
काठमाडौं ।संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुँदै छ ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गर्ने कार्यसूची छ ।
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गर्ने कार्यसूची छ ।बैठक बिहान साढे ११ बजे बस्नेछ ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आजै बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।बैठक बिहान ११ बजे का लागि बोलाइएको छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आजै बस्दै छ ।मध्याह्न साढे १२ बजे बस्ने बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुने सम्बन्धमा अध्ययन प्रतिवेदन, २०८१ उपसमितिबाट समितिसमक्ष पेस गर्ने र छलफल गर्ने कार्यसूची छ ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बिहान ११ बजे बस्दै छ ।राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।




























