बराक ओबामासिनेटर भएपछि मलाई मनपर्ने काम भनेको टाउन हल मिटिङहरु आयोजना गर्नु हो । इलिनोइसभरि मेरो पहिलो वर्षमै मैले उनन्चालीसवटा त्यस्ता मिटिङहरु आयोजना गरें । ती मिटिङहरु आनाजस्ता साना ग्रामीण शहरदेखि, न्यापरभिले ९ल्बउभचखष्ििभ० जस्ता विकसित शहरोन्मुख स्थानहरु, साउथ साइड ९क्यगतज कष्मभ० का अश्वेत चर्चहरुदेखि रकल्याण्डमा एउटा कलेजमा समेत गरें । यिनमा तामझाम त्यति धेरै हुँदैन । मेरा सहयोगी स्थानीय हाईस्कुल, पुस्तकालय वा सामुदायिक क्याम्पसमा फोन गरेर उनीहरु यस्ता मिटिङ आयोजना गर्न इच्छुक छन् कि भनेर सोध्छन् । मिटिङअघि एक हप्ता वा त्यस्तै आगाडि हामी मिटिङबारे शहरका पत्रिका, चर्चका बुलेटिन र स्थानीय रेडियो मार्फत सूचना दिन्छौं । मिटिङका दिन हामी शहरका नेताहरुसँग गफ गर्न आधा घण्टा अघि पुग्छौं र हामी स्थानीय विषयमा छलफल गर्छौं । शायद यस्ता विषयमा सडक पेटी पुनर्निमाण वा बृद्धबृद्धाहरु बस्ने आश्रम पनि पर्न सक्छन् । केही फोटोहरु खिचाइसकेपछि हामी हलमा प्रवेश गर्छौं जहाँ भीड पर्खिरहेको हुन्छ । मञ्चतिर हिंड्दै जाँदा म हात मिलाउँदै अघि बढ्छु, मञ्च प्राय एउटा स्ट्याण्ड माइक, एक बोतल पानी र अमेरिकी झण्डा छोड्ने हो भने रित्तै हुन्छ । त्यसपछिको एक घण्टा झण्डै मलाई चुनाएर वाशिंटनमा पु¥याउने मानिसका प्रश्नका उत्तर दिने गर्छु ।
यी मिटिङहरुमा आउने मानिसको संख्या फरक फरक हुन्छ । हामीसँग पचास जनादेखि दुई हजारसम्मको संलग्नताको अनुभव छ । तर जति धेरै मानिसहरु आए पनि म उनीहरुसँग भेट्न पाउँदा कृतज्ञ हुन्छु । उनीहरुमा सबै पेशाका मानिस मिसिएका हुन्छन् रिपब्लिकन र डेमोक्र्याट, बूढा र तन्नेरी, मोटा र दुब्ला, ट्रक ड्राइभरहरु, कलेज प्रोफेसरहरु, घरै बस्ने आमाहरु, सेवा निवृत्तहरु, स्कुल शिक्षकहरु, बीमा कम्पनीका प्रतिनिधिहरु, डाक्टरहरु र सामाजिक कार्यकर्ताहरु हुन्छन् । उनीहरु सामान्यतया विनम्र र ध्यानपूर्वक सुन्ने गर्छन्, मसँग असहमत भएको बखत समेत । उनीहरु मलाई डाक्टरले सिफारिस गर्ने औषधीका बारे सोध्छन्, बजेट घाटा, मयान्मामा मानव अधिकार, इथानोल, बर्ड फ्लु र अन्तरिक्ष कार्यक्रम बारे सोध्छन् ः टल्किने कपाल भएकी जवान महिला कहिलेकाँही डार्फुरमा हस्तक्षेप गर्नका लागि भावनात्मक अपिल गर्छिन् वा कहिलेकाँही पाका अश्वेत भलाद्मी मलाई माटो र संरक्षणबारे पनि सोधखोज गर्छन् । र, भीडतिर हेर्दा मलाई प्रोत्साहन पैदा हुन्छ । उनीहरुको भावभंगिमा हेर्दा कडा परिश्रमी देखिन्छन् । उनीहरुले आप्mना बालबच्चाप्रति गरेको व्यवहारमा म आशा देख्छु । उनीहरुसँग मैले बिताएको समय एउटा चिसो पानीको खोलामा डुबुल्की मार्नु जस्तै हो । त्यसपछि म आफैं पवित्र भएको अनुभूत गर्छु, काम गर्न प्रफुल्लित पनि ।
मिटिङको अन्त्यमा मानिसहरु हात मिलाउन अगाडि आइपुग्छन्, फोटो खिचाउँछन् वा आप्mना बच्चालाई अटोग्राफ लिन लगाउँछन् । उनीहरु विभिन्न चीज मेरो हातमा राखिदिन्छन् लेखहरु, बिजनेस कार्डहरु, हस्तलिखित नोटहरु, साना–साना धार्मिक वस्तुहरु, सुनौलो भाग्यका लागि बुटीहरु । कहिलेकाहीं कुनै कुनै व्यक्ति मेरो हात समात्न आइपुग्छन् र मप्रति उनको ठूलो आशा रहेको बताउँछन् । तर आफूलाई वाशिंटनले मलाई परिवर्तन गर्ने र शक्तिमा भएका अरुजस्तै बनाइदिने चिन्ता रहेको पनि सुनाउँछन् ।
तपाईं यस्तै रहनुस्, उनीहरुको भनाई यही हुन्छ ।
हामीलाई खिन्न नपार्नुहोस् । हाम्रो राजनीतिक समस्यालाई राजनीतिकर्मीको गुणका कारणले भएको हो भन्नु अमेरिकी परम्परा नै हो । बेलाबेलामा यस्तो भावना स्पष्ट शब्दमा मुखरित हुन्छ ः राष्ट्रपति एकजना मूर्ख हुन् वा फलाना फलाना कंग्रेससदस्य गवार हुन् ।
कहिलेकाही अलि व्यापकस्तरको आरोप पनि लाग्न सक्छ, जस्तै “ती सबै निहित स्वार्थको बन्धनमा छन्” धेरैजसो मतदाताहरु वाशिंटनमा रहेको सबैजनाले राजनीतिक खेल खेलिरहेको विश्वास गर्छन् । यसको मतलब कसैलाई भोट दिनु भनेको विवेकको प्रयोग गर्नु होइन, सत्यको समर्थन गर्नु होइन, पार्टीप्रतिको समर्थनको अभिव्यक्ति मात्र हो । बेलाबेलामा, सबैभन्दा चर्को आलोचना त आफ्नै तहको वा समर्थनको राजनीतिकर्मीप्रति लक्षित हुन्छ, “त्यो डेमोक्र्याटले माखो मार्दैन” वा त्यो “नामको मात्र रिपब्लिकन हो ।” यो सबैको अर्थ हुन्छ, यदि वाशिंटनलाई परिवर्तन गर्नु छ भने सबै फटाहाहरुलाई त्यहाँबाट लखेट्नु पर्छ ।
तथापि वर्षैपिच्छे हामी ती फटाहाहरुलाई जहाँको त्यहीं राखिरहन्छौं, प्रतिनिधि सभा सदस्यको पुननिर्वाचित हुने दर झण्डै ९६ प्रतिशत रहेबाट यसको पुष्टि हुन्छ ।
राजनीतिशास्त्रीहरुले यसो हुनुका पछाडि विभिन्न कारणहरु रहेको देखाउन सक्छन् । आजको अन्तरसम्बन्धित संसारमा व्यस्त मतदाताको सचेतनामा पुग्न गाह्रो हुन्छ भन्न सक्छन् । त्यसकारण चुनाव जित्नु भनेको नामले परिचित भएर मात्र हो, त्यसैले दुई चुनावका बीचमा चुनाव जितेकाहरुले आप्mनो नाम धेरैभन्दा धेरै सुनियोस भनेर रिबन काट्नेदेखि लिएर वा आइतवार बिहानको “टक शो” मा समेत भाग लिन्छन् । त्यसमाथि आर्थिक सहायता बटुल्ने नाममा राजनीतिकर्मीले कमाउने लोकप्रियता त हुँदैछ । त्यसमाथि निर्वाचन क्षेत्रको आकारलाई तलमाथि गर्ने कुराको पनि भूमिका छ । हिजोआज डेमोक्र्याट वा रिपब्लिकनको स्पष्ट बहुमत पर्ने क्षेत्र छुट्याएर तिनैलाई कंग्रेसमा निर्वाचित हुने क्षेत्र निर्धारण सरकारमा रहेको पार्टीले गर्ने गर्छ ।
वास्तवमै भनौं भने यस्तो अवस्थामा मतदाताको प्रतिनिधि छान्ने भन्दा पनि प्रतिनिधिले मतदाता छान्ने परिस्थिति सृजना भएको छ ।
अर्को तत्व पनि छ, जसले किन मतदाताहरु, ले आप्mनो कंग्रेस प्रतिनिधि मनपराउँछन् तर कंग्रेसलाई सधैं घृणा गर्छन्, भन्ने कुरा बुझ्न मद्धत गर्छ । सुन्दा अपत्यारिलो होला, धेरैजसो राजनीतिकर्मीहरु मिलनसार छन् ।
मैले यो कुरा मेरा सिनेट सहकर्मीहरुबाट पत्ता लगाएको छु । व्यक्तिगत रुपमा उनीहरु ज्यादै मिलनसार हुन् – म टेड केनेडी वा ट्रेन लटभन्दा राम्रा कथा हाल्ने मानिस भन्न सक्तिनँ, त्यस्तै डेबी स्ट्याबनो वा रिचार्ड शेल्बीभन्दा बढी सहृदयी व्यक्तिको पनि नाम लिन सक्तिन । उनीहरु सबै कुशाग्र, गम्भीर र मेहनती छन्, आप्mना राज्यका विषयहरुप्रति घण्टौंसम्म ध्यान केन्द्रित गर्छन् । हो, परम्परागत राजनीतिज्ञको भूमिकामा सुहाउने पनि नभएका होइनन् । केही राजनीतिकर्मीहरु त्यस्ता हुन् जो अनन्त गफ मात्र गर्छन् वा आप्mना स्टाफलाई धम्क्याउँछन् । जति बढी समय मैले सिनेटमा बिताएँ, त्यति नै बढी मैले हामी सिनेटरहरुका खोटहरु पत्ता लगाएँ । तथापि यी खोटहरुको अनुपात जनसंख्याको जुनसुकै हिस्सामा हुने अनुपातभन्दा बढी थिएन । आफूसँग असहमत हुने मित्रहरुसँग गफगाफ गर्दाखेरि समेत मैले के पाएँ भने उनीहरुमा आधारभूत इमान्दारिता स्पष्ट देखिन्थ्यो । उनीहरुको इच्छा आप्mनो देशलाई बढी सुदृढ र समृद्ध बनाउने नै थियो । त्यसो भए टि. भी. का रात्री समाचारमा देखिने कठोर, अलचकदार, बेइमान र तुच्छ यिनीहरुलाई के ले बनायो त ? राष्ट्रको संचालन गर्ने काम गर्न के प्रक्रियाले तार्किक, विवेकी मानिसहरुलाई रोक्यो त ? जति धेरै मैले वाशिंटनमा काम गरें त्यति नै बढी मेरा साथीहरुले मेरा अनुहारमा परिवर्तनका चिन्हहरु खोजेको पाएँ– त्यस्ता चिन्हहरुमा भर्खरै पलाएको ढोंगीपन र अनुचित विवाद गर्न खोज्ने प्रवृत्ति पर्छन् । आफैंलाई पनि म आफैं परीक्षण गर्न लागें । मेरा नयाँ सहकर्मीहरुका जस्तै केही साझा चरित्रहरु त्यसक्रममा फेला पारें र टि. भी. चलचित्रमा देखाएजस्ता खराब राजनीतिकर्मीमा मलाई परिवर्तन गर्नमा के ले रोकेको होला भनेर सोचें । यो बुझाइको सुरुवात गर्न मैले महङ्खवाकाँक्षाको प्रकृतिको अध्ययन थालें किनकि यस विषयमा राजनीतिकर्मीहरु सिनेटरहरु अरुभन्दा फरक हुन्छन् । संयोगले मात्र त थोरै मानिसहरु मात्र संयुक्त राज्य अमेरिकाका सिनेटर बन्न सक्छन् । कम्तीमा पनि सिनेटर बन्नका लागि एक किसिमको अहम्भावना आवश्यक हुन्छ । त्यो के हो भने तपाईंको राज्यका सम्पूर्ण विशिष्ट व्यक्तिहरु मध्ये तपाईं कुनै न कुनै रुपले पृथक, उनीहरुको पक्षमा वकालत गर्न योग्य हुनुहुन्छ । यो एउटा यस्तो विश्वास हो जसले तपाईंलाई कहिलेकाही उमंगित पार्ने, कहिले दर्दनाक पार्ने त कहिले हास्यास्पद लाग्ने प्रक्रिया अर्थात् चुनाव अभियान सामना गर्न सक्ने बनाउँछ ।
तर, महात्वाकांक्षामात्र पर्याप्त हुँदैन । आकांक्षाहरुको गुजुल्टो जति ठूलो भए पनि यी आकांक्षा पवित्र वा अपवित्र जे पनि हुन् सक्छन्– सिनेटर बन्न सफल हुनेहरुले एक किसिमको अतिवादी एकोहोरो सोच देखाउँछन् । उनीहरु आफ्नो स्वास्थ्यको वेवास्ता गर्छन्, नातेदारको वेवास्ता गर्छन्, मानसिक सन्तुलन र आत्सम्मानको समेत वेवास्ता गर्छन् । मेरो प्रारम्भिक अभियान अन्त्य भएपछि मैले आप्mनो क्यालेण्डर हेर्दा साढे एक वर्षको अवधिमा जम्मा सात दिनमात्र छुट्टी लिएको थाहा पाएँ । ती सात दिन बाहेक मैले सामान्यतया । दिनमा बाह्र घण्टा काम गरेको थिएँ । यसमा मैले गर्व गरेको पनि थिइनँ । तर श्रीमति मिसेलले अभियानको बखत हप्तामा धेरैचोटि भन्ने गरेझैं यो खटाई सामान्यचाहिं पक्कै थिएन ।
तथापि, न महङ्खवाकांक्षा न एकोहोरोपनाले नै पूर्णतया राजनीतिकर्मीको व्यवहार बुझ्न मद्धत गर्छ । सर्वव्यापी र विनाशकारी एउटा भावना अभियानभरि मनमा जन्मन्छ, त्यसले तपाईंको उम्मेदवारीको आधिकारिक घोषणा भएको दिनदेखि चुनावको दिनसम्म छोड्दैन । त्यो भावना भनेको डर हो । हार्ने डरमात्र होइन, अपमानको डर पनि हो ।
सन् २००० को चुनावमा वहालवाला डेमोक्र्याट कंग्रेस सदस्य बबी रुससँग हारेको घटनाले मलाई अझै गलाउँछ । यो एउटा यस्तो प्रतिस्पर्धा थियो जसमा सबैथोक लथालिङ्ग भएको थियो, जसमा मेरा गल्तीहरु दुखान्तपूर्ण तथा हास्यास्पद पनि थिए । मेरो उम्मेदवारी घोषणा गरेको दुई हप्तापछि मैले केही हजार डलर उठाएँ र पहिलो मतसर्वेक्षण गर्न लगाएँ । मैले त्यसबाट यो पत्ता लगाएँ कि बबी रुसको नाम नब्बे प्रतिशतले सुनेका थिए तर मेरो ११ प्रतिशतले मात्र । उनलाई समर्थन गर्नेको प्रतिशत ७० को हाराहारीमा थियो जबकि मेरो ८ को हाराहारी । त्यसबाट मैले आधुनिक राजनीतिको एक महङ्खवपूर्ण नियम पत्ता लागएँ– उम्मेदवारी दिनुभन्दा अघि नै मतसर्वेक्षण गर ।
त्यसभन्दा पनि मेरो स्थिति अझ बिग्रियो । पहिले नै अर्का उम्मेदवारलाई समर्थन नगरिसकेका केही पार्टी प्रतिनिधिको समर्थन जुटाउन म अक्टोबरमा उनीहरुलाई भेट्न जाँदै थिएँ, त्यस बेला मैले कंग्रेससदस्य रुसका छोरालाई लागुऔषध तस्करहरुले गोली हानेर मारेको खबर रेडियोबाट सुनें । यो खबर सुनेर म स्तब्ध भएँ र सहानुभूति व्यक्त गर्न एक महिनासम्म चुनावी अभियान बन्द गरें ।
त्यसपछि क्रिसमसको बिदाको बखत पाँच दिनको लागि मेरी हजुरआमा, श्रीमति मिसेल र छोरीहरु भेट्न हवाइ ९ज्बधबष्० गएँ । त्यति नै बेला बन्दुक नियन्त्रणको कानुनमा मतदान गर्नका लागि राज्यको विधायिकाको विशेष सत्र डाकियो । मेरी अठार महिने छोरी मालिया ९ःबष्बि० बिरामी भएकाले मैले मतदानमा भाग लिन सकिन । र, विधेयक पारित भएन । दुई दिनपछि ओहारे ९इजबचभ० को विमानस्थलमा बिरामी छोरी र रिसाएर बोल्न बन्द गरेकी श्रीमतीलाई लिएर उत्रिसकेपछि शिकागो ट्रिबुन ९ऋजष्अबनय तचष्दगलभ० भन्ने पत्रिकाको अग्र भागको आलेख देखें । उक्त आलेखमा विद्येयक केही भोटका कारण असफल भएको र राज्यका सिनेटर तथा कंग्रेसका लागि उम्मेदवारी दिएका ओबामा मतदानका बखत “छुट्टीमा हवाइमा बसेको” उल्लेख गरिएको थियो । त्यसपछि मेरा चुनावी अभियानका प्रबन्धकले मलाई भेटे र त्यस्तो समाचारबाट आउनसक्ने प्रभावलाई यसरी व्यक्त गरे– अब विपक्षी उम्मेदवारले एउटा यस्तो विज्ञापन प्रचारप्रसार गर्नेछन् जसमा समुद्र किनारमा ताडका रुखमुनि परालको ह्याट लगाएर ओबामालाई रक्सी पिइरहेको र गितार बजाइरहेको रुपमा देखाउँछन् र भन्नेछन् “इतिहासमै शिकागोको हत्या दर सबभन्दा बढी हुँदा ओबामा चाहिं............।”
मैले उनलाई त्यही रोकें किनकि भन्न खोजेको कुरा बुझिसकेको थिएँ । त्यसरी अभियान आधा पनि नुहँदै मैले भित्रैबाट के थाहा पाएँ भने म अब हार्दैछु । त्यसपछिका प्रत्येक बिहान म डरको अस्पष्ट आभाष लिएर उठें अनि दिनभर मुस्काएर, हात मिलाएर र सबै थोक ठीक –ठाक भएको छ भन्ने वहाना लिएर बिताउनु पर्ने महसुस गरें । प्रारम्भिक चुनावभन्दा अगाडि मेरो अभियानमा थोरै सुधार आयो । मैले कुनै कुनै बहसमा राम्रो गरें, स्वास्थ्य सेवा र शिक्षासम्बन्धीका मेरो एजेन्डालाई लिएर पत्रिकामा सकरात्मक लेखहरु छापिए । मैले ट्रिबिन पत्रिकाको समर्थन समेत प्राप्त गरें । तर यो उपलब्धि अति ढिलो प्राप्त भएको झिनो उपलब्धिमात्र थियो । मैले एकतीस प्वाइन्टले चुनाव हारें ।
यसो भनिरहँदा मैले राजनीतिकर्मीले मात्र यस्ता दुःखहरु व्यहोर्नु पर्छ भन्न खोजेको होइन । तर बहुसंख्यक मानिसहरुको घाउलाई उनीहरुले एकान्तमा उपचार गर्न सक्छन् भने राजनीतिकर्मीको घाउचाहिं सार्वजनिक देखिन्छ । तपाईंले आधा खालीहलमा खुसी देखिएर स्वागत भाषण गर्नुपर्ने हुन्छ, आप्mना स्टाफ र समर्थकलाई ढाडस दिँदा निराश नभएको जस्तो देखिनुपर्छ ः आफूलाई सहयोग गर्नेलाई धन्यवाद दिन फोन गर्नुपर्छ । तपाईंले यी सम्पूर्ण कार्यहरुलाई सकेसम्म राम्रोसँग गर्नुहुन्छ होला तथापि आफूलाई आफैंले जति ढाँटे पनि कुनै न कुनै रुपले तपाईंलाई सम्पूर्ण समुदायले दण्डित गरेको अनुभूति हुन्छ नै । जित्नका लागि चाहिने क्षमता आफूसँग नभएको तथा तपाईं जहाँ गए पनि “हरुवा” भन्ने शब्द मानिसको दिमागमा बसिरहेको हुन्छ । यस्ता खालका अनुभूतिहरु हाईस्कुलदेखि पछि कसैले अनुभव गरेका हुँदैनन् । यी अनुभवहरु आफूले मनपराउने केटीले उनका साथीका बीचमा तपाईंकै बारे जोक भनेर खिल्ली उडाउँदाको जस्ता हुँदैनन् ।
औसतरुपमा सफल राजनीतिकर्मीमा अब हार्दाखेरि आउने माथि वर्णित अनुभवहरुको प्रभाव कल्पना गर्नुस् । ती राजनीतिकर्मी स्कुलका क्याप्टेन भएका हुनसक्छन् । कक्षामा सर्वोत्कृष्ट अंक ल्याएका हुनसक्छन्, उनका बुबा सिनेटर वा नौसेनापति हुनसक्छन् । उनलाई बच्चैदेखि महान् कामहरु उनले गर्नसक्छन् भनिएको हुनसक्छ । अर्थात् उनी कहिल्यै असफल नभएका हुनसक्छन् । म एकचोटि सन् २००० को राष्ट्रपतिय चुनावका उम्मेदवार उपराष्ट्रपति एल. गोरका समर्थक रहेका एकजना बहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखसँग गरेको गफगाफ सम्झन्छु । उनको शानदार अफिसमा म पुगेको थिएँ, त्यहाँबाट म्यानहटन शहरको मध्यभाग लगभग पूरै देखिन्थ्यो । उनले चुनावको ६ महिना जतिपछि भएको एउटा मिटिङका बारे बयान गर्न लागे, जुन बेला एल. गोर आप्mनो घट्दै गएको टि.भि. सम्बन्धी कम्पनीका लागि लगानीकर्ता खोजिरहेका थिए । “यो अनौठो थियो,” उनले मसँग भने । “अभियानका बखत उनी यहाँ आएका थिए, पूर्व उपराष्ट्रपति, केही महिना अघि पृथ्वीको सबैभन्दा शक्तिशाली मानिस बन्न लागेका व्यक्ति, जुनसुकै समय पनि उनको टेलिफोन रिसिभ गर्थें, मेरो समयतालिका हेरफेर गर्थें र उनले चाहेका बखत उनलाई भेट्थें । तर चुनावपछि जब उनी अकस्मात मेरो कार्यलय आए मलाई कता हो कता त्यो भेटघाट औपचारिकता मात्र भएजस्तो लागिरह्यो । त्यसो भन्न मलाई घृणा लाग्छ किनकि मलाई एल. गोर मनपर्छ । तर कुनै न कुनै तहमा उनी एल. गोर अर्थात् पूर्व उपराष्ट्रपति जस्ता लागेनन् । उनी मसँग पैसा माग्न आउने सयौं व्यक्तिहरु मध्येका एक व्यक्ति जस्तै थिए । यसले मलाई तपाईंजस्ता राजनीतिकर्मीहरु कति अग्लो पहरोको टुप्पामा हुनुहुन्छ भन्ने महसुस गरायो ।”
अग्लो पहरो, त्यहाँबाट सीधा तल खसिने । विगत पाँच वर्षसम्म एल. गोरले राजनीतिपछिको जीवनले ल्याउने प्रभाव र सन्तुष्टि देखाएका छन् । तर म ती कम्पनी प्रमुखले फेरि गरेका टेलिफोनलाई त्यति गम्भीरतापूर्वक लिन्छन् भन्ने कुरामा शंका छ । सन् २००० मा चुनाव हारेपछि गोरले पनि आफ्ना मित्रमा आएको परिवर्तन अनुभव गरेको हुनुपर्छ । उनको कार्यालयमा बसेर टि.भी. कम्पनीमा लगानीका कुरा गर्दा आप्mनो परिस्थिति कति हास्यस्पद भयो भनेर उनले बुझेंकै थिए होलान् । जीवनभरिको परिश्रमपछि एउटा चुनाव हार्दा गोरले लगभग सबैथोक गुमाएका थिए । तर उनका ती कार्यकारी प्रमुख मित्र अफिसमा उनी अगाडि बसेर हेपाहापूर्ण मुस्कुराहट छर्दै बसेका थिए । ती मित्र बर्सौंसम्म दोश्रो अति सफल कार्यकारी प्रमुखमा गनिन सक्थे । उनका कम्पनीको शेयर मूल्य घटे पनि वा सोच विचारबिना कम्पनीले लगानी गरेको भए पनि केही वर्षसम्म दोश्रो स्थानमा आएकोमा उनी गर्व गर्न सक्थे, आकर्षक सुविधा पाइरहन सक्थे, शक्तिशाली पदमा रहिरहन सक्थे । ती कार्यकारी प्रमुख मित्रलाई केही नहुनु तर गोरले चुनाव हार्दैमा त्यो हालत हुनु पक्कै पनि न्यायोचित थिएन, तर त्यसो भन्दैमा गोरको नियतिपरिवर्तन हुँदैनथ्यो । सार्वजनिक जीवनको गोरेटो पछ्याएका प्रत्येक व्यक्तिले झैं गोरले त्यो क्षण नआउला भनेर सोचेका थिएनन् । राजनीतिमा, तपाईंले दोश्रो प्रयत्न गर्न सक्नुहुन्छ, तर दोश्रो स्थान भने हुँदैन ।
राजनीतिका धेरैजसो अरु खराबीहरु यही मुख्य खराबीबाट उत्पन्न भएका हुन्– त्यो भनेको जित्नुपर्ने आवश्यकता वा हार्न नहुने अपरिहार्यता । त्यही कारणले गर्दा धेरै पैसा उठाउनुपर्ने हो । एउटा यस्तो समय थियो जुन बेला चुनावी खर्चसम्बन्धी कानुनहरु बनाइएको थिएन र पत्रकारहरुले चासो दिंदैनथे । त्यस बेला ठाडो भ्रष्टचारले राजनीतिलाई निर्देशित गरेको थियो । त्यस बेला राजनीतिक अभियानका लागि खडा गरिएको कोषलाई राजनीतिकर्मीले आफ्नो व्यक्तिगत बैंक खाता चलाएझैं चलाउँथ्यो । यदि अहिले हालसालैका समाचारहरु सही भए यही भ्रष्टाचारका भद्धा स्वरुपहरु अहिलेसम्म हटिसकेका छैनन् । अझै पनि वाशिंटनमा केही यस्ता व्यक्तिहरु छन् जो राजनीति गरेर धनी बन्न चाहन्छन् । अरुहरु केही यस्ता छन् जो सजिलै घुस लिंदैनन् तर आफूलाई सहयोग गर्नेको संरक्षण गर्न र उनीहरुलाई उकेरा लगाउन तयार हुन्छन् ।
तर, पैसाले राजनीतिलाई बढी प्रभाव पार्ने विधि यी होइनन् । यस विषयमा लबी गर्नेहरु निर्वाचित प्रतिनिधिलाई स्पष्ट लेनदेनको प्रस्ताव राख्छन् । तर तिनीहरुले त्यसै गर्नुपर्दैन । उनीहरुको प्रभाव ती अधिकारीहरुसँगको पहुँचले पैदा गर्छ, औसत मतदाताभन्दा बढी जानकारी र आफ्ना ग्राहकलाई करोडौं फाइदा हुने र अरुले पनि खासै चासो नदिने खालका प्रावधान कर नीतिमा समावेश गराउन निर्वाचित प्रतिनिधिलाई प्रभावमा पार्ने क्षमताबाट प्राप्त हुन्छ ।
धेरै राजनीतिकर्मीको सन्दर्भमा भन्नुपर्दा उनीहरुलाई धनी बन्न पैसा आवश्यक हुँदैन ।
सिनेटका प्राय सबै सदस्य धनी हुन्छन् । त्यसैले पैसा आफ्नो स्तर र शक्ति कायम गरिराख्नका लागि आवश्यक हुन्छ । पैसा चुनौती दिनेहरुलाई तर्साउन र डरमुुक्त हुन आवश्यक हुन्छ । पैसाले विजयको सुनिश्चितता गर्दैन यसले जोश, ओज वा कथा भन्नसक्ने क्षमता किन्न सक्दैन । तर पैसा भएन भने र सबै पैसा खाइदिने टि.भि. विज्ञापन भएन भने तपाईंले हार्ने कुरा झण्डै सुनिश्चित हुन्छ ।
चुनाव अभियानमा लाग्ने खर्चको मात्रा श्वास रोकेर सोच्नुपर्ने जति हुन्छ । खासगरी धेरै मिडियाको सहयोग लिनुपर्ने ठूला राज्यव्यापी अभियानमा । राज्य विद्यायिकाका लागि गरिएका चुनाव अभियानमा मैले एक लाख डलरभन्दा बढी खर्च गर्नु परेन । वास्तवमा कोष जुटाउने सबालमा मेरो ख्याति एउटा घाँटीको हाड जस्तै भएको थियो किनकि पच्चीस वर्षको अवधिमा पहिलोपटक चुनावी अभियानको खर्च सम्बन्धी कानुन बनाउन मैले सहयोगीको भूमिका खेलेको थिएँ । लबी समूहहरुले निम्त्याएका भोजमा गएको थिइनँ, तथा चुरोट कारखानाहरुले पठाएका चेक बहिस्कार गरेको थिएँ । ग्।क्। सिनेटका लागि उम्मेदवारी दिने निर्णय मैले गरेपछि मेरा मिडिया सल्लाहकार डेभिड एक्सेलरोडले वास्तविक जीवनका कठोर तथ्यहरु मलाई सुनाएका थिए । हाम्रो अभियान योजनाका लागि थोरै बजेट अपेक्षा गरिएको थियो । त्यसका निम्ति आधारभूत तहको समर्थन र आप्mनो अभियानका गुणबाट मिडियाका ध्यान तानेर उनीहरुले दिने समाचारलाई नै विज्ञापनको आधार मान्ने कुरा समावेश थिए । तथापि डेभिडले मलाई के बताए भने शिकागोको संचार बजारमा एक हप्ताको टि.भि. विज्ञापनका लागि झण्डै पाँच लाख डलर आवश्यक थियो त्यसभन्दा बाहेकको राज्यका भागहरुलाई समेट्न अढाइ लाख डलर आवश्यक थियो । चारहप्ताको टि.भि. विज्ञापन र राज्यव्यापी अभियानका लागि आवश्यक स्टाफको हिसाब गर्दा प्रारम्भिक अभियानका लागि गरिने खर्च झण्डै पचास लाख पुग्नेवाला थियो । यदि मैले प्रारम्भिक चरणको चुनाव ९एचष्mबचथ ० जितेमा आम चुनावका लागि अर्को एकदेखि डेढ करोड डलर उठाउनु पर्ने हुन्थ्यो ।
म त्यो रात घर फर्कें र मलाई सहयोग गर्न सक्ने सबै मानिसहरु र उनीहरुसँग मैले माग्नसक्ने अधिकतम पैसाको हिसाब गर्दा जम्माजम्मी ५ लाख डलर उठ्ने देखियो ।
आफ्नो ठूलो व्यक्तिगत सम्पति नहुँदा अमेरिकी सिनेट प्रतिस्पर्धाका लागि पैसा उठाउने खास एउटै उपाय छ । त्यो भनेको धनीसँग पैसा माग्ने हो । मेरो अभियानका पहिला तीन महिना म अभियानका लागि खर्च जुटाउने काममा सहयोग गर्ने स्टाफसँग एउटा कोठामा ढोका थुनेर बस्थें र पहिले नै चिनिइसकेका डेमोक्र्याटिक् पार्टीका दाताहरुसँग फोन गर्थें । यसो गर्न रमाइलो थिएन । कहिलेकांही उनीहरु धेरै समय फोन नै उठाउँदैनथे । प्रायजसो उनीहरुका सचिवले उनीहरु सम्म सन्देश पु¥याइदिन्थे तर उनीहरुले मलाई पछि टेलिफोन गर्दथे । कहिलेकाहीं म दुई तीनपटक फोन गर्थें त्यसपछि फोन गर्नै छोडिदिन्थें वा मैले खोजेको मान्छेले मलाई सम्पर्क गरेर मेरो प्रस्तावलाई अस्वीकार गर्थे । त्यसपछि दातालाई फोन गरेको समयमा आफैं उनीहरुसँग गफ गर्नबाट पन्छिनका लागि म अनेक बहाना गर्न लागें । बाथरुम गइरहने । कफी खाइरहने, तेश्रो वा चौथोपटकसम्म स्टाफसँग शिक्षणसम्बन्धी वक्तव्यलाई अझ राम्रो बनाउन भनिरहने आदि । बेलाबेलामा म आप्mना हजुरबुबा सम्झन्थें, जसले अधवैंसे हुँदा जीवन बीमाको एजेन्ट भएर काम गर्नु भएको थियो । तर राम्रो गर्न सक्नु भएन । मानिसहरुसँग भेटघाटको बन्दोबस्त मिलाउन खोज्दाको उहाँको पीडा म सम्झन्छु । मानिसहरु बीमाको एजेन्टलाई भेट्नुभन्दा बरु दाँत भर्न रुचाउँछन् । हजुरबाले हजुरआमाबाट पनि अपमान सहनुप¥यो किनकि विहेपछि हजुरबाले भन्दा हजुरआमाले नै बढी कमाउनु भयो ।
विगतको कुनै समयभन्दा अहिले आएर हजुबारलाई कस्तो नरमाइलो लागेको थियो होला भनेर मैले राम्ररी बुझें ।
तीन महिनाको अन्त्यमा मेरो अभियानका लागि जम्मा अढाई लाख डलरमात्र उठेको थियो । त्यसमाथि मेरो दुर्दशा धेरै राजनीतिज्ञले मान्ने गरेको डरलाग्दो परिस्थिति अर्थात् नसिद्धिने पैसा भएको आफैं चुनाव खर्च गर्ने उम्मेदवारसँगको प्रतिस्पर्धाले निम्त्याएको थियो । उनको नाम ब्लेएर हल थियो र उनले आफ्नो आर्थिक व्यवसाय केही वर्षअघि ५३ करोड १० लाख डलरमा बेचेका थिए । निसन्देह नै उनमा पनि सिनेटरको रुपमा सेवा गर्ने असली इच्छा थियो ः र, उनी प्रतिभाशाली पनि थिए । तर अभियानका क्रममा उनी धेरै नै लजालु देखिए, जुन व्यवहारमा आफ्नो लामो जीवन कम्प्युटरको पर्दाअघि बसेर बिताउने अन्तर्मुखी स्वभावको मान्छेको प्रतिबिम्ब थियो । मलाई के लाग्छ भने धेरै मानिसजस्तै उनलाई पनि राजनीतिकर्मी बन्न कुनै काम लाग्ने सिप आवश्यक छैन भन्ने लागेको हुनुपर्छ । साथै उनलाई उनीजस्ता व्यपारीले राम्रो गर्न सक्ने विश्वास भएको हुनुपर्छ । वास्तवमा, उनले संख्यासँगको आफ्नो परिचिततालाई नै अमूल्य सम्पत्ति मानेका थिए– अभियानका क्रममा उनले एकचोटि एकजना पत्रकारसँग चुनाव अभियान जित्ने गणितीय सूत्र बताएको थिए ः
यस्तो कुरा देखेर मलाई हल एकजना प्रतिस्पर्धी हुन सक्तैनन् भन्न मलाई सजिलो बनाएको थियो । तर एकदिन म अफिसतिर जाँदाखेरि बाटैभरि राता, सेता र नीला संकेतहरु देखें । तिनमा ब्लेएर हल, ग्।क्। सिनेटका प्रतिस्पर्धी भनेर लेखिएको थियो । र, पाँच माइलको दूरीमा मैले त्यस्ता पर्चाहरु प्रत्येक गल्ली र बाटामा देखें, प्रत्येक कुनामा देखें, हजामका झ्यालमा र रित्ता घरमा अनि बस स्टपका अगाडि तथा सब्जी पसलका काउन्टरका अगाडि देखें । जताततै हलका पर्चाहरु, वसन्तमा जताततै फुल्ने डेजी फूलजस्तै । इलिनोइसको राजनीतिमा एउटा भनाइ छ “पर्चाले भोट हाल्दैनन्” त्यसको मतलब पर्चाका आधारमा चुनावी प्रतिस्पर्धाको निर्णय गर्न सकिदैन भन्नु हो । तर त्यस राज्यका चुनावी अभियानका बखत एकै दिनमा त्यति धेरै पर्चा र बिलवोर्ड टाँगेको त्यहाँका मानिसले कहिल्यै देखेका थिएनन् वा हलका तलबमा काम गर्ने कामदारहरुले एकै साँझ त्यस्तो फूर्ति साथ काम गरेको अरु कसैले गरेको देखेका थिएनन् । अश्वेत समुदायका केही टोल प्रमुखहरुले हल भित्री शहरका नायक हुन् भनेर निर्णय गरिसकेका तथा कतिपयले उनको परिवारको खेती ९ँबmष्थि ाबचm० नीतिको प्रसंसा गरेको समेत मैले पढ्न पाएँ । त्यसपछि चुनावको दिनसम्म छ महिना अघिदेखि उनका बारे घण्टैपिच्छे प्रत्येक टि.भि. मा विज्ञापन आउन लागे– बूढाबूढीसंग ब्लेयर हल, केटाकेटीसँग ब्लेयर हल, ब्लेयर हल वाशिंटनको उदार गर्नका लागि तम्तयार । २००४ को जनवरीमा मत सर्वेक्षणमा उनी प्रथम स्थानमा उक्ले त्यसपछि मेरा समर्थकले मलाई फोन गरेर मैले पनि टि.भि. मा विज्ञापन दिनैपर्ने नत्र भने हारिने निश्चित भएको बताउन थाले । म के गर्न सक्थें ? मैले मेरा समर्थकलाई मेरो अवस्था ब्लेयर हलजस्तो नभएर घाटामा गएको बताएँ । सकेसम्म गर्दाखेरि हाम्रो चुनाव अभियानका लागि जम्मा भएको कोषले चार हप्तासम्मको टि.भि. विज्ञापन धान्थ्यो, त्यसो गर्दा अगस्टमै पूरै अभियानको बजेट सक्नु बुद्धिमानी हुने थिएन । तपाईंहरु सबैजना धैर्य गर्नुस् भनेर म मेरा समर्थकलाई भन्ने गर्थें । ढुक्क हुनुहोस् नआत्तिनुहोस् त्यसपछि म फोन राख्थें र झ्यालबाहिर हेर्थें, त्यसपछि ब्लेयर हलले राज्य घुम्न प्रयोग गर्ने ठूलो बस, जसमा त्यहीं सुत्न मिल्छ, देख्थें । त्यो बस समुद्रको पानीजहाज जस्तै ठूलो थियो । अनि चाहिं मलाई पनि आत्तिने नै बेला भएकै हो कि जस्तो लागेर आउँथ्यो ।
धेरै दृष्टिकोणले यी परिस्थितिमा म अरुभन्दा भाग्यमानी थिएँ । के कारणले हो कुन्नि, मेरो अभियानले गति लिन थाल्यो, धनी दाताहरु माझ मेरा एजेण्डालाई समर्थन गर्नु फेशन नै बन्यो, र राज्यभरिबाट इन्टरनेटमार्फत साना दाताहरुले हामीले अपेक्षै नगरेको गतिमा चेकहरु पठाउन थाले । विडम्बना भन्नुपर्छ, मेरो बारेमा मानिसहरुले धेरै थाहा नपाउनाले मलाई कोष जुटाउँदा हुने बढी खतरनाक त्रुटिहरुबाट बचायो । धेरैजसो बुहराष्ट्रिय कम्पनीका राजनीतिक कार्यसम्बन्धी समिति ९एयष्तिष्अब िबअतष्यल अयmmष्ततभभ– एब्ऋ० ले मलाई सम्पर्क गरेनन् । त्यसैले मैले उनीहरुप्रति ऋणि बन्नु परेन । मसँग सम्पर्क गर्न थोरै त्यस्ता समितिहरुले मेरा एजेण्डाको समर्थन गर्नुका साथै तिनका लागि संघर्ष पनि गरेका थिए । तथापि ब्लेयर हलले मैलेभन्दा छ गुणा बढी खर्च गरिरहे । तर उनलाई मैले के कुराका लागि श्रेय दिनुपर्छ भने उनले मेरा विरुद्धमा एउटै नकरात्मक टि.भि. विज्ञापन गरेनन् । अझै मेरो स्थान (मत सर्वेक्षणमा) वृद्धि भयो । हलको अभियान उनको पूर्व श्रीमतिसँग झगडा परेका आरोपहरु बाहिर आएपछि भताभुङ्ग हुँदै गयो ।
तसर्थ कम्पनीमा मेरा सन्दर्भमा पैसाको कमी वा महङ्खवपूर्ण बहुराष्ट्रिय कम्पनीको समर्थनको अभाव जीतका लागि बाधक भएन । तथापि, पैसाको खोजीले मलाई परिवर्तन नगरेको पनि होइन । वास्तवमा भन्नुपर्दा यदि पैसाको खोजले पहिले पहिले अपरिचितसँग धेरै पैसा माग्दा लाग्ने धक मबाट हटेको थियो । अभियानको अन्त्यतिर पुग्दा मैले कसैसँग पनि पहिले ठट्यौली गर्ने, झीनामसिना कुरा गर्ने अनि मात्र पैसा माग्ने बानी हटाइसकेको थिएँ ।
टेलिफोन गर्ने बित्तिकै म तुरुन्त महङ्खवपूर्ण कुरामा प्रवेश गर्थें र प्रत्युत्तरमा ‘नाई’ नपाउन प्रयत्न गर्थें ।
तर मलाई चिन्ता लागेको कुरा भनेको अरु परिवर्तन पनि हुँदै थियो । मेरो संगत धनी मानिसहरुसँग बढ्दै गयो । जस्तै कानुन व्यवसायीहरु, व्याङक्का लगानीकत्र्ताहरु र पूँजीवादीहरु । उनीहरु सबै चतुर, तथा सार्वजनिक नीतिनियम जानेका मानिसहरु थिए, राजनीतिक रुपले उदार, आप्mनो सहयोगको बदलामा उनीहरुका विचार सुनिदिनुपर्ने भन्दा बाहेक अरु केही अपेक्षा नराख्ने । तर उनीहरुले आफ्नो वर्गको मात्र दृष्टिकोण व्यक्त गर्थे जुन वर्ग भनेको अमेरिकी जनसंख्याको १ % हुन आउँछ । यो सम्भ्रान्त वर्गले एउटा उम्मेदवारलाई सजिलैसंग २ हजार डलरको चेक दिन्छ । उनीहरु स्वतन्त्र बजार र प्रतिभामा आधारित शिक्षामा विश्वास गर्थे । उनीहरु क्ब्त् परीक्षामा आउने उच्च अंकले कुनै पनि सामाजिक बेथितिको समाधान गर्छ । भन्ने विश्वास गर्थे । उनीहरुलाई संरक्षण पटक्कै मन पर्दैनथ्यो, कर्मचारी संगठनहरु समस्यामात्र थिए । र, उनीहरु विश्वव्यापी पूँजीको चलायमान अवस्थाले जीवनस्तर भताभुङ्ग भएका मानिसप्रति सहानुभूति राख्दैनथे । उनीहरु धेरै गर्भपतन गर्न स्वतन्त्रता हुनुपर्छ भन्ने कुरामा विश्वास राख्थे, साथै उनीहरु बन्दुक राख्न पाउने अधिकारका विरोधी र धार्मिक आस्थाप्रति शंकावान थिए । उनीहरुको र मेरो दृष्टिकोण धेरै कुरालाई लिएर मिले पनि उनीहरुसँगको बातचितमा मैले आफैंलाई कुनै कुनै विषयहरु उठाउनै नचाहेको पाएँ, उनीहरु सँगका मतभिन्नता लुकाउने कोसिस गरिरहेको तथा उनीहरुका प्रयाश बमोजिमका कुरामात्र गरिरहेको पाएँ । मुख्य विषयहरु भने खुलस्त नै थिएँ । मैले उनीहरुसँग जर्ज डब्लु. बुसले उनीहरुलाई प्रदान गरेका कर कटौती उल्ट्याउनुपर्छ भनेर भने । सकेसम्म, अरु मतदाताका पृथक विचारहरु उनीहरुलाई सुनाएँ ः राजनीतिमा आस्थाले खेल्ने वैध भूमिका वा राज्यको ग्रामीण इलाकामा बन्दुकको आवश्यकता बारे बताएँ ।
तथापि, कोष उठाउने मेरा प्रयासका परिणामस्वरुप म मेरा धनी दाताहरुजस्तै भएको मैले थाहा पाएको छु । यस अर्थमा कि मैले धेरैभन्दा धेरै समय गरीबीबाट टाढा रहेर बिताएँ, भोक, चिन्ता, डर, अनिश्चय र असहजता बीच बाँचेको ९९ प्रतिशत जनसंख्याबाट टाढा रहेर बिताएँ । तर म राजनीतिमा यही ९९ प्रतिशतलाई सेवा गर्न प्रवेश गरेका थिए । एक वा अर्को जस्तो परिस्थिति भए पनि मलाई लाग्छ सबै सिनेटरलाई यस्तै हुन्छ । तपाईं जति लामो समय सिनेटर हुनुहुन्छ त्यति नै कम अरुसँग अन्तरक्रिया हुन्छ । तपाईं यस विरुद्ध संघर्ष गर्न टाउन हल मिटिङमा भाग लिन वा पुराना वस्तीहरुमा जान सक्नुहुन्छ । तर तपाईंको कार्यसूचीले तपाईंंलाई आफूले प्रतिनिधित्व गर्ने मानिसको वृत्तबाट टाढा पु¥याएकै हुन्छ ।
र, शायद अर्को चुनाव आइपुग्दा तपाईं भित्र यस्तो एउटा विचार आउँछ जसले तपाईंंलाई थोरै थोरै खर्च उठाउने झन्झटबाट मुक्ति पाए हुन्थ्यो जस्तो लाग्छ । तपाईंलाई राजनीति सुरु गर्दा जस्तो ताजा अनुहार नभएझैं लाग्छ किनकि तपाईंले वाशिंटन परिवर्तन गर्नु भएन र तपाईंले धेरै मानिसहरुलाई जटिल विषयमा मतदान गर्दा चिड्याइसक्नु भएको हुन्छ । त्यसैले सजिलै पैसा उठाउने बाटो (बहुराष्ट्रिय राजनीतिक कमिटी मार्फत) र उच्च स्तरीय लबी समूहहरु मार्फत्– सहज लाग्न थाल्छ । र, यी भित्रियाहरुको दृष्टिकोण र तपाईंको मिल्यो भने तपाईंंले आफूमा आएको परिवर्तनलाई वास्तविकतासँग सम्झौताका रुपमा ग्रहण गर्नुहुन्छ । सर्वसाधारणको समस्याहरु तपाईंलाई अमूर्त र टाढाको प्रतिध्वनि जस्तो लाग्छ, तपाईंले जुध्नुपर्ने ठूला समस्याजस्तो लाग्न छोड्छ ।
सिनेटरलाई प्रभाव पार्ने अरु कुरा पनि छन् । राजनीतिक अभियानका लागि चाहिने पैसाजतिकै महङ्खवपूर्ण अरु कुरा पनि छन् । तपाईं यदि जित्न चाहनुहुन्छ भने संगठित जनताको समर्थन नगद जतिकै महङ्खवपूर्ण हुन्छ, खासगरी कममात्र मानिस समावेश हुने प्रारम्भिक चुनावका लागि किनकि यी प्राइमरी ९एचष्mबचथ० एउटा उम्मेदवारले सामना गर्नु पर्ने महङ्खवपूर्ण प्रतिस्पर्धा मध्येमा पर्छन् । राजनीतिक अभियानमा स्वंयसेवी भूमिका खेल्ने मान्छे अहिले बिरलै पाइन्छन् किनकि यस्तो अभियानमा थुकले चिठीका खाम टाँस्नुपर्ने, ढोका ढकढक्याउनु पर्ने आदि काम आइलाग्छन् । त्यसैकारण तपाईंलाई राजनीतिक कार्यकर्ता वा मतदाता सूची आवश्यक छ भने तपाईं मानिस संगठित भएको ठाउँमा जानुहुन्छ नै । डेमोत्र्mयाटहरु जाने यस्ता वातावरणवादी समूहहरु र गर्भपतनलाई समर्थन गर्ने समूहहरु पर्छन् । रिपब्लिकनहरुको सन्दर्भमा भन्नुपर्दा यस्ता समूहहरुमा धार्मिक समूहहरु, स्थानीय च्याम्बर अफ कमर्श, बन्दुकको पक्षमा वकालत गर्ने संगठन ९ल्च्ब्०, र करविरोधी संगठनहरु पर्छन् ।
विशेष चासोहरु भन्ने शब्दावलीसँग मैले कहिल्यै सहज अनुभव गर्न सकिन, किनकि यसले एक्सोन मोबिल ९भ्हयल mयदष्०ि र इँटा बिछ्याउनेहरु तथा औषधी उत्पादक र अपाङ्ग बच्चाका आमा–बुबालाई एउटै ठाउँमा ल्याउँछ । धेरै राजनीतिशास्त्रीहरु मसँग असहमत होलन् तर मेरो सोचमा पैसाद्वारा मात्र प्रभाव जमाउने बहुराष्ट्रिय कम्पनीका लबी समूहहरु र आफ्ना चासोहरुलाई अगाडि बढाउन एक ठाउँमा जम्मा हुने व्यक्तिहरु– चाहे कपडा कारखानाका कामदार हुन्, किसानहरु हुन् वा पूर्व लडाकुहरु, को समूहबीच फरक हुन्छ । अर्थात् आफ्नो आर्थिक शक्ति प्रयोग गरेर राजनीतिक प्रभाव विस्तार गर्नेहरु बीच र आप्mना प्रतिनिधिलाई आफ्ना आकांक्षा पूरा गराउन लगाउनका निम्ति धेरै भन्दा धेरै समर्थक जुटाउने समूहबीच फरक हुन्छ । पहिलो समूहले प्रजातन्त्रको पथ भ्रष्ट गर्ने काम गर्छन् भने दोस्रो थरी समूहले यसको सारतत्वको काम गरेका हुन्छन् । तथापि, यस्ता स्वार्थ समूहहरु ९क्ष्लतभचभकत नचयगउक० को राजनीतिमा पार्ने प्रभाव कम भने हुँदैन । सक्रिय सदस्यको संख्या कायम गरिराख्ने, डोनेशन ९मयलबतष्यल० आइराख्ने, र होहल्लाबीच आफ्नो स्वर सुनाउने, राजनीतिमा प्रभाव पार्ने समूहहरु सार्वजनिक चासोका विषयहरुलाई बढावा दिन बानी परेका छैनन् । उनीहरु सबभन्दा विचारशीला, सुयोग्य र बृहत् सोच भएको उम्मेदवारको खोजीमा छैनन् । त्यसको सट्टा उनीहरु साँघुरोवृत्तमा मात्र सीमित छन्– पेन्सनहरु वा कृषि अनुदानमात्र उनीहरुको चासोका विषय हुन्छन् । सोझै भन्नुपर्दा उनीहरु आफ्नो दुनो सोझ्याउन मात्र कसैलाई समर्थन गर्छन् ।
मेरो प्राइमरी चुनाव अभियानका बखत मैले यस्ता समूहहरुसँग भेट्ता लगभग पचासवटा प्रश्नावलीहरु भरेंहुँला । तिनीहरु कुनै पनि सूक्ष्म थिएनन् । तिनमा सामान्यतया दशदेखि बाह्रवटा प्रश्नहरु हुन्थे, यस्तो बान्कीका– “निर्वाचित भएमा, तपाईं स्क्रुज ल ९क्अचययनभ बिध० लाई खारेज गर्ने गम्भीर प्रतिज्ञा गर्नुहुन्छ ?”
समयको कारणले गर्दा मलाई वास्तवमै समर्थन गर्ने संस्थाले पठाएका प्रश्नावलीमात्र भरें, त्यसैले एउटा यस्तो प्रश्न भेटेथें जसमा एकछिन सोच्न बाध्य हुन्थें । म हाम्रा व्यापारसम्बन्धी कानुनमा श्रम र वातावरणसम्बन्धी मापदण्ड लागु गर्नुपर्ने कुरामा कुनै युनियनसँग सहमत हुन सक्थें । तर ९ल्ब्ँत्ब्० नै खारेज गर्नुपर्छ भन्नेमा चाहिं हुन सक्तैनथें । म सबैले स्वास्थ्य सेवा पाउनुपर्ने कुरा देशको प्रमुख एजेण्डा बन्नुपर्छ भन्ने कुरामा सहमत थिएँ तर त्यसका लागि संविधान नै संशोधन गर्नुपर्छ भन्ने कुरामा थिइनँ । यस्ता प्रश्नले मलाई रिंगाउँथे, त्यसैले म ती प्रश्नका छेउमा तिनका जटिलता बारे व्याख्या गरेर पठाउँथे । त्यसो गर्दा मेरा स्टाफ टाउको हल्लाउँथें । र, भन्थे एउटामात्र प्रश्नको उत्तर “हुँदैन” भन्यो भने समर्थन अर्काको पक्षमा जान्छ । तर सबै प्रश्नको उत्तरमा हुन्छ भन्दा तपाईं संकीर्ण राजनीतिक स्वार्थको अन्त्य गर्ने प्रतिज्ञा गर्नुहुने व्यक्ति त्यसैमा घेरिनुहन्छ ।
त्यस्तै अभियानका बखत एकथोक (समर्थक बटुल्न) भन्नुस् र निर्वाचित भएपछि अर्कोथोक गर्नुस् । तपाईं सबैजस्तै दुई जिब्रे राजनीतिकर्मीको दर्जामा राखिनु हुन्छ ।
तर कहिलेकाहीं जसरी प्रश्नावली भरे पनि त्यसले केही प्रभाव पार्दैन । ब्लेयर हलका अतिरिक्त डेमोत्र्mयाटिक पार्टीको प्राइमरी चुनावमा मेरा प्रतिस्पर्धी इलिनोइस पनि थिए । उनी एकजना सुन्दर व्यक्ति हुनाका साथै सुयोग्य कर्मचारी पनि थिए । उनका पिता टम हाइनेस ९त्यm जथलभक० राज्य सिनेटका भूतपूर्व सभापति थिए । टमले वार्ड कमिटीदेखि डेमोत्र्mयाटिक पार्टीको राज्य समिति सदस्य समेत भएर काम गरेका थिए । प्रतिस्पर्धामा समावेश हुनअघि नै ड्यानले राज्यका १०२ जना डेमोत्र्mयाटिक पार्टीका काउन्टी अध्यक्षहरु मध्ये ५८ जनाको समर्थन प्राप्त गरिसकेका थिए । राज्यको विधायिका बहुसंख्यक मेरा सहकर्मीको र इलिनोइस डेमोत्र्mयाटिक पार्टीको अध्यक्ष तथा प्रतिनिधिसभाका पूर्व सभामुख भैसकेका माइक म्याडिगनको समेत समर्थन प्राप्त गरिसकेका थिए । ड्यानको वेबसाइटमा उनका समर्थकहरुको सूची हेर्नु भनेको चलचित्रको अन्त्यमा देखाइने सहयोगीहरुको सूची हेर्नुजस्तै थियो, यति धेरै कि तपाईं त्यो सकिनुभन्दा अघि नै हेर्न छोड्नुहुन्छ । जे भए पनि, मैले श्रम संगठनहरुबाट समर्थन पाउने आशा राखेको थिएँ । राज्यको विधायिकामा सात वर्षसम्म मैले उनीहरुको मित्रको रुपमा काम गरेको थिएँ, उनीहरुका धेरैजसो विधेयकहरु प्रस्तुत गर्ने र उनीहरुका विषयलाई विधायिकामा उठाइदिने काम गरेको थिएँ । मलाई श्रम संगठन ९ब्ँी( ऋक्ष्इ० ले उनीहरुको पक्षमा काम गर्ने राजनीतिकर्मीलाई समर्थन गर्छन् भन्ने थाहा थियो । तर अभियानको क्रम अगाडि बढ्दै जाँदा अनौठा घटनाहरु घट्न लागे । म स्प्रिङफिल्डमा भएको दिन उनीहरुले समर्थनका लागि गरिने सत्र ९भ्लमयचकझभलत क्भककष्यल० सम्पन्न गरे ः त्यस कार्यक्रमलाई स्थगित गर्न मानेनन् र हाइनेसले उनीहरुको समर्थन प्राप्त गरे । उनीहरुले मसँग त्यस सम्बन्धमा एक शब्द पनि सोधेनन् । इलिनोइस स्टेट् फेयर ९क्ष्ििष्लयष्क कतबतभ ाबष्च० मा श्रमिक संगठनले गरेको स्वागत कार्यक्रममा जाँदा हामीलाई त्यस कार्यक्रममा चुनावी अभियानका कुनै संकेत नल्याउन भनियो । तर जब म र मेरा सहयोगी त्यहाँ पुग्यौं, कोठाभरि हाइनेसका पोस्टरहरु थिए । श्रम संगठन ९ब्ँी( ऋक्ष्ए० ले गरेको सत्रमा मैले धेरैजना मेरा श्रमिक संगठनका साथीहरु मलाई हेर्न नचाहिरहेको देखें ।
एकजना पाका व्यक्ति म सम्म आए र मेरा पिठ्यूँमा हात राखे ।
“यसमा व्यक्तिगत सम्बन्धको कुरा छैन, बाराक” उनले भने, “तपाईंलाई थाहा छ, टम हाइनेस र मेरो चिनजान भएको पचास वर्ष भयो । हामी एउटै वस्तीमा हुर्केको । हामीले एउटै चर्चमा प्रार्थना गरेको । मैले उसलाई बच्चैदेखि कसरी हुर्किदै आएको भनेर देखेको छु । मैले उनलाई कुरा बुझें भने–
“उनी सिनेटमा गैसकेपछि उनको स्थानका लागि प्रतिस्पर्धा गर, मेरो कुरा कस्तो लाग्यो ?”
मैले मेरा स्टाफलाई ९ब्ँ र ब्क्ष्इ को समर्थन पाउँदैनौ भनेर भनें । तर फेरि परिस्थितिले साथ दिंदै आयो । ठूला–ठूला सेवाग्राही श्रमिक युनियनहरु शिक्षकहरुको फेडेरेसन तथा कपडा कारखाना, होटेल र खाधसेवाको प्रतिनिधित्व गर्ने– का धेरै नेताहरुले मलाई समर्थन गरे । त्यो समर्थनले मेरो चुनावी अभियानलाई ठूलो वजन प्रदान ग¥यो । उनीहरुको यस्तो कदम जोखिमपूर्ण थियो । मैले हारेको भए यी युनियनहरुको सदस्यता र विश्वासनियतामा कमी आउनेवाला थियो । तसर्थ म ती युनियनप्रति आभारी छु । उनीहरुका नेताले मलाई फोन गरेमा उनीहरुलाई म तुरुन्त प्रत्युत्तरमा टेलिफोन गर्ने प्रयत्न गर्छु । मलाई यसो गर्नु भ्रष्ट काम हो भन्ने पक्कै लाग्दैन किनकि घरमा स्वास्थ्य सेवा पु¥याउने कामदार जसले न्युन ज्यालामा बूढाबूढीका कोपरा सफा गर्छन्– प्रति अनुग्रही हुनु बेठीक लाग्दैन । पैसा झिकेर विधार्थीका लागि रंग र किताब किनिदिने शिक्षकप्रति वफादार रहँदा केही बिग्रेजस्तो लाग्दैन । म राजनीतिमा प्रवेश गरेकै यस्तै व्यक्तिहरुको पक्षमा संघर्ष गर्न हो र उनीहरुका संघर्षका बारे सम्झाउने युनियन छ भन्दा मलाई खुसी लाग्छ ।
तर मेरा उनीहरु प्रतिका यस्ता कर्तव्यहरु मेरा अरु कर्तव्यहरुसँग कहिलेकाहीं मेल खाँदैनन् भन्ने मलाई थाहा छ– त्यो कर्तव्य भनेको पढ्न जान असमर्थ शहरका बच्चाप्रति वा जन्मनै बाँकी बच्चाप्रति हुन्छ । किनकि ती जन्मनुअघि नै तिनलाई ऋणको बोझ थुपारिसकेका छौं । तनावहरु देखिन लागिसकेका छन्– मैले कामका आधारमा शिक्षकको तलब निर्धारण गरेर यो उपाय परीक्षण गर्न प्रस्ताव गरेको छु र कमभन्दा कम उर्जा प्रयोग गर्न आग्रह गरेको छु । मलाई के भन्न मनलागेको छ भने म विषयहरुलाई गुण दोषका आधारमा मूल्यांकन गर्छु ।
मलाई आशा छ मेरा रिपब्लिकन प्रतिद्वन्द्वीले पनि नयाँ कर नलगाउने प्रतिबद्धता वा स्टेम सेल अनुसन्धान ९क्तझ अभिि चभकभबचअज ० को उनको विरोधलाई पनि गुण–दोषको कसीमा राखेर हेर्नेछन् । अर्थात् उनका समर्थकले जे भने पनि देशको हितमा सोच्नेछन् भन्ने मलाई आशा छ । मलाई आशा छ म मेरा युनियनका साथीहरु सँग भेटेर मेरो अडानको अर्थ के हुन्छ भनेर अथ्र्याउन सक्छु ।
तर मलाई आशंका छ युनियनका नेताले मेरा कुरा त्यसरी लिने छैनन् । बेलाबेलामा उनीहरुले मैले धोका दिएको बताउनेछन् । उनीहरुले आफ्ना सदस्यलाई भन्नेछन् –ओबामाले तिमीहरुलाई बेच्यो । मलाई त्रूmद्ध इमेलहरु र त्रूmद्ध टेलिफोन कलहरु आउनेछन् । उनीहरुले मलाई दोश्रो पटक समर्थन नगर्न सक्छन् ।
यदि तपाईंलाई धेरैपटक यस्तो भएमा तपाईंंका मतदाता रिसाउनाले तपाईंले चुनाव हार्नुहुन्छ र तपाईंलाई प्रमुख चुनौती दिने उम्मेदवारले देशद्रोहीको आरोप लगाउने छन् । तपाईं उनीहरुका आरोप सामना गर्न नसक्ने अवस्थामा पुग्नुहुन्छ ।
त्यस्तो अवस्थामा तपाईंले आफैंलाई सोध्नुहुन्छ तपाईंको विवेकले के भन्छ ? तपाईं के– “विशेष चासोहरु” को प्रतिनिधित्व गर्ने यी युनियनको पञ्जाबाट मुक्त हुने कि आफ्ना मित्रहरुलाई विसर्जन गरिदिने ? उत्तर स्पष्ट छैन । त्यसैले तपाईं प्रश्नावली भर्दा आप्mनो एजेण्डाबारे गम्भीर भएर सोच्नुहुन्न । तपाईं हुन्छ ९थ्भक० भन्ने बाकसमा चिनो लगाइदिनुहन्छ ।
ठूला दाताहरुको पञ्जामा परेका राजनीतिकर्मी वा स्वार्थ समूहका पञ्जामा परेका राजनीतिकर्मी– यी दुई विषय प्रायः राजनीतिक रिपोर्टिङका स्थायी विषय हुन् । हाम्रो प्रजातन्त्रमा के कमजोरी छन् भन्ने प्रत्येक विश्लेषणमा यी कुरा दोहोरिन्छन् । तर आप्mनो पद जोगाउन मात्र चिन्तित राजनीतिकर्मीलाई तान्ने र घचेट्ने तेश्रो शक्ति पनि हुन्छ, त्यो शक्तिले राजनीतिक बहसको प्रकृतिलाई दिशानिर्देश गर्छ । चालीस वा पचास वर्ष अघि त्यो शक्ति भनेको पार्टीको संरचना हुन्थ्यो ः ठूला शहरका हाकिमहरु, पार्टीका ठूलाहरु, वाशिंटनको शक्ति प्रयोग गर्ने दलालहरु जसले एउटा राजनीतिकर्मीको करिअर ९ऋबचभभच० एउटै टेलिफोनबाट ध्वस्त गर्न सक्थे । हिजोआज, त्यो शक्ति मिडिया हो ।
एउटा असहमतिको कुरा राखौं ः तीन वर्षसम्म, मैले सिनेटका लागि उम्मेदवारी दिएको बेलादेखि सिनेटर भएको एक वर्ष बित्दा मैले असामान्य रुपमा सकरात्मक मिडिया कभरेज ९ऋयखभचबनभ० पाएँ । यस्तो हुनुमा सिनेटका लागि भएको प्राइमेरीमा मैले धेरै राम्रो मत नपाएर पनि सिनेटरमा विजयी हुनु वा म अश्वेत भएर पनि हो । शायद मेरो विचार व्यक्त गर्ने तरिकाले पनि यसो भएको हुनुपर्छ किनभने मेरो बोल्ने शैली बढी शब्दजालपूर्ण छ जुन शिक्षित समूहमा सकरात्मक दृष्टिले हेरिन्छ ।
तर मेरा बारेमा नकरात्मक समाचार प्रकाशित हुँदा पनि मलाई आलोचना गर्ने रिपोटरहरु बिना छलकपट प्रस्तुत भएका छन् । उनीहरुले मेरा कुराकानीहरु टेप गरेका हुन्छन्, मेरा भनाइको भूमिका स्पष्ट पार्न कोसिस गरेका हुन्छन् । र, आलोचनापछि मसँग प्रतिक्रिया समेत मागेका छन् ।
त्यसैले व्यक्तिगत रुपमा मेरा गुनासो गर्नुपर्ने कुनै कारण छैन । तर त्यसो भन्नुको मतलब मैले प्रेसलाई उपेक्षा गर्न सक्छु भन्ने पनि छैन । मेरो बारेमा म भएभन्दा पनि राम्रो रुपमा प्रेसले प्रस्तुत गरिदिएकैले पनि मलाई के लाग्छ भने त्यसै गरी मलाई नकरात्मक रुपमा पनि देखाइन सक्छ ।
साधारण गणितीय तथ्यांकले यस कुराको पुष्टि गर्दैनन् । मैले सिनेटर भएपछि पहिलो वर्ष भाग लिएका उनन्चालीस टाउन हल मिटिङमा प्रत्येकमा औसत चारदेखि पाँच सय मानिसहरु उपस्थित हुन्थे । त्यसको मतलब मैले वर्षभरिमा जम्मा जम्मी पन्ध्रदेखि बीस हजार मानिस भेटें । मैले बाँकी कार्यकालभरि यही गति कायम राखेमा मैले अर्को चुनावको मिति आउनलाग्दासम्म पन्चानब्बेदेखि एक लाखसम्म मानिससँग प्रत्यक्ष, व्यक्तिगत सम्पर्क स्थापना गर्न सक्ने थिएँ ।
यसको तुलनामा शिकागोको सबैभन्दा तल्लो तहको एउटा रेडियोबाट प्रसारित खबरले दुई लाख मानिसलाई समेट्न सक्छ । अर्को शब्दमा भन्नुपर्दा, म – संघीय तहका अरु राजनीतिकर्मी झंै– मेरा निर्वाचन क्षेत्रमा पुग्न पूरै समाचार माध्यममा भर पर्छु ।
समाचार माध्यम एउटा फिल्टर हो जसका माध्यमबाट मेरा मतहरुको विश्लेषण, मेरा अभिव्यक्तिहरु र मेरा विश्वासहरुको विश्लेषण हुन्छ । वृहत् जनताको नजरमा मिडियाले मेरो बारेमा जे भन्छ म त्यही हुन्छु । मिडियाले भन्छन् मैले भनेको त्यही हो भन्ने बुझिन्छ । उनीहरु ले मलाई जे बनाएर प्रस्तुत गर्छन् जनसाधारणको नजरमा म त्यही हुन्छु ।
हाम्रो राजनीतिमा समाचार माध्यमको प्रमुख धेरै तरिकाले पर्छ । हिजोआज मेरो सबैभन्दा बढी ध्यान तानेको कुरा भनेको निर्लज्ज रुपले संकीर्ण प्रेसको विकास नै हो ? रेडियो बहसहरु, फक्स न्यूज ९ँयह ल्भधक० अखबारका सम्पादकीयहरु र हालसालै देखापरेका ब्लगहरु ९द्ययिन०, जसबाट हप्ताका ः सातै दिन चौबीसै घण्टा आरोपहरु, प्रत्यरोपहरु, फाल्तु गफ र अश्लील व्यांग्यहरुको आदान प्रदान हुन्छ । अरुहरुले पनि थाहा पाएकै छन्, दृष्टिकोण व्यक्त गर्ने यस्तो पत्रकारिता नयाँ छैन । कुनै कुनै अर्थमा विलियम ¥यान्डोल्फ हिस्र्ट र कर्नेल म्याक्कोर्मिक जस्ता प्रकाशकले भरणपोषण गरेको समाचारलाई प्रस्तुत गर्ने तरिकासँग मिल्दोजुल्दो छ । तर दोश्रो विश्वयुद्धपछि तथ्यपरक ओझेलमा परेको थियो ।
तथापि आजसम्म पनि राजनीतिक संस्कृतिलाई टि.भी. र इन्टरनेटले बढाई चढाइ गर्ने होहल्लाले धमिलो पार्न छोडेको छैनन् । यस्ता क्रियाकलापले मानिसलाई उत्तेजित बनाउने र अविश्वास पैदा गर्ने काम गर्छन् । र, हामी राजनीतिकर्मीले स्वीकारौं वा नकारांै, लगातार अरुप्रति गरिने निन्दाले उसको आत्मादेखि नै असर पार्छ उसको जाँगरलाई र जोशलाई खियाउँछ । तर धेरैजसो भद्धा व्यंग्यहरुलाई तपाईं वेवास्ता गर्न सक्नुहुन्छ । यदि रुस लिम्बफ ९च्गकज ष्दिबगनज० का श्रोतालाई उसले मलाई ओसामा ओबामा ९इकबmब यदबmब० भनेको रमाइलो लाग्छ भने रमाइलो गर्न दिनुस् तर रुसभन्दा बढी अभ्यस्त व्यंग्यकारले तपाईंलाई डस्न सक्छन् किनकि उनीहरु बढी लोकप्रिय हुन्छन् र तपाईंका शब्दमा यति कुशलतापूर्वक आक्रमण गर्छन् कि तपाईंलाई मूर्ख प्रमाणित गरिदिन्छन् ।
उदाहरणको रुपमा नयाँ लिड्ढन प्रेसिकेन्सियल पुस्तकालयको उद्घाटन समावेशमा म उपस्थित भएको थिएँ । जसमा मैले अब्राहम लिड्ढन त्यति प्रभावशाली हुनुमा उनको मानवतावाद तथा उनका अपूर्णताहरुको समेत हात रहेको बताएको थिएँ । “गरीबीबाट लिड्ढन माथि उठेकाबाट” मेरो भनाइ थियो,” उनको स्वाध्यन र कानुन तथा भाषाको श्रेष्ठ ज्ञानबाट, बारम्बारका पराजय र व्यक्तिगत हण्डरबाट हामीले अमेरिकी चरित्रको एउटा आधारभूत तत्व बुभ्mन सक्छौं, त्यो भनेको हाम्रा महान् उद्देश्यहरुको पूर्तिका लागि हामी आफूलाई निरन्तर परिवर्तन गर्न सक्छौं ।”
केही महिनापछि, लिड्ढनका बारे उसले निकाल्न लागेको विशेष अंकका लागि एउटा निबन्ध लेखिदिन टाइम ९त्ष्mभ० म्यागेजिनले मलाई आग्रह ग¥यो । मलाई नयाँ कुरा लेख्न समय थिएन, त्यसैले पत्रिकाका सम्पादकलाई मेरो त्यही वक्तव्य स्वीकारयोग्य हुन सक्छ भनेर सोधें । उनीहरुले त्यसलाई स्वीकार गरे तर त्यसमा थोरै मेरा व्यक्तिगत भावना समेट्न आग्रह गरे– जस्तै लिड्ढनले मेरो जीवनमा पारेको प्रभाव । मिटिङहरुकै बीचको समयमा मैले त्यो वक्तव्यमा अलिअलि परिवर्तन गरें । तीमध्येको एउटा परिवर्तन माथि उदृत भनाइमा थियो । त्यसलाई अब यसरी परिवर्तन गरिएको थियो,” गरिबीबाट लिड्ढनको मुक्तिले व्यक्तिगत जीवनका हण्डरहरु र पटकपटकका पराजयबाट अविचलित रहने उनको गुणले मलाई मेरो जीवनका संघर्षमात्र सम्झना गराउँदैनन्, अरुहरुको जीवनका संघर्षको समेत सम्झना गराउँछन् ।”
मेरो लेख प्रकाशित हुनेवित्तिकै रोनाल्ड रेगनको कार्यकालमा रेगनका निम्ति भाषण लेखिदिने काम गरेकी मेगी जूजनज्ले मेरो लेखको विश्लेषण गरिन् । सरकारी घमण्ड भन्ने शीर्षकको उनको लेखमा उल्लेख थियो, “पहिले निकै होसियारीपूर्वक अभिव्यक्ति दिने सिनेटर बाराक ओबामा यसपटक पखेटा फिंजाएर टाइम म्यागजिनमा उदाएका छन् र आफूलाई अब्राहम लिड्ढनभन्दा राम्रो व्यक्ति भनेका छन्” उनले अझ लेखिन् “बाराक ओबामाको बायोडाटामा कुनै त्रुटि छैन । यो नीचस्तरको व्यक्तिको बायोडाटा होइन । तर त्यो लिड्ढन जतिको महान् व्यक्तिको बायोडाटा पनि होइन । तर उनले आफूलाई लिड्ढन जस्तै भएको गफ दिन्छन् भने उनको बायोडाटा पनि लिड्ढनकै जस्तो बन्ला ।”
पेगी नून्सले मैले आफूलाई लिड्ढनसँग तुलना गरेको भनेर साँच्चै बुझेकी हुन् वा भद्र तवरले मेरो छाला काड्न चाहेकी हुन् भनेर बुझ्न मलाई गाह्रो भएको थियो । पत्रिकामा आउने आलोचनाहरुका तुलनामा यो धेरै नरम थियो । यसपछि मैले मेरा अनभवी सहकर्मीहरुले भनेको कुरा सम्झें– मेरा प्रत्येक अभिव्यक्तिहरुको सूक्ष्म तरिकाले अध्ययन हुन्छ, थरिथरिका विद्वानले तिनको तीखो विश्लेषण गर्छन्, थरिथरि तरिकाले तिनको व्याख्या गर्छन् र ती अभिव्यक्तिलाई संभाव्य त्रुटि, भन्न नमिल्ने कुरा वा विरोधाभाष पाउने उद्देश्यले मिहिन रुपमा केलाइन्छ । यस्ता त्रुटि देखापरेमा विपक्षी पार्टीले तिनै त्रुटिलाई प्रचार प्रसार गर्न त्ख् विज्ञापन बनाउँछन् । वर्षौंसम्म देखि कायम खराब नीतिलाई भन्दा राम्रोसँग सोचविचार नगरी दिइएको एउटा अभिव्यक्तिको बढी प्रचारप्रसार गरिने वातावरण बुझेपछि मलाई ठट्यौलीलाई गम्भीरतापूर्वक केलाइने, व्यंग्यलाई शंकाको दृष्टिले हेरिने, जोशलाई अति खतरनाक ठानिने क्यापिटल हिलको परिपाटीले यसलाई आश्चर्यमा पारेन । एउटा राजनीतिकर्मीलाई यस्तो वातावरणसँग घुलमिल हुन कति समय लाग्ला भनेर म सोच्ने गर्छु । कति समयपछि एउटा राजनीतिकर्मीले सधैं पत्रकार र सम्पादकहरुलाई दिमागमा राखेर बानी पर्छ भनेर सोच्छु ।
अर्थात् कति समयअघि तपाईं एउटा राजनीतिकर्मीले झैं नापतौल गरेर बोल्न जान्नुभयो ?
मैले अर्को पाठ पनि सिकें । नूनको स्तम्भ प्रकाशित हुनेवित्तिकै यो इन्टरनेटमार्फत् तीब्र गतिमा फैलियो । प्रत्येक दक्षिणपन्थीका वेभसाइटले मेरो भनाइलाई म घमण्डी र सतही कुरामात्र बुझ्ने स्वाँठ भनेर प्रचार गरे । ती इन्टरनेट वेभसाइटमा नूनले छानेको उद्धरणमात्र समावेश गरिएको थियो । यस अर्थमा त्यस घटनाले आधुनिक समाचार माध्यमको एउटा खतरनाक पक्षलाई उजागर गरेको छ कसरी एउटा सानो किस्सालाई प्रकाशको गतिमा इन्टरनेटबाट फैलाइदिंदा त्यही किस्सा ठोस वास्तविकता बन्न पुग्छ भन्ने यसले देखाउँछ ।
उदाहरणको लागि, हामी डेमोक्र्याटहरु “कमजोर” छौं र केही कुराको पनि प्रतिनिधित्व गर्न सक्दैनौ भनेर भनिन्छ । अर्कातिर मिडियाले रिपब्लिकनलाई “मजबुत” बनाएका छन् र जतिपटक निर्णय परिवर्तन गरे पनि जर्ज डब्लु. बुसलाई निर्णय लिन सक्ने भनेर प्रचार गरेका छन् । यदि प्रेसको यो धारणा विपरीतको वक्तव्य हिलारी क्लिन्टनबाट आयो भने त्यो वक्तव्य धूर्त हुन्छ तर जोन मेकेनले आप्mनो पार्टीको धारणाभन्दा छुट्टै वक्तव्य दिए भने त्यो उनको स्वतन्त्रताको घोतक हुन्छ । एकजना विश्लेषकको दृष्टिमा मेरो नामको अगाडि “उदीयमान राजनीतिकर्मी”
राखिनु सुहाउँदो हुन्छ तर नूनको लेखले मलाई छुट्टै व्यक्ति बनाएको छ ः वाशिंटनमा छिरेको अपरिपक्क मानिसको कृया जो त्यहाँ गएपछि आफ्नो बुद्धि विवेक गुमाउँछ किनकि त्यहाँ मिडियाले उसलाई लोकप्रिय बनाउँछ र अन्त्यमा ऊ कि त धूर्त कि त संकीर्ण बन्छ । राजनीतिकर्मीहरु र तिनका पार्टीको संयन्त्रले यस्ता कथाहरुलाई भरणपोषण गरिराखेको हुन्छन् । विगतको केही चुनावी प्रक्रियाहरुमा रिपब्लिकनहरु यसो गर्न डेमोक्र्याटभन्दा बढी नै खप्पिस देखिएका हुन् । यस्ता विकृतिले स्थान पाइराख्नुको कारण मिडियाले यसको संरक्षण गर्नु नै हो । वाशिंटनका प्रत्येक रिपोर्टर सम्पादकहरु र निर्माताहरुको दवावमा काम गरिराखेका हुन्छन् । सम्पादकहरु प्रकाशकहरुको दवावमा हुन्छन्, प्रकाशकहरु, गतसाताको बिक्री वा गतवर्षको बिक्रीदरलाई केलाएर प्लेस्टेशन र रियालिटी टि.भी. ९एबिथकतबतष्यल बलम चभबष्तिथ त्ख्० को बढ्दो लोकप्रियता बीच आफू कसरी बाँच्ने भनेर सोचिराखेका हुन्छन् । समय सीमा पालना गर्न, बजारको आफ्नो अंश कायम राख्न र टि.भी.मा समाचार दिइराख्न पत्रकारहरु हुलका हुल संसद भवन आउँछन् एउटै प्रेस विज्ञप्तिलाई थरीथरी तरिकाले विश्लेषण गर्छन् । साथसाथै कहिलेकाँही मात्र समाचार हेर्न भ्याउने व्यस्त दर्शकका लागि पुरानो भइसकेको बढाइचढाई गरेर बुनिएका कथा पनि पूरै अप्रिय हँुदैन । यस्तो कथा बझ्न हामीलाई समय वा बुद्धि लगाइरहनु पर्दैन । त्यसैले यस्ता झुटा कथाहरु पत्याउन सबैलाई सजिलो हुन्छ । यस्ता कथामा हुने यही सरलताले गर्दा होला एकदमै नैतिकवान संवाददाताहरुले पनि वस्तुपरकताका नाममा बहसमा विभिन्न पक्षहरुका दृष्टिकोण प्रकाशित गरिदिन्छन् । बहसमा कुन पक्ष ठीक हो भन्ने कुनै दृष्टिकोण नदिइकन यस्तो एउटा समाचारको नमुना यसप्रकार सुरु हुनसक्छ, “हालसालैका कर कटौतीका बाबजुद पनि ह्वाइट हाउसले बजेट घाटा सन् २०१० सम्म आधामात्र घटने जनाएको छ ।” त्यसपछि यो मुख्य वाक्यपछि ह्वाइट हाउसलाई आलोचना गर्ने उदारवादी विश्लेषकको दृष्टिकोण र ह्वाइट हाउसलाई समर्थन गर्ने एकजना कन्जर्भेटिभ विश्लेषकको दृष्टिकोण उद्दरण गरिएको हुन्छ । यी दुईवटा मध्ये कुनचाहिं विश्लेषकको दृष्टिकोण बढी भरपर्दो हो ? के पक्ष वा विपक्ष नलिई वस्तुपरक विश्लेषण गर्ने स्वतन्त्र विश्लेषकको दृष्टिकोण बढी भरपर्दो हो ? के पक्ष वा विपक्ष नलिइ वस्तुपरक विश्लेषण गर्ने स्वतन्त्र विश्लेषक छैनन् ? वास्तविकता बुझेको व्यक्ति को ? यस्ता विवरणहरु दिने फुर्सद रिपोर्टरलाई हुँदैन ? उसको समाचार आलेख कर कटौतीका फाइदा वा बजेट घाटाका खतराभन्दा पनि पार्टीहरु बीचको विवादमा केन्द्रित हुन्छ । त्यो समाचारको केही अनुच्छेद पढेपछि पाठकले रिपब्लिकन र डेमोक्र्याट फेरि नचाहिंदो विवाद गरिराखेको निष्कर्ष निकाल्छ र पत्रिकाको खेलकुद पेजतिर पल्टाउँछ, किनकि त्यस पेजमा कसले जित्यो वा हा¥यो भन्ने नतिजा सरल अंकमा दिइएको हुन्छ ।
वास्तवमा, एकअर्काप्रति विरोधभावपूर्ण प्रेस वक्तव्यहरुलाई पत्रकारले मनपराउनुको एउटा कारण पुरानो पत्रकारिताको ढाँचा हो– मतलब व्यक्तिगत टकरावलाई स्थान दिने । राजनीतिक शिष्टता विगत दशकमा घटेको छैन भन्न सकिदैन, पार्टीहरु बीच मुख्य मुद्दामा तीब्र मतभेद छैन भन्न पनि सकिदैन । तर पनि शिष्टाचारमा आएको केही ह्रास प्रेसका कारण पनि हो किनकि प्रेसको दृष्टिकोणमा शिष्टाचार पट्यारलाग्दो हुन्छ । यदि तपाईंले “मैले मेरा विपक्षीले भन्न खोजेको कुरा बुझें” वा “विषयवस्तु साँच्चै नै जटिल छ” भन्नु भएको छ भने यी भनाई उदृत हुँदैनन् । तपाईं अर्को पक्षलाई आक्रमण गर्न थाल्नुस्ः त्यसपछि क्यामेरा तपाईंतिर आफसेआफ सोझिन्छन् । बेलाबेलामा पत्रकार आफैं आफ्नो ठीक मागबाट बाहिर गएर परिस्थितिलाई उत्तेजित पार्छन्, यसरी प्रश्न गर्छन् कि त्यसबाट त्रूmद्ध प्रतिक्रिया आओस् । शिकागोमा मैले चिनेको एउटा पत्रकार उसले भन्न खोजेको उद्धरण मुखबाट निकाल्न यति खप्पिस थियो कि उसका अन्तर्वार्ताहरु मठाधीस ९ब्ददयत० र कोस्टेलो ९ऋयकतभििय० बीच हुने संवादसम्बन्धी कथाजस्तै लाग्थे । “हिजोको गभरनरको निर्णयबाट तपाईंले विश्वासघात पाएको महसुस गर्नुभएको छ ?” उसले मलाई सोध्थ्यो ।
“छैन । मैले गभर्नरसंग बातचीत गरेको छु र म यस कुरामा निश्चित छु कि हामी सत्रको अन्त्यसम्ममा हाम्रा मतभेद टुङ्गयाउन सक्छौं ।”
“बुझें, तर तपाईंले गभरनरबाट धोका खाएको महसुस गर्नुभयो ?”
“त्यो शब्द म प्रयोग गर्दिन । उनको दृष्टिकोण यो हो कि...”
“तर गभर्नरले त्यसो भन्नु धोका होइन र ?” अफवाहहरु, मतभेदहरुको बढाइचढाइ, कुचर्चा र नराम्रा कुराको खोजी– यी सबैले सत्यको मूल्यांकन गर्ने स्वीकृत मापदण्डको क्षयीकरण गर्छन् । न्यूयोर्कका पूर्व सिनेटर इयानिएल प्याट्रिक मोनिहान बारे मानिसहरुले एउटा गजबको कथा भन्छन् । मोनिहान एकचोटि एउटा विषयलाई लिएर आफ्नो एकजना सहकर्मीसंग तीब्र बहस गर्दै थिए । बहस गर्ने अर्का साथीले त्यसमा हार्ने देखेर भने, ”ठीक छ, तपाईं मसँग असहमत हुन सक्नुहन्छ ।” त्यो सुनेर मोनिहानले जवाफ दिए, ”तपाईं आफ्नो दृष्टिकोणमा प्रतिबद्ध हुन सक्नुहुन्छ तर तपाईंका आफ्नै तथ्यहरुप्रति इमान्दार हुनुहुन्न ।”
मोनिहानको भनाई अहिलेसम्म ठीक साबित हुनसकेन । किनकि हामीसँग वाल्टर क्रङकिट वा एडवार्ड आर मुरो ९भ्मत्रबचम च। mगचचयध० जस्ता सबैले असहमतिको टुङ्गो लगाउन भर पर्ने पूजनीय व्यक्तित्व छैनन् । मिडिया एकहजार टुक्रामा विभाजित छ, प्रत्येकको सत्यसम्बन्धीको आफ्नै दृष्टिकोण छ, प्रत्येकले विभाजित राष्ट्रको समर्थन आफूलाई छ भनेर दावी गर्छन् । तपाईंले कुन टि.भी. च्यानल हेर्नुहुन्छ, विश्वव्यापी वातावरण परिवर्तन खतरनाक ढंगले अगाडि बढेको छ वा छैन त्यसमै भर पर्छ ः बजेट घाटा बढ्दै वा घट्दै छ भन्ने पनि त्यसमै भर पर्छ । जटिल विषयवस्तुको रिपोर्टिङ हुँदा पनि यस्तै विभाजन देखिन्छ । सन् २००५ को सुरुमा न्यूजविक पत्रिकाले बन्दीहरु लाई दुव्र्यवहार गर्न गुआण्टानामो बन्दीगृहमा कुरानलाई ट्वाइलेटबाट बगाइयो भन्ने आरोपहरु प्रकाशित ग¥यो । ह्वाइट हाउसले त्यस कुरामा पटक्कै सत्यतता नभएको जिद्दी ग¥यो । आफूसँग ठोस प्रमाण नभएको र पाकिस्तानमा त्यस विषयलाई लिएर हिंस्रक पदर्शन भएपछि न्यूजविक आफंैलाई बलिदानी दिने खालको खण्डन छाप्न बाध्य भयो । धेरै महिनापछि, पेन्टागनले एउटा यस्तो रिपोर्ट प्रकाशित ग¥यो जसमा गुआन्टानामो बन्दीगृहका सिपाहीहरुले बन्दीहरुलाई प्रश्न गर्दा उनीहरुमाथि महिला सिपाहीले मासिक स्रावको रगत दलेकोजस्ता बहाना गरेको र कम्तीमा पनि एकपटक छ्यापेको भन्ने उल्लेख गरिएको थियो । त्यसदिन दिउँसो फक्स न्यूज ९ँयह ल्भधक० भन्ने च्यानलमा भनियोः “पेन्टागनले कुरानलाई ट्वाइलेटमा बगाएको प्रमाण फेला पारेन ।”
मलाई थाहा छ, तथ्यले मात्र सधैंभरि हाम्रा राजनीतिक विवादको छिनोफानो गर्दैनन् । गर्भपतनसम्बन्धी हाम्रो विवाद भ्रुणको विकासक्रमका तथ्यहरुले निर्धारण गर्दैनन् र इराकबाट सैनिक कहिले फिर्ता गर्ने वा नगर्ने भन्ने कुराको छिनोफानो सम्भाव्यतामा भर परेर गर्नुपर्ने हुन्छ । तथापि कहिलेकाहीं बढी ठीक र कम ठीक उत्तरहरु हुन्छन् । कहिले काहीं यस्ता तथ्यहरु हुन्छन् जसलाई उचाल्न सकिंदैन जस्तै पानी पर्दै छ वा छैन भन्ने विवाद बाहिर हेरेर छिनोफानो गर्न सकिन्छ । तथ्यहरुमा मोटामोटी सहमति बनेन भने प्रत्येक दृष्टिकोण उत्तिकै बलियो हुन्छ र त्यसले सहमतिको सम्भावना अन्त्य गराउँछ । यस्तै परिपाटीले सही मानिसलाई पुरस्कृत गर्ने छैन, तर सबैभन्दा बढी होहल्ला गरेर आप्mना तर्कहरु राख्नेलाई मात्र सघाउँछ । आजका राजनीतिकर्मीले यो कुरा बुझेका छन् । उसले झुटो नबोल्ला तर उसलाई साँचो बोल्नेको निम्ति कुनै पुरस्कार छैन भन्ने थाहा छ, खासगरी सत्य जटिल भएको अवस्थामा । सत्यले आतंक सृजना गर्नसक्छ ः सत्यमाथि आक्रमण हुनसक्छ ः
सबै तथ्य केलाउने धैर्य मिडियालाई हुँदैन त्यसैले जनसाधारणले सत्यता र झुट बीचको भिन्नता थाहा नपाउन सक्छन् । तथापि राजनीतिकर्मीले आप्mनो व्यक्तिगत प्रतिष्ठा कायम गर्न पनि आफूले देखेको जे सत्य छ त्यसैमा अडिग रहन सक्छन् । तर उनले त्यसो गर्दा आफ्ना अडानमा विश्वास गर्नु आफूलाई मिडियामा प्रस्तुत गरिने छविभन्दा पृथक भएमा त्यस्तो अडान कम महङ्खवपूर्ण हुने भन्ने उनलाई थाहा हुन्छ ः अर्थात् सोझो बताएको कुरा टि.भी.ले पनि नबङ्गाई देखाइदिएनन् भने सत्य बोलेको केही अर्थ हुँदैन ।
मैले देखेअनुसार के भन्न सक्छु भने अनगिन्ती राजनीतिकर्मीले यी बाधाहरु लाई छिचोलेर आफ्नो निष्ठालाई अखण्ड राख्न सफल भएका छन्, यस्ता राजनीतिकर्मीहरु चुनाव अभियानको खर्च भ्रष्टाचारमा नफसी उठाउन सक्छन्, चुनावी समर्थन विशेष स्वार्थ समूहहरुको पन्जामा नपरी उठाउन सक्छन् र मिडियाको ध्यान आफ्नोपना नगुमाइकन आफूतिर आकर्षित गर्न सक्छन् । तर अन्त्यमा एउटा यस्तो तगारो आउँछ तपाईंले वाशिंटनमा निर्वाचित भएर पुगेपछि पन्छाउनै सक्नुहुन्न । त्यो तगारोले तपाईंको निर्वाचनका क्षेत्रका धेरै मानिसहरुलाई तपाईंसँग रुष्ट बनाउँछ– त्यो तगारो भनेको कानुन पारित गर्ने वा विधायकी प्रक्रिया हो ।
मैले एकजना पनि विधायक चिनेको छैन जो आफूले कानुन पारित गर्नुपर्ने बेला गर्ने मतदानप्रति गम्भीर चिन्तित नभएको हुन् तर कुनै बेला कुनै कानुन स्पष्टतः उचित हुन्छ जसका लागि आन्तरिक बहस नै आवश्यक पर्दैन ९ग्।क्। सरकारले यातना दिन नपाउने गरी कानुन संसोधन गर्न जोन मेकेनले ल्याएको प्रस्तावको सम्झना मलाई आउँछ) ।
अरु बेला कुनै विधेयक यति स्पष्ट एकपक्षीय हुन्छ वा यति बेला तपाईं त्यो विधेयक प्रस्तुतकर्ताले बहसको बेला के मुखले बोल्लान् भनेर सोच्न थाल्नुहुन्छ ।
तर धेरैजसो चाहिँ कानुन बनाउने कुरा जटिल हुन्छ, यो सयौं साना ठूला सम्झौताको फलस्वरुप आउँछ । सिनेटमा गएपछिका पहिला केही महिना त्यहाँ प्रस्तुत विधेयक पढेपछि मैले सामना गर्नुपरेको तथ्य के हो भने ती विधेयकको पक्ष वा विपक्षमा मतदान गर्नु पछुतोमात्र हुनेछ किनकि तिनमा मूलभूत कुरा स्पष्ट रुपमा व्यक्त गरिएको थिएन । मैले उर्जाका वैकल्पिक स्रोतमा जोड दिने र यथास्थितिमा सुधार ल्याउने उर्जा विधेयकका पक्षमा भोट दिनु ठीक थियो त ? तर तयसले अमेरिकाको विदेशी तेलमाथिको निर्भरता घटाउन त अपर्याप्त नै हुन्थ्यो । मैले सफा हावासम्बन्धी कानुन (ऋभिबल बष्च बअत० का पक्षमा भोट दिंदाचाहिं के हुने ? त्यसले कुनै क्षेत्रमा कडा नियमहरु लागु गर्ने र कुनैमा नियमहरु फितलो बनाउने प्रस्ताव गरेको थियो । यदि त्यो विधेयकले प्रदुषण वृद्धि गर्छ तर सफा कोइला सम्बन्धी प्रविधिलाई लगानी गर्छ जसले गर्दा इलिनोइस राज्यको गरीब क्षेत्रमा रोजगारी सृजना गर्छ भने त्यसको पक्ष वा विपक्ष लिने ?
धेरैपटक मैले प्रमाणहरुको मिहिन अध्ययन गर्नुप¥यो । फाइदा वेफाइदा केलाउनु प¥यो, सीमित समयका बाबजुद पनि । त्यस बेला मेरा स्टाफले विधेयकसम्बन्धी धारणा दिन फोन गर्नेहरु र इमेल गर्नेहरु पक्ष÷विपक्षमा बराबर भएको अवगत गराउँथे । त्यसैले मत हाल्ने समय नजिकिंदै जाँदा पचास वर्षअघि साहसका पाश्र्वचित्र (एचयाष्भिक ष्ल अयगचबनभ० भन्ने शीर्षकको जोन एफ. केनेडीले लेखेको किताब सम्झन्छु ः
केही सिनेटरहरुले विधेयकमा भोट दिने रोल बोलाउँदा अन्तिम निर्णयको त्रास सामना गर्छन् । उनलाई बढी समय भएको भए हुन्थ्यो । जस्तो लाग्छ– दुवै पक्षले भन्नुपर्ने कुराहरु बाँकी नै छन् जस्तो लाग्छ– सानो संसोधनले पनि सबै अप्ठ्यारा हटाउने जस्तो उनलाई लाग्छ– तर जब उनको पालो बोलाइन्छ, उनी लुक्न पाउँदैनन्, उनले एक पक्ष लिनै पर्छ, उनले विलम्ब गर्न सक्तैनन् र त्यस बेला उनको निर्वाचन क्षेत्रले उनको डेस्कबाट, आप्mनो राजनीतिक भविष्यलाई नै दाउमा राखेर भोट हाल्दा, तँ फेरि कहिल्यै निर्वाचित हुने छैनस् भनेर एड्गर एलान पो ९भ्मनबच बििबल उयभ को कविताको काग ९च्बखभल० ले भनेजस्तै भनिरहेको जस्तो लाग्छ ।
यो सुन्दा नाटकीय लाग्न सक्छ । तथापि, कुनै विधायिका, राज्य वा संघ यस्ता कठीन घडीबाट मुक्त छैनन् ।– र त्यो घडी शक्तिमा नभएको दलका लागि झनै खराब हुन्छ । बहुमत दलको सदस्यका नाताले कुनै पनि विधेयकमा तपाईंले विधेयक प्रस्तुत हुनुअघि नै आप्mनो केही कुरा समावेश गर्नु हुन्छ । समितिका अध्यक्षलाई तपाईंले आप्mनो निर्वाचन क्षेत्रमा ग्राह्य भाषा समावेश गर्ने वा विधेयक भाषाले आप्mनो क्षेत्रमा चिढ्याउने भए त्यसलाई फेर्न माग गर्नुहुन्छ । तपाईंले आप्mनो संसदीय दलको नेता ९ ःबवयचष्तथ भिबमभच० वा विधेयक प्रस्तोतालाई तपाईंंलाई मनपर्ने खालको सम्झौता नहुन्जेल विधेयक प्रस्तुत नगर्न आग्रह गर्न सक्नुहुन्छ । तर तपाईं अल्पमतको पार्टीमा हुनुहुन्छ भने तपाईंले यो सुविधा पाउनुहुन्न । सिनेटमा आउने प्रत्येक विधेयकमा तपाईंले पक्ष वा विपक्षमा भोट दिनैपर्छ किनकि तपाईंंलाई तपाईंं वा तपाईंका सहकर्मीले चाहेजस्तो न्यायसंगत सम्झौता हुने सम्भावना कम हुन्छ भन्ने ज्ञान हुन्छ । एकअर्काको विधेयकलाई जथाभावी समर्थन गर्न सहमतिमा विधेयकमाथि मतदान हुने यस युगमा कुनै पनि विधेयकमा जति धेरै खराब प्रावधान भएपनि तिनमा केही यस्ता प्रावधानहरु हुन्छन्– जस्तै हाम्रा सेनालाई शरीर कबच किन्न रकम उपलब्ध गराउन जसले गर्दा त्यो विधेयकको विपक्षमा जानै सकिदैन ।
बुसको पहिलो कार्यकालमा ह्वाइट् हाउस यस्ता विधेयक ल्याउन माहिर देखियो । बुसले प्रस्ताव गरेका पहिलो चरणको कर कटौतीको विधेयकलाई लिएर भएको एउटा छलफलले यस कुराको शिक्षा दिन्छ । त्यतिखेर कार्ल रोभ ९प्बच िचयखभ० ले राष्ट्रपतिको प्याकेजका लागि सम्मान समर्थन बटुल्न एकजना डेमोक्र्याट सिनेटरलाई ह्वाइट हाउसमा बोलाए । चुनावमा बुसले त्यो सिनेटरको क्षेत्र सजिलै जितेका थिए र त्यो जीतको एउटा कारण कर कटौती पनि थियो– त्यसैले पनि ती डेमोक्र्याट सिनेटर थोरै कर कटौतीको पक्षमा थिए । तथापि त्यहाँ पुगेपछि प्रस्तावित कर कटौती धेरै मात्रामा धनीको पक्षपोषण गर्ने देखेर उनी चिन्तित भए अनि त्यसमा केही सुधार गरेर प्याकेजलाई नरम बनाउन सुझाव दिए ।
“मैले भनेको परिवर्तनहरु गर्नुहा्ेस्” सिनेटरले रोभलाई भने, “त्यसो गर्नुभयो भने मैले मात्र होइन, तपाईंले सिनेटको सम्पूर्ण सत्तरी मत पाउने ग्यारेण्टी गर्छु ।”
प्रत्युत्तरमा रोभले जवाफ दिए, “हामीलाई सत्तरी भोट आवश्क छैन, एकाउन्न भोटमात्र आवश्यक छ ।”
रोभले ह्वाइट हाउसले ल्याएको विधेयक राम्रो नीति हो भनेर सोचेका वा नसोचेका हुनसक्छन् तर उनले राजनीतिमा विजयी को हो भनेर राम्रो चिनेका थिए । ती सिनेटरले कि त विधेयकको पक्षमा मतदान गर्नुपथ्र्यो नत्र उनी आउने चुनावमा रिपब्लिकनको तारो बन्ने निश्चित थियो ।
अन्त्यमा ती डेमोक्र्याटले अरु डेमोक्र्याटले जस्तै पक्षमा मतदान गरे, जुन मतले उनको गृह राज्यमा व्याप्त कर कटौतीसम्बन्धी त्यतिखेरको धारणालाई प्रतिबिम्बित गरेको थियो । यस्ता कथाले अल्पमतको दलले दुईपार्टीको समर्थक हुँदा झेल्नुपर्ने देखाउँछ । खासमा समाचार माध्यम त यो दुवै पार्टीलाई समर्थन गर्ने कुरा अर्थात् (द्यष्उयचतष्कबल) भन्ने शब्दप्रति धेरै आकर्षित छन् किनकि यो कुरा अमेरिकी संसद भवनसम्बन्धी प्रकाशित समाचारमा दोहोरिने पार्टीगत झिनाझपटी ९एबचतष्शबल दष्अपभचष्लन० का रिपोर्ट भन्दा पृथक हुन्छ ।
तथापि, असली रुपको द्विपार्टी समर्थनका लागि लेन–देनको इमानदार प्रक्रिया अपनाउनु जरुरी हुन्छ र सम्झौताको गुणको मापन भनेको यस्तो सहमतिले लक्ष्यलाई कति सघाउँछु भन्ने कुरामा भर पर्छ, सहमतिले स्कुल सुधार्न सक्यो वा सकेन वा बजेट घाटा कम गर्न सक्यो वा सकेन भन्ने कुरामा भर पर्छ । यसको मतलब बुहमतको पार्टी सहमतिको कसीले बाँधिन्छ, किनकि उसले इमानदारिताका साथ वार्तामा सहभागी हुनुपर्छ । यदि यी सर्तहरु पालना हुन सक्तैनन् भने यदि वाशिंटन बाहिरका कसैले पनि विधेयकमा चासो दिएनन् भने, कर कटौतीले ल्याउने घाटालाई दश खर्ब डलरभन्दा कमले घटाएर राखिएको छ भने बुहमतको पार्टीले आप्mनो विधेयकका लागि १००% समर्थन माग गर्छ । त्यसपछि उसले १०% छुट प्रदान गर्छ र यदि यो छुटमा विपक्षी पार्टी राजी भएन भने उसलाई विधेयक पारित गर्न “तगारो” बनेको भनी आरोप लगाउँछ । यस्तो अवस्थामा अल्पमतको दलका लागि द्वैपार्टी समर्थक ९द्यष्उबचतष्कबल० हुनु भनेको पूरै हार्नु हो । यद्यपि यस प्रक्रियामा सहमत भएर केही सिनेटरहरु बुहमत दलको प्यारा पात्र बन्न सक्छन्, “मध्यमार्गीको” दर्जा पाउन सक्छन् ।
आश्चर्य नमान्नुपर्ने कुरा के हो भने हिजोआज धेरै डेमोत्र्mयाट कार्यकर्ताहरु रिपब्लिकनका कुनै पनि कदमप्रति डेमोक्र्याट सिनेटर विरोधी हुनुपर्छ । भनेर जिकिर गर्छन् । चाहे ती कदम राम्रा नै किन नहुन्– किनकि उनीहरुको विचारमा रिपब्लिकनको विरोध गर्नु डेमोक्र्याटको सिद्धान्त हो । तर यस्ता कुनै पनि कार्यकर्ताहरुले बहुसंख्यक रिपब्लिकन भएको क्षेत्रमा कुनै पनि उच्च राजनीतिक ओहदाका लागि प्रतिस्पर्धा गरेका हुँदैनन् न त महंगा नकरात्मक टि.भी. विज्ञापनका तारो नै बनेका हुन्छन् । प्रत्येक सिनेटरले बुझेका हुन्छन् कि जटिल कानुनमा पक्ष वा विपक्षमा गरिएको मतदानलाई तीस सेकेन्ड लामो टि.भी. विज्ञापनमा दुष्ट देखाउन सजिलो हुन्छ । तर बीस मिनेटभन्दा कम समयमा त्यो भोटका अगाडि भएको सोचविचार र बहसका बारे बताउन असम्भव हुन्छ । प्रत्येक सिनेटरले के पनि बुझेको हुन्छ भने उसले एउटै कार्य अवधिमा हजारौं भोट खसाल्नुपर्छ । त्यसले गर्दा उसले आउने चुनावमा धेरै व्याख्या गर्नुपर्ने हुनसक्छ ।
मेरो चुनाव अभियानको सम्भवतः सबैभन्दा राम्रो सौभाग्य भनेको कुनै उम्मेदवारले पनि मेरो विपक्षमा टि.भी. विज्ञापन नदिनु हो । त्यो सिनेट प्रतिस्पर्धाका बखत सृजित अप्ठ्यारा परिस्थितिले गर्दा हो, मेरा विरुद्ध विज्ञापन गर्ने सामग्री नभएर होइन । मैले सिनेटका लागि प्रतिस्पर्धा गर्दा मैले मेरो राज्यको विद्यायिकामा काम गरेको सात वर्ष भइसकेको थियो, सात वर्षमध्ये छ वर्ष हामी अल्पमतमा थियौं र मैले हजारौंपटक अप्ठ्यारा विषयमा मतदान गरेको थिएँ । यतिखेरको साझा अध्यास नै भनौं रिपब्लिकनको राष्ट्रिय सिनेटर समितिले मेरो । विषयमा ठेली नै तयार पारेको थियो र मेरो आफ्नै टिमले पनि कस्ता किसिमका नकरात्मक टि.भी. विज्ञापन आउलान् भनेर आकलन गर्न मेरा सम्पूर्ण रेकर्डहरु मिहिन अध्ययन गरेको थियो ।
मेरो समूहले त्यति धेरै मैले गरेका गलत निर्णयहरु त फेला पारेन तर नकरात्मक विज्ञापनका लागि आवश्यक हुनसक्ने प्रशस्तै सामाग्री फेला पारेको थियो । मैले विधायिकामा छँदा हालेका एक दर्जन वा केही बढी यस्ता भोटहरु थिए जसलाई सन्दर्भबाट अलग गरेर प्रस्तुत गर्दा निकै खराब देखाउन सकिन्थ्यो । जब मेरा समाचार माध्यम सम्बन्धी सल्लाहकार डेभिड एक्सेलरडले एउटा मत सर्वेक्षणमा तिनको प्रभाव जाँचे, मेरो समर्थन दश अंकले तल गयो । अपराध नियन्त्रण सम्बन्धी एउटा विधेयकको पक्षमा मैले मतदान गरेको थिएँ तर त्यो विधेयक मेरो विचारमा अप्रभावकारी र गैरसम्वैधानिक थियो मत परीक्षणमा त्यसलाई “ओबामाले स्कुलमा लागुऔषध व्यापार गर्ने समूहमाथि सजाय घटाउने पक्षमा मतदान गरे भनेर लेखिएको थियो । त्यस्तै गर्भपतनको विरोध गर्नेहरुले ल्याएको एउटा अर्को विधेयक पनि थियो जो सतहमा तर्कसंगत नै देखिन्थ्यो यसले समयअगावै जन्मिने बच्चालाई जीवन बचाउन चाहिने कुराको वकालत गरेको थियो । तर यस विधेयकमा व्यक्ति भनेर बाहिर निकाले बाँच्न नसक्ने प्रारम्भिक अवस्थाका भ्रुणलाई पनि समावेश गरिएको थियो । यो विधेयकले त्यस अर्थमा अमेरिकी सर्वोच्च अदालतले गर्भपतन संविधान अनुसार छ भन्ने निर्णयलाई उल्ट्याइदिएको थियो । मत सर्वेक्षणमा, “ओबामाले जीवित जन्मिने बच्चाका लागि जीवन बचाउने उपचार इन्कार गर्ने पक्षमा मतदान गरे” भनेर लेखिएको थियो । मेरो रिमले तयार गरेको मत सर्वेक्षण प्रश्नावलीको पुछारमा राज्यको विधायिकामा हुँदा मैले, “यौन दुराचारीबाट हाम्रा बच्चाहरु जोगाउने” विधेयकको विरुद्धमा मतदान गरेको भनेर पनि लेखिएको थियो ।
“एकछिन” मैले डेभिडका हातबाट सूची खोसें । मैले दुर्घटनाबस त्यस विधेयकमा गलत बटन थिचेको थिएँ । मैले विधेयकको पक्षमा मतदिन चाहेको थिएँ र तुरुन्तै आधिकारिक रेकर्डमा गल्ती सच्याउन लगाएको थिएँ ।”
डेभिड मुस्काए । “यदि रिपब्लिकनले विज्ञापन बनाए भने त्यो आधिकारिक रेकर्ड उल्लेख हुनेछन” । उनले मैले तानेको मत सर्वेक्षणको पाना आफैंले लिए । “मलाई पक्का विश्वास छ त्यो आधिकारिक रेकर्डले तपाईंले गरेको त्रुटिको सामना गर्न मद्दत गर्नेछ ।”
यदि यी कुराहरुलाई लिएर विज्ञापन बनाइएका भए के हुने थियो होला भनेर म कहिलेकाहीं सोच्छु, मैले चुनाव हार्थें या जित्थें भन्ने होइन प्राइमेरी चुनाव सकिंदा म रिपब्लिकन प्रतिद्वन्द्वीभन्दा बीस अंकले अगाडि थिएँ । तर मतदाताले मलाई कसरी हेर्थे भन्ने हो र सिनेटमा प्रवेश गर्दा मसँग कति थोरै मतदाताको मात्र मत हुन्थ्यो भन्ने हो किनकि रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीका मेरा सहकर्मीहरु, उनीहरुका गल्तीको होहल्लाबीच उनीहरुका भनाइलाई बंग्याएर प्रस्तुत गरिएको र उनीहरुका मनासयलाई प्रश्न गरिएको चुनाव अभियानको पृष्ठभूमिसहित सिनेटमा प्रवेश गर्नु भएको थियो । उनीहरुको त्यस आगोमा पसेर फेरि न्वारन भयो ः यसपछि प्रत्येक मत खसाल्दा वा प्रत्येक प्रेस वक्तव्य निकाल्दा उनीहरुलाई त्यो आगोको रापले घरिघरि पोल्नेछ । राजनीतिक प्रतिस्पर्धामा हार्नेमात्र डर हुनेछैन । आफूलाई वाशिंटनमा पठाउनेको समर्थन र सद्भाव समेत गुमाउने डर हुनेछ ।
राजनीतिकर्मीहरु माथिका यी दवाबलाई कम गर्ने हाम्रो प्रजातन्त्रमा केही प्राविधिक अड्चनहरु छन् जसको संस्थागत परिवर्तनबाट मतदाता र तिनका प्रतिनिधिबीचको सम्बन्ध दरिलो बनाउन सकिन्छ । चुनाव क्षेत्र विभाजन गर्दा कुन पार्टीको बुहमत कहाँ छ भनेर विभाजन नगर्ने, एकैदिन रजिष्ट्रेशन गर्ने र सप्ताहान्तमा मतदान गर्ने हो भने बढी मतदाताले भाग लिने थिए – जति बढी मतदाताले भाग लिए त्यति नै बढी एउटा राजनीतिकर्मीको निष्ठाको पनि कदर हुन्छ । यदि चुनाव अभियानको खर्च सार्वजनिक स्तरबाट बेहोरिने भए वा रेडियो वा टि.भी. मा उनीहरु लाई निशुल्क समय उपलब्ध हुने भए पैसा उठाउनुपर्ने लगातारको झन्झट र स्वार्थ समूहको प्रभाव पर्ने थिएन । प्रतिनिधिसभा र सिनेटका नियमहरु परिवर्तन गर्ने हो भने अल्पमतका विद्यायकहरु शक्तिशाली हुने थिए, प्रक्रियामा पारदर्शिता आउने थियो, र बढी गहन रिपोर्टिङ हुने थियो ।
तर यी परिवर्तनहरु आफैं आउने होइनन् । प्रत्येक परिवर्तन ल्याउन शक्तिमा हुनेको दृष्टिकोण परिवर्तन हुनुपर्छ । ती परिवर्तनका लागि प्रत्येक राजनीतिकर्मीले हाल कायम रहेको राजनीतिक प्रणालीलाई चुनौती दिनुपर्छ, उनीहरुले आफ्नै साथी र शत्रुसँग जनसाधारणलाई खासै चासो नभएका अमूर्त विषयमा परिवर्तन ल्याउन संघर्ष गर्न तयार हुनुपर्छ ।
अन्त्यमा भन्नुपर्दा, यसका निम्ति जे. एफ. केनेडीले अप्रेशनपछि आराम गरिरँहदा आप्mनो करिअरको सुरुमा परिभाषित गर्न खोजेको गुणको आवश्यकता पर्छ । त्यतिखेर उनलाई लडाइँमा आपूmले देखाएको बहादुरीबारे थाहा थियो तर उनी आप्mना अगाडि रहेका अरु ठूला चुनौतीहरुको आकलन गर्दै थिए । एक अर्थमा, तपार्इं जति बढी राजनीतिमा संलग्न हुनुहुन्छ उति नै बढी तपाईंलाई जोश आउँछ । तपाईंलाई के कुराको महसुस हुन्छ भने तपाईंले जे गरे पनि कोही न कोही तपाईंसँग रिसाउँछ नै । त्यस्तै तपाईंले जति सावधानी साथ मतदान गरे पनि (विधेयकहरुमा) तपाईंको निर्णयलाई कायरताको रुपमा लिइन्छ र तपाईंको साहसलाई सहज रुपमा लिइँदैन जति बढी राजनीतिमा रह्यो, अति नै लोकप्रियता घट्ने तथा शक्ति तथा पद र प्रचारको पछि लाग्दा महत्वाकांक्षाको दरिद्री व्यक्त हुने भएकोले म आफ्नै विवेकप्रति बढी जवाफदेही बन्दै जान्छु ।
र मेरो निर्वाचन क्षेत्रका मतदाताको कुरा गरौं । गडफ्रेमा भएको एउटा टाउन हल मिटिङ पछाडि एकजना वृद्ध व्यक्ति मकहाँ आउनुभयो र मैले इराक युद्धप्रति विरोध गरे पनि त्यहाँबाट सेना पूरा फिर्ता बोलाउन आह्वान नगरेकोमा आक्रोश व्यक्त गर्नुभयो । हामी बीच छोटो र सौहार्द वादविवाद भयो, जसका सिलसिलामा मैले भनें कि एक्कासि सबै सेना फिर्ता गर्दाखेरि देशमा पूर्णस्तरको गृहयुद्ध भई त्यो इराकबाट सम्पूर्ण मध्यपूर्वमा फैलन सक्छ । हाम्रो कुराकानीको अन्त्यमा उनले मसँग हात मिलाए ।
“मलाई अझै तपाईं गलत हुनुहुन्छ भन्ने लाग्छ,” उनले भने, “तथापि कम्तीमा तपाईंले यसबारे सोच्नुभएको त रहेछ । यदि मेरा सबै कुरामा तपाईं सहमत हुनुभएको भए मलाई तपाईंसँग बोल्न दिक्क लाग्दो हो ।”
“धन्यवाद ।” मैले भनें । जब उनी हिंडे, न्यायाधीश लुइस “प्रजातन्त्रमा, सबैभन्दा महङ्खवपूर्ण कार्य भनेको नागरिकका लागि गरिने कार्य हो ।”
बराक ओबामाको पुस्तक द अडासिटी अफ होपबाट