
मंगलवार १५ मिनेटका लागि स्थगित गरिएको बैठक संसद सचिवालयले सूचना टाँस गरेर बुधवार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएको हो । मंगलवारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राखेपछि बैठक अवरुद्ध भएको थियो भने त्यसको बिरोधमा यता सत्तारुढ एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बिनाप्रमाण छानविन समिति बन्न नसक्ने भन्दै बिरोध गरेका थिए ।




























