
काठमाडौ । राप्रपा अ्रध्यक्ष राजेन्द्र लिंगदेनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि भाग लिंदै उनले भौतिक योजनामन्त्रीले आफ्नो सहित थोरै जिल्लामा मात्र बजेट केन्द्रीत गरेकोले सो को विरोधमा रोष्टममै बजेट पुस्तिका च्यातेका हुन् । उनले बजेट विनियोजनमा पक्षपात भएको भन्दैै यस्तो काम गर्ने मन्त्रीलाई धन्यवाद पनि दिएका छन् ।




























