
काठमाडौं । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ ।पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तब्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत आमसभा’ कार्यक्रम गर्न लागेको हो ।राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको छ । फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।




























