ओमप्रकाश खरेलसत्रौं शताब्दीको अन्त्यतिरको इंग्ल्याण्डको परिस्थितिलाई प्रसिद्ध अंग्रेजी लेखक चाल्र्स डिकेन्सले राम्रो ढंगले परिभाषित गरेका छन् । उनका अनुसार यो सबैभन्दा उत्कृष्ट र निकृष्ट समय थियो । राजा र संसद्का बीचमा ठूलो असमझदारी थियो । नयाँ विचार र आविस्कारहरुले मानिसहरुको विचारलाई प्रभावित पार्न थालेको थियो । यो आकस्मिक परिवर्तनको समय थियो जुन पछि गौरवमय क्रान्तिको रुपमा चिनियो । यसले वंशाणु शासन प्रक्रियाको सिद्धान्तलाई कमजोर बनाइदियो । दैवी सिद्धान्तमा आधारित शासन जनताको नजरमा धराशायी बन्यो । यहाँसम्म कि राजाले देश नै छोडेर भाग्नुपर्ने स्थिति आयो र संसद्ले नयाँ राजारानी छान्यो । सबैभन्दा महङ्खवपूर्ण कुरा यो थियो कि यी सबै परिवर्तनहरु कुनै रक्तपात नभइकन नै भएका थिए । यो देखावटी रुपमा रोमन क्याथोलिक र प्रोटेस्टेन्ट बीचको धार्मिक संघर्ष देखिए पनि संघर्षको उत्प्रेरक शक्ति जिम्मेवार सरकार हुन गयो । नयाँ शासकले कुनै नयाँ करहरु जनतामाथि थोपरेन र संसद्को स्वीकृतिबिना सैन्य परिचालन पनि गरेन । यसरी भविष्यको प्रजातान्त्रिक सरकारको जग बलियो गरी गाडियो । त्यसपछि इंग्ल्याण्ड व्यापार र उपनिवेशको दौडतिर तीव्ररुपले अग्रसर भयो ।वास्तवमा ओलिभर क्रमवेलले इंग्ल्याण्डलाई प्रजातन्त्र र जिम्मेवार सरकारको मार्गमा अघि बढाएका थिए । यस प्रकारको जिम्मेवार सरकार तत्कालीन परिवेशको माग थियो । सम्पूर्ण युरोप नै त्यसबेला परिवर्तनको अवस्थामा थियो । धर्म, सरकार र जनअधिकारको सम्बन्धमा नयाँ विचारहरु फैलिएका थिए । विभिन्न प्रकारका वैज्ञानिक आविस्कारहरुले संसारलाई औद्योगिक क्रान्तितिर दोहो¥याउँदै थियो । न्युटनले १६८७ मा आफ्नो किताब ‘प्रिन्सिपिया’ प्रकाशित गरेर पृथ्वीको गुरुत्वाकर्षण शक्तिको सिद्धान्त प्रतिपादनको बारेमा लेखे । उक्त पुस्तकले तत्कालीन समाज र भविष्यमा हुने वैज्ञानिक आविष्कारहरुलाई प्रभावित पा¥यो । यस प्रकारका परिवर्तनले एक आम मानिसलाई नयाँ विचार ग्रहण गर्न र पुराना धार्मिक मान्यताहरुलाई फ्याँक्न उत्साहित ग¥यो । मानिसहरु आफ्ना अधिकारहरुका बारेमा बढी चाख राख्न थाले ।
उता राजनैतिक वृत्तमा युरोप फ्रान्सका लुई चौधौंको साम्राज्यवादी रुपरेखाको विरुद्धमा थियो । फ्रान्सका ती राजा लुईले गोप्य रुपमा मेडम डे मेन्टेनोनसँग विवाह गरेका थिए । उनले लुईलाई रोमन क्याथोलिकको सहयोग पाउने विश्वास दिलाएकी थिइन् । उता लुईले प्रोटेस्टेन्ट विरुद्ध त्रासको वातावरण नै सिर्जना गरे । तिनीहरुलाई जबर्जस्ती रोमन क्याथोलिक मान्यतामा परिवर्तन गरियो । जब प्रोटेस्टेन्टहरु रोमन क्याथोलिकमा परिवर्तन गरिएको लुईले अनुभव गरे तब उनले धर्म सम्बन्धी कडा आदेश जारी गरे । स्कुलका बच्चाहरुलाई क्याथोलिक मान्यता र विचारहरु पढाउन थालियो । प्रोटेस्टेन्टहरुलाई आफ्नो विचार परिवर्तनगरी क्याथोलिक हुन पन्ध्र दिनको समय दिइयो । राजाको यस्तो कठोर आदेशपछि झन्डै दुई लाख प्रोटेस्टेन्टहरुले आफ्नो सारा सम्पत्ति र घरबार छोडेर फ्रान्सबाट बाहिरिए । यसरी फ्रान्स छोड्ने शरणार्थीहरुलाई “पिलग्रिम्स फादर” भन्ने नाम दिइयो र तिनीहरुलाई हल्यान्ड, इंग्ल्याण्ड, ब्रान्डेनवर्ग, इंग्ल्याण्ड नियन्त्रित उत्तर अमेरिका र दक्षिण अमेरिकामा बस्नको लागि स्वागत गरियो । यसरी शरणार्थी बनेका मानिसहरुले रोमन क्याथोलिक विरुद्ध आफ्नो विचार अभिव्यक्त गरे । क्रान्तिको लागि तयार अंग्रेज जनताहरुको विचार र सिद्धान्तमा तिनीहरुले गहिरो प्रभाव छोडे ।
१६६० मा सत्तामा पुगेका चाल्र्स दोस्रोको शासनमा पनि उनी र संसद्बीच तनाव भई नै रह्यो । उनको पुनस्र्थापना दैवीशक्तिले भएको थिएन । तत्कालीन इंग्ल्याण्डमा रोमन क्याथोलिक, प्रोटेस्टेन्ट र चर्च पदाधिकारीको बीच द्वन्द्व चली नै रहेको थियो । उनको शासनकाललाई दुई भयानक महाविपत्तिले पनि प्रभावित पा¥यो । १६६५ को प्लेग र १६६६ को लन्डनको आगलागीले लन्डन शहरलाई नै क्षतविक्षत पा¥यो । राजा चाल्र्स दोस्रोले प्रोटेस्टेन्ट र क्याथोलिक धर्म अनि आचरण सम्बन्धी खुल्ला नीतिको घोषणा गरेता पनि संसद्को विरोधले उनको उक्त घोषणा अर्थहीन बन्यो । संसद्मा सक्रिय नेताहरुले उनको मृत्युपछि उनका भाइ जेम्सलाई राजा हुनबाट रोक्न चाहे । जेम्स कट्टर रोमन क्याथोलिक थिए । तर अन्त्यमा जसरी पनि चाल्र्सले आप्mनो भाइ जेम्सको लागि सिंहासन सुरक्षित गर्न सके ।
फेब्रुअरी ६, १६८५ मा चाल्र्सको मृत्यु भयो र जेम्स इंग्ल्याण्डको राजा बने । उनी कट्टर रोमन क्याथोलिक त थिए नै साथै उनी रणनीति र कौशलताहीन मान्छे थिए । उनले रोमन क्याथोलिकको प्रधानता कायम राख्न गरेका कार्यहरुले विग्स र टोरीहरुलाई एकीकृत ग¥यो । त्यसको लगत्तै उनले आर्गिल र मनमाउथको विद्रोहका सामना गर्नुप¥यो । अर्गिल स्कटल्यान्डमा पक्राउ परे र हत्या गरिए । मनमाउथ डोर्ससायरमा पुगे र आफैंलाई राजा घोषणा गरे । राजा जेम्सले जेफ्रीलाई विद्रोह दबाउन पठाए । जेफ्रीले अत्यन्त क्रूर र अमानवीय व्यवहार देखाएर विद्रोह दबाउन खोजेकोले बदनामी कमाए । तर पनि राजा जेम्सले जेफ्रीलाई लर्ड चान्सलरमा नियुक्त गरे । जेम्स त्यस्ता सल्लाहकारबाट घेरिएका थिए जो आफू अयोग्य र बदनाम त थिए नै राजालाई पनि अलोकप्रिय बनाइदिए ।
जेम्ससँग केही राम्रा गुणहरु भए पनि उनको क्याथोलिसिजमप्रतिको अन्धो भक्तिभाव नै उनको ठूलो अवगुण थियो । उनी आफ्नो धार्मिक पूर्वाग्रहको बारेमा पोपसँग पनि सल्लाह लिन्थे, जसको कारणले राजाको अत्याचार जनताले अझ खेप्नु पर्ने हुन्थ्यो । यसप्रकार यो कार्यले राजाप्रति जनतामा विरोधी भावना फैलन थाल्यो । फ्रान्समा प्रोटेस्टेन्ट शरणार्थीहरुले झन् आगोमा इन्धन थप्यो । यसरी संसद् र जनताहरु नै आफ्नो विरुद्धमा भएपछि जेम्सले त्यो विरोधलाई सम्हाल्न सकेनन् । उनले १६८७ मा पहिलो स्वतन्त्रताको घोषणा गरे । यस घोषणाले इंग्ल्याण्ड र स्कटल्यान्डका सबै चर्चका शाखाहरुमा स्वतन्त्रता प्रदान ग¥यो । यो घोषणाको लगत्तै दोस्रो स्वतन्त्रताको घोषणा १६८८ मा गरियो । क्याथोलिकहरु यसले त झन् शक्तिशाली भए र उनीहरुले सार्वजनिक प्रार्थना चलाए । स्कटल्यान्डमा प्युरिटनहरु नराम्ररी सताइए । यसरी जेम्स दोस्रोले सम्पूर्ण रुपमा जनताको समर्थन गुमाए र समाजका सबै शाखाहरुमा अत्यन्त अलोकप्रिय भए ।
दोस्रो घोषणालाई त राजाले बाध्यकारी बनाए जसलाई हरेक चर्चमा पढ्नुपर्ने भनियो । यसप्रकार दोस्रो घोषणालाई आफ्नो चर्चमा पढ्न अस्वीकार गरेकोले क्यानटरबरीका आर्क विसप स्यानक्रफ्ट र अरु ६ जना विसपहरुलाई जेल हालियो । तिनीहरु सबैले त्यो आदेश अवैधानिक भएको जिकिर गरिरहे ।
यसप्रकार राजाको अलोकप्रियता बढ्दै जाँदा शायद उनले आफूपछि आफ्नी छोरी मेरीलाई उत्तराधिकारीको घोषणा गरेका भए जनताहरुले उति विघ्न विरोध गर्दैनथे होलान् । जेम्सकी छोरी मेरी विलियम अफ अरेन्जसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । धार्मिक विभेदमा रहेको तत्कालीन अंग्रेज समाजमा विलियम प्रोटेस्टेन्टका उद्धारकर्ता हुने विश्वास जनतामा थियो । उनी हल्यान्डमा जन्मेका थिए साथै उनको फ्रान्सका राजा लुई चौधौंसँग जन्मजात शत्रुता थियो । तर विषय तब झनै जटिल बन्यो जब जेम्सकी दोस्रो श्रीमतीले छोरो जन्माइन् । त्यो नयाँ बालकलाई तत्कालै क्याथोलिक धर्मअनुसार बप्तिष्मा गरियो । यस्तो गम्भीर अवस्थामा जनता र संसद्ले पनि त्यो क्याथोलिक बच्चा मेरीको सट्टामा राजगद्दीमा बस्ने अनुमान लगाउन थाले । यस प्रकारको अफवाह पनि फैलियो कि उक्त कथित क्याथोलिक बच्चा रानीको सन्तान नभएर क्याथोलिकहरुले गरेको षड्यन्त्रको एक भाग हो । त्यहाँ चारैतर्फ गम्भीर अशान्ति फैलियो । जनताहरुले आफ्नो असन्तुष्टिलाई पक्राउ परेका सात जना बिसपहरुको मुक्तिको नारा लगाएर व्यक्त गर्न थाले ।
अब विरोध निकै अगाडि बढ्न थालिसकेको थियो । विलियम अफ अरेन्जलाई क्याथोलिक निरंकुशताबाट इंग्ल्याण्डलाई मुक्ति दिलाउन भनेर निमन्त्रणा गरियो । उक्त निमन्त्रणामा प्रख्यात व्यक्तित्वहरु जस्तै, डेमोनसायर, स्रूडस्बरी, डेन्वी, क्याम्प्टन, हेनरी सिड्नी, लर्ड लम्ले र एडमिरल रसेलहरुले हस्ताक्षर गरेका थिए । विलियमले निमन्त्रणालाई सहजै स्वीकार गरे । यसरी विकसित भइरहेका घटनाक्रमबाट त्रसित भएर जेम्सले मन्त्रिपरिषदका अध्यक्ष सन्डरल्यान्डलाई बर्खास्त गरे । विलियम अफ अरेन्ज टोर्बेमा उत्रिए । त्यसपछि इंग्ल्याण्डका धेरै स्थानहरुमा केही दङ्गा पनि भए । ग्राफ्टन र चर्चिल (पछि ड्युक अफ मार्लवर्ग) लाई विलियमलाई रोक्न पठाइयो तर ती दुवैले विलियमको पक्ष लिए ।
त्यसपछि जेम्सले नयाँ संसद् बोलाए र विलियमसँग वार्ता गर्ने प्रयास गरे । महारानी र नयाँ शिशुलाई फ्रान्स पठाइयो । आफ्नो प्रयास निरर्थक भएपछि जेम्स पनि भागे तर उनलाई पक्रेर लन्डन लगियो । अन्ततः उनी जसरी पनि फ्रान्सतर्फ भागेर गए । फ्रान्सका राजा लुई चौधौंले उनको हार्दिक स्वागत गरे, किनकि जेम्स उनका जन्मजात शत्रु विलियमको शत्रु थिए ।
त्यसपछि संसद््को अधिवेशन शुरु भयो र त्यसले राजा जेम्सले राजगद्दी त्याग गरेको घोषणा गरे । संसद्का दुवै सदनले मेरीलाई श्रीपेच पहि¥यायो र विलियमलाई उनको वारिस बनायो । तर दुवैलाई श्रीपेच पहि¥याउने कुरा स्वीकार गरिएन । यसपछि अधिकार सम्बन्धी घोषणा गरियो । त्यस घोषणाका केही मुख्य विशेषताहरु थिए, जस्तै, संसद्को स्वीकृतिबिना कुनै कानुन बनाउन र विघटन गर्न नपाइने । संसद्को स्वीकृतिबिना कुनै पनि प्रकारको कर लगाउन नपाइने । निर्वाचन स्वतन्त्र हुनुपर्ने र संसद्को अनुमतिविना सैन्य परिचालन र पुनर्गठन अवैधानिक हुने । अर्को महङ्खवपूर्ण कुरा के थियो भने, विलियम र मेरी आजीवन शासक बन्ने र उनीहरुपछिको भविष्यको उत्तराधिकारीको व्यवस्था पनि गरियो । यसरी राजाको स्वेच्छाचारिताबाट जनताले मुक्ति र अधिकार पाएको भनेर यसलाई “गौरवमय क्रान्ति” को नाम दिइयो । यो क्रान्ति एक थोपा पनि रगत नबनाई सफल भएको थियो । संसद्ले धेरै कुराहरुमा आफ्नो सर्वोच्चता स्थापित गरेको थियो ।
संसद्ले राजा जेम्स दोस्रोद्वारा लादिएका विभिन्न प्रकारका कानुन र धार्मिक बाध्यताहरुलाई बिर्सिएको थिएन । त्यसैले भविष्यमा त्यस प्रकारको स्वेच्छाचारी राजा देशमा हुन नसकोस् भनेर विलियम र मेरीलाई बिल अफ राइटस स्वीकार गर्न बाध्य पारियो । यो ऐनले शक्ति पृथकीकरण निर्विवाद बनाइदियो । यसरी राजाको शक्ति वंशाणुगत नभई जनताको चाहनाद्वारा निर्धारण गरियो । यसले यो पनि निश्चित ग¥यो कि भविष्यमा इंग्ल्याण्डमा कुनै पनि क्याथोलिक शासक हुन पाउनेछैन ।
टोलेरेशन एक्ट १६८९ मा पारित गरियो । उक्त ऐनले प्रोटेस्टेन्टहरुलाई पनि प्रार्थना र पूरा स्वतन्त्रता प्रदान ग¥यो । यसरी पचास वर्षदेखि इंग्ल्याण्डमा चल्दै आएको धार्मिक विवाद समाप्त भयो । १६९५ मा मेरीको मृत्यु भयो । उता विलियम फ्रान्सका लुई चौधौंको निरंकुशता समाप्त गर्न चाख लिइरहेका थिए । यता इंग्ल्याण्डचाहिं बिस्तारै संवैधानिक र जिम्मेवार शासनतर्फ उन्मुख भइरहेको थियो । १७०२ मा विलियमको मृत्यु भएपछि मेरीकी बहिनी एन्नी महारानी बनिन् । पछि १७१४ मा हेनोभरका जर्ज प्रथम राजा भए किनकि महारानी एन्नीका कुनै पनि सन्तान बाँचेनन् । यसै समयदेखि इंग्ल्याण्ड र स्कटल्यान्डलाई ग्रेट ब्रिटेनको संयुक्त अधिराज्यमा सामेल गरियो ।
हाउस अफ कमन्सको निर्वाचन १७२५ मा सम्पन्न भयो । उक्त निर्वाचनपछि भूमिपतिहरुले संसद्मा प्रभुत्व जमाए । इंग्ल्याण्डमा भएको संसदीय क्रान्तिपछि इंग्ल्याण्डले व्यापार र सामुद्रिक क्रियाकलापमा आफ्नो क्षमता बढाउँदै लग्यो । व्यापारिक वर्गले तीव्र गतिमा नाफा कमाउन थाले । आफूले बनाएका उपनिवेशबाट ल्याइएका कच्चा पदार्थ र उत्पादित सामग्री बिक्री गर्ने तीव्रताले चौतर्फी विकास र प्रभाव पार्न थाल्यो । साथै यस्तो व्यापारिक नाफाले कृषिमा पनि आधुनिकता ल्याइदियो । यो प्राविधिक आविस्कार र विज्ञानको विकासको समय थियो जसले देशलाई औद्योगिक क्रान्तितर्फ उन्मुख गरायो ।
१६९४ मा बैंक अफ इंग्ल्याण्डको स्थापना भयो । यसले सरकारी ऋणप्रवाहलाई ठोस रुप दियो । इंग्ल्याण्डमा आर्थिक क्रियाकलापहरु परिचालन र नियन्त्रणमा बैंकको स्थापनाले महङ्खवपूर्ण भूमिका निभायो । लन्डन शहरलाई पुनर्निर्माण गरेपछि यसको क्षेत्रफल पेरिसको दोब्बर भयो । त्यहाँको जनसंख्या ७,५०,००० थियो । सेन्ट पउलको क्याथ्रेडलको सानदार भवन इंग्ल्याण्डको विकास र शक्तिको दरिलो प्रमाण बन्यो ।यो क्रान्तिको स्वरुप कस्तो थियो त !सन् १६८८ को इंग्ल्याण्डको क्रान्तिको स्वरुप रक्तहीन क्रान्ति थियो । इंग्ल्याण्डका राजा जेम्स द्वितीय दैवी अधिकारको सिद्धान्तमा विश्वास गर्दथे र उनले इंग्ल्याण्डमा निरंकुस शासन चलाएका थिए । सन् १६८८ मा जब इंग्ल्याण्डमा गौरवपूर्ण क्रान्ति भयो जेम्स द्वितीयले आफ्नो देश छोडेर भाग्नुप¥यो । त्यसपछि मेरी र विलियमलाई इंग्ल्याण्डको संयुक्त शासक बनाइयो । अनि इंग्ल्याण्डको संसद्ले अधिकार पत्र ९द्यष्िि या च्ष्नजतक० पारित ग¥यो र मेरी र विलियमले यसलाई मान्यता दिए । त्यसपछि इंग्ल्याण्डमा निरंकुश राजतन्त्र र दैवी अधिकारको सिद्धान्तको अन्त्य भयो । त्यहाँ सबै अधिकारहरु राजाको हातमा नभएर संसद््को हातमा आए र त्यहाँ संसद््को सर्वोच्चता कायम भयो । यस क्रान्तिले त्यहाँ यस्तो ठूलो परिवर्तन ल्यायो, तर यस क्रान्तिमा एक थोपा पनि रगत बगेन ।
सन् १६८८ को इंग्ल्याण्डको क्रान्तिको अर्को स्वरुप गौरवपूर्ण थियो । किनभने आपसमा राजनैतिक सिद्धान्तका मतभेदहरु भए तापनि इंग्ल्याण्डमा हिग ९ध्जष्न० र टोरी ९त्यचथ० दुवै दलहरु मिलेर सन् १६८८ मा क्रान्ति गरेका थिए र जेम्स द्वितीयकी आफ्नी छोरी एनले पनि उनको विरोध गरेकी थिइन् । इंग्ल्याण्डको यो क्रान्ति राष्ट्रिय एकताको अभूतपूर्व उदाहरण थियो । अतः यस क्रान्तिको स्वरुप गौरवपूर्ण थियो ।
लर्ड एक्टन ९ीयचम ब्अतयल० ले यस क्रान्तिलाई क्रान्तिकारी होइन, बरु अनुदारवादी थियो भनेर बताएका छन् । उनको भनाइ के थियो भने सन् १२१५ को म्याग्ना कार्टा ९ःबनलब ऋबचतब०, १६२८ को अधिकार याचना पत्र ९एभतष्तष्यल या च्ष्नजतक० र १६८९ को अधिकार पत्र ९द्यष्िि या च्ष्नजतक० मा कुनै खास अन्तर छैन र त्यसैले यो क्रान्तिलाई क्रान्तिकारी मान्न सकिदैन । म्याग्ना कार्टा, पिटिसन अफ राइट र अधिकार पत्रको स्वरुपमा ठूलो अन्तर नभए पनि व्यवहारमा भने ठूलो अन्तर पाइन्छ । किनभने पहिले इंग्ल्याण्डका राजाहरुले म्याग्ना कार्टा र अधिकार याचना पत्रलाई धेरै पल्ट तोड्ने प्रयासहरु गरेका थिए । तर सन् १६८८ पछि इंग्ल्याण्डका कुनै पनि राजाले अधिकार पत्रलाई तोड्ने साहस गर्न सकेनन् । सन् १६८८ को क्रान्तिले गर्दा स्टुअर्ट राजाहरु र संसद््का बीचमा लामो समयदेखि चलिआएको झगडा समाप्त भयो र इंग्ल्याण्डका राजाहरुले संसद््को सर्वोच्चतालाई स्वीकार गरे । इंग्ल्याण्डको संविधानमा सुदृढता आयो । यस कारण यो क्रान्ति अनुदारवादी थिएन । यो क्रान्तिको स्वरुप परिवर्तनकारी, क्रान्तिकारी र गौरवपूर्ण थियो ।
यो क्रान्तिको स्वरुप धर्मनिरपेक्ष थियो । क्रान्तिपछि इंग्ल्याण्डको संसद््ले सहिष्णुताको कानुन ९त्यभिचबतष्यल ब्अत० पारित गरेको थियो र यसले क्याथोलिकहरुलाई बाहेक अन्य धर्मावलम्बीहरुलाई पूजापाठ र प्रार्थना गर्न धार्मिक स्वतन्त्रता दिएको थियो । यो कानुनले पूर्ण रुपमा धार्मिक स्वतन्त्रता प्रदान नगरे पनि धार्मिक सहिष्णुताको दिशामा यो एउटा महत्वपूर्ण कदम थियो ।गौरवमय क्रान्ति किन भएको थियोसन् १६८५ मा चाल्र्स द्वितीयको मृत्युपछि उनका भाइ जेम्स द्वितीय इंग्ल्याण्डको राजसिंहासनमा बसे । उनी कट्टर क्याथोलिक थिए । उनी दैवी अधिकारको सिद्धान्तमा विश्वास गर्थे र निरंकुश शासन चलाउन चाहन्थे । उनले सन् १६८५ देखि १६८८ सम्म शासन गरे । उनैको पालामा १६८८ मा इंग्ल्याण्डमा क्रान्ति भयो । यो क्रान्ति शान्तिपूर्वक भएको थियो र कुनै रक्तपात भएन । योभन्दा अगाडि इंग्ल्याण्डमा जुन क्रान्ति भएको थियो त्यसमा हजारौं व्यक्तिहरुले ज्यान गुमाउनु परेको थियो र भीषण रक्तपात भएको थियो । तर यो क्रान्तिमा कसैको पनि ज्यान गएन र कुनै रक्तपात भएन । इंग्ल्याण्डका राजा र शासन व्यवस्था बदलिए । त्यस कारण यसलाई गौरवमय क्रान्ति भनिएको हो । यो हुनाको प्रमुख कारणहरु यस्ता थिए ।आतंकको राज्य ः जेम्स द्वितीय इंग्ल्याण्डको राजगद्दीमा बसेपछि अर्गाइल ९ब्चनथभि० ले स्कटल्यान्डमा उनका विरुद्ध विद्रोह गरेका थिए । तर जेम्स द्वितीयका सेनाले यो विद्रोहलाई दबाए । अर्गाइललाई फाँसी दिइयो । यसपछि मनमथका ड्युक ९म्गपभ या ःयलmयगतज० ले विद्रोह गरे । उनलाई पनि फाँसी दिइयो । उनका समर्थकहरुमाथि मुद्दा चलाइयो । तीमध्ये तीन जनालाई फाँसी र आठ जनालाई देश निकाला गरियो । जेम्स द्वितीयले यस प्रकारको आतङ्क फैलाएर इंग्ल्याण्डका जनतामा डर र त्रास उत्पन्न गराएका थिए । त्यस कारण इंग्ल्याण्डका जनतामा असन्तोष र घृणाको भावना थियो ।
फ्रान्ससँगको सम्बन्ध ः जेम्स द्वितीयले धन र सेनाको सहायता पाउने आशाले फ्रान्ससँग मित्रता बढाएका थिए । त्यस बेला फ्रान्सको निरंकुश शासन युरोपमा एउटा नमुना थियो । त्यहाँ कुनै प्रकारको राजनैतिक अधिकार थिएन । त्यहाँ राजा नै राज्य हो भन्ने धारणा थियो । फेरि फ्रान्सका सम्राट लुई चौधौंले प्रोटेस्टेन्टहरुमाथि अत्याचार गरिरहेका थिए । यस कारण अँग्रेज जनता फ्रान्ससँग इंग्ल्याण्डको मित्रता चाहदैनथे । तर जेम्स द्वितीयले भने फ्रान्ससँग घनिष्ठ मित्रता बढाइरहेका थिए । यस कारण अंग्रेजहरुमा जेम्स द्वितीयप्रति असन्तोषको भावना थियो ।
स्थायी सेना बढाउनु ः इंग्ल्याण्डमा निरंकुश शासन चलाउनु र क्याथोलिक धर्मको प्रचार प्रसार गर्नु जेम्स द्वितीयका उद्देश्यहरु थिए । यसबाट देशका मौलिक नियम, जनताका हक र अधिकार, स्थापित चर्चका लागि खतरा थियो । जेम्स द्वितीयले आप्mनो उद्देश्य पूर्ति गर्नको लागि सेनाको संख्या बढाएर ३०,००० पु¥याए र त्यसमा क्याथोलिकहरुलाई नियुक्त गरे । यसले गर्दा जनतामा असन्तोष फैलियो ।
स्पेशल कोर्टको स्थापना ः विशेष न्यायालय राजाको निरंकुश शासनको स्तम्भको रुपमा थियो । कोर्ट अफ स्टार च्याम्बर र कोर्ट अफ हाई कमिसन जस्ता विशेष न्यायालयहरुलाई दीर्घकालीन संसद््ले १६४१ मा हटाएको थियो । राजतन्त्रको पुन ः स्थापनाकालमा असाधारण संसद््ले त्यस्ता न्यायालयहरुलाई समाप्त गर्ने नियम पारित गरेको थियो र चाल्र्स द्वितीयले १६६० मा त्यसलाई स्वीकृति दिइसकेका थिए । तर जेम्स द्वितीयले चर्चमा आफ्नो प्रभाव बढाउन विशेष धार्मिक न्यायालय ९ऋयगचत या भ्अअभिकष्बकतष्अब िऋयmmष्ककष्यल० को स्थापना गरे । वास्तवमा जेम्स द्वितीयको यो काम गैरकानुनी र अनुचित थियो । उनले यसमा सात जना न्यायाधीशहरुलाई नियुक्त गरे र जेफ्रे जस्ता क्रूर व्यक्तिलाई प्रधान न्यायाधीश बनाए । जेम्स द्वितीयको यस प्रकारको असंवैधानिक कार्यले गर्दा इंग्ल्याण्डका जनतामा आक्रोश बढ्यो ।
परीक्षा नियम ९त्भकत ब्अत० भंग गर्नु ः जेम्स द्वितीय इंग्ल्याण्डको राजगद्दीमा बस्नुभन्दा अगाडि टेस्ट एक्ट पास भएको थियो । यसबमोजिम अंग्रेजी चर्चका सिद्धान्तहरु मान्नेहरुले मात्र सरकारी नोकरी पाउँथे । यो नियमले गर्दा क्याथोलिकहरुले सरकारी नोकरी पाउँदैनथे । अतः क्याथोलिकहरुको पक्षमा जेम्स द्वितीयले यो नियमलाई हटाउन चाहे तर संसद्ले भने हटाउन चाहेन । त्यसपछि उनले संसद््को बैठक नै स्थगित गरे र यसपछि उनको शासनकालमा संसद््को बैठक कहिल्यै पनि हुन पाएन । कुनै कानुनलाई रद्द गर्ने वा त्यसलाई लागु गर्नबाट रोक्ने अधिकार राजामा छ भन्ने भनाइ जेम्स द्वितीयको थियो । यसलाई राजाको निलम्बन र विमोचन अधिकार ९क्गकउभलमष्लन बलम म्ष्कउभलमष्लन एयधभच० भनिन्छ । त्यसपछि उनले क्याथोलिक विरोधी सबै कानुनहरुलाई रद्द गरिदिए । सेना र राज्यका उच्च पदहरुमा उनले क्याथोलिकहरुलाई नियुक्त गरे । यो कुरा इंग्ल्याण्डका जनता सहन तयार थिएनन् ।
स्कटल्यान्ड र आयरल्यान्डमाथिको हस्तक्षेप ः स्कटल्यान्ड र आयरल्यान्ड पनि जेम्स द्वितीयले आफ्नो निरंकुश शासन शुरु गरे । त्यहाँ पनि ठूल्ठूला पदहरुमा उनले क्याथोलिकहरुलाई नियुक्त गरे । आयरल्यान्डको गभर्नर पदमा पनि उनले एक जना क्याथोलिकहरुलाई नियुक्त गरे । आयरल्यान्डको सेनामा उनले प्रोटेस्टेन्टहरुलाई हटाएर क्याथोलिहरुलाई नियुक्त गरे ।
विश्वविद्यालयमा हस्तक्षेप अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयहरुमा अंग्रेजी चर्चको प्रभाव थियो । ठूल्ठूला पदहरुमा प्रोटेस्टेन्टहरुलाई नियुक्त गरिएको थियो । तर जेम्स द्वितीय त्यहाँ पनि ठूल्ठूला क्याथोलिकहरुलाई नियुक्त गर्न चाहन्थे । क्याम्ब्रिज विश्वविद्यालयका पदहरुमा उपकुलपतिले एक जना क्याथोलिक पादरीलाई आवश्यक परीक्षामा उत्तीर्ण नभएकाले एम ए को उपाधि दिएनन् । त्यस कारण जेम्स द्वितीयले उनलाई हटाएर उनको पदमा एक क्याथोलिकलाई नियुक्ति दिए । क्राइस्ट चर्च कलेजको डीन पदमा एकजना क्याथोलिकलाई नियुक्त गरे ।
धार्मिक अनुग्रहको पहिलो घोषणा ९ ँष्चकत म्भअबिचबतष्यल या क्ष्लमगनिभलअभ० ः जेम्स द्वितीयले प्रोटेस्टेन्ट डिजेन्टरहरु ९म्ष्ककभलतभचक० को सहानुभूति प्राप्त गर्न सन् १६८७ मा धार्मिक अनुग्रहको घोषणा गरे । यसबमोजिम उनीहरुलाई पूजापाठमा स्वतन्त्रता दिइयो र सबैलाई सरकारी नोकरी पाउने छुट दिइयो । यसका लागि कुनै परीक्षा दिनु पर्दैनथ्यो । इतिहासकार रेमजे म्युरको शब्दमा डिजेन्टरहरुलाई यो एउटा राम्रो घुस थियो । अतः उनीहरुले यसलाई अवश्य पनि स्वीकार गर्नेछन् भन्ने धारणामा नगर काउन्सिलमा पनि उनले डिजेन्टरहरुलाई राख्न थाले । सर्वसाधारण जनताले यसको विरोध गर्ने नै भए । डिजेन्टरहरुले पनि यसको विरोध गरे । किनभने तबसम्म जेम्स द्वितीयले उनीहरुलाई सताएका थिए । त्यसैले उनीहरुले के सोचे भने यो घोषणाको पछाडि जेम्स द्वितीयको कपटपूर्ण चालबाजी छ । त्यसैले उनीहरुले यो घोषणाको विरोध गरे ।
धार्मिक अनुग्रहको दोस्रो घोषणा ९क्भअयलम म्भअभभिचबतष्यल या क्ष्लमगनिभलअभ० ः सन् १६८८ मा एउटा गम्भीर घटना घट्यो र यसले गर्दा क्रान्ति भयो । त्यही सालमा जेम्स द्वितीयले धार्मिक अनुग्रहको दोस्रो घोषणा गरे । यसमा क्याथोलिक विरोधी सबै नियमहरु खारेज गरिएका थिए । यो घोषणा सबै गिर्जाघरहरुमा पढेर सुनाउनू भन्ने आदेश उनले दिए । तर क्यान्टरबरीका आर्कविशप सेनक्रोफ्ट र अरु ६ जना पादरीले त्यो घोषणा गिर्जाघरमा पढेर सुनाउने आदेश नदिइयोस् भन्ने प्रार्थनापत्र तयार गरे । यसै कारणले पादरीहरुले गिर्जाघरहरुमा त्यो घोषणा पढेर सुनाएनन् । यसले गर्दा जेम्स द्वितीय साह्रै रिसाए र सात जना पादरीहरुमाथि मुद्दा चलाए । तर अदालतले ती पादरीहरु निर्दोष हुन् भन्ने फैसला ग¥यो र ३० जूनमा उनीहरु रिहा भए । त्यस दिन सम्पूर्ण इंग्ल्याण्डले आनन्दको उत्सव मनायो । डिजेन्टर र सैनिकहरुले पनि त्यो उत्सवमा भाग लिए ।
जेम्सको छोरो जन्मनु ः सन् १६८८ को १० जूनमा जेम्स द्वितीयको दोस्रो पत्नीबाट छोरा जन्मियो । तबसम्म इंग्ल्याण्डका जनताले उनका अत्याचारहरु धैर्यपूर्वक यस कारण सहेका थिए कि उनका कुनै छोरा छैनन् र उनी मरेपछि उनकी छोरी मेरीलाई इंग्ल्याण्डको राजगद्दी प्राप्त हुनेछ । मेरी र उनका श्रीमान विलियम कट्टर प्रोटेस्टेन्ट थिए तर जेम्स द्वितीयको छोरा जन्मेकाले उनीहरुको सपना चकनाचूर भयो । उनीहरुले के सोच्न थाले भने नयाँ जन्मेको छोरो बाबुजस्तै क्याथोलिक हुनेछ र जनतामाथि अत्याचार गर्नेछ । धेरैको यो पनि शंका थियो कि ऊ अर्कैको छोरा हो । जे होस् अब मानिसहरुको मनमा निराशा र डर उत्पन्न हुन थाल्यो । अब उनीहरुका लागि क्रान्तिबाहेक हरु कुनै बाटो थिएन ।
सन् १६८८ को ३० जूनमा जब पादरीहरु मुक्ति दिवस मनाइरहेका थिए, त्यही अवसरमा विभिन्न विचारधारा भएका इंग्ल्याण्डका सातजना प्रमुख व्यक्तिहरुले इंग्ल्याण्डको शासन सम्हाल्न र प्रोटेस्टेन्ट धर्मको रक्षा गर्न हल्याण्डका राजा विलियम र मेरीलाई निमन्त्रणा गरे । उनी जेम्स द्वितीयका ज्वाइँ थिए, अंग्रेजहरुको निमन्त्रणालाई विलियमले सहजै स्वीकार गरे । सन् १६८८ को नोभेम्बर महिनामा पन्ध्र हजार सेना लिएर विलियम इंग्ल्याण्डमा आए, जेम्स द्वितीयलाई कसैले पनि सहयोग गरेन । उनकी प्रोटेन्टेन्ट छोरी एनले पनि उनको विरोध गरिनन् । अन्त्यमा जेम्स द्वितीय भागेर फ्रान्स गए र सम्राट लुई चौधौंको शरण लिए । इंग्ल्याण्डको इतिहासमा यस घटनालाई गौरवपूर्ण क्रान्ति भनिन्छ । यसपछि संसद् र राजाका बीचमा लामो समयदेखि चलिआएको झगडाको शान्तिपूर्ण तरिकाले अन्त्य भयो ।
यस गौरवमय क्रान्तिको कालमा ब्रिटिश साम्राज्य अत्याधिक रुपले बिस्तारित भयो । राजाको शक्ति क्षीण गराइएपछि नयाँ ढाँचाको राजनीति स्थापना भयो, जुन अघिल्लो शताब्दीमा राम्ररी फुल्न सक्यो । यो गौरवमय क्रान्तिले भविष्यमा अठारौं शताब्दीमा हुने दुई महान् क्रान्तिको बीजारोपण ग¥यो । तिनीहरु अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सेली राज्य क्रान्ति थिए । निःसन्देह यी दुई क्रान्ति मात्र नभई मानव स्वतन्त्रताको महानताको चिनारीको बीजारोपण यही गौरवमय क्रान्तिले नै गरेको थियो ।