जन्म सबै व्यक्तिले पाउँछन् र अधिकांश व्यक्तिहरु जन्मलाई नै जीवन ठान्ने भूल गर्छन् । जेलाई हामी जीवन मान्दछौं, त्यो केवल एउटा जीवन पाउने अवसर हो– पाउने वा गुमाउने, किनकि त्यसबाट जीवन पाउन पनि सकिन्छ र जीवन गुमाउन पनि सकिन्छ ।
हामीले जेलाई जीवन भनी जानेका छौं, त्यो केवल एउटा अवसर हो, त्यो एउटा सम्भावना हो । त्यो एउटा बीउ हो, त्यसमा केही विकसित हुन पनि सक्छ र नहुन पनि सक्छ । बीउ व्यर्थै रहने, त्यसमा कुनै टुसा नपलाउने, कुनै फूल नफुल्ने, कुनै फल नफल्ने पनि हुन सक्छ । दुवै कुराको सम्भावना छ ।
र, आजसम्म जस्तो भएको छ, अधिकांश व्यक्तिहरुको बीउ व्यर्थै रहन जान्छ । असाध्यै कम व्यक्तिको जीवनमा टुसा पलाउँछ, फूल फुल्छ र सुगन्ध आउँछ । यस्ता थोरै व्यक्तिहरुलाई हामी पुज्दछौं, उनीहरुलाई सम्झन्छौं, तर एउटा के कुरा सम्झँदैनौं भने ठ्याक्कै त्यस्तै बीउ हामीले पनि पाएका छौंं र ठ्याक्कै त्यस्तै सुगन्धको प्राप्ति हामी पनि गर्न सक्छौं ।
महावीर, कृष्ण वा क्राइष्टलाई देखेर पनि जसको मनमा मभित्र पनि ठ्याक्कै त्यस्तै बीउ छ र म पनि ठ्याक्कै उनीहरुकै जीवन जस्तै जीवनलाई उपलब्ध हुन सक्छु भन्ने अपमानको बोध जन्मँदैन, उसको सबै पूजा व्यर्थ हुन्छ, सबै ढोंग हुन्छ र पाखण्ड हुन्छ– एउटा कुरा ।
त्यो पीडाबाट जोगिन नै हामीले कृष्णलाई, बुद्धलाई, महावीरलाई भगवान् बनाएर राखेका छौं । यसै पीडाबाट जोगिन । किनकि यदि उनीहरु पनि मनुष्य हुन् भने हामीमा आफू मनुष्य हुनुको ग्लानि प्रारम्भ हुनेछ ।
यदि उनीहरु पनि हामी जस्तै मनुष्य हुन् भने हामी जोगिने कुनै ठाउँ, कुनै सम्भावना रहने छैन । त्यसैले जोगिनका लागि अपमानले, पीडाले, दुःखले उनीहरुलाई भगवान्..., ईश्वरका पुत्र, तीर्थंकर र खै केके हो अबुझ कुराहरु हामीले उनीहरुमाथि लादेका छौंं ।
सबै नै हामीजस्तै मनुष्य हुन् । सबै मनुष्य थिए । तर केही मनुष्य–बीउ ठीक तरिकाले विकसित हुन्छन् र तिनभित्र परमात्माको प्रकाश प्रकट हुन थाल्छ । धेरै बीउ विकसित हुन पाउँदैनन् ।
धर्मको कुनै सम्बन्ध छ भने त्यो यसै कुरासँग छ कि सबै बीउहरु जे हुनुपर्ने हो त्यो हुन पाऊन् । जे उनीहरुभित्र छ त्यो प्रकट होस् । र, त्यसका लागि सबैभन्दा पहिलो आधारभूत, जरुरी कुरो, जुन म आज तपाईंहरुलाई भन्दै छु, जवसम्म, हामी जुन दिशा हिँडिरहेका छौंं र जे गर्दै छौंं त्यो एकदमै गलत छ भन्ने सम्झना नआउञ्जेलसम्म, कुनै क्रान्ति, कुनै परिवर्तन र कुनै मोड सम्भव हुनेछैन ।
यो करिबकरिब जसलाई हामीले जीवन जानेका छौंं त्यो दिनदिनै, विस्तारै–विस्तारै मर्दै जानुभन्दा बढी केही पनि होइन । र, लामो मृत्युलाई जीवन भन्न सकिँदैन । सत्तरी वर्षमा एउटा मान्छे मर्छ, यो सत्तरी वर्षसम्म मर्ने क्रिया चल्छ । सय वर्षमा कोही मर्दो होला, कोही पचास वर्षमा मर्दो होला । यो मर्ने लामो क्रियालाई नै हामी जीवन सम्झेर चुप लागेर बस्छौंं ।
हिजो तपाईं जतिको हुनुहुन्थ्यो, आज त्यसभन्दा एक दिन कमको हुनु भयो । भोलि अझ एक दिन कमको हुनुहुनेछ । तपाईं जेलाई उमेर बढेको मान्नु हुन्छ, त्यो उमेर घटेको हो । र, जुन जन्म–दिनहरुलाई तपाईं जन्म दिवस भनेर मनाउनुहुन्छ, ती केवल मृत्यु नजिक पुग्ने कोशेढुङ्गा हुन् । सबैतिर दौडेर अन्त्यमा मृत्यु नजिक पुगेको थाहा पाइन्छ । जतासुकै दौडियोस्, जेसुकै गरियोस्, र हजारौं उपाय गरिन्छ, हजारौं व्यवस्था गरिन्छ, हाम्रा यी सबै दौड–धुप मृत्युबाट जोगिने उपायभन्दा वढ्ता अरु केही होइनन् । कोही सम्पत्ति थुपार्छन्, कोही प्रतिष्ठा थुपार्छन्, पद थुपार्छन्, शक्ति बढाउँछन् .......सबै चेष्टा एउटै कुराबाट जोगिनलाई हो कि भोलि मृत्यु आउनेछ, त्यसका विरुद्ध म कुनै सुरक्षा, कुनै सिक्योरिटीको व्यवस्था गरौं । तर सबै व्यवस्था भताभुङ्ग हुन्छन्, र मृत्यु आएरै छोड्छ ।
मलाई एउटा सानो कथाको स्मरण हुन्छ । दश्मिकमा एकजना बादशाहले एउटा सपना देख्यो । सपना के देख्यो भने ऊ एउटा रुख तल घोडा नजिकै उभिएको छ र कुनै कालो छायाँ आएर उसको काँधमाथि हात राख्यो । फर्केर हेर्दा ऊ भयभीत भयो । त्यो कालो छायाँले भन्यो, म मृत्यु हुँ, भोलि तयार भएर बस्नू र ठीक ठाउँमा पुग्नू, म तँलाई लिन आउँदै छु । उसको निद्रा भङ्ग भयो, सपना समाप्त भयो, ऊ डरायो । बिहानै उसले आप्mना राज्यका ठूल्ठूला ज्योतिषीहरुलाई बोलायो । सपना बुझ्ने ठूल्ठूला विद्ववान््हरुलाई बोलायो र सोध्यो–यो सपनाको अर्थ के हो ? राती मैले कालो छायाँ देखेंँ जसले मेरो काँधमाथि हात राखेर म तँलाई लिन आउँछु, म मृत्यु हुँ, तयार भएर बस्नू र ठीक ठाउँमा भेटिनू भन्यो ।
धेरै समय पनि थिएन, केवल भोलिसम्मको कुरो थियो र भोलि साँझ, घाम अस्ताउँदा–नअस्ताउँदै मृत्यु आउनेछ । ज्योतिषीहरुले भने, अब यतिखेर धेरै विचार गर्ने समय पनि छैन । तपाईंसँग छिटोभन्दा छिटो दौडने कुनै घोडा छ भने त्यसलाई लिएर भाग्ने प्रयास गर्नुस् । जति टाढा भाग्नुहुन्छ त्यति नै राम्रो ।
त्यसको अतिरिक्त अर्को कुनै उपाय सम्भव पनि थिएन । मनुष्यको बुद्धि, अरु के नै गर्न सक्थ्यो र ? यही एउटा उपाय हुन सक्थ्यो, त्यो महल, त्यो राजधानीबाट टाढाभन्दा टाढा भाग्नु । जोगिने अरु के नै उपाय हुन सक्थ्यो र ?
तपाईंसँग पनि कसैले सोधेको भए के गर्नुहुन्थ्यो ? मसँग पनि सोध्दा म के भन्थँे र ? ती ज्योतिषीहरुले ठीकै भने । मनुष्यको बुद्धि धेरै टाढासम्म पुग्दैन पनि, खोज्न पनि सक्दैन । सीधा कुरो, हामी बेस्कन दौडौं, बचौं हामी मृत्युसँग ।
वेगवान््् घोडाको त्यो राजासँग कुनै कमी थिएन । तीव्रभन्दा तीव्र घोडाहरु थिए । सबैभन्दा वेगवान््् घोडालाई ल्याइयो । ऊ चढ्यो र भाग्न थाल्यो । घोडा असाध्यै तीव्र थियो, राजा विस्तारैविस्तारै निश्चिन्त हुन थाल्यो, घोडाको तीव्र चाल देखेर । जोगिने भएँ, भागियो, टाढा हुने भएँ भन्ने आत्मविश्वास आउनु स्वभाविक थियो ।
विस्तारैविस्तारै राजधानी टाढा हुन थाल्यो, राज्य टाढा हुन थाल्यो, नगर, गाउँ टाढा हुन थाले । घोडा दौडिरहेको थियो । त्यो दिन न त राजा रोकियो, न उसले खाना खायो, न पानी पियो । को रोकिन्थ्यो र, को खाना खान्थ्यो र, को पानी पिउँथ्यो र, जसको पछि मृत्यु लागेको छ । न त उसले घोडा रोक्यो, न त घोडाका लागि पानीको प्रबन्ध ग¥यो । त्यो दिन त उसले टाढाभन्दा टाढा पुग्नु आवश्यक थियो ।
दिउँसो भयो । राजा धेरै टाढा पुगिसकेको थियो, ऊ धेरै प्रसन्न थियो । दिउँसोसम्म त ऊ उदास पनि थियो । दिउँसोपछि त ऊ गीत पनि गुनगुनाउन थाल्यो । धेरै टाढा आइसकेको छु भन्ने विचार आयो । साँझ पर्दा नपर्दै ऊ सयौंं मिल टाढा पुगिसकेको थियो । अब घाम अस्ताउँदै थियो, उसले एउटा आँपको बगँैंचामा आप्mनो घोडा बाँध्यो र एउटा झाडीमुनि उभियो । ऊ निश्चिन्त थियो । धेरै टाढा भाग्न सकेकोमा उसले परमात्मालाई धन्यवाद दिनै आँटेको थियो कि त्यही उसले राती देखेको पञ्जा, उसको काँधमाथि राखिएको उसले देख्यो । ऊ डरायो । उसले फर्केर हे¥यो, त्यही कालो छायाँ उभिएको थियो ।
त्यो कालो छायाँले भन्यो, म असाध्यै चिन्तित थिएँ, यति टाढा तँ आउन भ्याउँछस् कि भ्याउँदैनस् । किनकि यही त्यो ठाउँ हो, जहाँ तेरो मृत्यु निश्चित गरिएको छ । म त चिन्तित थिएँ, यति लामो दूरी पार गर्न तँ सक्छस् कि सक्दैनस्, यो कसरी सम्भव होला र ? तर घोडा साँच्चै नै वेगवान््् रहेछ, तँ ठीक किसिमले दौडिस् र ठीक समयमा उपस्थित भइस् ।
हामी जसरी दौडौंंंं...........एकदिन यो हुन्छ नै । तपाईंले सपना देखे पनि वा नदेखे पनि त्यसले केही फरक पार्दैन । यो हुन्छ । एकदिन मृत्यु ठीक ठाउँमा भेटिन्छ, जहाँ उसले भेटिनुपर्ने हो ।
त, के हुन सक्छ भने हाम्रो भाग्ने दिशा भिन्नै होस्, हाम्रा घोडाका चाल भिन्नै होउन् । त्यो हुन सक्छ । तर, अन्तिम कुरोमा धेरै फरक हँुदैन । कुनै झाडीमुनि, कुनै न कुनै दिन काँधमाथि हात राखिनेछ । त्यतिखेर तपाईं पाउनु हुन्छ, जेसँग तपाईं तर्किरहनु भएको थियो, त्यससँग जम्काभेट भएरै छोड्यो । र, त्यो दिन तपाईं डराउनु हुन्छ । जसबाट जोगिन तपाईं दौडिरहनु भएको थियो, वस्तुतः तपाईं त्यतातिर नै दौडिरहनु भएको थियो । मृत्युसँग जोगिने कुनै उपाय छैन ।
हामी जतासुकै भागौंं, हामी मृत्युतिर नै भाग्छौं ।
भाग्नुले केवल मृत्युसम्म पु¥याउँछ ।
जो भाग्छ, ऊ मृत्युसम्म पुग्छ ।
त, के हुन सक्ला भने दरिद्र विस्तारैविस्तारै दौडला । उससँग घोडा छैन, घोडाविना नै दौडला । समृद्ध ठूलो घोडामा दौडला, र राजाहरु असाध्यै तीव्र चाल भएका घोडामा दौडलान् । तर, अन्त्यमा घोडाविनाका मान्छेहरु पनि त्यहीँ पुग्छन् र घोडावालहरु पनि त्यहीँ नै पुग्छन् ।
उपाय के छ ? बाटो के हो ? के गर्ने ?
त्यसैले पहिलो कुरो जे म तपाईंलाई भन्न चाहन्छु– तपाईं जे गर्दै हुनुहुन्छ, त्यसले तपाईंलाई मृत्युसम्म पु¥याउनेछ । र, यो कुनै अनौठो कुरो होइन । आजभन्दा पहिला पनि जे गरिएको छ, त्यसले मृत्युसम्म पु¥याएको छ । थोरै व्यक्तिहरु मृत्युबाट जोगिएका छन्, र, उनीहरुले जे गरे त्यो तपाईं गरिरहनु भएको छैन । मनुष्य जातिको इतिहासमा थोरै व्यक्तिहरु मात्र मृत्युबाट जोगिएका छन् । र, उनीहरुले जे गरे त्यो तपाईं गरिरहनु भएको छैन । त्यसैले तपाईं जे–जस्तो तयारी गरिरहनु भएको छ, त्यो मृत्युको तयारी हो । त्यो प्रिय लागे पनि, अप्रिय लागे पनि तथ्य र सत्य के हो भने हामी सबैको तयारी मृत्युको तयारी हो ।
यी तीन दिनमा म तपाईंहरुसँग मृत्युको तयारीका कस्ता लक्षण हुन्छन् र जीवनको तयारी कसरी हुन सक्छ भन्ने निवेदन गर्न चाहन्छु ।
हुन सक्छ, तपाईंभित्र पनि जीवनलाई बुझ्ने र पाउने आकाङ्क्षा होला । वस्तुतः त्यस्तो कुनै मनुष्य छैन, जसभित्र जीवन पाउने आकाङ्क्षा नरहेको होस् । तर पनि कुनै पागलपन छ, कुनै ठूलो पागलपन छ, कुनै गहिरो पागलपन छ, जसबाट पूरै मनुष्य जाति ग्रसित छ । नयाँ बच्चाहरु आउँछन् र त्यही पागलपनबाट दीक्षित हुन्छन् । सम्भवतः यस्तो हुनु स्वभाविक पनि हो । यदि नयाँ बच्चा दीक्षित नहुने हो भने हामी पागलजस्ता लाग्नेछौं ।
महावीर जुन दिन घर छोड्छन्, मान्छेहरु उनलाई पागल भन्छन् । बुद्ध जुन दिन घरबाट भाग्छन्, त्यो दिन उनलाई पनि पागल सम्झिइन्छ, र, क्राइष्टलाई पनि पागल भनिन्छ । सम्पूर्ण मनुष्य जाति पागल छ, त्यसैले जहिल्यै पनि कुनै सद्धे मान्छे जन्मिँदा पागल बुझिन्छ ।
एउटा छोटो कथा भनौं, त्यसले मेरो कुरो बुझिन्छ होला । एउटा, कस्तो भयो भने, एकदिन बिहान–सवेरै एउटी बूढी आइमाई आएर गाउँको कुवामा केही हाली र भनी, अब जसले यो कुवाको पानी खान्छ, त्यो पागल हुन्छ । गाउँमा दुईवटा मात्र कुवा थिए । एउटा गाउँको कुवा थियो र अर्काे राजाको महलको कुवा थियो । साँझसम्ममा, बाध्यता थियो, सारा गाउँ पागल भयो, पानी पिउनै प¥यो त्यो कुवाको । केवल राजा, रानी र मन्त्री तीनजना, जसले त्यो कुवाको पानी पिएका थिएनन्, जोगिए, उनीहरु पागल भएनन् । सारा गाउँ साँझ पर्दा नपर्दै पागल भइसकेको थियो ।
सारा गाउँमा एउटा उडन्ते खबर के फैलियो भने राजाको दिमाग खराब भइसकेको छ । यो स्वभाविक पनि थियो किनकि सारा गाउँ पागल हँुदा एउटा व्यक्ति जो पागल हुँदैन, पागलजस्तैे लाग्छ । त्यसैले गणित प्रष्ट छ, ती सबै व्यक्तिहरु असाध्यै चिन्तित भए र झन्झटमा परे । तीमध्ये जो विचारशील थिए र पागलहरुमध्ये पनि धेरै विचारशील हुन्छन्, त्यसैले पागल र विचारशीलहरु बीचमा असाध्यै थोरै दूरी हुन्छ । विचारशीलहरु प्रायः पागल हुन्छन् र पागलहरु प्रायः विचार गर्न थाल्छन् ।
ती पागलहरुमध्ये कोही विचारशील थिए, कोही नेता थिए । ती सबैले भेला भएर सोचे, अब के गर्ने ? राजालाई नफेरे सबै नै गडबड हुने भयो, किनकि राजा पागल हुने हो भने कसरी चल्ला ? ती सबै राजमहल, साँझ पर्दा–नपर्दै राजमहल बाहिर भेला हुन पुगे । र, उनीहरुले नारा लगाए । राजालाई नफेरी अब काम चल्न सक्दैन । राजा पागल भइसकेका छन्, मन्त्री पागल छन्, रानी पागल छिन् ।
राजा, उनका मन्त्री, उनकी रानी माथि महलमा उभिएर विचार गर्न थाले, अब के गर्ने ? उनका सिपाहीहरु पनि पागल भएका थिए, नोकरहरु पनि उनका पागल भइसकेका थिए, सबै पागल थिए, अब के हुन्छ ? राजाले मन्त्रीलाई सोधे, चाँडै केही सोच, के गर्ने ? उनले भने, केवल त्यो कुवाको पानी पिउनु सिवाय अर्को कुनै उपाय छैन । ती तीनैजनाले सबैलाई भने, तिमीहरु एकछिन पर्ख, हामी आप्mनो पागलपनको उपचार गर्नेछौंं । उनीहरु गए र त्यो कुवाको पानी पिए । त्यो रात गाउँमा ठूलो खुशी मनाइयो । मान्छेहरु नाँचे र उनीहरुले गीत गाए, राजाको दिमाग ठीक भएको छ ।
मनुष्य जाति कुनै असाध्यै गहिरो पागलपनबाट ग्रसित छ । कुनै असाध्यै ठूलो विक्षिप्तताले हामीलाई गाँजेको छ । हाम्रा नयाँ केटा–केटीहरुलाई हामी त्यसैमा दीक्षित पार्छौं । जुन केटाकेटीहरु नाइँ भन्छन्, उनीहरु पागलजस्ता देखिन्छन् । हामी उनीहरुलाई जबर्जस्ती ठीक पारेर त्यही पागल हुने बाटोमा घिसार्छौं ।
त्यसैले यो संसारमा स्वस्थ हुनु बडो खतरनाक कुरो हो । र, जुन मान्छे स्वस्थ हुन्छ, उसले स्वस्थ हुनुको ठूलो मूल्य चुक्ता गर्नुपर्छ । कसैले गोली खानुपर्छ, कसैले विष पिउनुपर्छ वा कसैले सूलीमा झुण्डिनुपर्छ । पागलहरुको संसार हो, त्यसैले स्वस्थ मान्छेहरु यहाँ सह्य हुँदैनन् । यो पागलहरुको संसारमा जो जति ठूलो पागल हुन्छ त्यति नै प्रिय हुन्छ । किनकि ऊ आप्mनैजस्तो लाग्छ, ठीक त्यही बाटोमा हिंँडिरहे जस्तै लाग्छ, जुन बाटोमा हामीहरु हिँंडिरहेका हुन्छौंं ।
त, म तपाईंहरुंलाई के भन्न चाहन्छु भने मनुष्य जातिलाई समातेर बसेको जुन गहिरो पागलपनको स्थिति छ, त्यसबाट छुटकारा पाउने बाटो कुन हो ? र, यदि कुनै मार्ग नखोज्ने हो भने मृत्यु त्यसको फल हुनेछ । र, जेसुकै गर्नुस्, अन्ततः मृत्युले पक्रनेछ, भोलि पक्रन सक्छ, आज पक्रन सक्छ, अहिल्यै पक्रन सक्छ ।
त्यसैले, आजको रात, एक त तपाईंंहरुलाई के भन्न चाहन्छु भने, यो कुरोमा हामी थारै सोचौं, थोरै विचार गरौं, तपाईंं जे गर्दै हुनुहुन्छ, त्यसबाट मृत्यु नै निस्कने हो भने तपाईंंको गराइको सार्थकता के रहन्छ ! तपाईंं जे गर्दै हुनुहुन्छ, यदि त्यसबाट अमृततिर तपाईंंका पाइला सर्दैनन्, अमृततिर तपाईंका आँखा खुल्दैनन्, जहाँ मृत्यु छैन त्यस दिशामा तपाईंंको जीवनको गति हुँदैन भने, त्यसको के उपयोगिता होला ? त्यसको कति परसम्मको अर्थ र प्रयोजन होला ?
फेरि, जीवन एउटा अवसर हो । जति क्षण हामी गुमाउँछौं, त्यसलाई पुनः पाउने कुनै उपाय छैन । र, जीवन एउटा अवसर हो, त्यसलाई हामी कुनै पनि प्रकारले, कुनै पनि रुपमा परिवर्तन गर्न सक्छौं । हामी त्यसमा जे गर्छाैं, त्यसबाट जीवन परिवर्तित हुन पुग्छ । केही व्यक्तिहरु त्यसलाई सम्पत्तिमा परिवर्तन गर्छन् ! जीवनभरि, जीवनका समस्त अवसरलाई, सम्पूर्ण शक्तिलाई सम्पत्तिमा परिवर्तन गर्छन् । तर, मृत्यु जहिले पनि अगाडि उभिएको हुन्छ, सम्पत्ति व्यर्थ हुन पुग्छ ।
केही व्यक्तिहरु जीवनभरि श्रम गरेर अवसरलाई यशमा, कीर्तिमा परिवर्तन गर्छन् । यश हुन्छ, कीर्ति हुन्छ, अहङ्कारको तृप्ति हुन्छ, तर जतिखेर मृत्यु अघिल्तिर उभिन्छ, अहङ्कार, यश र कीर्ति सबै व्यर्थ हुन पुग्छन् ।
तपाईंको जीवन व्यर्थ गएन भनेर परीक्षण केले गर्नु हुन्छ ?
परीक्षण एउटै छ, मृत्यु अघिल्तिर आउँदा तपाईंले जीवनमा जे कमाउनु भएको छ, त्यो व्यर्थ हुनु भएन । तपाईंले जीवनका अवसरलाई जे कुरामा परिवर्तन गर्नुभएको छ, सम्पूर्ण जीवनलाई जुन दाउमा लगाउनु भएको छ, मृत्यु अघिल्तिर उभिँदा त्यो व्यर्थ हुनु भएन, त्यसको सार्थकता रहिरहनु प¥यो ।
मृत्युसमक्ष जे सार्थक हुन्छ, त्यही नै वस्तुतः सार्थक हुन्छ, बाँकी सबै व्यर्थ हुन्छन् । त्यसैले पुनः दोहो¥याउँदै छु– मृत्युसमक्ष जे सार्थक हुन्छ, केवल त्यही सार्थक हुन्छ, बाँकी सबै व्यर्थ हुन्छन् ।
यो असाध्यै थोरै व्यक्तिहरुलाई मात्र थाहा छ । यो परीक्षण, यो मूल्याङ्कन, यो दृष्टि असाध्यै थोरै व्यक्तिहरुसँग मात्र छ । तपाईंसँग छ कि छैन, सोच्न निवेदन गर्छु । यस कुरामा थोरै विचार गर्नुहोला– म जीवनभरि दौडेर जे थुपार्छु, जे पनि– पण्डित्याइँ थुपारांैला वा धन थुपारौंला वा धेरै व्रत बसेर तपश्चर्या थुपारौंला वा धेरै यश कमाऔंला वा केही किताब लेखौंला वा केही गीत गाऔंला, तर अन्ततः जतिखेर मेरो सम्पूर्ण जीवन अन्तिम परीक्षणमा हुन्छ, त्यतिखेर मृत्यु समक्ष त्यसको कुनै सार्थकता रहन्छ कि रहँदैन ?
यदि हुँदैन भने, आजै सचेत हुनु उचित हुन्छ । र, त्यस दिशातर्फ सङ्लग्न हुनु पनि उचित हुन्छ, म कुनै त्यस्तो सम्पदा निर्माण गर्न सकूँ, त्यस्तो कुनै शक्ति पनि निर्माण गर्न सकूँ र प्राणभित्र कुनै त्यस्तो ऊर्जा जन्माउन सकूँ कि मृत्यु समक्ष हुँदा मभित्र केही होओस्, जुन मृत्युबाट जोगियोस्, मृत्युले त्यसलाई नष्ट गर्न नसकोस् ।
यो हुन सक्छ । र, यदि यो हुन नसक्ने हो भने सबै धर्महरु वाहियात हुन्, व्यर्थ हुन् । यस्तो भएको छ, आज पनि हुन सक्छ र हरेकको जीवनमा हुन सक्छ । तर यो आकाशबाट झरेर हुँदैन, न त यो दानमा पाइन्छ । र, न यसलाई चोरी नै गर्न सकिन्छ, न त कुनै गुरुको पाउमा बसेर सित्तैमा पाउन सकिन्छ ।
यो अरु कोहीबाट पाउन सकिँदैन । यसलाई त जन्माउन सकिन्छ, यसको त सिर्जना गर्न सकिन्छ । यसलाई स्वयम् आप्mनो श्रम, र आप्mनो जीवन, र आप्mनो सङ्कल्प अनि आप्mनो सम्पूर्ण शक्तिको प्रयोगबाट निर्माण गर्न सकिन्छ । तर यो निर्माणको दिशातर्फ त्यतिञ्जेलसम्म पाइला उठ्दैन, हामी जे गर्दै छौंं, त्यसलाई हामीले ठीक बुझुञ्जेलसम्म पाइला उठ्दैन । हामी जसरी बाँचिरहेका छौंं, त्यसलाई हामीले ठीक बुझुञ्जेलसम्म यस दिशामा पाइला उठ्न सक्दैन ।
जीवन हाम्रो कतै भ्रान्तिमा छ, कतै गलत छ । हाम्रो दिशाले हामीलाई कुनै त्यस्तो बाटोमा पु¥याउँदै छ, जुन कतै पुग्दैन, त्यस्तो बोधको आवश्यकता छ । र, त्यो बोधको जन्मका लागि आप्mनो जीवनलाई मृत्यु समक्ष राखेर तौलनुलाई म परीक्षण मान्दछु । एकदिन तौलनुपर्छ, तर त्यो समयमा गर्नलाई केही पनि बाँकी रहेको हुँदैन । त्यसैले जो पहिलादेखि नै तौलन थाल्छ उसले पक्कै केही गर्न सक्छ । उसको जीवनमा केही हुन सक्छ, उसको जीवनमा कुनै क्रान्ति घनीभूत हुन पुग्छ । आजदेखि नै तौलनु जरुरी छ । प्रतिदिन तौलनु जरुरी छ ।
बर्नार्ड शाले एकदिन कतै जिस्किएर यस्तो भनेका थिए, प्रत्येक मान्छेले, संसारमा यस्ता अदालतहरु हुनु पर्छ कि प्रत्येक तीन वर्षमा ती अदालत समक्ष, प्रत्येक मान्छेले उपस्थित हुनु परोस् । र, उसले तीन वर्ष बाँच्नुको, उसले बाँचेको तीन बर्षको सार्थकता अदालत समक्ष सिद्ध गर्नुपरोस् । ठट्टा थियो । न त यस्ता अदालतहरु हुन सक्छन् र हुने नै भए पनि बडो अप्ठ्यारो पर्नेछ । कसरी आप्mनो जीवनको सार्थकता सिद्ध गर्नु हुन्छ ? म जे बाँचेँ, त्यसको फल यस्तो भएको छ, त्यसबाट यस्तो सार्थकता निस्केको छ, त्यसबाट यस्तो अर्थ निष्पत्ति भएको छ भनेर कसरी भन्नुहुन्छ ?
अहँ, तर छोड्नुस्, कुनै अदालत नहोस्, तर प्रत्येक व्यक्तिको मनमा आप्mनो विवेकको अदालत त हुनै पर्छ, जसका सामु उसले दैनिक उपस्थित हुनु परोस् । जो समक्ष उसले प्रत्येक क्षण नै उपस्थित हुनु परोस् र त्यहाँ उसले सोध्नु परोस्, म किन बाँचिरहेको छु ? र, त्यहाँ सोध्नु परोस् कि म जे बाँच्दै छु, त्यसबाट केही हुन्छ ? त्यसबाट केही पाइन्छ ? त्यसबाट म कतै पुग्छु ? त्यसबाट दौडाइ रोकिन्छ ? त्यसबाट दुःख मेटिन्छ ? त्यसबाट अन्धकार हराउँछ ? त्यसबाट मृत्यु हराउँछ कि हराउँदैन ? यो प्रश्न जसको मनमा असाध्यै घनीभूत भएर उब्जिन्छ, उसको जीवनमा धर्मको प्रारम्भ हुन्छ । शास्त्र पढेर धर्मको प्रारम्भ हुँदैन । तर, स्वयम्का सामु जीवनलाई निरन्तर तौलँदा धर्मको प्रारम्भ हुन्छ । दिनदिनै तौलनुको आवश्यकता छ, क्षण–प्रतिक्षण तौलनुको आवश्यकता छ ।
त्यसैले यो विचारका लागि, प्रारम्भिक विचारका लागि भन्दै छु । यसैका आधारमा यताका तीन दिन तपाईंंहरुसँग त्यो बाटोका बारेमा कुरा गर्नेछु, जसमा हामी मृत्युको दिशाबाट छुट्टिएर अमृतको दिशातिर गति लिन सक्छौंं । तपाईंंहरुको मनमा पनि त्यस्तो अमर जीवन पाउन सके त बडो राम्रो भन्ने सोचाइ त होला । मनभित्र मृत्युबाट जोगिन पाए त बडो राम्रो भन्ने आकाङ्क्षाको जन्म त हुन्छ होला । मनलाई अमृत पाऊँ भन्ने त लाग्दो होला ।
तर अहँ, त्यो पाउने वास्तविक आकाङ्क्षा त्यतिञ्जेलसम्म जन्मिँदैन, जहिलेसम्म हाम्रो हालको जीवन आप्mनो सम्पूर्ण व्यर्थतामा स्पष्ट हुँदैन । हाम्रो अहिलेको जीवन बाँच्ने तरिका, हाम्रो पद्धति, हाम्रो सोचविचार, हाम्रो प्राणको गति सबै नै व्यर्थ भएर नदेखिएसम्म । म जे गर्दै छु, त्यो पूर्णरुपमा व्यर्थ रहेछ भन्ने नदेखिएसम्म । त्यो छटपटी, त्यो डर र म जे गर्दै छु, त्यो व्यर्थ छ भन्ने चिन्ता जीवनमा नआएसम्म सार्थक दिशातिरको कल्पना कसरी आउँछ, त्यस्तो विचार कसरी जन्मिन्छ ?
त्यसैले आज के मात्र भन्न चाहन्छु भने मृत्युलाई आफू अघिल्तिर राख्नुस् । हामी सबै नै त्यसलाई पछिल्तिर राख्छौंं । त्यतातिर पिठ्युँ फर्काउँछौंं । मृत्युतिर पिठ्युँ फर्काउने व्यक्ति ठूलो धोखामा हुन्छ ।
म एउटा यात्रामा थिएँ । वर्षाको समय थियो र एउटा पहाडी नदीको किनारमा केही समय मैले रोकिनु प¥यो । मेरो गाडी रोकियो । एउटा सानो खोल्सो उर्लेको थियो । म पछि अरु पनि दुईतीन गाडीहरु आए, ती पनि रोकिए । ती गाडीमा हुनु भएकाहरु मेरा लागि अपरिचित हुुनुहुन्थ्यो, तर म रोकिएको देखेर नजिकै आउनु भयो । र, कुराकानी सुरु भयो । म उहाँहरुसँग कुरा गर्दै थिएँ, अचानक नै यस सम्बन्धमा कुरो चल्यो । उहाँहरुले मलाई सबैभन्दा बढी विचार गर्नुपर्ने कुरा के हो भनेर सोध्नुभयो । मैले उहाँहरुलाई भने, एउटै मात्र विचार गर्नुपर्ने जस्तो कुरा छ, त्यो हो मृत्यु ।
उहाँसँग धेरै कुरा भए । उहाँले मलाई पछि भेट्ने कुरो गर्नुभयो । मैले जिस्किएर उहाँलाई जवाफ दिएँ, पछि भेट्ने कुराको कुनै पक्का भरोसा छैन । हुन सक्छ म नरहूँ, हुन सक्छ तपाईंं नरहनुहोला, हुन सक्छ, हामी दुवै नै रहौंला तर भेट्ने कुनै संयोग नजुर्ला ।
मैले उहाँलाई एउटा छोटो कथा भनेँ र मेरो कल्पनामा कहिल्यै थिएन, के होला ? जाँदाजाँदै.........खोल्साको भेल कम भइसकेको थियो, त्यतिखेर मैले उहाँलाई एउटा कथा भने–
चीनमा एकजना बादशाह आप्mनो मन्त्रीसँग रिसायो र फलानो दिनको बिहान उसलाई फाँसी झुण्ड्याउने निर्णय ग¥यो । तर कसैलाई फाँसी झुण्ड्याउँदा राजा आफैं बिहान सबेरै गई कैदीलाई भेट्ने र उसको कुनै इच्छा भए पूरा गर्ने त्यो राज्यको परम्परा थियो । फेरि ऊ त मन्त्री थियो । हुन त राजाको प्रिय थियो तर कुनै भूलचूक भएकाले राजा रिसाएको थियो । र, फाँसी झुण्ड्याउने सजाय दिएको थियो । आज फाँसी झुण्ड्याइने थियो, राजा बिहान सबेरै आयो । आप्mनो घोडाबाट ओर्लिएर तेरो कुनै इच्छा भए म पूरा गर्छु भन्यो ।
तर त्यतिभन्दा नै मन्त्रीका आँखामा आँसु आए । राजा छक्क प¥यो । मन्त्री असाध्यै बहादुर थियो, उसले जीवनमा रुन जानेकै थिएन । यो असम्भव थियो, आप्mनो मृत्युको चिन्तामा उसले रुन थाल्नु, यो असम्भव थियो । राजा छक्क प¥यो, तेरो आँखामा आँसु देखेर म छक्क पर्दै छु भन्यो । मन्त्रीले भन्यो, मेरो मृत्यु नजिक आएको देखेर म रोएको होइन, अरु नै कुनै कुराले गर्दा रुँदै छु । तपाईंंको घोडा देखेर रुँदै छु ।
राजाले भन्यो, मेरो घोडा देखेर किन रुनु ? त्यो मन्त्रीले भन्यो, मैले वर्षौं मेहनत गरेर एउटा कला जानेको थिएँ, म घोडालाई उड्न सिकाउन सक्थेंँ, तर जुन जातको घोडा उड्न सिक्न सक्थ्यो, त्यो मेरो जीवनमा मैले पाउन सकिनँ र तपाईंं जुन घोडा चढेर आउनु भएको छ, त्यो त्यही जातको घोडा हो । त्यसैले मेरा आँखामा आँसु आए, जीवन जुन कला सिक्न व्यतीत गरियो, त्यो आज मसँगै समाप्त हँुदैे छ ।
राजाले सोच्यो, घोडाले उड्न सिक्ने हो भने त अद्भूत नै हुनेछ । त्यसैले उसले भन्यो, यसमा चिन्तित हुने कुरै छैन, नरोऊ । यस् घोडालाई उडन् सिक्न कति समय लाग्छ ? मन्त्रीले भन्यो, केवल एक वर्ष ।
राजाले भन्यो, घोडाले उड्न सिक्यो भने मृत्युदण्डबाट त तँ जोगिन्छस् नै, फेरि तँलाईं मन्त्री पनि बनाउँला र धेरै धन–सम्पत्ति, जे तँ चाहन्छस्, त्यो पनि दिऊँला । र, यसमा कुनै अप्ठ्यारो पनि छैन, वर्ष दिनपछि घोडाले उड्न सिकेन भने तँलाईं फाँसी झुण्ड्याउँला, वर्ष दिनपछि झुण्ड्याउँला ।
मन्त्री घोडामा चढेर घर फर्कियो । घरमा मान्छेहरु फाँसी झुण्ड्याइयो भनेर रुँदै थिए । उसलाई घर फर्केको देखेर सबै छक्क परे । सबैले सोधे, तँ कसरी फर्किस् ? उसले सबै कथा भन्यो, तर पनि उसकी पत्नी रोई नै रही, उसका छोराछोरी रोई नै रहे । उसले तिमीहरु रुन बन्द गर भन्यो । उसकी पत्नीले भनी, तिमी घोडा उडाउने कला जान्दैनौ भन्ने मलाई थाहा छ, तिमीले किन त्यस्तो पागल कुरा ग¥यौ ? आज मथ्र्याै, अब वर्ष दिनपछि मर्छौ । हाम्रा लागि त त्यो एक वर्ष तिम्रो मृत्युको प्रतीक्षाको समय हुनेछ । त्यस्तै गर्नु थियो भने, धोखा नै दिनु थियो भने, कमसेकम बीस वर्ष, पचास वर्ष, त्यस्तै कुनै समय माग्नु पथ्र्यौ ।
तर मन्त्री हाँस्न थाल्यो, के जीवनको तरिका जान्दिनौ र ? वर्ष दिनको के भरोसा ? म मर्न सक्छु, घोडा मर्न सक्छ, बादशाह मर्न सक्छ । वर्ष दिन ठूलो कुरा हो । र, बीस वर्ष मागेको भए राजालाई पत्यार लाग्दैनथ्यो । बीस वर्ष लामो समय हुन्थ्यो । एक वर्ष मागेको छु, एक वर्ष धेरै लामो समय हो र जे पनि हुन सक्छ, म मर्न सक्छु, घोडा मर्न सक्छ, बादशाह मर्न सक्छ, कुरो टर्छ ।
यो कथा उनलाई भनेँ । र, घटना यसरी घट्यो जसको कसैले कल्पनासम्म गरेको थिएन । ती तीनैजना त्यसै वर्ष मरे– राजा पनि, मन्त्री पनि, घोडा पनि ।
यो उहाँलाई भनेँ । फेरि खोल्साको भेल पनि कम भएको थियो । उहाँ गाडी लिएर हिंँड्नु भयो । फर्केर आउँदा, तपाईंंलाई अवश्य नै भेट्छु भन्नु भयो । फेरि पनि उहाँले त्यही कुरो भन्नु भयो । हाम्रा कुराकानी यस्तै हुन्छन्, जति सुकै भनियोस्, हामी फेरिफेरि त्यहीत्यही भन्न र त्यहीत्यही गर्न थाल्छौंं । मेरा लागि त दिनहुँ नै यस्तै स्थिति छ । त्यही सम्झाउँछु, त्यही सोधिन्छ, फेरि त्यसबाट उल्टो कुरो सोध्न कोही अर्कै आउँछ ।
उहाँले फेरि जाने बेलामा मलाई त्यही, फर्किंदा अवश्य नै भेट्नेछु भनेर भन्नु भयो । मलाई बडो आनन्द लाग्यो । म हाँस्न थालेंँ । उहाँको गाडी अगाडि हिँडिसकेको थियो । मेरो गाडी पछि हिँड्यो । दुई माइल पछि नै मैले उहाँलाई मृत पाएँ । उहाँको गाडी ठोक्किएको थियो, उहाँ समाप्त हुनु भएको थियो । मेरो ड्राइभरले भन्यो, यो त बडो अनौठो कुरो भयो । भर्खरै त तपाईंंले त्यही भन्नु भएको थियो ।
यही म तपाईंंहरुलाई भन्दै छु । कुनै पक्का भरोसा छैन । तपाईं घरतिर हिँड्नुस् र पुग्नु होला, कुनै पक्का भरोसा छैन । आज पुग्नुहुन्छ, भोलि पुग्न सक्नु हुन्न । भोलि पुग्नु हुन्छ, पर्सि पुग्नु हुन्न । आखिर, कहिलेसम्म जोगिनु हुन्छ ? एक दिन त आउँछ, पुग्न सक्नु हुन्न । त्यसैले, त्यसलाई टाढा पारी हेर्दा केही फरक पर्दैन । दश वर्ष पछि होस् वा बीस वर्षपछि, त्यो दिन आउँछ । जसले बुझ्छ, ऊ त्यसलाई आजकै राती गरेर हेर्छ ।
यस्तै सोच राखेर हिँड्नुस्, भोलि बिहान उठ्न सक्दिनँ, अनि गर्नलाई के बाँकी रहन्छ ? यस्तै सोच राखेर हिँड्नुस्, भोलि बिहान हुइँदैन, अनि गर्नलाई के बाँकी रहन्छ र ? एक दिन त अवश्य नै यस्तो बिहान आउँछ, तपाईंं रहनु हुन्न । यसलाई पक्का मान्नुस् । यसमा कुनै शङ्का छैन । यसलाई सम्झाउने पनि कुनै आवश्यकता छैन । एक दिन त पक्का त्यस्तो हुन्छ– सूर्य उदाउँछ र तपाईं रहनु हुन्न । धेरै व्यक्तिहरु धरतीमा थिए, उनीहरु अहिले छैनन् । तपाईं हुनु हुन्छ, तपाईं पनि रहनु हुन्न ।
जीवनमा मृत्युभन्दा निश्चित केही पनि छैन, तर त्यसमाथि नै सबैभन्दा कम विचार भएको छ । सबै अनिश्चित छ । र, सबै सन्दिग्ध छ । परमात्मा हुन वा नहुन सक्छ, आत्मा हुन वा नहुन सक्छ । यो सम्पूर्ण संसार, जुन हामी देखिरहेका छौंं, हुन वा नहुन सक्छ । यो सबै सपना हुन सक्छ । तर एउटा कुरा निश्चित छ, एउटा कुरा इनडिबेटेवल छ । एउटा कुरामा कुनै सन्देह छैन, जे यहाँ छ, त्यो सदा यहाँ हुँदैन । एउटा कुरो निश्चित छ, मृत्यु छ । मृत्युभन्दा ठूलो कुनै सत्य छैन । तर हामी सबै त्यसलाई पिठ्युँ पछाडि राख्छौंं र आफू मर्ने कुरो भने कहिल्यै सोच्दैनौं । र, यदि कसैले तपाईंंलाई सम्झाउने हो भने तपाईंं भन्नु हुन्छ, त्यस्तो अपशकुनको कुरो नबोल, त्यस्तो कुरो नगर । मर्ने कुरा किन गर्नु ?
मर्ने कुरा नै हामी टाढा राख्छौंं, त्यसबाट एक हात टाढै बस्छौंं । तर तपाईंं जतिसुकै टाढा बस्नुस्, मृत्युको तपाईंंसँग प्रेम छ, त्यो धेरै दिन टाढा रहँदैन । जीवनका सम्बन्धमा विचार गर्नेले मृत्यु सर्वाधिक निश्चित भएको पाउँछ ।
त्यसो हो भने, त्यही सर्वाधिक निश्चित तथ्यलाई नै चिन्तनको प्राथमिक तत्व किन नबनाउने ? त्यसलाई नै विचारेर जीवनको दर्शन किन नउभ्याउने ? फेरि, जीवनको फिलोसफी, जीवनको दर्शन जेजस्तो भए पनि त्यो त्यसै मृत्युको जगमा किन नठड्याउने ? यही सुनिश्चित आधार हो र बाँकी सबै आधार त अनिश्चित छन् । यसलाई नै किन हामीले आधार नमान्ने ? र, जुन तथ्यसँग आज नभए भोलि लडाइँ लड्नै पर्छ, त्यसलाई पक्रेर किन आजै लडाइँ नलड्ने ?
जो आज त्योसँग लड्न राजी हुन्छ, जसले आज त्यसलाई चिन्तन गर्न थाल्छ, उसको सम्पूर्ण जीवनको गति र दिशा बदलिन पुग्छ । उसको जीवन कहाँबाट कहाँ पुग्छ ! जो मृत्युलाई आजै चिन्तन गर्न समर्थ छ । र, आजै चिन्तन गर्ने साहस गर्छ । आजै त्यसलाई अघिल्तिर राख्छ, पछिबाट हटाउँछ । आज त्यसलाई स्वीकार गर्नेे ऊ, उसका पाइला र उसका श्वासले मृत्युको दिशातिर हिँड्न बन्द गर्नेछन् । उसका सामु फेरि एउटा नयाँ ढोका, एउटा नयाँ बाटो खुल्नेछ ।
त्यो बाटो कसरी खुल्छ, त्यसको म कुरो गरौंला ।
आजको रात म यो सानो विचार तपाईंंको मनमा छिराउन चाहन्छु । त्यसलाई सोच्नुहोला । र, यस तथ्यलाई अगाडि राख्नुहोला । आज राती सुत्दा मृत्युका बारेमा विचार गरेर नै सुत्नुस् । भोलि बिहान उठेर जे काम गर्नु हुन्छ, त्यस बखत तपाईंमा बारम्बार यही सोचाइ आओस् कि म जे गर्दै छु त्यसले अन्तिम मृत्युका सामु कुनै अर्थ राख्छ ?
यसलाई छोडेर भाग्नुस् भनिरहेको छैन, न त यसलाई बन्द गर्नुस् भन्दै छु । यति मात्र भनिरहेको छु कि मृत्युसमक्ष, मृत्युसामु, मृत्युको उपस्थितिमा, मेरो यो गराइले कुनै अर्थ राख्दैन भन्ने तपाईंसामु स्पष्ट हुन सकोस् । यति स्पष्ट हुनु नै पर्याप्त हुन्छ । यसलाई छोड्न भनिरहेको छैन, यसलाई छोडेर भाग्न भनिरहेको छैन । यति बोध स्पष्ट हुनुपर्छ अनि तपाईंंको जीवनमा एउटा नयाँ खोजको प्यास आपैmँ सुरु हुन थाल्छ । एउटा नयाँ प्यास तपाईं आपैmँ अनुभव गर्न थाल्नु हुन्छ । यो सबै यसरी नै चलिरहन्छ, यसले खासै फरक पार्दैन । तर यसको किनारैकिनार एउटा नयाँ गति पनि सुरु हुन्छ । र, विस्तारै–विस्तारै काम यही गरे पनि प्राण भने यस काममा नरहेको तपाईंं पाउनु हुन्छ । अब तपाईंंको शरीर मात्रै हुन्छ यसमा । तपाईंंको आत्माले अर्कै कुनै दिशा अङ्गिकार गरेको हुन्छ ।
संसारमा जे छन्, जीवनमा जे छ, त्यसबाट धेरै कुरा गर्नुपर्ने हुन्छ, जुन केवल शरीरलाई राख्नका लागि आवश्यक हुन्छ, तर यतिमा मात्रै सबै समाप्त हुँदैनन्, अरु पनि केही छ भित्र, त्यसलाई पाउने, त्यसलाई विकसित गर्ने, केही अरु पनि आवश्यक छ । त्यसको त्याग र त्यसको विरोधमा छैन त्यो । यसबाट भागेर छैन त्यो, यहीँ उपस्थित छ । र, यदि त्यसको दिशा स्पष्ट हुने हो र त्यसको आकाङ्क्षा स्पष्ट हुने हो भने यी सबै व्यर्थ देखिने कामहरु, यी पनि त्यस वृहत्तर कार्यका सार्थक अङ्ग बन्न सक्छन् ।
यो दाल–भातको जोहो गर्नु, यो लुगा लगाउनु, यो घर बनाउनु, यो पनि सार्थक हुन सक्छ, यदि आत्मिक दिशातिर पाइला सर्ने हो भने । त्यति खेर यी सबै त्यस आत्माका लागि अर्थपूर्ण हुन पुग्छन् र त्यति खेर यी सबै भूमिका बन्नेछन्, आधार बन्नेछन् । शरीर आत्मासम्म पुग्ने खुड्किलो बन्नेछ । र, यी सबै कामहरु, यी सबै क्षुद्र कामहरु, यिनले आत्माको दिशातर्पm यदि मनले काम नगर्ने हो भने ती स्वयम्मा पूर्णरुपले व्यर्थ हुन्छन् । तर, प्राणले त्यस दिशातर्पm गति लिन थाल्ने हो भने, ती सबै कामहरु सार्थक हुन पुग्छन् ।
महावीर पनि खाना खान्छन् र सास फेर्छन् । कृष्ण पनि पानी पिउँछन् र क्राइष्ट पनि लुगा लगाउँछन्, तर धेरै फरक छ । धेरैधरै फरक छ । हामी लुगा मात्र लगाउँछौं, तर कुरो अघि बढ्दैन । हामी केवल शरीरलाई मात्रै बनाउँदै जान्छौं, तर किन र केका लागि ? हामी खाना खाइरहन्छौंं, तर शरीरलाई जोगाउनुको उपयोगिता के हो ? हामी केवल साधनलाई मात्र जोगाउँछौंं र समाप्त भएर जान्छौंं, किनकि जीवनमा कुनै साध्य छैन । यदि साध्य हुने हो भने जीवन सार्थक हुन सक्छ । साधन स्वयम्मा व्यर्थ हुन्छ, त्यसको कुनै सार्थकता हँुदैन ।
एउटा मान्छे बाटो बनाउँछ । एउटा त्यस्तो मान्छे जसलाई कतै पुग्नुछैन र उसले जीवनभरि बाटो बनाओस्, बाटो सम्याओस्, जङ्गल फडानी गरोस्, रोडा ओछ्याओस्, बाटो बनाओस् । र, तपाईंं उसलाई सोध्नोस्, यो बाटो किन बनाएको ? र, उसको जवाफ होस्, मैले कतै पुग्नु छैन । त, बाटो बनाउनु व्यर्थ भएर गयो । हामी सबै यस्तै बाटो बनाउँछौंं, जसलाई कतै पुग्नु छैन ।
जसलाई परमात्मासम्म पुग्नु छैन, उसको जीवन एउटा त्यस्तै बाटो हो, जसलाई ऊ बनाइरहेको हुन्छ, तर पुग्नु भने कतै हुँदैन ।
जसको प्राण परमात्मासम्म, अमरत्वसम्म पुग्ने आकाङ्क्षी हुन्छ, उसका ती सम्पूर्ण क्षुद्र जीवन, ती ससाना रोडा ओछ्याउनु र माटो राख्नु, जङ्गल फडानी गर्नु र बाटो बनाउनु सार्थक हुन पुग्छन् । बाटो हामी सबै बनाउँछौं, तर पुग्ने हामीमध्ये थोरै मात्र हुन्छन् । किनकि बाटो बनाउँदा, हामीमा पुग्ने विचार नै हुँदैन । मैले बाँच्ने व्यवस्था गर्दै जानुभन्दा त्यो असाध्यै महत्वपूर्ण हुन्छ कि म सोधूँ, म किन बाँच्न चाहन्छु ? मैले केवल हुनुको रक्षा गरिरहनुभन्दा यो धेरै उचित हुन्छ कि म सोधूँ, म किन हुन चाहन्छु ?
यी विचार, यी प्रश्न तपाईंंको मनमा जन्मिनु प¥यो । हाम्रा मनमा असाध्यै थोरै प्रश्नहरु जन्मिन्छन् । प्रश्नहरु जन्मिँदै जन्मिँदैनन् । र, प्रश्न नै नजन्मिने हो भने, जिज्ञासा नै नजन्मिने हो भने खोज कसरी जन्मिन्छ ? र, खोजको आकाङ्क्षा नै नहुने हो भने त्यस दिशामा श्रम कसरी हुन्छ ? त, यी सबै कुरा तीन दिनमा विस्तारैविस्तारै तपाईंंहरुलाई भनूँला ।
आजको रात म यति मात्र भन्छु, मृत्युलाई साथै राखेर सुत्नुस् । त्यो तपाईंंसँगै सुतेको छ भन्ने विचार गर्दै सुत्नुस् । र, निरन्तर त्यसलाई सामुन्ने राख्नुस्, साथमा राख्नुस् । त्यस सँगै छ, त्यसलाई सँगै राख्नुस् । जसले मृत्युलाई साथै राख्छ, मृत्युलाई सँगी बनाउँछ, स्मरण राख्छ, परमात्मा उसको साथमा हुन्छ । उसले पहिलो पाइला उठाइसकेको हुन्छ, त्यो धेरै टाढा हुँदैन ।
मृत्युसँग जसले मित्रता गर्छ र त्यसलाई साथमा लिन्छ, उसले पहिलो पाइला उठाइसकेको हुन्छ । अमरत्व उसको साथमा हुन्छ । आज नभए भोलि, ढिलो–चाँडो, परमात्मा उसको नजिक हुन्छ ।
मृत्यु सँगै हुनुमै सबै कुरा लुकेका छन् । म त्यसलाई सार्थक भन्छु, जसले मृत्युलाई साथमा राखेको हुन्छ । म त्यसलाई संसारी भन्छु, जो मृत्युसँग भाग्दै हुन्छ, लुक्दै हुन्छ । र, त्यसलाई साथमा राखिरहेको हुँदैन ।
र, धेरै भन्दिनँ । शिविरको चर्चा त भोलि बिहानदेखि सुरु गरुँला । यो त भूमिकाका लागि । तपाईंंको मनमा साधनाको कुनै जन्म हुन सक्छ भने त्यो त्यति खेर मात्र हुन सक्छ, जति खेर साधक हुने यो पहिलो सर्तलाई तपाईंं पूरा गर्नु हुन्छ ।
मृत्युबाट तपाईंं मुख नफर्काउनुस् । त्यसको आँखामा हेर्नुस्, त्यसलाई नजिकै राख्नुस् । आज त्यस सँगै सुत्नुस् । त्यसलाई नै विचार गर्दै, आप्mनो मृत्युलाई विचार गर्दै, त्यसलाई नजिकैको मान्दै । त्यो कुनै पनि बखत हुन सक्छ, कुनै पनि क्षण । भोलि बिहानै तपाईंंका मनमा केही थप प्रश्नहरु जन्मिनेछन् । त्यस्तो भयो भने, म यहाँ तीन दिनसम्म रहन्छु, ती प्रश्नहरु मलाई सोध्नुहोला, त्यसको चर्चा गर्नुहोला । यदि जन्मिँदैनन् भने, मृत्युलाई नजिकै राख्ने कुनै विचार आउँदैन भने भोलि बिहान यहाँ नआउनु होला । त्यसको कुनै अर्थ रहँदैन, त्यसको कुनै अर्थ हुँदैन । तपाईंंलाई आप्mनो मृत्युको कुनै विचार आउँदैन भने, भोलि बिहान यहाँ नआउनुहोला । त्यसको कुनै सार्थकता रहँदैन, किनकि म जे जति भन्न सक्छु, त्यो त्यसपछि मात्रै महत्वपूर्ण हुनेछ ।
जतिखेर तपाईंंलाई आप्mनो मृत्युको दर्शन हुन थाल्छ र तपाईंंको मनमा यो चिन्ता, यो विचार आउन थाल्छ, म के गरुँ ? चारैतिरबाट मृत्युले घेरेको छ, म के गरुँ ? म कसरी माथि उठूँ ? चारैतिर सबै नष्ट हुने भएको छ, म केही अविनश्वरलाई पाउने कुन बाटो खोजूँ ? अनि मात्र तपाईंं आएको अर्थपूर्ण हुन्छ । म केही भन्छु, त्यो अनि मात्र सार्थक हुन्छ । किनकि म त्यही सेतु बनाउने कुरा गर्छु, जसले मृत्युबाट अमृतसम्म पु¥याउँछ ।
मेरा यी कुरालाई यति प्रेम र शान्तिले सुन्नु भयो, त्यसका लागि धरैधेरै अनुगृहित छु । परमात्माले तपाईंंलाई मृत्युको नजिकको बोध दिउन्, यही प्रार्थना गर्दछु ।