+

ताजा अपडेट +

ट्रेन्डिङ +

हाम्रो बारेमा

नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी डिकुरा डट कमले लिएको छ ।
हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, समसामायिक राजीतिक, मनोरञ्जन, खेल, कलासाहित्य, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै प्रस्तुतिको प्रयासमा सदैव लागि रहने प्रण गर्छौंं । भ्रष्टचारी, देशद्रोही, नेपाल र नेपालीको अस्तित्व र पहिचान विरोधी, हत्यारा र बलात्कारीप्रति हामी सधैं कठोर रहने छौं । शक्तिशालीहरुको आवाज बोल्ने मिडियाको नेपालमा मात्र होइन विश्वमै कमी छैन तर हामी आवाजविहिन भुइँमान्छेहरुको आवाज बन्ने प्रयास गर्नेछौं ।
यस डिजिटल न्युज पोर्टलमा सबै खाले जानकारी उपलब्ध गराउने प्रयास हामी सदैव गर्ने छौं । सदैव भन्छौं हामीसँग जोडिनुस् ।
यस डिजिटल पत्रिकामा प्रस्तुत सामाग्रीहरु तपाईंलाई कस्तो लागेका छन् ? कृपया प्रतिक्रिया पनि लेखिदिनुस् ताकि हामीलाई सुध्रिने मौका मिलोस् । किनकि सुझाव मिलेन भने हामी आफ्नो अज्ञानतामा नै रमाइरहेका हुन सक्छौं ।
जीवन र जगतलाई ठिक ढंगले बुझेर व्यवहार गर्न सकियो भने जीवनमा सफल हुने संभावना हरेक क्षेत्रमा छ । हाम्रा समाचारलाई सेवामुलक र समाजसुधारक सामाग्री बनाउने प्रयासमा हामी दिनरात खट्ने छौं । विज्ञापानसँगै आउने दवावको बारेमा हामी जानकार छौं त्यसैले हामी तपाईंहरुबाट पनि सहयोगको अपेक्षा गर्छौं । तपाईंका हरेक पल शुभ, सेवामुलक र अग्रगामि बनुन् । धन्यवाद
#डिकुराडटकम परिवावार
फोनः ०१५९१२५१२
बत्तिसपुतली

ताजा समाचार

लोकप्रिय