उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाईं, नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीले अब एउटै पार्टी बनाएर अगाडी बढ्ने सहमती गरेका छन् ।९ चरणको बैठकबाट अब एकसाथ मिलेर जाने सहमती भएको हो ।उक्त बैठकबाट निष्कर्ष निस्किएपछि सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाई लेख्छन् :मिलेर जानुको विकल्प छैन ।
वैकल्पिक भनिएका तिमीहरु त मिलेर एउटा रचनात्मक निर्विकल्प शक्ति निर्माणको लाइनमा अघि बढ्न सक्दैनौं भने तिमीहरुले देशका जनता मिलाएर कुहिगन्धे जरा गाडेर बसेका पुराना पार्टीको लंकामा धावा बोल्न सकौला भनेर तिमीहरुलाई हामीले कसरी विश्वास गर्ने ? भन्ने लाखौं नेपालीहरुको भावना र समयको मागलाई संवोदन गर्न आज नौ चरणको वैठक सम्पन्न । आजको वैठकमा सचेत नेपाली पाटी, पुण्यप्रसाद प्रसाई, नेपाल आमा पार्टी, रोमलाल गिरी, उन्नत लोकतान्त्रिक पार्टी, स्वागत नेपाल र सुशासन पार्टी, रमेश खरेल सहित साथीहरु । सबैमा देश र जनताप्रति जिम्मेवारी र केही गर्नुपर्छ भन्ने हुटहुटी पाउँदा खुसी लागेको छ ।उक्त बैठकबाट निष्कर्ष निस्किएपछि उन्नत लोकतान्त्रिक पार्टीका अध्यक्ष स्वागत नेपाल लेख्छन् :पुरानाहरुलाई पाखा लाउन नयाँहरु एक भएर एउटै पार्टी बनेर, एउटै चुनाव चिन्हबाट साझा उम्मेदवार सहित जाने सहमति भएको छ अाजकाे ९अाैं चरणकाे बैठकबाट। बैठकमा उन्नत लाेकतन्त्र पार्टी (म स्वयम) , नेपाल सुशासन पार्टी (रमेश खरेल) सचेत नेपाली पार्टी (पुण्य प्रसाईं), नेपाल अामा पार्टी (राेमलाल गिरी) लगायतका साथीहरुबाट अन्यदल र अभियानहरुलाई पनि एकाकार हुन अाह्वान गर्ने पनि निर्णय भएको छ...रवी लामिछाने जी चाहिँ याे तस्बिर लिनुभन्दा पछि मात्र अाएर हिँड्नु भएको थियाे , त्यसैले उहाँको तस्वीर नभए पनि हामीले उहाँहरुलाई पनि अाह्वान गरेका छाैं।माइन्युटमा रवीजीहरुकाे चाहिँ हस्ताक्षर रहेकाे छैन...