काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सकारात्मक सोचका साथ अघि बढ्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।गाईखुरा युवा क्लबले शुक्रबार काठमाडौंमा आयोजना गरेको लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले नकारात्मक सोचले मानिसमा बिभिन्न समस्या देखिने र दुर्व्यसनको समेत खतरा हुने भएकाले सकारात्मक सोचका साथ अघि बढ्न युवाहरुलाई आग्रह गर्नुभएको हो । उहाले नेपालमा समेत दुव्र्यसनी र दुव्र्यसनमा लाग्ने सञ्जाल देखिएको भन्दै सवैमिलेर त्यसलाई तोड्नुपर्नेमा जोड दिनुभयो । पैसाको लोभमा युवाहरुलाई परिचालन गरेर अपराधिक क्रियाकलापमा संलग्न गराउने अपराधिहरुलाई छुट र सहानुभूति दिने काम गर्न नहुने उहाको भनाइ छ ।
उहाले मान्छेलाई योग्य र सक्षम बनाउनका लागि पनि अध्ययनको आवश्यकता पर्ने र त्यसले नै सवैलाई सफल बनाउने धारणा राख्नुभयो । दुव्र्यसनका कारण संसार नै सखाप हुँदै जाने अवस्था देखिइएको उहाको भनाइ छ ।