“तपस्वी रामबहादुर बम्जनमा ध्यानको जुन महान् क्षमता थियो त्यसबाट हामीले धेरै फाइदा लिन सक्थ्यौंं । हाम्रो एभरेस्ट र बुद्ध बाहेक संभवतः विश्वमा यति प्रचार भएको नेपालको सम्पत्ति रामबहादुर बम्जन नै थिए । हामीले उनलाई जोगाउन भन्दा पनि गलत मानिसको प्रभावमा आएर खत्तम पारिदियौं । रामबहादुर बम्जनको हातमा हत्कडी देखेर म अत्यन्त भावुक भएँ, बुद्ध बन्न हिंडेको एउटा निर्दोष बच्चालाई विदेशीको चंगुलमा परेका हामी, हाम्रो समाज र यो सिस्टमले अपराधी बनाइदियो । हामीले उनलाई जोगाउन किन सकेनौं । अमेरिकाले ओशो रजनीशको हातमा हत्कडी लाउँदाको दृश्य मेरो मनमा आयो । त्यो भिडियो मैले हेरेको थिए । हत्कडी लागेको ओशोको अनुहारमा चिन्ता थियो तर बम्जनको अनुहारमा मैले त्यो चिन्ता देखिन ।” पुण्य प्रसाईले भावुक हुँदै एक अन्तर्वार्तामा भनेका छन् ।
हामीले सन्दिप लामिछाने जस्तो प्रतिभा भर्खरै गुमायौं । उनी ८ वर्षमा जेलमा रहने छन् । अब राम बहादुर बम्जनलाई गुमाउँदैछौं । राम बहादुर बम्जनलाई कसरी फसाइँदैछ ? सम्पूर्ण जानकारीका लागि पुण्यप्रसाद प्रसाईको यो भिडियो हेर्नुहोस् ।