लेखक –इस्मात चुगताई
म फेरि उनको पिठ्यूँ कन्याउन थालें.....चिल्लो...मेजको सतह जस्तो थियो पिठ्यूँ । उनको काम गरेर मलाई अचम्मको खुशी लागिरहेथ्यो । “अझ अरु कन्याउ, ब्रेसर खोलिदेउ,” बेगमजान बोलिन्, “यता.....ओहो, थोरै काँधको तल.....हो, वाह भाइ वाह !” उनी मानौं नशामा चिसो सास लिन थालिन् । “अरु यता ।” जब कि बेगमजानको हात बडा मजाले त्यहाँसम्म जानसक्थे किन्तु उनी मलाई कन्याउन लगाइरहेकी थिइन् । र म पनि पुलकित भइरहेकी थिएँ बेगमजानको गोरो शरीरको त्यो ठाउँमा कन्याउन पाएर ।
फोटो २७जाडोमा जब म सिरक ओढ्छु अगाडिको दिवारमा त्यसको छायाँ हात्ती झुमिरहे जस्तो लाग्छ । तब मेरो दिमाग अचानक बितेको जमानामा पुग्छ । थाहा छैन के के याद आउन थाल्छ । माफ गर्नुहोला, म तपार्इंलाई सिरकको कुनै चमत्कारपूर्ण कथा सुनाउन गइरहेको छैन, न त सिरकलाई कुनै तरिकाले रोमान्समा जोड्दैछु । मेरोे विचारमा सिरक चाहे कम आरामपूर्ण नभए पनि त्यसको छायाँ त्यति भयावह हुँदैन जब छायाँ भित्तामा कम्पित भइरहेको हुन्छ । यो कथा त्यो जमानाको हो, जब म सानी थिएँ र दिनभरि दाजु–भाइसँग र उनीहरुका साथीसँग झगडामा मस्त हुन्थें । म सोच्दछु कि म यति लडाकु किन थिएँ त्यो उमेरमा जब कि मेरा बहिनीहरु आप्mनो प्रेमीको खोजीमा रहन्थे । यही कारण थियो कि आमा जब आगरा जानु भयो तब मलाई हप्ताभरको लागि आप्mनी एक बहिनी पर्नेकोमा छोडेर जानुभयो । आमालाई थाहा थियो कि उनको घरमा मुसाको बच्चा समेत थिएन, जोसँग म मारपीट गर्न सकुँ । यही मलाई सजाय थियो । आमाकी यी पर्ने बहिनी, त्यही बेगमजान थिई, जसको गरीब आमा बुबाले नवाव साहबलाई यसकारण ज्वाइँ बनाएका थिए कि उनकोमा कोही बाजारु आइमाई या वेश्या देखिदैन थिए । उनी स्वयम् हाजी थिए र आप्mनी बहिनीलाई हज गराई सकेका थिए । तर उनको एक अचम्म लाग्दो शोख थियो । मानिस त परेवा पाल्थे, कुखुरा लडाउँथे नवाव साहबलाई यस्तो किसिमको खेलप्रति घृणा थियो । उनकोमा त बस छात्रमात्र जम्मा हुन्थे । नौजवान गोरा–गोरा, पातलो कमर भएका केटा । उनीहरुको खर्च पानीको व्यवस्था नवाब साहब नै गर्थे । उनी बेगमजानलाई विवाह गरेर जीवनको तमाम सुख सुविधा उपलब्ध गराएर उनलाई भूलिसकेका थिए । थाहा छैन उनको जीवन कहाँबाट शुरु हुन्थ्यो– त्यहाँबाट जब उनले यस दुनियाँमा जन्मिने गल्ती गरेका थिए या जब नवावकी बेगम बनेर आएकी थिइन् र घुम्टोमा जिन्दगी बित्न थालेको थियो, या तबबाट जबदेखि नवाब साहबको घरमा केटाहरुको जमघट हुन थालेको थियो र बेगमजान किचनको झ्यालबाट ती लचिलो कम्मर, तन्किएका पिंडुला र आइरनले बसेका पारदर्शी कुर्ता हेरेर भित्र भित्रै जल्न थाली । नवाब साहब टसको मस भएनन् । बेगमजानको दिल टुट्न थाल्यो र उनी किताबमा आप्mनो दिल लगाउन थालिन् । तर किताबमा पनि केही पाइएन । रुमानी उपन्यास र कविता पढेर उनलाई झन् बेकार लाग्न थाल्यो । रातको निद्रा बिग्रियो । बेगमजान जीउ छोडेर उदास हुन थालिन् । भाँडमा जाउन यस्ता सुन्दर कपडा । कपडा पनि कसैमाथि रवाफ देखाउनको लागि हो । जब बेगमजान यो घरमा विवाह गरेर आइन् नातेदार आएर महिनौं रहन्थे र जान्थे तर विचरी उनी कैदको कैद । यी नातेदारलाई देखेर उनको रगत तात्थ्यो कि सबै मजाले माल उडाउँछन् । जाडोमा कपडा बनाउन यता आउँथे र विचारी नयाँ कपासको सिरक भएर पनि जाडोले ठिगुरिन्थिन् । हरेक करवटसँगै सिरकको भित्तामा नयाँ नयाँ तस्बीर छायाँ बनेर देखिन्थ्यो । तर कुनै पनि छायाँ उनलाई जीवित राख्न प्रशस्त होस । फेरि कोही गएर पनि के हुन्थ्यो । तर जिन्दगी...... बेगमजानको जिन्दगी अझ पनि बाँकी थियो । भाग्यमा बाँच्न लेखेको थियो, त्यसैले बाँच्न थालिन्, खूब बाँच्न थालिन् । वास्तवमा रब्बूले उनलाई मृत्युबाट बचाइन् । फेरि हेर्दा हेर्दै उनको मुर्झाएको शरीर खिल्न थाल्यो । गाला चम्किए र सौन्दर्यमा निखार आयो । यो पनि एक अनौंठो प्रकारको तेल मालिशको चमत्कार थियो । माफ गर्नुहोला त्यो तेलको विज्ञापन तपाईं कुनै पत्र पत्रिकामा पाउनु हुन्न । जब मैले बेगमजानलाई देखें तब उनी चालीस बयालीसकी थिइन् होला । ओह ! कस्तो शान–शौकतले तकियाको सहारा लिएर सुत्दथिइन र रब्बू उनको पीठमा टाँसिएर बसेर सिर दबाइरहन्थी । एउटा उज्यालो रंगको दोसल्ला उनको खुट्टामा थियो र उनी कुनै महारानीभन्दा कम लागिरहेकी थिइनन् । मलाई उनको रंग रुप खूब प्रिय लाग्थ्यो । उनको रंग बिल्कुल सेतो थियो, रातो नामको पनि थिएन । कपाल कालो थियो र तेलले तर रहन्थ्यो । उनको सिउँदो मैले अहिलेसम्म बिग्रेको देखिन । एउटा पनि कपाल यता उता छरिएको थिएन । उनको आँखा काला थिए र आँखीभौंबाट अनावश्यक रौं फ्याँकीदिनाले निधार सपाट देखिन्थ्यो । आँखा केही उठेका थिए र ठूला ठूला ढकनी अनि तीखा परेली । उनको अनुहारमा सबैभन्दा आकर्षक देखिने थियो उनको ओठ, जसमा हरदम लाली लागेको हुन्थ्यो । उनको माथिको ओठमा मसिना रौं थिए र कनपटीमा लामो लामो केश । कहिले काहीं अचानक उनको अनुहार अचम्म लाग्दो देखिन्थ्यो, अल्लारे उमेरको केटाको जस्तो । उनको जीउ गोरो र चिल्लो थियो । एकदम तन्किएको मानांै कसैले तानेर टाँका लगाइदिएको होस । जब उनी पिंडुला कन्याउन घाघर माथि सार्थिन, म लुकेर उनको चमक हेर्थें । उनको शरीर खूब लामो थियो र मांसल भएकोले उनी धेरै नामी देखिन्थिन् । रब्बू उनको पीठ सुमसुम्याई रहन्थी । मिनट दुई मिनट होइन, घण्टौं घण्टासम्म । मानांै पीठ सुमसुम्याउनु पनि जिन्दगीको मुख्य जरुरतमा पर्दछ । बल्की योभन्दा पनि बढी । रब्बू घरमा अरु केही काम गर्दिन थिई । बस दिनभर बेगमको खटियामा बसेर कहिले सिर, कहिले खुट्टा त कहिले शरीरका विभिन्न अंग दबाउथिई .....कहिले कहिले त मेरो दिल भन्थ्यो कि अति भयो, जब जब रब्बो केही न केही दबाइरहेकी हुन्थी या मालिस गरिरहेकी हुन्थी । कोही अर्को हुन्थ्यो त थाहा छैन के हुन्थ्योे, म आप्mनो भनौं....... कसैले थोरै पनि छोइदिने हो भने मेरो जीउ सायद लल्याक लुलुक भएर गल्थ्यो । तर यो प्रत्येक दिनको मालिश पनि प्रशस्त थिएन । जुन दिन बेगमजानलाई नुहाउनु पथ्र्यो, बकाइदा दुईघण्टा पहिलादेखि नै तेल मालिश शुरु हुन्थ्यो र यति हुन्थ्यो कि म त सोचेरै दिक्क हुन्थे । कोठाको ढोका बन्द गरेर मालिसको सिलसिला चल्थ्यो । कोठामा प्राय रब्बू हुन्थी । बाँकी नोकर्नी रीस र इष्र्याले जल्दै आवश्यक चीज दिन्थे । कुरा यो थियो कि बेगमजानलाई चिलाउने रोग थियो । विचरीलाई यति चिलाउँथ्यो कि हजारौं पटक तेल मोले पनि फेरि चिलाउन कम हँुदैन थियो । डाक्टर हकीम भन्थे– “केही छैन । शरीर सफा सुग्घर छ । हो, यदि छालाको कुनै भित्रि रोग भए त... ।” “अरे ! होइन भाइ, यो डाक्टर पागल छ । भगवान्को कृपा, रगतमा थोरै गर्मी छ, बस ।” रब्बूले मुस्कुराउँदै भनी । र आँखा झिम्काउँदै बेगमजानलाई घुर्थी । उफ ! यो रब्बू ! जति बेगमजान गोरी थिइन् ऊ त्यति नै काली, जति बेगमजान सेती थिइन् ऊ त्यति नै राती, मानौं तातेको फलाम हो । हल्का हल्का दाग, गठिलो सुडोल जीउ, साना साना फुर्तिला हात, कसिएको सानो चिउँडो, ठूला ठूला ओठ, जो हरदम भिजेका हुन्थे र उसको शरीरबाट अचम्मको वाक्क लाग्ने गन्ध निस्कन्थ्यो । तर उसका स–साना हात कति पूmर्तिला थिए । भर्खरै कम्मरमा त हेर्दा हेर्दै नितम्बतिर सरिसकेका हुन्थे । म त जब बेगमजानको नजिक बस्थें तब ध्यानले हेर्थे कि रब्बूको हात कुन बेला कहाँ छन् र, के गरिरहेका छन् ।” गर्मी होस या जाडो बेगमजान हैदरावादी जालीदार कुर्ता लगाउँथिन् । गहिरो रंगको पाइजामा र उज्यालो कुर्ता लगाउन र पंखा चलाइरहनाको बाबजूद उनी हल्का ओढ्ने शरीरमा ओढी रहन्थिन् । उनलाई जाडो राम्रो लाग्थ्यो । जाडोमा मलाई पनि उनकोमा बस्न रमाइलो लाग्थ्यो । उनी हिंड्ने डुल्ने कम गर्थिन् । कालिनमा बसेर पीठ्यू कन्याउन लाउथिन् र मेवा चपाई रहन्थिन् बस, । रब्बू विचरीसँग अरु नोकर्नी ईष्र्या गर्थे– चुडेल बेगमजानसँगै खान्छे, सँगै सँगै उठ्छे, बस्छे र सुत्छे पनि सँगै । रब्बू र बेगमजान प्रत्येक ऐरे गैरेको चाखलाग्दो कुराको बिषय थिए । जहाँ यी दुईको कुरा चल्थ्यो हाँसो चली हाल्थ्यो । थाहा छैन मानिसले यी दुईको बारेमा कति जोक्स गरे, तर उनी दुनियाँका कसैलाई भेट दिन्न थिइन् । त्यहाँ त बस उनी थिइन् अनि उनको लुतो । मैले भनें नि कि त्यो बेला म साह्रै सानी थिएँ र बेगमजान प्रति मोहित । उनी पनि मलाई प्रेम गर्थिन्, त्यसैले आमाले मलाई बेगमकोमा छोडेकी थिइन् र म खुशी पनि थिएँ । अब समस्या यो भयो कि म सुतौं कहाँ ? मलाई बेगमजानको कोठामा नै उनको खाटको छेउमै अर्को खाट राखियो । दश बाह्र बजेसम्म त हामीले कुरा ग¥यौं, तास खेल्यौं, त्यसपछि म सुत्न गएँ आप्mनो खाटमा । जब म सुतें रब्बू उसैगरी बेगमजानको पिठ्यू कन्याइरहेकी थिई । राती अचानक मेरो आँखा खुल्यो तब मलाई अचम्मको डर लाग्यो । कोठामा निस्पट्ट अँध्यारो थियो र अँध्यारोमा बेगमजानको सिरक यसरी चलिरहेको थियो मानौं कोठामा हात्ती छ । “बेगमजान ।” मैले डराएको स्वरमा आवाज निकालें । हात्ती हिंड्न छोड्यो । सिरक तल दब्यो । “के भयो ? सुतिरहुँ ।” बेगमजानले ऊहीबाट भनिन् । “डर लाग्दैछ ।” मैले मुसाको जस्तो आवाजमा भनें । “सुत...... डरको के कुरा छ... आयतुल कर्सी (निडर हुने जप) पढ ।” “ठीक छ ।” मैले छिट्छिटो जप पढें तर पनि डर भागेन । “म तपाईंसँग आऊँ बेगमजान ?” “पर्दैन छोरी, त्यहीं सुत ।” उनले कठोर स्वरमा भनिन् । फेरि मैले दुईजनाले खुसुरपुसुर गरेको सुनें । हे ईश्वर ! यो अर्को को हो ? म अझ डराएँ, “बेगमजान कोही चोर–सोर त आएको छैन ?” “सुत छोरी....... कस्तो चोर ?” रब्बूको आवाज सुनिनासाथ म तुरुन्त सिरकभित्र मुख लुकाएर सुतें । बिहान मलाई रातीको त्यो भयानक दृश्यको ख्याल पनि भएन । म त सदा नै बहमी छु । राति डराउनु, उठेर दौडनु, बडबडाउनु त मेरो बाल्यकालमा सधैं नै हुन्थ्यो । सबैको भनाई थियो कि मलाई कुनै भूतको छायाँ परेको छ । त्यसैले मलाई बिहान कुनै ध्यान भएन । बिहान उठ्दा त सिरक ठूलो लागिरहेको थियो, तर जब बिहान मेरो आँखा खुल्यो, रब्बू र बेगमजानमा कुनै कुराको झगडा हुँदै थियो । जसलाई दुबै खाटमा नै सुल्झाइरहेका थिए । मेरो दिमागमा केही आएन कि के फैसला भयो । रब्बू खूब रोई, फेरि बिरालोको झंै सरप–सरप प्लेट चाटेको जस्तो आवाज आउन थाल्यो । ओहो, म त डराएर सुतें । आज रब्बू आप्mनो छोरालाई भेटन गएकी थिई । ऊ खूब झगडालु थियो । बेगमजानले उसको लागि खूब गरेकी थिइन् । उसलाई दोकान पनि खोलिदिइन् । फेरि गाउँमा काममा लगाइन् । तर ऊ कसैगरे पनि मान्दैन थियो । नबाब साहबकोमा केही दिन बस्यो पनि तर थाहा छैन ऊ यसरी भाग्यो कि फेरि रब्बूलाई भेट्न समेत आएन । आखिर रब्बूले नै आप्mनो कुनै नातेदारकोमा उसलाई भेटन जानु प¥यो । बेगमजान उसलाई नजान दबाब दिइरहेकी थिइन् । तर रब्बूले कुनै तरिकाले उनलाई मनाइन् । सारा दिन बेगमजान दिक्दार रहिन् । उनको सारा जोड्नी दुख्यो । रब्बू बाहेक अरु कसैले छोएको पनि उनलाई राम्रो लाग्दैन थियो । उनले खाना पनि खाइनन् । सारा दिन उदास रहिन् । “म कन्याइदिउँ बेगमजान ।” मैले बडा शोखले तासको पत्ति बाँड््दै भनें । बेगमजान मलाई ध्यानले हेर्न थालिन् । “मैले साँच्चै भनेको, म कन्याइदिउँ ।” मैले तास राखिदिएँ । मैले केहीबेर कन्याइदिएँ र बेगमजान सुतिरहिन् । अर्कोदिन रब्बूलाई आउनु थियो तर ऊ गायब थिई । बेगमजान झर्कोफर्को गरिरहेकी थिइन् । चिया पिएको पिएकै गरेर उनले टाउको दुखाइन् । म फेरि उनको पिठ्यूँ कन्याउन थालें.....चिल्लो...मेजको सतह जस्तो थियो पिठ्यूँ । उनको काम गरेर मलाई अचम्मको खुशी लागिरहेथ्यो । “अझ अरु कन्याउ, ब्रेसर खोलिदेउ,” बेगमजान बोलिन्, “यता.....ओहो, थोरै काँधको तल.....हो, वाह भाइ वाह !” उनी मानौं नशामा चिसो सास लिन थालिन् । “अरु यता ।” जब कि बेगमजानको हात बडा मजाले त्यहाँसम्म जानसक्थे किन्तु उनी मलाई कन्याउन लगाइरहेकी थिइन् । र म पनि पुलकित भइरहेकी थिएँ बेगमजानको गोरो शरीरको त्यो ठाउँमा कन्याउन पाएर । “तिमीलाई भोलि बजार पठाउँछु...... के किन्छ्यौं ?” त्यो सुुत्ने–उठ्ने गुडिया ?” “होइन बेगमजान, म गुडिया लिन्न, के म बच्ची छु र ?” “बच्ची नभएर के बूढी भइसक्यौ र ?” उनी हाँसिन्, “गुडिया नभए कपडा लिनु......म तिमीलाई धेरै कपडा दिन्छु........सुन्यौ ।” उनले कोल्टे फर्केर भनिन् । “हुन्छ ।” मैले उत्तर दिएँ । “यता ।” उनले मेरो हात समाइन् र त्यहाँ राखिदिइन् जहाँ चिलाएको थियो । उनलाई जताजता चिलाएको महसूस हुन्थ्यो मेरो हात राखिदिन्थिन् र यता म नयाँ कपडाको सपनामा मशीनले झंै कन्याइरहेकी थिएँ । उनी मसँग लगातार कुरा गरिरहेकी थिइन् । “सुनत........तिमीलाई फ्रक कम भएको छ भोलि दर्जीलाई कपडा दिन्छु, नयाँ सिलाएर ल्याओस....तिम्री आमाले कपडा दिएर गएकी छिन् ।” “म त्यो रातो कपडाको फ्रक बनाउँदिन.....चमारको जस्तो छ ।” म बकबक गरिरहेकी थिएँ । अचानक हात थाहा छैन कहाँबाट कहाँ पुग्यो । कुरै कुरामा मलाई थाहा पनि भएन । बेगमजान त उत्तानो पल्टेकी थिइन् । अरे, मैले तत्काल हात झिकें । “उई, के गर्छेस् केटी, हेरेर कन्याउदिनौं, मेरो मासु तान्छ्यौं ” बेगमजान मलाई जिस्काउँदै मुस्कुराइन् । “यता आउ, मसँग सुत ।” उनले आप्mनो पाखुरामा मेरो सिर राखेर मलाई सुताइन् । “ए, हो, कति दुब्लाएकी । हड्डी नै निस्केका छन् ।” उनले मेरो देखिएका करङ्ग गन्न थालिन् । “उई...।” म छट्पटाएँ ।” “उफ.....के म तँलाई खान्छु..... कस्तो अप्ठ्यारो स्वीटर लाएको.. सानो गन्जी पनि लाएको छैन तिम्ले ?” म चलमलाउन थालें । “कति करङ्ग हुन्छन् ?” उनले कुरा बदलिन् । “एकातिर नौ एकातिर दश ।” मैले स्कूलमा याद गरेको हाइजीनको साहारा लिएँ........त्यो पनि ऊटपटांग । “हात हटाउ त..., एक दुई तीन ।” उनी गन्न थालिन् तर उनको हात.......। मलाई लाग्यो कुनै बहानामा भागौं ......तर उनले मलाई जोडले समातिन् । “ऊ हूँ ।” म चलमलाएँ । बेगमजान जोडले हाँस्न थालिन् । आज पनि जब म उनको त्यो समयको अनुहार कल्पना गर्छु दिल धकधक हुन थाल्छ । जाडो भएर पनि ओठ र नाकमा पसिनाका थोपा देखिन्थे । उनको हात चिसो थियो तर यति नरम कि जस्तो त्यहाँबाट छाला झिकिएको होस । उनले सल उतारिन् र मिनी कुर्तामा उनको शरीर सेतो पिठो समान चम्किएको थियो । रात परेको थियो । कोठामा अध्ँयारो थियो । म कुनै अज्ञात भयले डराउन थालें । बेगमजानको ठूला ठूला आँखा देखेर मनमनै रुन थालें । उनी मलाई कुनै खेलौनालाई झंै समाइरहेकी थिइन् । उनको तातो शरीरबाट मेरो जीउ पग्लिन थाल्यो । तर उनमा त पागलपन सवार भएको थियो । मेरो यस्तो हालत थियो कि न त म रुन सकिरहेकी थिए न त चिच्याउन । केही समयपछि उनी बेहोसझैं भएर उत्तानो पल्टिन् । उनको अनुहार फीका भयो र उनी लामो लामो सास फेर्न थालिन् । मलाई लाग्यो कि अब उनी मरिन् । म उठेर बाहिर भागें । अचम्म भयो कि रब्बू राति फर्केर आएकी थिई र म डराएर छिट्टै सिरक ओढेर सुतें । तर आँखामा निद्रा कहाँ, चुपचाप घण्टौं ननिदाई सुतिरहें । अब म त्यहाँबाट जान चाहन्थें तर आमा लिन नै आइरहेकी थिइनन् । बेगमजानसँग मलाई यति डर लाग्न थालेको थियो कि म पूरा दिन बाहिर रहन्थें । आज फेरि बेगमजान र रब्बूमा झगडा भयो । मेरो भाग्य भनांै या गल्ती या अरु नै केही । मलाई उनीहरुको अनबनले पनि डर लाग्न थाल्यो तब बेगमजानलाई ख्याल भयो कि म बाहिर चिसोमा घुमिरहेकी छु र मलाई निमोनिया हुन्छ । उनले मलाई बोलाइन् र भनिन् “छोरी, के मलाई गाल पार्छेस् । तँलाई केही भयो भने मलाई आपत आउँछ ।” उनले मलाई नजिकै बसाइन् । उनी हात मुख धोइरहेकी थिइन् । “चिया बनाउँ..... एक कप मलाई पनि दिनू ।” उनले तौलियाले मुख पुस्दै भनिन् । “म कपडा बदल्छु ।” उनी कपडा बदल्न थालिन मैले चिया पिइरहें । “हरे आमा !” मैले सोचे, आखिर म भाइहरुसँग के झगडा गर्छु र तिमीले मलाई यो मुश्किलमा हुलिदियौ......। आमालाई सधैं मैले केटासँग खेलेको मन पर्दैन थियो । के ती केटा बाघ वा चितुवा हुन् र जो खान्छन् उनकी छोरीलाई.......फेरि केटा पनि को, आफ्नै भाइ र उनीहरुकै केही मिल्ने साथी तर होइन, उनी त महिलालाई सातांै घेरा बाँधेर राख्ने हिमायतीकी हुन् । र, यता यी बेगमजानसँग यति डर लाग्छ कि जति दुनियाँका खतरनाक गुण्डासँग पनि लाग्दैन । बस चल्थ्यो भने सडकमा बस्थें तर यहाँ बस्न मुश्किल थियो । कपडा बदलेर साह्रै श्रृगार तथा सुगन्धले झन् खतरा उत्पन्न भयो र उनी थालिन् मसँग लाड देखाउन । “घर जान्छु ।” मैले उनको हरेक कुराको एउटै जवाफ दिएँ र रुन थालें । “मेरो नजिक त आउ म तिमीलाई बजार लैजान्छु ।” तर मैले घर जाने रट छोडिन । “मार्छे यस चुडेलले ।” उनले प्रेमपूर्वक हिर्काइन् । मार्ने भए मारुन् । मैले मनमनै सोचें र रिसाएर बसिरहें । “काँचो सुन्तला अमिलो हुन्छ बेगमजान ।” रिसाएकी रब्बूले जवाफ दिई । र एकै छिन्मा बेगमजान बिरामी परिन् । सुनको हार जुन केही समय पहिला मलाई लाउन दिएकी थिइन्, टुक्रा टुक्रा भयो । मिहिनजालीको ओढ्ने तार....तार.......र त्योे सिउँदो जुन मैले कहिलै बिग्रेको देखेकी थिइन एकदमै छरस्ट भयो । “ओह...! ओह...! ओह...!” उनी उफ्रिदै कराउन थालिन् । म त डराएँ र भागें । लाख कोशिश पछि बेगमजानको होस आयो । जब मैले सुत्नको लागि सुस्तरी गएर हेरें तब रब्बू उनको शरीर दबाइरहेकी थिई । “जुत्ता खोल ।” उनले मेरा पिंडुला सुमसुम्याउँदै भनिन् र म मुसोझंै सिरकभित्र घुस्रें । केही समयपछि सर...सरर...सर... चट....चट..चट..कच...कच..फट्....फट गर्दै बेगमजानको सिरक हातीझंै झुम्न थाल्यो । “हे मेरो भगवान् !” मैले मरेको झंै आवाजमा भनें । सिरकमा हात्ती उठ्यो र बस्यो । मेरो आवाज बन्द ! हात्तीले फेरि उधुम मच्चायो । मेरो रोम...रोम काम्यो । आज मैले मनमनै ठानेकी थिएँ कि जसरी हुन्छ हिम्मत गरेर सिरानीतिरको बल्ब बाल्छु । हात्ती फेरि फडफडाउन थाल्यो, जस्तो बस्ने कोशिश गर्दैछ.......चपक.....चपक केही चाटेर खाएको जस्तो आवाज आउँदै थियो, मानौं कोेही मजाले अचार चाटीरहेछ । अब बुझें । आज बेगमजानले केही खाएकी थिइनन् र रब्बू परि खन्चुवी । जरुर यो कुनै माल उडाइरहेकी छ । मैले सुँ......सुँ.....गरेर नाक फुलाएँ र हावा सुघें । इजको बास्ना थियो । सिरक फेरि उफ्रिन थाल्यो । मैले धेरै कोशिश गरें कि सास दबाएर बसिरहँु, तर सिरकले यस्तो अनौठो अनौठो आकार बनाउन शुरु ग¥यो कि म काम्न थालें.....मानौ ‘गो...गो...’ गर्दै भ्यागुता फुलिरहेछ र अब कुदेर मतिर आइहाल्यो आइहाल्यो । मैले हिम्मत गरेर साउती गरें तर कुनै सुनुवाई भएन, तब सिरक मेरो दिमागमा घुसेर फल्न थाल्यो । म डराउँदै कराउँदै पलंगको अर्कोतिर खुट्टा पारेर तल ओर्लिएँ र खोजेर बिजुलीको स्वीच दवाएँ । हात्तीले सिरक तल एक बल्ड्याङ् खायो र ढल्यो । बल्ड्याङ् खाँदा सिरकको कुनो केही पूmट उठ्यो...ए, मेरो अल्लाह...! म झ्याम्मै आप्mनो ओछ्यानमा गएँ ।