यूके र अमेरिकी गुप्तचर निकायका प्रमुखहरूले पहिलो पटक संयुक्त रूपमा चीनबाट हुन सक्ने खतराबारे चेतावनी दिएका छन्।
अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीन "हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा ठूलो दीर्घकालीन खतरा" भएको र हालै भएको चुनाव सहित अन्य राजनीतिक गतिविधिमा हस्तक्षेप गरेको बताए।
एमआई फाइभ प्रमुख केन म्याकलमले आफूहरूले पछिल्लो तीन वर्षमा चिनियाँ गतिविधि विरुद्ध पहल दुई गुना बढी बनाएको र यो क्रम अझै जारी राख्ने दाबी गरे।
यूकेको सुरक्षासम्बन्धी निकाय एमआई फाइभले सन् २०१८ को तुलनामा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान सात गुना बढी तीव्र बनाएको उनले बताएका हुन्।
एफबीआईका रेले चीनले ताइवानलाई जबरजस्ती नियन्त्रणमा लिए उसले "विश्वले देखेको सबैभन्दा डरलाग्दो व्यापारिक प्रतिबन्धहरूमध्ये एक भोग्ने" चेतावनी दिए।
दुई निर्देशकहरूले लन्डन टेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयबाट पहिलो पटक संयुक्त सार्वजनिक उपस्थिति जनाएका हुन्।
म्याकलमले चिनियाँ कम्युनिस्ट पार्टीले खडा गरेको चुनौतीले "व्यापक प्रभाव पारेको" बताए। रेले त्यसलाई "बृहत्" र "चकित पार्ने खाले" को संज्ञा दिए।
विभिन्न व्यवसायका प्रमुख कार्यकारी र विश्वविद्यालयहरूका वरिष्ठ व्यक्तिहरूलाई सम्बोधन गर्दै रेले चिनियाँ सरकार उपकरणहरूको प्रयोग गरेर "तपाईँको प्रविधि चोर्न तयार रहेको" चेतावनी दिए ।
म्याकलमले चीनसँग सम्बन्धित उदाहरणहरूको शृङ्खलालाई पनि औँल्याए।
उनका अनुसार एकजना ब्रिटिश उड्डयन विज्ञलाई अनलाइनमार्फत् आकर्षक रोजगारीको अवसर प्रस्ताव गरिएको थियो।
चिनियाँ गुप्तचर अधिकारीहरूका लागि काम गर्ने एक कम्पनीले सैन्य विमानको बारेमा प्राविधिक जानकारी सोध्नु अघि उनले दुई पटक चीनसम्मको यात्रा गरेको उनले बताए।
एफबीआई निर्देशकले भने चिनियाँ सरकारले न्यूयोर्कमा भएको संसदीय चुनावमा चीनले प्रत्यक्ष हस्तक्षेप गरेको भनाइ राखे।
यसबाट "पश्चिमी व्यवसायहरूमा धेरै व्यवसायीहरूले ठानेकोभन्दा अझै गम्भीर खतरा" भएको उनले बताए।
उनले ग्रामीण अमेरिकामा चिनियाँ कम्पनीहरूसँग जोडिएका व्यक्तिहरूले आनुवंशिक रूपमा परिमार्जित बीउ आविष्कार गरेका घटनाहरू उद्धृत गरे जसका लागि उनीहरूको अर्बौँ डलर र लगभग एक दशक समय खर्च भएको हुन सक्छ।
उनले चीनले "ठूलो मात्रामा ठगी र चोरी" गर्नका लागि साइबर जासुसलाई तैनाथ गरेको समेत बताए जस अन्तर्गत एक ठूलो ह्याकिङ कार्यक्रम रहेको छ।
एमआई फाइभ प्रमुखले साइबर धम्की बारे गोप्य जानकारी ३७ देशहरूलाई दिइएको जानकारी दिए।
म्याकलमले चीनसँग सम्बन्धित उदाहरणहरूको शृङ्खलालाई पनि औँल्याए।
उनका अनुसार एकजना ब्रिटिश उड्डयन विज्ञलाई अनलाइनमार्फत् आकर्षक रोजगारीको अवसर प्रस्ताव गरिएको थियो।
चिनियाँ गुप्तचर अधिकारीहरूका लागि काम गर्ने एक कम्पनीले सैन्य विमानको बारेमा प्राविधिक जानकारी सोध्नु अघि उनले दुई पटक चीनसम्मको यात्रा गरेको उनले बताए।
एफबीआई निर्देशकले भने चिनियाँ सरकारले न्यूयोर्कमा भएको संसदीय चुनावमा चीनले प्रत्यक्ष हस्तक्षेप गरेको भनाइ राखे।
एमआई फाइभका प्रमुखले नयाँ कानुनले जोखिम विरुद्ध लड्न मद्दत गर्ने जनाए।
तर यूकेले समाजका सबै पक्षहरूलाई जोखिमहरूबारे सचेत रहेको सुनिश्चित गरेर "बलियो" बन्न आवश्यक रहेको भनाइ राखे।
उनका अनुसार भिसा प्रणालीमा सुधार गर्दा चिनियाँ सेनासँग सम्बन्धित ५० भन्दा बढी विद्यार्थी यूकेबाट बाहिरिएका छन्।
"चीन लामो समयदेखि सबैको निम्ति दोस्रो-उच्च प्राथमिकताको विषय भन्यो," रेले भने, "अब भने ऊ सबैले देख्ने ठाउँमा छ।"
बीबीसीबाट साभार