एक अमेरिकी सर्वेक्षणका अनुसार पुण्य प्रसाई र रमेश खरेलको टिमले वैकल्पिकहरुमा सबैभन्दा बढी मत ल्याएर प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने, गठबन्धनलाई नै नयाँ खतरा हालै अन्तराष्ट्रिय सर्वेक्षण संस्था ‘इलेक्सन इन्भेस्टीगेसन स्टडी अफ अमेरिका’को टोलीले नेपालमा ५ दिन बसेर गरेको सर्वेक्षण अनुसार यो वर्ष वैकल्पिक शक्ति बन्ने प्रयासमा राजनीति गरिरहेका पार्टी र स्वतन्त्र समूहले उल्लेखनीय मत प्राप्त गर्ने बताएमो छ । उक्त सर्वे टोलीले नेपालका प्रमुख शहरमा गरेको सर्वेक्षणका अनुसार रविको राष्ट्रिय पार्टीको भन्दा पनि बढी मत आमा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएको स्वतन्त्र राजनीतिक शक्तिले प्राप्त गर्ने देखाएको छ । यो समूहलाई बढाउने कार्य सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाई र सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले गरिरहेका छन् । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र नेपाल पार्टीले पनि उल्लेखनीय मत प्राप्त गर्ने भए पनि यसले आमा चुनाव चिन्हलाई उछिन्न नसक्ने सर्वेले देखाएको छ । सर्वे टोलीले विभिन्न स्थानमा पुगेर नागरिकसँग लिएको प्रतिक्रियाको आधारमा तयार गरेको रिपोर्टमा बताएको छ कि रविको पार्टीमा रविमात्र देखाउन सकिने कुरा छ । रविले जोडेका छन् तर विचारको अभाव भएकाले केवल रविले मतदातालाई जोडेर चुनावसम्म लान सक्दैनन् तर पुण्य प्रसाई र रमेश खरेलको स्वतन्त्र राजनीतिक शक्ति नेपालसँग सचेत नेपाली पार्टीले प्रतिपादन गरेको सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको देशै जोड्न सक्ने विचारधारा नै भएको र देशका समस्याको समाधान कसरी गर्ने ? भन्ने सबै प्रश्नको प्रगतिशिल र जनप्रिय उत्तर दिनसक्ने सचेत नेपाली पार्टीको सिद्धान्त र पुण्य प्रसाई सबै प्रश्नको जवाफ समेत प्रस्तुत गर्नसक्ने भएकाले अन्तमा नेपाली भोटरहरुलाई यसले तान्ने सर्वे टोलीको रिपोर्ट आएको छ । पुण्य प्रसाईमा नेतृत्व क्षमताका साथै विचार पक्ष पनि स्पष्ट रहेकाले अन्त्यमा नेपाली जनताको आकर्षण विचारसहित आएको मोर्चामा जाने देखिएको छ । यदि सबै वैकल्पिक शक्तिहरु मिलेर जाने अवस्था सृजना भएमा यो तथाकथित ठूला पार्टीहरुका लागि पनि खतरा सावित हुने र वैकल्पिक शक्तिको सरकार बन्न सक्ने समेत सर्वेक्षण टोलीले रिपोट दिएको छ । कांग्रेसले नै अमेरिकाबाट बोलाएर गराएको सर्वेक्षणबाट यस्तो सर्वेक्षण रिपोर्टपछि ठूला दलमा समेत हडकम्पा मचिएको छ । ओली मात्र खतरा मानिरहेको बेला वैकल्पिक शक्ति नै प्रभाव पार्न सक्ने गरी देखापरेपछि गठबन्धनका पार्टी नयाँ रणनीतिको खोजीमा लागेको श्रोतको दाबी छ । पुण्य प्रसाई र रमेश खरेल सहितको संयुक्त मोर्चाको चुनाव चिन्ह काखमा बच्चा लिएकी आमा रहेको छ ।