
नेकपा एमाले सांसद योगेश भट्टराइले बजेट निर्माणको प्रक्रियामा पुरानै ढाँचा अवलम्वन गरिएकाले बिभिन्न टिकाटिप्पणी आइरहेको बताउनुभएको छ ।आइतबार संसदमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले बजेट निर्माणको प्रक्रिया पुरानै ढाँचाबाट नभएर यसमाठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको बताउनुभयो ।उहाले रु तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत साना साना आयोजना राखेर ल्याउदा कुनै प्रतिफल नआउने धारणा राख्नुभयो । तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापीत गर्न सकने परिणाममूखी ढंगले बजेटको कार्यान्वयन गर्न सकिने उहाले बताउनुभयो । उहाले पुँजीगत खर्च घटिरहेको र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।भट्टराईले २५ बर्षमा आयोजना हस्तान्तरण गर्ने नियमलाई बढाउनुपर्ने सुझाव उहाले दिनुभयो । राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको र लगानी बढेको अवस्थामा सरकारले गम्भीर ध्यान दिनुपर्ने उहाले बताउनुभयो ।




























