काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रबारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ ।टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।बिहीबार मात्र विराटनगर पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएको थियो। यो हारले विराटनगरको प्लेअफ सम्भावनालाई कमजोर बनायो। अन्तिम दुई खेल बाँकी रहँदा २ अंक मात्र रहेको बिराटनगरको प्लेअफ सम्भावना आफ्नो फराकिलो जितको लक्ष्यमा रहेको छ।
विराटनगर किंग्स प्लेइङ ११:
लोकेश बम, मार्टिन गुप्टिल, शुभाष भन्डारी, स्कट एडवार्ड, निकोलस कीर्टन, बसिर अहमद, क्रिस सोले, दिपक बोहरा, प्रतिश जिसी, सन्दीप लामिछाने (कप्तान) , राजेश मगरचितवन राइनोज प्लेइङ ११:
हसन एइसाकखाइल, बिपिन रावल, दिपक बोहरा, कुशल मल्ल (कप्तान), बसिल हमिद, सोहिल तनभिर, अमर रौटेला,रिजन ढकाल, सन्तोष कार्की, रञ्जीत कुमार