
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताएका छन् ।
कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगाएतका समस्या समाधान गर्न सक्ने उहाले बताउनुभयो । सिटौलाले व्यक्तिगत नभइ जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आवद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिनुभयो ।गएको निर्वाचनमा अन्य दलहरुसंग गठबन्धन गरेपनि आगामी निर्वाचनमा पार्टी एक्लै चूनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उहाले जोड दिनुभयो ।उहाले निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफरिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उहाको भनाइ छ ।
नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको बिकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताउनुभएको हो ।




























