काठमाडौं । नेपालभन्दा बलियो राष्ट्र मानिएको जिम्बाबेसँग नेपाली राष्टि्य क्रिकेट टोलीले एक दिवसीय र टी-२० सिरिज खेल्ने भएको छ।पाल क्रिकेट संघ(क्यान)का अनुसार नेपालले जिम्बाबेसँग ३ एक दिवसीय र ३ टी-२० सिरीज खेल्ने भएको हो।नेपालले मार्च ३० देखि मे ४ सम्म एक दिवसीय र मे ६ देखि ९ मे सम्म टी-२० सिरिज घरेलु मैदानमा खेल्ने क्यानले जनाएको छ।जिम्बाबे एकदिवसीय खेलमा विश्ववरियातामा १३ औं नेपाल १८ औं स्थानमा रहेको छ भने टी-२० मा जिम्बाबे ११ औं नेपाल १२ औं स्थानमा रहेको छ।