
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल आयोजना हुने छैन।शनिबार भने प्रतियोगिताअन्तर्गत दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।त्यस्तै, शनिबारकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।




























