यस "स्मोक-किस्ड नामक "माटोको कलाप्रदश्ननले धुवाँलाइ प्रतिकको रुपमा समकालीन परिप्रेक्ष्यमा कला प्रस्तुत गरेको छ । यस प्रदशनले सिरेमिकको दार्शनिक र कलात्मक महत्त्वको उजागर गर्दछ र धुवाँको विषयवस्तुमा बाँधिएका कलाकारहरूको सरलता, सजगता, क्षणिकता र व्यक्तित्व र उनीहरूका यस कलाबाट अभिव्यक्त भएको छ । Chawan जापानी चियाका कचौराहरू हुन् जुन परम्परागत चिया समारोहहरूमा प्रयोग गरिन्छ (चानोयु वा चाडो) तिनीहरूको सरल र विशिष्ट विशेषताहरूका लागि परिचित रहेको धेरै शताब्दीहरूको समृद्ध इतिहासमा पनि पाइन्छ। यस सङ्ग्रहमा नौ कलाकारहरूका कलाहरू छन्, जसमा चिनियाँ सिरेमिकलाइ विभिन्न शैलीको रुपमा अभिव्यक्ति गरिएको छ। यस प्रदशंनले जापानी सिरेमिकलाई नेपालमा पनि परिचय गराइएको छ। धुवाँलाई माध्यमको रूपमा लिई कलाकरहरुले अभिव्यक्त गरेका छन् यसरी क्षणिक र अप्रत्याशित घटनाहरूको आन्तरिक सुन्दरतालाई जोड दिंदै, प्रत्येक सिरेमिक टुक्राको गहिराई, बनावट, र अक्साइड, ग्लेज, र स्लिप्स संग धुवाँ को प्रतिक्रिया संग मिलन गरि अनुपम कलाकारिता प्रस्तुत् गरेका छन् प्रदर्शनीबाट प्राप्त आम्दानी को 40% भ्रमण कोष राखी, कार्यशाला सञ्चालनको लागि आवश्यक सामग्री खरिद गरिने कार्यक्रम रहेको सो कुरा प्रदशनीकर्ताले बताएका छन्। लगभग लोप भैसकेको माटोका भाँडा प्रविधिहरू सिकेर चावन र समसामयिक सिरेमिक प्रविधिहरूको ज्ञान बाँड्न काठमाडौं उपत्यका बाहिर घुम्ने उद्देश्य पनि राखेको छ।