काठमाडौं । नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न माग राखेको छ ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यतालिकासहित कार्यक्रम घोषणा गरेका हुन् ।कार्यक्रम सार्वजनिक गर्दै उनले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण सडक अराजक र पपुलिष्ट हुँदै गएको पनि उनको आरोप छ ।“विषय जटिल बन्दै गएको छ भन्ने निष्कर्षमा हामी पुग्यौँ,” उनले भने, “बुद्धिजीवी र नागरिक समाजका अगुवासँग अन्तरक्रियाको आयोजना गरेका छौँ । त्यसपछि पत्रकार सम्मेलन गरेर १५ गते आयोजना गर्न लागिएको कार्यक्रमका बारेमा जानकारी दिनेछौँ ।”आन्दोलनको पहिलो चरणमा चैत्र १ गते पत्रकार सम्मेलन, चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन,वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने रहेको छ ।साथै वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी दिए ।आन्दोलनको पहिलो चरणचैत्र १ गते पत्रकार सम्मेलन,चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन,वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने,वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने ।




























