मर्लिनको पहुँच राष्ट्रपति भवनसम्म पुग्यो । जोन एफ. केनेडीसँग सम्पर्क बनाएर उनी उनको बेडरुमसम्म पुगिन् । केनेडी मर्लिनसँग सम्बन्ध बनाउने छोटो समयको पनि उपयोग गर्थे । राष्ट्रपतिको एक कार्यक्रममा मर्लिनले पनि परफरमेन्स दिनु थियो । उनी मेकअप गरिरहेकी थिइन् । भनिन्छ त्यो दिन मेकअप गरिरहेकी मर्लिनकी मेकअप आर्टिस्टलाई बाहिर पठाएर पाँच मिनेटमा केनेडीले सहबास गरे । केनेडी अति नै कामुक व्यक्ति थिए र ढाड दुखाइको कारणले उनी आफू सक्रिय हुनुको साटो केटीहरुलाई आफू माथि चढाएर सक्रिय हुन लाउँथे ।सुन्दरताको उदाहरण मर्लिन मुनरोको जन्म धनी परिवारमा भएको थिएन । उनी जन्मेको केही समयपछि नै उनकी आमा पागल भएकी थिइन्, जसको फलस्वरुप उनको बाल्यकाल केच हाउस अनाथालयमा बित्यो ।
यद्यपि मर्लिन मुनरोको शिक्षा राम्रोसँगले हुन सकेन, तर पनि उनी रुप र यौवनको दृष्टिले सुसम्पन्न थिइन् । उनले जवानीको ढोकामा पाइला राख्नेबित्तिकै महसुस गर्न थालिन् कि उनी आवारा केटाहरुको कामुक हेराइको शिकार बन्दै गइरहेकी छिन् । उनी एक उच्च महत्वकांक्षा भएकी युवती थिइन् ।
उनी आप्mनो मनमा धन–सम्पदाको संचय तथा विश्वमा ख्याति पाउने सपना सजाएर बस्थिन् । बाल्यकालदेखि नै उनलाई अभिनेत्री बन्ने शौक थियो । जब उनले यो सुनौलो मौका पाइन्, तब आफैंलाई फिल्म निर्माताहरुको ओछ्यानमा समर्पित गरेर फिल्ममा राम्रो भूमिका पाउँदै गइन् ।
उनको जीवनमा एउटा यस्तो समय पनि आयो कि उनले युरोपियन फिल्मकी सर्वोत्तम तथा सर्वाधिक महंगो फिल्म अभिनेत्रीको रुपमा आफैंलाई स्थापित गरिन् । आप्mनो अभिनय कौशलको बलमा उनले अपार धन–सम्पत्ति कमाइन् । उनको महत्वाकांक्षा यति मात्रले समाप्त भएन, उनी आफैंलाई अमेरिकाको राष्ट्रपतिकी प्रेमिका एवं पत्नीको रुपमा स्थापित गर्न चाहन्थिन् । उनी त्यो स्थितिसम्म पुगिसकेकी पनि थिइन् तर निष्ठूर समयले उनलाई पराजित ग¥यो ।
मर्लिन मुनरोको प्रेम प्रसङ्गको चर्चा गर्नु अघि हामीले उनको बाल्यकाल अवश्य थाहा पाउनु पर्छ । मर्लिन मुनरोको बाल्यकालको नाम नोरमा जीन बेकर थियो । उनकी आमाको नाम ग्लेडीज मुनरो थियो । मर्लिन मुनरोको जन्म सन् १ जून, १९२६ मा इंग्ल्याण्डमा भएको थियो । उनका पिताको चिनारी सदैव संदिग्ध बनिरह्यो । यो कुरालाई अस्वीकार गर्न सकिदैन कि उनकी आमाको विवाह बेकरसँग भएको थियो, तर ग्लेडीजले मर्लिन जन्मनु अगाडि नै बेकरलाई छोडिसकेकी थिइन् । ग्लेडीजले एडवर्डसँग विवाह गरेको केही दिन मात्र भएको थियो, एक मोटर साइकल दुर्घटनामा एडवर्डको मृत्यु भयो ।
ग्लेडिजका निकटवर्ती सूत्रका अनुसार मर्लिनको पिता बेकर नभएर सी. स्टेनले गिप्mफर्ड थिए । उनी एक फिल्म कम्पनीका मालिक थिए । ग्लेडीज त्यही फिल्म कम्पनीमा काम गर्थिन् । भनिन्छ कि गिप्mफर्ड धेरै सुन्दर मानिस थिए । मर्लिनले आप्mनो सुन्दरता गिप्mफर्डबाट नै पाएकी थिइन् ।
मर्लिनकै भनाइअनुसार उनी न त आमाको पहिलो पति बेकरकी सन्तान् थिइन् न गिप्mफर्डकी । उनी आप्mनी आमाको जमानाका प्रसिद्ध अभिनेता क्लार्क गेबलकी अवैध सन्तान् थिइन् । गेबलका परिचितहरु यो कुराको विरोधमा तर्क पेश गर्र्दै भन्छन् कि महत्वाकांक्षी मर्लिनले गेबलको नामको प्रयोग आफूमा आत्म–गौरव बढाउन र आफूलाई अगाडि बढाउनको लागि गरेकी हुन् ।
उनले जुन गेबलको नामको प्रयोग आफूलाई सफलताको सिँढी चढाउनको लागि गरिन्, संयोगवश उनीसँग उनको परिचय उनको जीवनको अन्तिम चरणमा हुनसक्यो । मर्लिन मुनरोलाई मिस किट्स नामक फिल्ममा गेबलकी प्रेमिकाको भूमिका निभाउने सौभाग्य प्राप्त भयो ।
किनकि उनको नामसँग नाजायज सन्तानको पनि सम्बोधन जोडिएको थियो । यसैले आफूलाई स्थापित गर्नको लागि, अलिकति सफलता पाउनको लागि र आफूलाई पुरुषहरुको अगाडि समर्पित गर्न उनी हिचकिचाउँदैनथिन् । उनलाई फिल्ममा रोल आप्mनो यौवनको शुरुवाती दिनमा नै मिलेको थिएन । यसको लागि उनले धेरै संघर्ष गर्नु प¥यो । उनलाई आमाको सोर्स काम लाग्न सक्थ्यो यदि उनी पागलखानामा नभैदिएको भए ।
मर्लिन मुनरोकी आमा मात्र हैन उनका आमापट्टिका अरु सदस्यहरु पनि पागलपनको शिकार भएका थिए । उनका हजुरबुबाले आप्mनो जीवनको अन्तिम समय मानसिक चिकित्सालयमा बिताए । उनकी हजुरआमा पनि मर्नु अगाडि मानसिक चिकित्सालयमा नै थिइन् । उनका मामाले पनि आत्महत्या गरेका थिए । यदा–कदा यो पागलपनको लक्षण मर्लिन मुनरोमा पनि देखिने गथ्र्यो ।
अत्याधिक निद्राको गोली खाएर उनले जब आत्महत्या गरिन्, त्यो पनि पागलपनको नै निशानी थियो भनिन्छ । तर उनको मृत्यु आत्महत्या नभई हत्या भएको मान्नेहरु पनि छन् । कसैले त उनको हत्या तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीका परिवारले गराएको पनि भन्छन् । केनेडीको बदनाम हुन्छ भन्ने ठानेर केनेडी स्वयंले उनको हत्या गर्न लगाएको भन्नेहरु पनि छन् । त्यसैले अझैसम्म उनको मृत्यु शंकास्पद नै रहेको छ ।
उनले आत्महत्या पनि यस्तो समयमा गरिन् जुन बेला उनी अभिनय जगतको शिखरमा थिइन् । उनीसँग अपार धन–सम्पत्ति थियो राजनैतिक जीवनमा उनको नामसँग अमेरिकी राष्ट्रपति जोन एफ. केनेडी र उनका भाइ रोबर्ट केनेडीको नाम जोडिएको थियो ।
मर्लिन मुनरोलाई आप्mनो जीवनमा सफलताको शिखर चढ्नको लागि कस्तो स्थिति झेल्नुपरेको थियो, त्यसको बारेमा उनले पत्रकार साक्षात्कारमा बताएकी थिइन् । हेरौं उनकै शब्दमा उनको संघर्षको कथा ।
“जब मैले मोडलिङको काम सुरु गरें त्यति बेलासम्म त्यो वेश्यावृत्तिको एक अंग मानिन्थ्यो । यसमा संलग्न हुने केटीले ती सबै गोप्य कुरामा सामेल हुनुपथ्र्यो । यदि कुनै केटी त्यस्तो गर्न आनाकानी गर्छिन् भने उनको स्थान लिनको लागि धेरै केटीहरु तयार हुन्थे । जब कुनै फिल्म निर्माता हलिउडमा कुनै अभिनेत्रीलाई उसको भूमिकाको बारेमा कुरा गर्नको लागि आप्mनो अफिसमा बोलाउँछ भने यसको अर्थ ती सबै गोप्य काम गर्नु हुन्थ्यो, अरु केही हैन । यदि यति सबै भएर पनि केटीले भूमिका पाई भने उसलाई त्यस्ता सबै कुराको वास्ता हुँदैनथ्यो । म स्वीकार गर्छु कि मैले धेरै पटक फिल्म निर्माताहरुसँग सुत्नु परेको थियो ।”
मर्लिन मुनरोले यसै विषयमा एक ब्रिटिश पत्रकार बेदरबीसँग भनेकी थिइन्, “एक्लै एउटी केटीले यो निश्चय गर्न पाउँदिन उसले कोसँग सुत्नुपर्ने हो ? यदि उसले यस्तो गर्छे भने ऊ फिल्म अभिनेत्री बन्न सक्दिन । यद्यपि सिनेनायिका बन्नको लागि उसमा अरु गुणहरु पनि चाहिन्छन् । जस्तो अभिनयकौशल, प्रतिभा तथा परिश्रम । तर पनि फिल्म निर्माताहरुसँग सुत्नु धेरै लाभकारी सावित हुन्छ । अधिकांश अभिनेत्रीहरुले पहिलो भूमिका यसै बाटोलाई अपनाएर पाउने गर्छन् ।”
आफैंलाई उचाइमा पु¥याउनको लागि मर्लिन मुनरोले सहवासका अनेकौं प्रस्तावहरु मन्जुर गरेकी थिइन् । यसको साथै उनले फिल्म अभिनेत्री बन्नको लागि कठोर अभिनय र परिश्रम पनि गरेकी थिइन् । कहिल्यै पनि उनी यौन सम्बन्धको लागि आतुर रहने महिला भनेर चिनिन्नन् ।
ईश्वरले उनलाई अद्वितीय सौन्दर्य र सम्मोहित गरिदिने व्यक्तित्व दिएका थिए । उनले आप्mनो क्यारियर एक मोडल गर्लको रुपमा सुरु गरेर, धेरै साधारण जिन्दगी बाँचेर सफलताको सिँढी चढिन् ।
जब हलिउडकी फिल्म अभिनेत्री बन्नु अगाडि उनको संघर्षमयी समय थियो तब उनले पैसाको मूल्य बुझेर पैसा जोगाएर राखिन् । उनले मोडलिङबाट प्राप्त हुने रकम लुगा किन्नमा खर्च गरिनन् । उनीसँग थोरै लुगाहरु मात्र थिए, जुन उनी आफैं धोएर लगाउने गर्थिन् । धेरै सस्तो होटलमा खाना खान्थिन्, उनी यसरी जोगाएको पैसा अभिनयकौशल निखार्नको लागि खर्च गर्थिन् । उनले धन कमाउने होडमा आफैंलाई सस्तो र बजारिया बन्न दिएकी थिइनन् । उनले शरीर बेचेर पैसा कमाउने शौक बनाएकी थिइनन् । हुन त निकै पटक जब धेरै पैसाको आवश्यकता हुन्थ्यो तब उनी शरीर बेच्न पनि हिचकिचाइनन् ।
मर्नेबेलासम्म उनलाई कसैको रखौटी हुनु नपरेकामा गौरव रह्यो । उनलाई किन्न चाहने पुरुषहरुसँग उनी धेरै घृणा गर्ने गर्थिन् । तर आफैं बिक्ने मौका उनी गुमाउँदिनथिन् । उनको स्वभाव घामछायाँ जस्तो बदलिरहने थियो । एकातिर उनी सामान्य आवश्यकताको लागि धन कमाउन पुरुषसँग सुत्न अस्वीकार गर्थिन्, अर्कोतिर उनीलाई यस्ता धेरै धनाढ्यहरुको अफर आउने गथ्र्यो, जो उनलाई रखौटी बनाएर राख्न चाहन्थे । उनको खुट्टामा संसारभरिको ऐश आराम बिछ्याउन चाहन्थे । यस्तो कुनै पनि अफर उनी ठाडै अस्वीकार गर्थिन् ।
उनलाई नग्न अवस्थामा फोटो खिचाउन मन पर्दैनथ्यो । यसको लागि उनलाई धेरै ठूला–ठूला अफर आएका थिए तर उनले स्वीकार गरिनन् । एक पटक आप्mनो कार बनाउनको लागि, धेरै पैसा प्राप्त गर्नको लागि उनले आफैंले नग्न मोडलिङ गर्न आफैंलाई अगाडि बढाउनु परेको थियो ।
उनका नजिक रहेका परिचितहरुले उनको मोडलिङको जमानाको एउटा चर्चित घटना लेखेका छन्–
“एउटा विज्ञापनको मोडलिङको लागि कम्पनीले केही युवतीहरुलाई भेट्न बोलायो । त्यहाँ लगभग २५ युवतीहरु चम्किलो र विभिन्न फेशनको लुगा लगाएर गएका थिए । सबै युवतीहरु आफूलाई एक से एक दर्शाइरहेका थिए । सबैलाई आफू छानिने आशा थियो । यस साक्षात्कारको लागि मर्लिनलाई पनि बोलाइएको थियो । उनी अझै पुगेकी थिइनन् । केही क्षणमा एउटा साधारण लुगा लगाएर उनी त्यहाँ पुगिन् ।
उनले आप्mनो कपाल नुहाएकी पनि थिइनन्, कोरेकी पनि थिइनन्, स्वाभाविक रुपमा त्यो घुम्रिएको थियो । उनी हलमा पुग्नेबित्तिकै समय रोकिए जस्तो लाग्यो । त्यहाँ उपस्थित भएका सबै युवतीहरु उनीबाट प्रभावित देखिए । मर्लिन मुनरोले सबैलाई सम्मोहित गरिदिइन् । सबै केहीहरुलाई यो आभाष भइसकेको थियो कि मर्लिन मुनरो नै यो कार्यको लागि छानिनेछ ।”
मर्लिन मुनरो आजीवन प्रेमको लागि तड्पिरहिन् । एक साँचो प्रेमको लागि । यद्यपि उनले आफूलाई समाजमा स्थापित गर्नको लागि विवाह गरिन् । उनले तीनवटा विवाह गरिन् तर यति भएर पनि धेरै समयसम्म वैवाहिक मधुरता कायम हुनसकेन । विवशतापूर्वक कुरा सम्बन्धविच्छेदसम्म पुग्थ्यो र नयाँ विवाहको लागि मर्लिन आफैंलाई तयार पार्दै लग्थिन् ।
मर्लिन मुनरोको पहिलो पति बन्ने सौभाग्य जिम दो अती नाम गरेका व्यक्तिले पाए । दोस्रो जो डिमेगियो र तेस्रो पतिको रुपमा उनले प्रसिद्ध नाटककार आर्थर मिलरलाई अपनाइन् ।
उनले पालैपालो तीन जनासँग सम्बन्धविच्छेद गरेपछि महत्वाकांक्षाको शिखरमा पुग्नको लागि केनेडी दाजुभाइमा कुनै एकलाई चौथो पतिको रुपमा अपनाउन चाहन्थिन्, तर यस्तो सम्भव भएन । यसको परिणामस्वरुप उनी हताश भएर आत्महत्या गर्नमा विवश भइन् ।
सुनिन्छ कि सन् १९६० मा मर्लिनको सम्पर्क जोन एफ. केनेडीकी कान्छी बहिनी पेट लाफोडसँग थियो । यो सम्पर्क छिट्टै घनिष्टतामा बदलियो । पेटको माध्यमले मर्लिनको पहुँच राष्ट्रपति भवनसम्म पुग्यो । जोन एफ. केनेडीसँग सम्पर्क बनाएर उनी उनको बेडरुमसम्म पुगिन् । केनेडी मर्लिनसँग सम्बन्ध बनाउने छोटो समयको पनि उपयोग गर्थे । राष्ट्रपतिको एक कार्यक्रममा मर्लिनले पनि परफरमेन्स दिनु थियो । उनी मेकअप गरिरहेकी थिइन् । भनिन्छ त्यो दिन मेकअप गरिरहेकी मर्लिनकी मेकअप आर्टिस्टलाई बाहिर पठाएर पाँच मिनेटमा केनेडीले सहबास गरे । केनेडी अति नै कामुक व्यक्ति थिए र ढाड दुखाइको कारणले उनी आफू सक्रिय हुनुको साटो केटीहरुलाई आफू माथि चढाएर सक्रिय हुन लाउँथे ।
उनी केनेडी परिवारमा यति धेरै घुलमिल भइसकेकी थिइन् कि जोन एफ. केनेडीसँगै उनका भाइ रोबर्ट केनेडीको सम्पर्कमा आइन् । दुवै पहिलो भेटमा नै एक–अर्कामा आसक्त भए ।
मर्लिन मुनरो रोबर्ट केनेडीसँग विवाह गर्ने सपना देख्न थालिन् । तर यस्तो तबमात्र सम्भव थियो जब विवाहित रोबर्ट आप्mनी पत्नीसँग सम्बन्धविच्छेद गर्थे । रोबर्ट केनेडीले आप्mनो भविष्य राजनीतिमा देखे । उनी एउटा फिल्मी अभिनेत्रीको प्रेमजालमा फसेर आप्mनो राजनैतिक क्यारियर दाउमा लगाउन तयार थिएनन् ।
मर्लिन मुनरोले यो हतासलाई झेल्न नसकेर आप्mनो मानसिक सन्तुलन गुमाइन् । उनी ५ अगस्ट, १९६२ मा आप्mनो शयनकक्षमा मृत भेटिइन् । पोस्टमार्टम गर्दा उनले आत्महत्या गर्ने उद्देश्यले धेरै मात्रामा निद्राको गोली सेवन गरेको कुरा पत्ता लाग्यो । तर ती गोली उनले आपैंm सेवन गरेकी थिइन् वा उनलाई कसैद्वारा बलपूर्वक सेवन गराइएको थियो भन्नेचाहिं अझैसम्म स्पष्ट भएको छैन । त्यही अत्याधिक निद्राको गोली सेवन गर्नु नै उनको मृत्युको कारण बन्यो ।