
लेखक –इस्मात चुगताई
म फेरि उनको पिठ्यूँ कन्याउन थालें.....चिल्लो...मेजको सतह जस्तो थियो पिठ्यूँ । उनको काम गरेर मलाई अचम्मको खुशी लागिरहेथ्यो । “अझ अरु कन्याउ, ब्रेसर खोलिदेउ,” बेगमजान बोलिन्, “यता.....ओहो, थोरै काँधको तल.....हो, वाह भाइ वाह !” उनी मानौं नशामा चिसो सास लिन थालिन् । “अरु यता ।” जब कि बेगमजानको हात बडा मजाले त्यहाँसम्म जानसक्थे किन्तु उनी मलाई कन्याउन लगाइरहेकी थिइन् । र म पनि पुलकित भइरहेकी थिएँ बेगमजानको गोरो शरीरको त्यो ठाउँमा कन्याउन पाएर ।




























