काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए ।सोअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका थिए ।
मन्त्रालय भागवण्डा प्रारम्भिक सहमतिकांग्रेस बढीमा ९ मन्त्रालयगृह, परराष्ट्र, ऊर्जा, शहरी विकास, स्वास्थ्य, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि, वन, पर्यटनएमाले बढीमा ८ मन्त्रालयअर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, युवा तथा खेलकुदसाना दलका लागि
४ मन्त्रालय
आज नियुक्तिको प्रक्रिया अघि बढे पनि प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहणको कार्यक्रम भने सोमबार बिहान ११ बजे रहेको छ ।