पुण्यप्रसाद प्रसाई इण्डियन सेनाले काश्मिरको पहलगामको बदला लिन जुन कार्वाही शुरु गर्यो त्यो देख्दा धेरैलाई लागेको थियो अब युद्ध दक्षिण एशियामा छिराइयो । अब पाकिस्तानमा लुकीछिपी बसेका आतंककारी मटियामेट हुने भए । भारतले शुरु गरेको यो कार्वाहीको पाकिस्तानले कसरी जवाफ देला वा नदेला सबैलाई आशंका थियो । चुपचाप बसेको देखेर पाकिस्तानलाई उकास्दै गोदी मिडियाले खेल शुरु गर्यो । ९ घण्टा सुतेर उठ्दा गोदी मिडियाको इण्डियन सेनाले इस्लामावाददेखि कराँचीसम्म कव्जा गरिसकेको थियो । दुनियाँ चकित थियो तर भोलिपल्ट थाहा भयो पाकिस्तानले इण्डियाको गौरव राफेल सहित अन्य ५ लडाकु विमान खसाली सकेको थियो । पाकिस्तानले डरलाग्दोगरी काउण्टर जवाफ दिन थालेको थियो । युद्ध चम्केको हेर्न चाहने युद्ध उन्मादीहरु रमाइरहेको बेला रातारात मोदीले ट्विटर ह्याण्डल मार्फत सिज फायरको ऐलान गर्दा प्राय सबै युद्ध उन्मादीको शिर गिरिसकेको थियो । किनभने यसले विश्व समुदायमा इण्डियाको शाखमात्र ध्वस्त भएको थिएन मोदीको सिंहवाला छवि पनि खरानी भइसकेको थियो ।स्यालको शिकार गर्न जाँदा पनि संसाधन सिंहको बोक्नु पर्छ भन्ने कुरा सायद इण्डियाले नसोच्नु उसको ठूलो भूल थियो । सायद इण्डियाले सोच्यो, इजरायलले गाजापट्टिमा हमास विरुद्ध गरेको सैनिक कार्वाही जस्तै सजिलो हुन्छ पाकिस्तानमा रहेका आतंकारी अड्डा माथिको आक्रमण तर भारतलाई यो निकै महँगो सावित भयो । आतंककारीमाथिको हमलालाई विश्व समुदायले पनि सराहना गर्ला र पाकिस्तानलाई अन्तर्राष्टिय स्तरमा एक आतंकारी मुलुकको रुपमा सावित गर्न सकिएला । तर उसलाई यो आक्रमण निकै महँगो सावित भयो । अमेरिका र चीनले यस्तो खेल देखाए विश्व रंगमञ्चमा पाकिस्तान इण्डियालाई उसकै भाषामा जवाफ दिने एक शक्तिशाली मुलुकमात्र सावित भएन एक संयमित र युद्ध विरोधी मुलकका रुपमा समेत देखियो ।२२ अप्रिल २०२५ मा भारतको पहलगाम, कश्मीरमा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिक समेत २६ भारतीय पर्यटकको मृत्यु भएपछि भारतले पाकिस्तानमा आधारित आतङ्ककारी समूहहरूलाई दोषी ठहर्यायो।अब यहॅा भूराजनीति, कूटनीति, आन्तरिक राजनीति, र प्रोपोगान्डा सबै मिसिएका छन्। यस्ता घटनाहरू एकैपटक धेरै पात्रहरूको स्वार्थ, रणनीति, र आकांक्षाले एकैचोटि घचघच्याइरहेका हुन्छन्। यो आतंकी हमलामा पनि यस्तै देखियो !