
काठमाडौं । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज बोलाएको छ । लामिछानेलाई दिउँसो २ बजे सोधपुछका लागि सिंहदरबारस्थित संसद सचिवालयमा राखिएको समिति बैठकमा डाकिएको छ ।गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका सभापति लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएका संसदीय छानबिन समितिका सभापति सूर्य थापाले बताएलामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताए ।लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ । उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।




























