काठमाडौं । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको नजिएसंगै सचेत नेपाली पार्टीले आफ्नो स्थानिय चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।सचेत नेपाली पार्टीको स्थानिय चुनावी प्रतिबद्धता
फरक परिणामका लागि फरक विचार इमानको राजनीति इमानदार सरकारआदरणीय सचेत नेपाली नागरिक,विगत २००७ सालदेखि २०७८ सालसम्म आइपुग्दा करिव ७२ बर्षसम्म पुराना पार्टीहरु कांग्रेस, एमाले, राप्रपा, माओवादी, मधेशवादी र निरंकुश राजतन्त्रले पालैपिलो यस देशका शासन सत्ता सम्हाले । यो ७२ वर्षको लामो कालखण्डमा यी पार्टीले यो चाहिं हाम्रा नेताले गरेकै हुन् है भन्ने खालको कुनै ३ वटा गौरवलाग्दा कार्यहरु तपाईं बताउन सक्नु हुन्छ ? आशा जगाउने काम एउटै छैन । झुट्टा आश्वासन दिने, कहिल्यै कार्यान्वयन नगरिने सपनाहरु बाड्ने बाहेक दीर्घकालीन राष्ट्र हित र गौरवलाग्दा पूर्वाधार विकासका केही पनि कार्य नगरिएको सर्वविदितै छ । बरु यी पुराना पार्टीहरुले सत्ता प्राप्त गर्न र सत्ता टिकाउनका लागि विदेशीको इशारामा अनेक पटक राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली नागरिकलाई धोका दिएका छन् । भ्रष्ट नेतृत्व, बेइमान राजनीति, विचारभन्दा माथि सत्ता र जनताभन्दा माथि अर्थ बनाएको कारणले आज मुलुकमा सिंहदरबारदेखि गाउँटोलसम्म भ्रष्टचार र कुशासन संस्थागत बनेको अवस्था छ ।
कष्टकर जनजीविका, बढ्दो महँगी, भ्रष्टाचार, परनिर्भरता, व्यापार घाटा, वैदेशिक ऋणभार, गरिबी, बेरोजगारिता, अस्थिरता, वैदेशिक हस्तक्षेप र कुशासन आदिका कारण हाल देश अति कठिन मोडबाट गुज्रिरहेको छ ।अदूरदर्शी, स्वार्थी, पदलोलुप, भ्रष्ट, नालायकी पुराना पार्टी नेताद्वारा स्थापित संकीर्ण सोच, चिन्तन, कार्यशैली र संस्कार बदल्न, गुटवन्धी, सेटिङ्ग, माफिया, दलाली प्रथा तोड्न, देशमा विद्यमान वेथिति, विकृति, विसंगति, विभेद सदाका लागि निर्मूल पार्न, बेइमान र दुर्गन्धित राजनीतिको ठाउँमा इमानको राजनीति स्थापित गरेर युवालाई राजनीतिमा आकर्षित गर्न, रोजगारका नयाँ अवसरहरु सृजना गरी देशमा आत्मनिर्भर आर्थिक विकास गर्न, विभिन्न राष्ट्र र संस्थासँग गरिएका नेपालको विकास विरोधी असमान सन्धि, संझौताहरु खारेज गरी नेपाल पक्षीय सन्धीसम्झौता गर्न, खुलापनको नाममा नेपालीलाई उपभोक्ता मात्र बन्ने विश्वव्यवस्थाको ठाउँमा सर्वपहिचानवाद, नागरिक समाजवाद सहितको न्यायीक समतावादी नेपाली व्यवस्था लागू गर्न आपूm बदलिदै समाज वदल्न जन्मेको पार्टी हो, “सचेत नेपाली” । सचेत नेपाली पार्टीले सर्वपहिचानवाद, नागरिक समाजवाद हुदै समतावाद जस्तो सबैको सहअस्तित्व स्विकार्ने, प्रकृति, वातावरण, पर्यावरण, जैविक विविधतालाई संतुलनमा राख्ने, सामाजिक सद्भाव खलबलिन नदिने नविन सिद्धान्त अँगालेको छ । र, कुनै पनि सिद्धान्तले तबमात्र कार्य गर्छ जब त्यस सिद्धान्तलाई लागु गर्ने नेतृत्व इमानदार हुन्छ । वर्तमान नेपालमा विकृति, विसंगति, कुशासन र भ्रष्टचार सिंहदरबारदेखि पालिका, वडा र टोलसम्म समान रुपमा फैलिएको छ । यसरी माथिदेखि तल्लो निकायसम्म भ्रष्टचारको जरा फैलिनुको मुख्य कारण भनेको ७० वर्षदेखि नेतृत्वमा रहेका पार्टी र संस्थाको नेतृत्व नै कुनै न कुनै रुपमा भ्रष्ट हुनु मुख्य कारक हो । वर्तमान नेपालमा राजनीति भन्नासाथ देश दोहन गर्ने र जनता लुट्ने साधन र अकुत सम्पत्ति खर्च गरेर जितिने पद भनेको भ्रष्टचार गर्ने लाइसेन्सको रुपमा बुझिने अवस्था छ । जति पैसा खर्च गरेर पनि चुनाव जित्नु पर्छ र जसरी पनि सत्तामा पुग्नु पर्छ भन्ने हडबडीले हाम्रो राजनीतिलाई बेइमान, फोहोर र भ्रष्ट बनाएको छ । यसले सत्ता जनसेवाका लागि भन्दा व्यक्तित्व विकास गरी पावर र पैसा जोड्नका लागि मात्र बनेको छ ।
सचेत नेपाली पार्टी पहिलो पटक चुनावी प्रक्रियामा संलग्न भएको छ । यसले अगाडि सारेका मुख्य मुख्य स्थानिय चुनावी प्रतिवद्धताहरु निम्नानुसार चित्रण गरिएको छ:-सर्वप्रथम हरेक पालिकामा संस्थागत भएको भ्रष्टचार र विचौलियापन निर्मूल गरी कट्टर इमानदार नेतृत्व र कर्मचारी स्थापित गर्नका लागि नैतिक शिक्षा प्रदान गरिनेछ ।-स्थानीय निकायमा निर्वाचित भएपछि आफूलाई राजा नै ठानेर नागरिकलाई केही नठान्ने सोचलाई पूर्णरुपमा निर्मूल गरी म जनताको नोकर हुँ भन्ने भावनाको विकास गरिनेछ ।-संविधान प्रदत्त मौलिक हक, अधिकार र कर्तव्यलाई आत्मासाथ गर्दै स्थानिय ईकाइहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउपालिकाहरुमा शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत नागरिकका अधिकारहरुलाई ब्यवहारिक रुपमा कार्वान्वयनमा लैजान कक्षा बाह्रसम्म र स्वास्थ्य उपचार निशुल्क गरिने छ र स्वास्थ्य बिमालाई अनिवार्य गरिने छ ।-इन्धन र गाडीमा भएको भ्रष्टचार रोकी प्रत्येक पालिकामा एक मोबाइल स्वास्थ्य चौकीको व्यवस्था गरिनेछ । डाक्टर सहितको यस मोबाइल चौकी मार्फत चौबिसै घण्टा पालिकाका नागरिकको घरमा पुगेर उपचार दिनेछ ।-पालिका भित्रका कोही पनि नागरिकलाई उपचार नपाएर मर्न दिइने छैन । पालिका भित्रका हस्पिटलको निगरानी गरिनेछ ।-हरेक पालिकामा रहेका सरकारी स्कुलको पूर्वाधार विकास गरी शिक्षकलाई विशेष प्रशिक्षण मार्फत जिम्मेवार बनाउँदै नमूना स्कुल बनाइने छ । अभिभावकलाई समेत जिम्मेवार बनाएर नेपालका कुनै पनि प्राइभेट स्कुलकोभन्दा गुणस्तरीय शिक्षा सरकारी स्कुलमै प्रदान गरिने ।-प्रत्येक पालिकामा स्थानीय युवाको नवनिर्माण सेना बनाइ पालिका भित्रका विकास कार्य सोही नवनिर्माण सेना मार्फत छिटो, छरितो र गुणस्तरीय रुपमा गरिने ।-पालिका भित्रका प्रत्येक वडामा जग्गावाला किसान र बेरोजगार युवालाई समेटेर एक कम्युनको व्यवस्था गर्नेछौं । कम्युनले वडामा बाँझो रहेको खेती योग्य जमीन भाडामा लिएर अत्याधुनिक तरिकाले कृषि गर्नेछ । स्थानीय पूँजी, साधनश्रोत र श्रमको प्रयोग गरेर साना उद्योगधन्दा समेत कम्युनले संचालन गर्नेछ ।-पर्यटकीय स्थल रहेका महानगर, उपमहानगर, नगर र पालिका जस्तो पोखरा वरपर अर्गानिक खेतीमा विशेष जोड गरी पाहुनाहरुलाई स्वस्थ खाना खुवाएर किसान र अतिथि दुवैलाई फाइदा पुर्याइने छ ।-पालिकाका कर्मचारीलाई सेवाग्राहीको घरमै पुगेर सेवा दिनका लागि जन्म, विवाह र मृत्युदर्ताको लागत लिने व्यवस्था मिलाइने छ ।-महानगर, उपमहानगर, नगर र गाउँपालिकाका शहरी क्षेत्रमा पर्याप्त मात्रमा सिसी क्यामेरा जडान गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिइने छ ।-काठमाण्डु, पोखरा र हेटोडा नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, प्रशासनिक, राजनीतिक, कूटनीतिक मात्र नभई विश्वका महत्वपूर्ण तथा ख्यातिप्राप्त १० पर्यटकिय गन्तब्य मध्ये एक लगायत राजधानी समेत भएकोले निरन्तर रुपमा गूरुयोजना मुताविक विकास निर्माण, भौतिक पूर्वाधार विकास, ब्यवस्थित शहर विकास, प्रशासनिक सुधार, वातावरण सुधार जस्ता महत्वपूर्ण क्षेत्रहरुमा विशेष ध्यान दिइने छ । त्यसका लागि शुद्ध पिउने पानी वितरण, फोहोर पानी प्रशोधन तथा ब्यवस्थापन, ठोष फोहोर प्रशोधन तथा ब्यवस्थापन गरी धुलो धुँवा रहित सफा हरित शहर विकास गरिने छ ।-महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउ पालिका भित्र पर्ने पानीका स्रोत, मुहानहरु नदी, खोला, ताल, मुल, सिमसारहरुको यथाशिग्र संरक्षण गरिने छ ।-अत्यावास्यक दैनिक उपभोग्य सामानहरु (अन्न, तरकारी, फलफूल, माछा, मासु, घिउ, तेल आदि) को गुणस्तर, भाउ निर्धारण गरी महङ्गि नियन्त्ररण गरिने छ ।-पलिकामा निर्माण हुने कुनै पनि सडक निर्माण खानेपानी, ढल विकास र विधुत प्राधिकरणसँग समन्वय गरी जताभावी सडक खनेर अलपत्र छोड्ने प्रचलन बन्द गरी एकीकृत विकास कार्यमा जोड दिइने छ ।-महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउ पालिका भित्रका केन्द्र र केन्द्रबाट केही टाढा, सुविधाजनक र सुविधा विहीन आवासिय, ब्यावासायिक, औद्योगिक क्षेत्र किटान गरी घर भाडामा दिने र भाडामा बस्ने दुवैलाई झन्झट, विवाद, शोषण मुक्त र ब्यवस्थित गर्न वर्गीकरण अनुसार प्रति वर्ग मिटर वा वर्ग फिटमा मुल्य निर्धारण गरिने छ ।
-महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउ पालिका भित्र उपयुक्त स्थानमा पार्क, केटाकेटीहरु खेल्ने खेल मैदान निर्माण गरिने छ र वृध्दाश्रमको ब्यवस्था गरिने छ ।
नगरबाट प्राप्त हुने तलब–भत्ता, सवारी साधन लगायत सुविधा नलिई जनताको सेवा गरिनेछ ।-नगरलाई सफा, स्वच्छ बातावरणमुखी, हरियाली तथा सुन्दर शहरको निर्माण गर्न आधुनिक तथा वैज्ञानिक व्यवस्थापन गरिनेछ ।
-नगरको सडक सञ्जाललाई दिगो विकासको अवधारणा अनुसार वढ्दो जनसंख्या तथा -सहरीकरणलाई ध्यानमा राखी विस्तार गरिनेछ ।-कृषि क्षेत्रमा देखा परेका सबैखाले अन्यौलता तथा जटिलतालाई सुक्ष्म ढंगले विश्लेषण गर्दै कृषि पेशालाई व्यवसायिक, मयार्दित तथा उत्पादन मुखी बनाउन जोड दिने ।-पहाडी ग्रामिण क्षेत्रमा सम्भाव्यताको आधारमा जडिबुटीको उत्पादन तथा प्रसोधनको व्यव्स्थागरि त्यसको बजारिकरणको प्रबन्ध गर्ने ।
-ग्रामिण पहाडी क्षेत्रलाई सम्भाव्यताको अधारमा फलफुल तथा तरकारीको पकेट एरियाका लागि आधारभुत आवश्यक पुर्वाधार तयार गर्ने ।
-सरकारी विद्यालयहरुमा शिप मुलक व्यवहारिक तथा बैज्ञानिक शिक्षा नितीलाई त्यस्ताखाले शिक्षामा अनुदान समेतको विशेष व्यवस्था गरिनेछ ।
-रोजगार तथा उत्पादन मुलक उद्योगको स्थापनाको लागि आधारभुत पुर्वाधार जुटाउन सहयोग गर्ने ।
-नगरमा नगरवासिले तिरेको करको उच्च सम्मान गर्दै त्यसको मितव्ययी उपयोग र खर्च गर्नुका साथै पालिकाको बजेट कहाँ कसरी खर्च भइरहेको छ पारर्दशी किसिमले सार्वजानिक गरिने छ ।-विभिन्न सरकारी वा गैर सरकारी निकायबाट हुने गरेका नितिगत भ्रष्टचार रोक्न प्रत्येक पालिकामा एक नागरिक आयोग गठन गरिनेछ र उक्त आयोगको प्रतिवेदन नागरिक समक्ष विभिन्न माध्यमबाट सार्वजानिक गरिनेछ ।-बेरोजगारलाई राष्ट्रिय उत्पादन संग जोड्न आल्पकालिन तथा दिर्घकालीन रोजगारमुखी र उत्पादनमुखी कृषि तथा औद्योगिक निती तथा कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।-शहरी क्षेत्र भित्र उपयुक्त ठाउँहरुमा सर्वाजानिक शौचालयको व्यवस्था गरिनेछ ।
नगर र गाउँ स्वच्छ र सफा राखिनेछ । शहरी क्षेत्रबाट दैनिक रुपमा उत्पादनहुने फोहरलाई रि–सईक्लीङ्ग गरि कम्पोष्ट मल तथा अन्य औद्योगिक कच्चा पदार्थबाट रोजगारीको अवसर सृजना हुने वातावरण तयार गरिनेछ ।
-खाद्य पदार्थमा हुने गरेको बिसादी युक्त मिसावटका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले उक्त अखाद्य वस्तु रोक्न खाद्य गुनस्तर जाँच गरि मात्र बजार प्रवेशको निति ल्याईने छ ।
त्रियुगा तथा बरुवाको साथै त्यसका सहायक खोलानालाहरुको अल्पकालिन तथा दिर्घकालिन बहु उपयोगी योजनाहरुको तर्जुमा गरि कार्यान्वयन गरिने छ ।
-नागरिकलाई संकटकालिन स्थितिमा बजार क्षेत्र भित्र ५–७ मिनेट भित्रमा एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मी पुग्न सक्ने तथा ग्रामिण क्षेत्रमा यथा सक्य चाडो पुग्ने आवश्यक व्यवस्था मिलाईने छ ।-नगरपालिका क्षेत्र भित्र रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदा वा धरोहरहरुको संरक्षण तथा प्रवद्र्धनमा जोड दिइने छ ।
-प्रत्येक पालिकामा बालबालिका लागि चिल्ड्रेन पार्क बनाइने छ ।
सरकारसँग समन्वय गरी युवाका लागि प्रत्येक पालिकामा एक रंगशाला निर्माण गरिनेछ ।
-एक पालिका एक पुस्तकालयको नीति अन्तर्गत प्रत्येक पालिकामा एक सुविधा सम्पन्न पुस्तकालय निर्माण गरी पठक संस्कृतिको विकास गरिनेछ ।-पालिकाहरुमा घर निर्माण गर्दा पालिकाका इन्जिनियरहरुसँग मिलेर अध्यक्ष र मेयरले घुस खाएर घर पास गर्ने भ्रष्ट प्रचलन पूर्णरुपमा बन्द गराइने छ ।
-विवाह, जन्म तथा मृत्यु दर्ता जस्ता नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कुराहरुमा जनता धाउने होइन पालिकाको कर्मचारी वा जनप्रतिनिधि स्वयम् जनताको घरआँगन पुगेर लागत लिएर दर्ता गरिनेछ ।
-प्राकृतिक विपत्तिको बेलामा मात्र होइन अन्य प्रतिकुलका कारणले सचेत नेपाली पार्टीले जितेका कुनै पनि पालिका भित्र कोही पनि नागरिकलाई रोग, भोक र जाडोले तड्पेर मर्न दिइने छैन ।मेरो विश्वास मेरो भरोसा सचेत नेपाली अन्तिम आशासचेत नेपाली पाटीकेन्द्रीय कार्यालय, बागबजार, पो.ब.नं.२१७३२ईमेल: masachetnepali@gmail.vom
वेवसाईट: sachetnepaliparty.comसम्पर्क फोन ०१४२४१६८९, ९८४१४५२६०२, गंगाराम श्रेष्ठ ९८४१३२१७६० काठमाण्डौ
गण्डकी प्रदेश, शिव अधिकारी ९८४६०८०६८२, भोजराज खनाल ९८५६०४४२६०,
प्रदेश १, हरि बुढाथोकी,९८६९७३०११४ युवराज कार्की ९८४०१४६४७७
सुदूर पश्चिम प्रदेश, चन्द्र साहु ९८१२६२७७२७, भारती थापा, ९८४२८९१२९२