काठमाडौं । इन्दिरा गान्धीलाई एक साहसी महिलाको रुपमा इण्डियामा चिन्ने गरिन्छ । यिनले जीवनमा निकै साहसी काम गरेर विश्वलाई चकित बनाएकी छिन् । इन्दिराले पाकिस्तान फुटाएर विश्वको मानचित्रमा नयाँ देश बंगलादेश बनाइन् भने अर्कोतिर यिनले सिक्किम जस्तो सानो र शान्त राष्ट्रको स्वतन्त्रता खाएर इण्डियामा मिलाइन् । यिनले पार्टीभित्रका घाघडानका नेतासँग मात्र टक्कर लिइनन् विश्वको सुपर पावर अमेरिकालाई समेत टक्कर दिइरहिन् । रसियासँग गरिएको बीस वर्षे सैन्य सम्झौताले इण्डियालाई क्षेत्रिय दादाको रुपमा स्थापित गर्न इण्डियालाई ठूलो सहयोग र आत्मविश्वास मिलेको थियो । उनले नेपालको स्वतन्त्रता पनि खाने खास योजना बनाएकी थिइन् ।
भपण्डित जवाहरलाल नेहरु र कमला नेहरुको कोखबाट १९ नोभेम्बर, १९१७ मा अलाहवादमा इन्दिरा गान्धीको जन्म भएको थियो । भारतको आन्तरिक र वैदेशिक नीतिमा नेहरुको दीर्घकालीन पदावधिले सकारात्मक प्रभाव पा¥यो । तर उनको स्वास्थ्य स्थितिमा गिरावट आउन थालेकोले उनीपछि उनको वारिस को होला भन्ने प्रश्न उठेको थियो । तर उनको मृत्युपछि कंग्रेसले जून १९६४ मा लालबहादुर शास्त्रीलाई प्रधानमन्त्रीमा नियुक्त ग¥यो ।
प्रधानमन्त्री शास्त्री एक लचिलो विचारधाराका व्यक्ति थिए र उनी सरल जीवनका सिद्धान्त अपनाएर आफ्नो देशको सेवामा समर्पित बने । प्रधानमन्त्री लालबहादुर शास्त्रीको छोटो कार्यकालमा तीन प्रमुख संकटहरु आइलागे । पहिलो थियो, खाद्यपदार्थको अत्यन्त अभाव, तत्कालीन मद्रासमा भड्किएको हिन्दी भाषा विरोधी हिंस्रक प्रदर्शन दोस्रो थियो भने तेस्रो काश्मीरमा भएको पाकिस्तानसँगको दोस्रो युद्ध । तर प्रधानमन्त्री शास्त्री ११ जनवरी, १९६६ मा हृदयघातबाट स्वर्गारोहण भए ।
इन्दिरा गान्धी तिनै लालबहादुर शास्त्रीको प्रधानमन्त्रित्वमा सूचना तथा प्रसारण मन्त्री थिइन् । उनी पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुकी एकमात्र सन्तान थिइन् । १९६६ मा शास्त्रीको निधनपछि कंग्रेसले इन्दिरालाई प्रधानमन्त्रीको लागि छनोट गर्ने निधो गरेको थियो तर उनको उक्त पदप्रतिको योग्यतालाई लिएर एक सशक्त राष्ट्रवादी नेता मोरारजी देसाईले कडा चुनौती दिए ।
यसप्रकारको विवादमा कंग्रेसले आगामी आमनिर्वाचनमा सशक्त उपस्थिति जनाउन सक्ने तथा आम मानिसहरुले स्वीकार गर्ने व्यक्ति खोज्नु अत्यन्त जरुरी थियो । बडो कठिनाइपूर्वक आफ्नो कार्यालय सुरु गरे पनि उनले अनेकौं समस्याहरुको श्रृङ्खला नै सामना गर्नुप¥यो । जस्तै उत्तरपूर्वका मिजहरुको आन्दोलन, राष्ट्रका विभिन्न स्थानमा भएको अनिकाल, मजदुरहरुको विरोध र भारतीय रुपैयाँको मुद्रास्फितीको कारणले गरिब जनताहरुको दयनीय अवस्था बढ्दो रुपमा हुनुका साथै पञ्जाबमा भाषिक र धार्मिक विभाजनका विरुद्धको आन्दोलन आदि ।
फ्रेबुअरी १९६७ मा भएको चौथो आमनिर्वाचनमा संसदको सिटमा कंग्रेसको संख्या घटेर ५४ प्रतिशतमा झर्नु र बिहार, केरला, उडिसा, मद्रास, पञ्जाब र पश्चिम बंगालमा गैर कंग्रेस सरकारको स्थापना हुनुले कँग्रेस पार्टीमा केही तनाव उत्पन्न ग¥यो ।
उत्तरप्रदेशमा कँग्रेस नेतृत्वको संयुक्त सरकार पतन भयो । उता राजस्थानमा राष्ट्रपतिय शासन लागू गर्नुप¥यो । गरिबी निवारण गर्नको लागि श्रीमती इन्दिराले सन् १९६९ मा विभिन्न सशक्त कदमहरु चालिन् । भूमिसुधार गर्ने कार्य, व्यक्तिगत आय बढाउन गरिने विभिन्न कार्यक्रम, निजी सम्पत्ति र कर्पोरेट कार्यालयहरुको व्यवस्था आदि कार्यक्रमहरु उनका प्रमुख कार्यहरु थिए । उनले निकै बैंकहरुलाई सरकारीकरण गर्ने निधो पनि गरिन् । यस्ता विभिन्न कदमहरुको कारण पार्टीमा उनी र अन्य नेताहरुका बीचको दूरी झनै बढ्न थाल्यो ।
१२ नोभेम्बर, १९६९ मा अनुशासनहीन भएको आरोप लगाउँदै कँग्रेसले इन्दिरा गान्धीलाई पार्टीबाट निलम्बन ग¥यो । पार्टीको उक्त निर्णयसँगै कँग्रेस दुई भागमा विभाजित भयो । कँग्रेस (ओ) अर्थात् अर्गनाइजेशन थियो मोरारजी देसाइको नेतृत्वमा र कँग्रेस (आर) अर्थात् रिक्वीजिसन् इन्दिरा गान्धीको नेतृत्वमा थियो । तर कम्युनिस्ट, शिख, जैन र अन्य क्षेत्रिय पार्टीको सहयोगमा उनले आफ्नो प्रधानमन्त्रीत्वलाई निरन्तरता दिइन् ।
इन्दिरा गान्धीले मार्च, १९७१ को आम निर्वाचनको बेला “गरिबी हटाओ” भन्ने बुलन्द नारा दिंदै आफ्ना प्रभावशाली भाषणका कार्यक्रमहरु देशभरि संचालन गरिन् । उता देसाईको पार्टी कँग्रेस (ओ) ले “इन्दिरा हटाओ” भन्ने नारा लगाएको थियो । निर्वाचन सकिएपछिको परिणाममा इन्दिराको पार्टीले संसदमा ठूलो बहुमत हासिल ग¥यो । उनी त्यसपछि फेरि प्रधानमन्त्री बनिन् । त्यसपछि सन् १९७१ मा पाकिस्तान विरुद्ध काश्मीरमा पाएको विजय र दश लाख बंगलादेशी शरणार्थीलाई आफ्नै देश फिर्ता पठाउन पाएको सफलताले उनलाई चर्चा र सफलताको शिखर मिल्यो । त्यसपछि १९७२ को राज्य निर्वाचनमा उनको पार्टीले झनै राम्रो सफलता पायो ।
त्यसपछि गान्धीले कँग्रेस (ओ) बाट आइरहेका निरन्तर चुनौती र बाधाहरुलाई सहजरुपमा पार लगाइन् । उनले शक्ति र सत्तामा एकाधिकार जमाइन् । उनी पार्टी र सरकारको प्रमुख भएको नाताले उनले चिफ मिनिस्टरको नियुक्ति र बर्खास्ती आफ्नो इच्छानुसार गर्न थालिन् । केन्द्रिय मन्त्रिमण्डलको हेरफेर र शक्ति बाँडफाँडमा पनि उनकै इच्छाले प्रमुखता पायो । उनको शक्ति र चर्चाको कारणले हुनसक्छ कँग्रेस (ओ) का निकै कार्यकर्ता र नेताहरु उनको नेतृत्व स्वीकार गर्न आएका थिए । आफ्नो शक्तिको चरम अवस्थामा रहेको बेला अगस्ट १९७१ मा उनले सोभियत संघसँग बीस वर्ष शान्ति, मित्रता र परस्पर सहयोगको सन्धि गरिन् ।
तर शक्ति सशक्तिकरण गरे पनि, चुस्त प्रशासन राख्न प्रयास गरे पनि, राष्ट्रमा धेरै सुधारका कदमहरु चाले पनि इन्दिरा गान्धीले सजिलैसँग आर्थिक संकटचाहिं टार्न सकिनन् । शरणार्थी समस्या, युद्ध, औद्योगिकीकरण, मुद्रास्फिती आदि टड्कारो रुपमा अगाडि देखा परे । त्यसपछि गान्धीले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिनुको कुनै विकल्प देखिनन् । इन्दिरालाई आफ्नो व्यक्तिगत जीवन तथा कार्यालयको काम जहिले पनि परीक्षाको रुपमा रह्यो । रेलका कर्मचारीहरुको हड्ताल, जेपी नारायणद्वारा वकालत गरिएको नागरिक अवज्ञाजस्ता कार्यले गुजरातमा उनको पार्टीको सरकारको पतन भयो । सबैभन्दा महत्वपूर्ण कुरा अलाहवाद उच्च न्यायालयले १९७१ को निर्वाचन बदर गरी ६ वर्षसम्म उनी पदमा रहनु अवैधानिक रहेको रिट जारी ग¥यो ।
त्यसैले २५ जून, १९७५ मा जनताका सम्पूर्ण मौलिक हकहरु निलम्बन गर्दै इन्दिरा गान्धीले राष्ट्रमा आपतकालीन स्थिति लागू गर्ने निर्णय गरिन् । उक्त निर्णय तत्कालीन राष्ट्रपति फख्रुद्धिन अली अहमदले लागू गरेका थिए । यसैगरी गुजरात र तामिलनाडुमा राष्ट्रपति शासन लागू गरियो र त्यहाँ रहेका हजारौं गान्धी विरोधीहरुलाई उनले जेल चलान गरिन् । यस प्रकारको संकटकालीन समयमा आफ्ना सबै कदमहरु उचित ठह¥याउने वकालत गर्न आफ्नो छोरा सञ्जय गान्धीलाई उनले देशव्यापी दौडाहामा पठाइन् ।
यसै समयमा गरिब परिवारहरुमा जन्मदर नियन्त्रण गर्ने नाममा परिवार नियोजन जबरजस्ती थोपरियो । दिल्ली र अन्य शहरमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका झोपडपट्टीका बासिन्दाहरुलाई शहरलाई सुन्दर बनाउने नाममा धपाउन थालियो । श्रमिकहरुलाई अनुशासित बनाउने प्रयास पनि भयो । १८ जनवरी, १९७७ मा संकटकाल नहटेसम्म भारतमा एक प्रकारले उनको स्वेच्छाचारी शासन चल्यो । र त्यस लगत्तै उनले जेल हालिएका प्रतिद्वन्द्वीहरु पनि मुक्त भए ।
नयाँ चुनाव आउन दुई महिना मात्र बाँकी हुँदा जेपी नारायण र मोरारजी देसाईले जनता पार्टी गठन गरेर संकटकाल विरोधी घोषणा पत्र तयार गरे र उनीहरुले अरु पार्टीहरुलाई साथमा लिएर गठबन्धन बनाएर निर्वाचन अभियान सञ्चालन गरे । परिणामस्वरुप कन्जरभेटिभ ब्राह्मण परिवारका देसाई बहुमत पाएर भारतका चौथो प्रधानमन्त्री बने । तर निकै पार्टीहरुको गठबन्धनबाट निर्माण भएको सरकारमा गुटबन्दी र परस्पर आशंकाको वातावरण छाउन थाल्यो । जनता पार्टीले वाचा गरे अनुरुप नै स्वतन्त्रता र प्रजातान्त्रिक वातावरण तयार गर्न महत्वपूर्ण कार्य गरे पनि गरिबी घटाउन र प्रशासनमा सुहाउँदो सुधार ल्याउन उक्त सरकार असफल बन्यो । त्यसैले देसाईको सरकारलाई समर्थन गरिरहेका अन्य साना पार्टीहरुले १९७९ को ग्रीष्ममा सरकारमा रहेको आफ्नो समर्थनलाई परित्याग गरे । अन्ततः देसाई बहुमत विहीन अवस्थामा सरकारमा बसे ।
जुलाई १९६९ मा मोरारजी देसाईको सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याइयो । संसदमा उक्त प्रस्तावमाथि छलफल हुनु अगावै देसाईले आफ्नो पदबाट राजीनामा दिए । त्यसपछि चौधरी चरण सिंहको नेतृत्वमा संयुक्त सरकार गठन भयो । उनको प्रधानमन्त्रित्वमा कुनै महत्वपूर्ण काम भएनन् । बरु १९८० जनवरीमा नयाँ चुनावको लागि आह्वान गरियो ।
इन्दिरा गान्धीले आफ्नो पार्टीको नाम कंग्रेस (आई) राखिन् । आईको अर्थ इन्दिरा थियो । यस निर्वाचनमा उनले “त्यही मानिसलाई जिताउनुस् जसले काम गर्न सक्छ” भन्ने आफ्नो पार्टीको नारा घन्काइन् । परिणामस्वरुप लोकसभामा उनको पार्टीले स्पष्ट बहुमत हासिल ग¥यो । त्यसपछि गान्धीले भारतलाई आर्थिक र औद्योगिक प्रगतितर्फ आफू पूनः प्रधानमन्त्री भएर अघि बढाइन् । तर जून १९८० मा आफ्नै हवाईजहाजमा यात्रारत इन्दिरा गान्धीको छोरा सञ्जय गान्धीको हवाई दुर्घटनामा देहान्त भयो । १९८० देखि १९८४ सम्म देशका विभिन्न स्थानहरुमा भड्किएको हिंसात्मक आन्दोलन दबाउन उनले सैन्य परिचालन पनि गरेकी थिइन् ।
मे १९८४ मा सिख अतिवादीहरुले अमृतसरको गोल्डेन टेम्पलमाथि धावा बोलेर आतंकवादीको केन्द्र बनाएपछि उनले सैन्य परिचालनबाट उक्त घटनामाथि कार्वाही गर्दा धेरै नागरिक, सैनिक र अन्य सरकारी अधिकारीहरु मारिएका थिए । त्यसपछि उनले जम्मु, काश्मीर र आन्ध्र प्रदेशका मुख्य मन्त्रीहरुलाई बर्खास्त गरिन् । यो कदम चाले लगत्तै ३१ अक्टोबर, १९८४ मा उनका आफ्नै सिख अंगरक्षक सतवन्त सिंह र बेहन्त सिंहद्वारा इन्दिरा गान्धीको हत्या गरियो । सिखद्वारा इन्दिरा गान्धीको हत्या भए लगत्तै भारतमा विद्रोह भड्कियो । आक्रोसित कंग्रेस आईका कार्यकर्ताहरुले तीन दिनमा कैयौं हजार सिखहरुको हत्या गरे ।
यसरी इन्दिरा गान्धीले भारतको मुहार नै फेर्ने गरी भारतमा अनेकौं सुधार र विकाश गरेर आफ्नो नाम इतिहासमा अमर तुल्याइन् ।