नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानको जायज माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।बुधबार प्रतिनिधिसभा बैठकमा दुध बिचेको बक्यौता उठाउन आन्दोलन गर्नुपर्नै अवस्था आएको भन्दै दुग्ध किसानको जायज माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।डिडिसीबाट दुई अर्व र निजि डेरीबाट करिव ३ अर्व लिन बाँकी हुँदा कृषकहरु पिडित भएको उहाले बताउनुभयो । उहाले कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीले किसानहरूले पाउनुपर्ने दूधको भुक्तानी बक्यौता अबिलम्ब हुने वातावरण बनाउनुपर्ने जिकिर गर्नुभयो ।उहाले न्यायोचित माग पुरा गर्नका लागि किसानहरुले डिडिसीमा धर्ना दिदा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभयो ।