
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बारामा नेता बढी र बिकास कम भएको बताएका छन् । उच्चपदमा बाराका नेता पुगे पनि जिल्लाको बिकासमा ध्यान नदिएको उनले बताए । आजपाको बारा–काठमाडौं आम सम्पर्क मञ्चको काठमाडौं शान्तिनगरमा आज आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले ऐतिहासिक जिल्ला बाराको बिकासका लागि त्यहाँका नेताले ध्यान दिनुपर्ने बताए । ‘तिरहुत राज्यको राजधानी सिम्रौनगढ, विश्वप्रसिद्ध गढीमाई, कलैयाको धार्मिक स्थलहरुको जुन रुपमा बिकास हुनुपर्ने हो त्यो हुन सकेन्’ अध्यक्ष साहले भने, ‘काठमाडौं–तराई मधेस फास्ट ट्याक, बाराको अन्तर्राष्ट्रिय विमान स्थल निर्माण कार्यले गति लिन सकिरहेको छैन् । यि र यस्ता बिकासका योजनाहरु समयमै पुरा गर्न र बिकासका लागि बाराली नेताहरु एकजुट भएर लाग्नुपर्ने भए पनि त्यसो हुन नसक्नु दुखद छ ।’ बाराबाटै उपराष्ट्रपति, उपप्रधानमन्त्री, मधेसको मुख्यमन्त्री, संघीय सरकारमा मन्त्री, सांसद लगायतका उच्चपदमा नेताहरु पुगेका छन् । बाराको शिक्षा, स्वास्थय, यातायात, उधोग, ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, धार्मिक स्थल लगायतको क्षेत्रको बिकासले गति किन लिईरहेको छैन भन्दै साहले प्रश्न गरे ।जिल्लाको बिकासका लागि बाराली जनता ढिला नगरी आजपामा गोलबन्द हुनुको बिकल्प नभएको उनले जिकिर गरे । पूर्वपश्चिम हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग लगायतका राजमार्ग अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्नुपर्ने र त्यसका लागि बाराली जनताले दबाब सृजना गर्नुपर्ने आवश्यक भएको उनले बताए । बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाराली जनताहरु संघर्षमा उत्रिनुपर्ने बताउँदै उनले हुलाकी राजमार्गलाई चारलेनको बनाउँन दबाब दिनुपर्ने आवश्यक रहेको बताए ।यि आयोजनाहरु सम्पन्न भए बाराको बिकास अगाडी बढने उनले बताए । देशमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको बिरुद्धमा आजपाद्धारा चैत २४ गते काठमाडौंमा हुने जनप्रदर्शनमा सहभागि हुन अपिल गर्दै उनले दलिय भ्रष्टाचारको बिरुद्धमा उत्रिन आग्रह गरे । देशमा व्यापक रुपमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म बिकास सम्भव नभएको बताउँदै उनले दलिय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए । आजपा नेता रामाशंकर साहको अध्यक्षतामा सम्पन्न बारा–काठमाण्डौं आम सम्पर्क मञ्चको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एंव संबिधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष रिता साह, महासचिव अमर साह, उपमहासचिव चन्द्रभुषण साह, सचिवद्वय उमेश कुशवाहा, बाबुराम कौशिक, मौलापुर नगरपालिकाका मेयर रिना साह, उधोगी इच्छाबहादुर वाग्ले लगायतको सहभगिता रहेको स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए ।




























