काठमाडौँ - मंसीर ४ को निर्वाचनमा यसपालि पुरानो शक्ति र नयाँ शक्ति बीच टक्कर हुने देखिएको छ । देशका हरेक युवाको चाहना वैकल्पिक शक्तिले चुनाव जितोस् भन्ने रहेको छ । काठमाण्डौ क्षेत्र नम्बर २ मा पुण्य प्रसाई र माधव नेपालको एकै दिन उम्मेद्वारी घोषणा भएको छ । अब २ नम्बरका जनताले महाकाली बेचुवा, एमसीसी पास गराउने र नागरिकता विधेयक ल्याएर नागरिकता बेच्ने माधव नेपाललाई जिताउँछन् कि सधै सडकमा यसको विरोधमा आवाज उठाउने पुण्य प्रसाईलाई हेर्न मंसीर ४ कुर्नुपर्ने छ ।काठमाडौँ निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार पुण्य प्रसाद प्रसाईँले जनताले भोट बदले आफूले देश बदल्ने बताएका छन् । स्वतन्त्र राजनीतिक शक्ति नेपालबाट उम्मेदवारी घोषण गरेका प्रसाईँले शुक्रवार आयोजित उम्मेदवार घोषणा सभामा बोल्दै यस्तो बताएका हुन् ।देशमा भ्रष्टाचारले सीमा नाघिसकेकाले अब भ्रष्टाचारीलाई फाँसीको सजाय हुने भन्दै वर्तमान राजनीतिको रणनीति ठिक नभएको र आफू सांसद भएपछि देशको सिमानामा भएका भ्रष्टाचार अन्त्य गर्ने दाबी गरेका हुन् ।देश र जनता प्रति आफू सधैँ चिन्तनशील भएको र आफ्नी आमा, नेपाल आमाको रक्षाका लागि सदैव लागि पर्ने बताएका छन् । ‘यो देशको भाग्य र भविष्य बदल्ने हो भने यस देशकामा सच्चा नागरिक हुन जरुरी छ, सबै नेपालीहरूले उच्च मनोबल बनाउन जरुरी छ ।’उम्मेदवार प्रसाईँले सदनमा उभिएर आफूले साँचो कुरा भन्न नडगमगाउने बताएका छन् । राजनीतिको खिल्ली उडाउने राजनीति बिचौलिया दलालहरूको अन्त्य गरी राजनीतिको नयाँ मुहार फेर्दे, देशलाई सखाप पार्ने भ्रष्टाचारी टुडीखेलमा लगेर कोर्रा हान्दै भ्रष्ट गरेको सम्पत्ति जफत गर्ने समेत बताएका छन् ।प्रसाईँले भने “भ्रष्टाचारको मुख्य स्रोत भनेको विदेशी अनुदान हो, नेपाली जनताको लागि आएको विदेशी अनुदानका लागि भ्रष्ट दलाल नेताहरू लुछाचुँडी गर्छन्, भ्रष्ट्राचारको योजना बनाउँछन् । विदेशबाट आएको योजना पुरा गर्न निश्चित समय तोकिएको हुन्छ तर पाँच वर्षको योजना पुरा गर्न पचिस् वर्ष लाग्छ । जस कारण विदेशबाट आएको अनुदान थपिएर दोब्बर हुन्छ । यसले देशको ऋण बढाएको छ । अब ऋण थपिने कार्य हुँदैन म देशलाई ऋण मुक्त बनाउने रणनीति बनाउँछु ।”यो देशको मुख्य जड भनेकै भ्रष्टाचार हो । त्यसैले भ्रष्टाचारको जरा उखेलेर देशका भ्रष्टाचारी भाइरसको अन्त्य गरी यो देशलाई सुन्दर, समुन्नत र आत्मनिर्भर बनाउनु जरुरी रहेको भन्दै आफ्नो उम्मेदवारीको खाँचो रहेको बताए ।शक्तिशाली र समृद्ध नेपाल, खुसी नेपाल नारा बनाएर उम्मेदवारी घोषणा गरेको प्रसाईँले आफू सांसद भएपछि स्वतन्त्र शक्तिले जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार, कृषि लगायत अन्य क्षेत्रमा नयाँ रणनीति बनाएर कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै उम्मेदवार प्रसाईँले नेपाली जनतालाई पार्टी बदल्नु पर्दैन केवल भोट बदल्नुस् हामी देश बदलेर देखाउँछौँ भन्दै आह्वान गरेका छन् ।, “विसं २०४६ सालयता नेपालमा भएका राजनीतिक परिवर्तनलाई आम मान्छेको आँखाबाट उपन्यास लेखिएको छ ।” समाजशास्त्री नारायणी देवकोटाले उपन्यासले आफ्नो पुस्ताको कथा भन्न सफल भएको बताए ।उनले भने, “देशको राजनीतिक परिवर्तनका रोचक कथा उपन्यासमा पाएँ । बाल्यकालदेखि समाजमा देखेका, भोगेका सामाजिक र राजनीतिक परिवर्तन र पात्रलाई उपन्यासमा उतार्ने प्रयास गरेको उल्लेख गरे ।