
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।पार्टी कार्यालय बनस्थलीमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगाएत सहभागी थिए ।त्यस्तै कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगाएतका नेताहरु उपस्थीत भएका थिए । त्यसैगरी उद्योगी व्यवसायीहरु पनि रास्पपा केन्द्रीय कार्यालय वनस्थली पुगेका थिए । चियापान कार्यक्रमपछि रास्वपा सभापति रवि लामिछानेले जनताको अपेक्षा पुरा गर्नका लागि इमान्दार कोशीस गर्ने बताउनुभयो । उहाले २१ सिटले सरकारमा सहभागी जनाउदा निकै राम्रोसंग सरकार चलाउने अवस्था देखिएको उल्लेख गर्नुभयो । बाइट.......त्यस्तै लामिछानेले अरु पार्टी र आफ्नो पार्टीको फरकको आधार तयार भएपनि वास्तविक रुपमा जनतामाझ फरक देखाउन बाँकी रहेको धारणा राख्नुभयो ।




























