दाङ - दाङ क्षेत्र नं. २ बाट संघीय सांसदका लागि गीता रावतले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै दाङ क्षेत्र नं. २ (क) बाट बेगम पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुबै जनाले स्वतन्त्र राजनीतिक शक्तिबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । सो पार्टीको चुनाव चिन्ह बच्चा बोकेको आमा रहेको छ । आउने निर्वाचनमा त्यही बच्चा बोकेको आमा चिन्हमा भोट गरेर निर्वाचनमा जिताउन स्वतन्त्र राजनीतिक शक्तिले आग्रह गरेको छ ।भदौ २७ गते भव्य आमसभाको माझ उहाँले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।उक्त सभालाई संयोजक रमेश खरेल, पुण्य प्रसाई, रोमलाल गिरी गोविन्द गिरी लगायतले सम्बोधन गर्नुभएको थियो ।