमा पुगें कि हामीलाई एउटा ठूलो चर्चको जरुरत थियो । मैले सोच्न शुरु गरें कि हामी आप्mनो चर्चको बैठक क्षमता कसरी बढाउन सक्छौं । हामीले एक आर्किटेक्टसँग सम्पर्क ग¥यौं र उसैलाई यस्तो योजना बनाउन भन्यौं जसमा हाम्रो डेढ हजार फुटको आडिटोरियमको पर्खाल हटोस् । पर्खाल हटेपछि हामी यहाँ अरु तीन हजार मानिसहरुलाई बसाउन सक्छौं ।
हामीले यस विचारको पिछा गर्नमा दुई वर्ष र बीस हजार डलर खर्च ग¥यौं र यसपछि हामी यो नतिजामा पुग्यौं कि यसले हाम्रो बगंैचाको सुन्दरता नष्ट हुनेछ । यसमा दस लाख डलर अरु खर्च हुनेछ र यो विकास हैन बरु विनाश हुनेछ । सबै सहमत थिए कि यो सही समाधान थिएन । अर्को तीन वर्षमा हामीले एउटा अर्को आर्किटेक्चर कम्पनीलाई तीस हजार डलर दिएर एउटा भवनको मोडल बनाउन लगायौं, जुन तीनदेखि चार हजार मानिसलाई बसाउन सकिने क्षमताको होस् । यसमा चालीसदेखि पचास लाख डलर खर्च हुनेछ । हामीले धनराशि जम्मा गर्नको लागि व्यवसायिक मद्दत लियौं, तर अभियान सफल भएन । हामी असफल भएका थियौं ।
पाँच वर्ष, पचास हजार डलर अरु दुई आर्किटेक्चरल फर्मपछि पनि हाम्रो समस्या सुल्झेन । एक दिन मैले पत्रिका टिपें र फिलिप जोनसनको बारेमा एक लेख पढें । थाहा छैन कि मलाई यो अनुभूति भयो कि उनी हाम्रो समस्या सुल्झाउने चाबी हुन् । मैले उनलाई फोन गरें र सोधें के तपाईं तीन–चार हजार मानिस बस्ने एउटा भवनको डिजाइन गर्न सक्नुहुन्छ । मैले उनीसँग भने, “म तपाईंलाई सिर्फ आग्रह गर्न चाहन्छु, महोदय, यो पूरा भवन शिशाले बनेको होस् ।”
उनी छक्क परे, “पूरै शिशाको ?”
“हो पूरा शिशाको ।” पूरा काँचको चर्चको मेरो सपना बाल्यकालको त्यो इच्छाबाट प्रेरित थियो, जब म आयोवामा नदी किनारमा बस्न चाहन्थें । म फेरि खुल्ला आकाशमुनि पूजा गर्न चाहन्थें ।
उनले सोधे, “तपाईं यो प्रोजेक्टमा कति धर्न खर्च गर्न सक्नुहुन्छ ?”
मैले भनें, “हामीसँग चालीस लाख डलरको कर्पोरेट ऋण छ, जसलाई हामी बीस वर्षको अवधिमा चुक्ता गर्ने छौं । तर हाम्रो आम्दानीमा यो कुराको गुंजाइश छैन कि हामी त्योभन्दा धेरै ऋण तिर्न स्क्दैनौ । तपाईंको सेवाको लागि हामीले बैंकबाट दुई लाख डलरको अतिरिक्त ऋण लिएका छौं । तपाईंले यस्तो खालको भवनको डिजाइन गर्नुस् कि जसले आफ्नो आर्थिक खर्च आफंैले जुटाउन सकोस् ।
तीन महिनापछि उनले हाम्रो अगाडि छ इञ्चको एक प्लाटिस्कको मोडल राखिदिए । यो काँचबाट बनेको थियो । यसमा चार बिंदु भएका तारा आकारमा भवनहरु थिए, जसमा एक बिंदुबाट अर्को बिन्दुको बीच ४१४ फुटको दूरी थियो । काँचको छत, जुन फुटबलको मैदानभन्दा १०० फुट लामो थियो, जुन आकाशमा तैरिरहेको जस्तो देखिन्थ्यो । यो भवन अद्भुत थियो । अविश्वसनीय थियो !
आज यो भवन वास्तविक बनिसकेको छ । यो एक समस्याको समाधान थियो । प्रष्टै छ, क्रिस्टल केथेड्रल बनाइसकेपछि हाम्रो अगाडि समस्याको अर्को नयाँ पिंढी आयो ।
हामीले ध्वनि सम्बन्धी समस्याको सामना ग¥यौं । तर यो यस्तो समस्या हो, जसलाई हामीले पूर्ण रुपमा सुल्झायौं । तर यो समस्या सुल्झाउन मुश्किल थियो ! केथेड्रलको हेरविचार पनि धेरै ठूलो चुनौती हो । के तपाईंलाई थाहा छ यसलाई सफा र चम्किलो बनाइ राख्नको लागि हामीलाई कतिजना झ्याल पुछ्ने मानिसको आवश्यकता हुन्छ ? (मैले सुनेको छु केथेड्रल पूरा भइसकेपछि विन्डेक्सको शेयरको भाउ बढेको थियो ।) केथेड्रल जस्तो भवन पूर्ण रुपमा क्रियाशील राख्नको लागि जति बजेट चाहिएको थियो त्यो हाम्रो सोचाइभन्दा धेरै थियो । केथेड्रल खुल्ला राख्न र राम्रो स्थितिमा राख्नको लागि धन जुटाउन अर्को एक समस्या थियो, जसलाई हामीले सुल्झाउनु पर्ने थियो–र हामीले यो सुल्झायौं पनि !
यो त्यो समस्या थियो, जसलाई मैले तब आमन्त्रित गरें, जब मैले बस्ने स्थानको कमीको समस्या सुल्झाएँ । प्रष्टै छ, यो अदला बदली मलाई मंजूर छ । म मानिसलाई ईश्वरको आराधना गर्न तथा आध्यात्मिक र भावनात्मक उपचार खोज्ने अधिकारबाट वञ्चित राख्नुभन्दा म हेरविचार र बजेटको समस्याको सामना गर्न मनपराउँछु ।
तर, जब केथेड्रल बनिसकेको छ र मेरो लक्ष्य पूरा भइसकेको छ तब एक पटक फेरि मेरो अगाडि लक्ष्यको अभावको समस्या आयो ।
तपाईं क्रिस्टल केथेड्रलभन्दा ठूलो काम किन गर्न सक्नुहुन्छ ? तपाईं कसरी त्यो भावनात्मक प्रेरणाको सामना गर्न सक्नुहुन्छ, जब तपाईंलाई कोही पहाडको शिखरमा चढ्नको लागि आमन्त्रित गर्छ ? यदि तपाईं माउण्ट एभरेस्टमा चढिसक्नुभएको छ, भने तपाईं त्यहाँबाट कहाँ जानु हुनेछ ? अमेरिकको राष्ट्रपति आफ्नो शक्तिशाली पदबाट रिटायर भएपछि कसरी रोमाञ्च र लक्ष्य बनाइ राख्न सक्छन् ?
संदेश स्पष्ट छः कोही पनि समस्याबाट मुक्त छैन । समस्याविहीन जीवन एक भ्रममात्र हो–मरुभूमिको मृगतृष्णा हो । यो एक खतरनाक धोका हो, जसले हामीलाई दिग्भ्रमित गर्न सक्छ, अन्धो बनाउन सक्छ र भट्काउन सक्छ । समस्याविहीन जीवनको पिछा गर्नु एक काल्पपनिक फेन्टासीको पछाडि भाग्नु हो । यो मानसिक र शारीरिक शक्तिको बर्बादी हो । हरेक जीवित मानिससँग समस्या हुन्छ । यो तथ्य स्वीकार गर्नुस् र अरु सिद्धान्ततिर अगाडि बढ्नुस् ।२ हरेक समस्याको एक सीमित अवधि हुन्छ ।
हरेक पर्वतको एक शिखर हुन्छ । हरेक घाँटीको तल्लो बिन्दु हुन्छ । जीवनमा पनि उतार–चढाव हुन्छ, पर्वत–शिखर र घाटी हुन्छ । कुनै पनि मानिस सधैं शिखरमा हँुदैन, न कोही सधैं खाडलमा नै हुन्छ । समस्याको अन्त हुन्छ । त्यो आउँछ जान्छ । सबै समस्या समयसँगै सुल्झेर जान्छ ।
यो सिद्धान्त तब धेरै स्पष्ट हुन्छ जब तपाईं सावधानीले इतिहास पढ्नुहुन्छ, किनकि मानवताको इतिहास पर्वत–शिखर र घाटीहरुको दस्तावेज हो । मानवता त्यो बेलामा शिखरमा पुग्छ, जब समाज पतनको स्थितिबाट माथि उठेर सभ्यताको अत्यंतः विनाशकारी तत्वलाई आपूm भित्र प्रवेश गर्ने अनुमति दिन्छ । नकारात्मक प्रभावलाई जरैदेखि उखेल्नुको साटो मानवीय संस्थाहरु पतनशीलतासँग संझौता गर्छ । पतन लगातार जारी रहन्छ र यसको गति तेज हुन्छ, जबसम्म कि यो तल्लो बिन्दुसम्म पुग्दैन, जहाँबाट यो एक पटक फेरि लामो, सुस्त चढाइ चढ्छ ।
इतिहासले हामीलाई सिकाउँछ कि हरेक समस्याको जीवन–अवधि हुन्छ । कुनै पनि समस्या स्थायी हँुदैन । के तपाईंसँग समस्या छ ? त्यो बितेर जानेछ, त्यो धेरै समयसम्म रहने छैन । तपाईंको समस्या सधैं जीवित रहँदैन, तर तपाईं रहनु हुनेछ ! हावा चलेपछि सधैं घाम निस्कने गर्छ । जाडो समय पग्लेर वसन्तमा बदलिन्छ । तपाईंको तुफान बित्ने छ । तपाईंको जाडो पग्लने छ । तपाईंको समसया सुल्झने छ ।३ हर समस्यामा सकारात्मक संभावना लुकेको हुन्छ
“कुनै कुरा लुकाउनु ईश्वरको महिमा हो” । हरेक समस्यामा कुनै रचनात्मक संभावनाको रहस्यमयी तत्व लुकेको हुन्छ, चाहे त्यो संभावना तपाईंको लागि होस् या अरु कसैको लागि ।
हरेक सिक्काको दुई पक्ष हुन्छ । एउटा मानिसको लागि जुन कुरा समस्या हो, त्यो अर्कोको लागि लाभदायक व्यवसाय बन्न सक्छ । उदाहरणको लागि मुसा दुनियाँभरका मानिसको लागि समस्या हो । तर केही मानिसको लागि अर्थोपार्जनको साधन हो । मुसाले हजारांै मानिसलाई नोकरी दिएको छ ! मुसा मार्ने दवाई, मुसा समाउने मेशीन बनाएर धेरै मानिसले काम पाएका छन् । मुसा मार्ने दवाइले परिवारलाई रोजगार मिल्छ ।
यसैगरी, हर मानवीय समस्यामा त्यो मानिसको लागि संभावना लुकेको हुन्छ, जो त्यो खोज्नमा इच्छुक हुन्छ ।
टाटपल्टनु एउटा मानिसको लागि भयानक अनुभव थियो कि उसले यो प्रक्रियाबाट अगाडि बढिरहेका अरु मानिसको मद्दत गर्ने फैसला ग¥यो । आज ऊ ती मानिसहरुलाई परामर्श दिन्छ, जो आपूmलाई टाटपल्टेको घोषित गर्न गैरहेका छन् ।
एउटा मानिसको समस्या अर्को मानिसको अवसर हो । अपस्तालको अस्तित्व यसकाणले छ, किनकि मानिसहरु बिरामी हुन्छन् । वकीलको धन्धा यसकारणले चल्छ किनकि मानिसहरु क्षणिक कमजोरी या अज्ञानको कारणले कानूनको उल्लंघन गर्छन् । मूर्दाघर, चिहान, कलेज, चर्च र विश्वविद्यालय यसैले अस्तित्वमा छन्, किनकि उनीहरुको लक्ष्य समस्यासँग जुधिरहेका मानिसको मद्दत गर्नु हो ।४ हरेक समस्याले तपाईंलाई बदलिदिने छ ।
समस्याले हामीलाई कहिल्यै त्यो रुपमा छोड्दैन जुन रुपमा उसलाई हामीले पाएका थियौं । मुश्किल समय हर मानिसमा आफ्नो प्रभाव छोड्छ । कोही पनि मुश्किलको स्पर्शबाट अछुतो छैन ।
हालसालै मैले एक सफल सेल्समेनसँग कुरा गरेको थिएँ । उसको आम्दानी लाखौंमा छ । जब मैले उसँग उसको प्रशिक्षणको बारेमा सोधें, तब मलाई यो कुरा थाहा पाएर अचम्म लाग्यो कि उसँग इतिहास र शिक्षणको डिग्रीहरु थियो ।
“डा. शुलर, साँचो त यो हो कि म धेरै बोरिङ्ग टीचर थिएँ । किनकि म बोर गर्थें, यसैले मेरा विद्यार्थीहरु बेचैन हुन्थे र म उनीहरुसँग संवाद गर्न सक्दिनथें । म एक बोरिंग टिचर यसकारणले थिएँ कि म आफैं बोर हुन्थे । मेरो बोरियत विद्यार्थीसम्म पुग्थ्यो । यो राम्रो स्थिति थिएन । किनकि मलाई विद्यार्थीहरुको साथमा समास्या हुन्थ्यो, यसैले मेरो अनुबन्ध सकिएपछि फेरि त्यसको समय बढाइएन–मलाई नोकरीबाट निकालियो, तब म यति क्रोधित भएँ कि मैले बाहिर निस्केर आपूm केही बनेर देखाउने फैसला गरें । म बाहिर गएँ र एउटा राम्रो काम गर्न थालें ।”
त्यसपछि उसले धेरै राम्रो वाक्य भन्यो । उसले मतिर चम्किला आँखाले हे¥यो र भन्यो, “ममा जोश उत्पन्न हुनको लागि मलाई नोकरीबाट निकाल्नु नै पथ्र्यो !” उसले स्पष्ट पा¥यो, “मूलतः म धेरै अल्छी थिएँ । अनुबन्ध सकिनाले म अल्छी दिनचर्याबाट बाहिर निस्केर आएँ । म सधैं कृतज्ञ रहने छु कि मलाई नोकरीबाट निकालियो, किनकि यसबाट म आफंै क्रोधित भएँ र म उठेर अगाडि बढें ।”५ तपाईं यो रोज्न सक्नुहुन्छ कि तपाईंको समस्या तपाईंस“ग के गर्छ
हुनसक्छ तपाईं परिस्थितिलाई नियन्त्रित गर्न सक्नुहुन्न, तर तपाईं आप्mनो प्रतिक्रियालाई नियन्त्रित गर्न सक्नुहुन्छ । तपाईं आफ्नो दुखाइलाई अपशब्दमा बदल्न सक्नुहुन्छ– या फेरि कवितामा । विकल्पको चुनाव तपाईंकै हातमा छ । हुनसक्छ तपाईंले मुश्किल रोज्नुहुन्न, तर तपाईं यो रोज्न सक्नुहुन्छ कि तपाईं त्यसमा कस्तो प्रतिक्रिया देखाउनु हुन्छ ।
मलाई याद छ मैले कैयौं वर्ष पहिला राष्ट्रीय टेलीभिजनमा डा. नार्मन विन्सेन्ट पीलको इण्टरभ्यू देखेको थिएँ । इण्टरभ्यू लिने मानिसले उनीसँग सोधेको थियो ,“डा. पील, तपाईं सकारात्मक चिन्तनलाई कुन हदसम्म अमलमा ल्याउनु हुन्छ ?”
डा. पीलले जवाफ दिए, “म यसलाई त्यो क्षेत्रमा अमलमा ल्याउँछु, जसमा मेरो नियन्त्रण हुन्छ । यदि म एउटा हवाइ जहाज किन्छु र त्यो दुर्घटनाग्रस्त हुन्छ भने मेरो त्यसमा कुनै नियन्त्रण छैन ।” मैले यस बारेमा धेरै समयसम्म सोचें ।
पछि मेरो डा. पीलसँग भेटभएपछि मैले उनीसँग भने, “म संभावनापूर्ण चिन्तनलाई जीवनको त्यही क्षेत्रमा मात्र अमलमा ल्याउँदिन, जसमा मेरो नियन्त्रण हुन्छ, बरु जीवनको हरेक क्षेत्रमा ल्याउँछु ।” उनी छक्क परे । मैले स्पष्ट गरें, “साँच्चै भन्नुपर्दा, डा. पील हामीले समस्यालाई नियन्त्रण गर्न नसके पनि, हामी प्रतिक्रियालाई त नियन्त्रित गर्न सक्छौं ।”
जीवनको अनियन्त्रित देखिरहेको समस्यामा जब तपाईं आफ्नो प्रतिक्रिया नियन्त्रित गर्नुहुन्छ तब तपाईंले आपूmमाथि त्यो समस्याको प्रभावलाई नियन्त्रित गर्नुहुन्छ । समस्याप्रति तपाईंको प्रतिक्रिया अन्तिम शब्द हो ! यही सबैभन्दा महङ्खवपूर्ण कुरा हो । तपाईं समस्यालाई आपूmसँग कस्तो व्यवहार गर्न दिनुहुन्छ ?
यसले तपाईंलाईं कमजोर या कडा बनाउन सक्छ । यसले तपाईंलाई राम्रो या कटु बनाउन सक्छ । यो तपाईंमा निर्भर हुन्छ ।६ हरेक समस्यामा नकारत्मक र सकारात्मक प्रतिक्रिया हुनसक्छ ।
अन्तिम विश्लेषणमा संघर्ष गर्ने मानिसहरु मश्किललाई यसकारणले हराउन सक्छन् कि, उनीहरुले सकारात्मक प्रतिक्रिया गर्ने विकल्प रोजेका थिए । यो सधैं त्यति सजिलो हुँदैन जति देखिन्छ ।
उदाहरणको लागि आपूmले नचाएको गर्भावस्ताको समस्याको बारेमा सोच्नुस् ।
विकल्प के हो ? चुनाव के हो ? कुन समाधान साँच्चैको समाधान हो ? तपाईं कसरी निर्धारित गर्नुहुन्छ कि कुन प्रतिक्रिया सकारात्मक हो र कुन नकारात्मक ?
मलाई सबैभन्दा अन्तिम प्रश्नको जवाफ सबैभन्दा पहिला दिने अनुमति दिनुस् । सकारात्मक प्रतिक्रिया त्यो हुन्छ, जुन मानवीय परिवारको सामूहिक आत्मसम्मानमा सर्वाधिक योगदान दिन्छ । आप्mनो विकल्पमध्येबाट त्यो रोज्ने छु, जुन मानवीय परिवारद्वारा झेल्ने लाजलाई कम गरिदिन्छ । म त्यो प्रतिक्रिया रोज्ने छु, जुन अन्ततः मलाई मानिसको रुपमा धेरै गर्वको अनुभूति गराओस् । यो बाहेक सकारात्मक प्रतिक्रिया त्यो हुनेछ, जुन धेरैजसो मानिसलाई खुशी बनाउने छ जसमा समाजमा रचनात्मक योगदान दिने सबै भन्दा धेरै संभावना हुन्छ ।
यसको विपरीत, नकारात्मक प्रतिक्रिया त्यो प्रतिक्रिया हो, जुन मेरोलागि या मानव परिवारको लागि सबैभन्दा धेरै लाजमर्दो हुन्छ र त्यसबाट कसैको हित हुँदैन । समस्याको सबैभन्दा सकारात्मक प्रतिक्रिया त्यो हुनेछ, जसले धेरै मानिसलाई धेरै खुशी प्रदान गर्छ जसमा समाजमा रचनात्मक योगदान दिने सबैभन्दा धेरै संभावना हुन्छ ।
यसको विपरीत नकारात्मक प्रतिक्रिया त्यो प्रतिक्रिया हो जुन मेरोलागि मानव परिवारको लागि सबैभन्दा धेरै लाजमर्दो हुन्छ र त्यसबाट कुनै हित हुँदैन । समस्याको सबैभन्दा सकारात्मक प्रतिक्रियालाई रोज्ने यो सकारात्मक सिद्धान्तको आधारमा म धेरै समयदेखि यसको वकालत गरिरहेको छु कि मननलागेको गर्भलाई पूरा समयसम्म राख्नुपर्छ र बच्चालाई यो संसारमा शिशुविहीन परिवारको प्रार्थनाको जवाफमा आउन दिनुपर्छ । गर्भपतन समस्याको नकारात्मक समाधान हो ।
समस्याको सबैभन्दा सकारात्मक प्रतिक्रिया रोज्ने यो सिद्धान्त अन्य समस्यामा कसरी लागू गर्न सकिन्छ ?
उदाहरणको रुपमा भयानक आर्थिक नोक्सानप्रति सकारात्मक प्रतिक्रिया के हो ? यस्तो खालको स्थितिमा के जिम्मेदारी नलिनु सकारात्मक प्रतिक्रिया हुनेछ, भाग्नु ? रक्सी या मादक द्रव्य या आत्महत्याद्वारा बँच्नु ?
हैन ! यस्तो खालको नकारात्मक प्रतिक्रियाभन्दा ठूलो समस्या उत्पन्न हुन्छ, किनकि उसले दवाव बनिरहेको समस्याको तात्कालिक समाधानको वाचा गर्छ ।
आप्mनो बिल भुग्तान गर्नको लागि पैसा चोर्नु एक नकारात्मक समाधान हो, किनकि यसबाट तपाईंले नयाँ समस्या आमन्त्रित गर्नुहुनेछ, २) भेद खुल्ने र समातिने डरले तपाईंलाई सताउने छ, ३) तपाईंलाई लाज लाग्ने छ तथा तपाईंको आत्मसम्मान कम हुनेछ, र ४) मानवीय परिवारको सामूहिक आत्मसम्मान कम हुनेछ ।
कुनै समस्याको सकारात्मक समाधानको पहल गर्नको लागि साहसको आवश्यकता हुनसक्छ । आफ्ना ऋणीको सामना गर्न र उनीहरुसँग इमान्दारीको व्यवहार गर्नमा साहसको आवश्यकता हुन्छ । यदि त्यो तत्काल भुगतानको लागि दवाव दिने हो भने यदि उसले तपाईंलाई आप्mनो समस्या सुल्झाउने समय दिन अस्वीकार गर्छ भने टाटपल्टनको लागि आवेदन दिने कानुनी र सम्माननीय बाटोको चुनाव गर्नुस् । यसबाट तपाईंले यति समय पनि पाउनु हुन्छ जसमा तपाईं बिनाअपराध आप्mनो समाधान खोज्न सक्नुहुन्छ ।
अर्को कुरा, हामी विवाहमा झगडा र चिन्ताको समस्यामा विचार गरौं । बर्सौंसम्म मान्ने गरिन्थ्यो कि बच्चाको लागि झगडा गर्ने अभिभावकसँग भन्दा शान्तिले बस्ने अभिभावकसँग बस्नु नै राम्रो हो । यो अवैज्ञानिक, सामान्य रुप हो स्वीकृत र निराधार मान्यताको तात्कालिक समाधानको लागि सम्बन्ध विच्छेदको विकल्प रोज्नु । कैयौंलाई साँच्चै विश्वास थियो कि यो बच्चाको लागि धेरै राम्रो छ ।
तर हालैमा भएको अध्ययनले बताउँछ कि यो धेरै नकारात्मक समाधान हुनसक्छ ।
“यदि बच्चाले गर्दा हुने भए कुनै सम्बन्ध विच्छेद हुने थिएन ।” यो डा. अल्बर्ट ए. सोलनिटको भनाइ हो, जुन उनले अमेरिकन एकेडमी अफ पीडियोट्रिक्सलाई पठाएको आप्mनो रिपोर्टमा हालैमा भनेका थिए । येल युनिभर्सिटीका यी मनोविश्लेषक अगाडि भन्छन्, “हामी कसरी यो जान्दैनौ कि बच्चामा सम्बन्धविच्छेदको दूरगामी प्रभाव के हुन्छ । यदि हामी एक यस्तो दुनियाँमा रहन्छौं जुन बच्चाको इच्छाले चलोस्, तब त्यहाँ एउटा पनि सम्बन्ध विच्छेद हुँदैन ।”
अर्का बाल मनोविश्लेषक भन्छन् कि उनलाई कसैगरी पनि यो विश्वास हुँदैन कि आमा बाबुको पारपाचुके बच्चाको लागि राम्रो हुन्छ ।
नर्थवेस्टर्न युनिभर्सिटीमा मनोविश्लेषणका प्रोफेसर र शिकागोका नर्थवेस्टर्न मेमोरियल अस्पतालमा किशोर इकाईका प्रमुख डा. डेरेक मिलरका अनुसार यो कुराको कुनै प्रमाण छैन कि एकाकी अभिभावकद्वारा पालिएका बच्चा दुई अभिभावकद्वारा पालिएका बच्चाले भन्दा धेरै सुरक्षित अनुभव गर्छ या ऊ भन्दा राम्रो हुन्छ ।
उनले किशोरहरुमा बढ्दो आत्महत्या, मादक द्रव्यको बानी किशोरावस्थाको गर्भधारण, रक्सी खाने बानी र यहाँसम्म कि हत्या बढ्ने टिप्पणी गरे । यो समस्या साठीको दसकमा आएको थियो र सत्तरीको दशकमा बढ्यो ।
यस्तो खालको शोधले बताउँछ कि तनाव र झगडा हुँदाहुँदै पनि सँगै बस्नु धेरै सकारात्मक हुनसक्छ ।
मेरा आमा–बाबुमा झगडा हुन्थ्यो । मलाई याद छ जब म सानो थिएँ तब हाम्रो घरेलु जीवनमा धेरै बहस हुन्थे । तर पारपाचुकेको बारेमा कहिल्यै कसैले सोचेनन् । यस कारणले म यो विश्वासका साथ हुर्किएँ कि समाधान कहिल्यै कुनै कठोर समस्यादेखि भागेर पाउन सकिदैन ।
मेरो विश्वास छ किनकि मेरा आमा–बाबुले समस्या भएर पनि आप्mनो विवाहलाई अक्षुण्ण बनाइ राखे, यसैले म उत्कृष्ट व्यक्ति हुँ र सफल हुनमा लगनको परिचय दिन्छु । उनको अटुट प्रेमले मलाई निष्ठाको महङ्खवमा विश्वास गर्न सिकायो ।
यदि तपाईंलाई थाहा छ कि सम्बन्ध विच्छेद कुनै विकल्प हैन, तब आश्चर्यजनक रुपमा तपाईंले फेरि प्रेम गर्न सिक्न सक्नुहुन्छ ।
“मुश्किल सधैं हार्छ, संघर्ष गर्नेले सधैं जित्छ । संघर्ष गर्ने मानिसले अन्तसम्म हिम्मत हार्दैन । उसले समस्या म्यानेज गर्दा सबैभन्दा सकारात्मक प्रतिक्रियाको चुनाव गर्न सिकेको छ । यही असली कुञ्जी होः “समस्या म्यानेज गर्नु ।” किनकि हाम्रो सारा संभावनापूर्ण चिन्तन हँुदाहुँदै पनि यस्ता केही समस्या हुन्छन्, जसको समाधान हामीले थाहा पाउँदैनौं ।
यदि तपाईंको खुट्टा काटिदिइएको छ, भने तपाईं यसलाई फेरि उब्जाउन सक्नुहुन्न । तर तपाईं यो समस्यालाई मेनेज गर्न सक्नुहुन्छ, यदि तपाईं ती सबै संभव तरिकामा विचार गर्नुहुन्छ जसद्वारा कृत्रिम अंग विकसित गर्न सकिन्छ, सुधार्न सकिन्छ र परिष्कृत गर्न सकिन्छ । तपाईं अरुभन्दा राम्रो चल्ने, धेरै लयले चल्ने तथा धेरै तेजीले चल्ने संकल्प गरेर यसलाई म्यानेज गर्न सक्नुहुन्छ । यो प्रक्रियामा तपाईं हर त्यो मानिसको लागि प्रेरणा बन्नु हुनेछ, जसको जीवनले तपाईंलाई स्पर्श गर्नेछ ।
म यो दावा गर्दिन कि संभावनापूर्ण चिन्तन तपाईंको हर समस्या सुल्झाउन सक्छ । तर मलाई अलिकति पनि शंका छैन कि यदि हामी सिर्फ विश्वास गर्न सक्छौं भने अधिकांश समस्या सुल्झन सक्छ । “मानिसको लागि यो असंभव छ, तर ईश्वर साथमा भयो भने सबै कुरा संभव हुन्छ ।”
तर यदि कुनै समस्याको समाधान हुँदैन भने के गर्ने ?
जब तपाईं समस्या सुल्झाउन सक्नुहुन्न तब त्यसलाई म्यानेज गर्नुस् ।
विजेता । उसले यस्तो कसरी गर्छ ? जब ऊ समस्यालाई सुल्झाउन सक्दैन, तब ऊ रचनात्मक तरिकाले म्यानेज गर्छ । तपाईं यस्तो कसरी गर्न सक्नुहुन्छ ? तपाईं रचनात्मक तरिकाले समस्यालाई म्यानेज गर्ने ती बाहिरी सिद्धान्तको अनुसरण गरेर यस्तो गर्नुहुन्छ, जुन अर्को अध्यायमा बताइने छ ।
