
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पु¥याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको फैसला उल्ट्याउँदै पक्राउ गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मध्यरातमा काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए । शनिबार र आइतबार सार्वजनिक विदा परेका कारण प्रहरी हिरासतमै रहेका लामिछानेलाई आज प्रक्रिया पूरा गरेर पूर्पक्षका लागि कारागार पठाइएको हो ।जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए । ‘कारागारको चारवटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखेका छौं’,उनले भने, ‘अहिले उहाँ बसेको ब्लक सिंगल छ,पछि कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप्नुपर्ने हुनसक्छ । अहिले कैदीबन्दीको संख्या ५९४ छ ।’उनी बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा रवि शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए।उनलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।



























