२०८१ असार ३१ गते काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा जाने मन्त्रीहरुको टुंगो लागेको छ ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।सोमवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।यी हुन् ओली सरकारमा जाने २१ जना मन्त्रीहरुःनेपाली कांग्रेस १. प्रकाशमान सिंह– सहरी विकास२.रमेश लेखक– गृह३.आरजु राणा– परराष्ट्र४.तेजुलाल चौधरी– युवा तथा खेलकुद५.अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला६.दीपक खड्का– ऊर्जा७.ऐनबहादुर शाही– वन तथा वातावरण८.प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या९.बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन१०.रामनाथ अधिकारी– कृषि तथा पशुपन्छीएमाले १.विष्णु पौडेल– अर्थ२.पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि३.राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन४.विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि५.देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात६.बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण७.दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति८.मानवीर राई– रक्षाजसपा१.प्रदीप यादव– खानेपानी२.नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलोसपा१.शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा