विराटनगर । कोशी प्रदेशको दुईदलीय संयन्त्रले एक हप्ता भित्र प्रदेशका सबै जिल्लामा जिल्ला स्तरीय संयन्त्र गठन गर्ने निणर्य गरेको छ ।कोशी प्रदेशको दुईदलीय संयन्त्रले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउदै जनमुखी निणय र सुशासन प्रदान गर्न जिल्लामा जिल्ला स्तरीय संयन्त्र गठन गर्ने निणर्य गरेको जनाएको हो ।एमाले र नेपाली कांग्रेसबीच संविधान संसोधन र आर्थिक सुधारको मुख्य एजेण्डा सहित केन्द्र र प्रदेशमा सरकार गठन भएपछि सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन दुई दलिय संयन्त्र गठन गर्ने निर्र्णयभएसंगै कोशीमा पनि ६ सदस्यीय दुई दलीय संयन्त्र गठन गरिएको हो ।कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारलाई आवश्यक सल्लाह र सुझाव दिएर प्रदेशको आवश्यकता र औचित्यता पुष्टि गर्ने तथा अराजकता र भ्रष्टाचार अन्त्य गर्न संयन्त्रले काम गर्ने बताउनुभयो । उहाले कोशी प्रदेश संयन्त्रको पहिलो बैठकले मंसिर २९ गते विराटनगरमा जिल्ला संयन्त्रका सदस्यहरुको बैठक गर्ने निर्र्णय गरेको उहाले बताउनुभयो ।पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कोशीका सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेश तथा प्रदेश भित्र रहेका स्थानीय सरकारहरुलाई प्रभावकारी र जवाफदेही बनाउदै गठबन्धनलाई मजबुत बनाउने गरी अघि बढ्ने बताउनुभयो ।त्यस्तै कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले संयन्त्रको सल्लाह सुझाव अनुसार प्रदेशको औचित्यता पुष्टि गर्ने गरी प्रदेश सरकारले आफ्नो काम कारवाहीलाई अघि बढाउने बताउनुभयो ।संयन्त्रमा एमालेका तर्फाट एमाले कोशी प्रदेश इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कुमार कार्र्की र एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा रहनुभएको छ भने कांग्रेसबाट कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश महामन्त्री भुपेन्द्र राई र महामन्त्री उमेश थापा रहुनभएको छ ।