
पुण्यप्रसाद प्रसाई यो विद्रोह आकस्मिक होइन। यसका गहिरा कारण छन्, कांग्रेसमा दशकौँदेखि एउटै पुस्ता, एउटै सोच, एउटै शक्ति–केन्द्रले पार्टी नियन्त्रण गर्दै आएको छ चुनाव हार्दा पनि नेतृत्व नछोड्ने, जिम्मेवारी नलिने, आलोचना सुन्न नचाहने जस्ता प्रवृत्तिले युवा पुस्तामा राजनीतिक घुटन सिर्जना गर्यो र गरिरहेको छ । कांग्रेस बाहिर लोकतन्त्रको कुरा गर्छ तर भित्र महाधिवेशन टार्ने, फरक मत राख्नेलाई धम्की दिने बहिष्कार गर्ने र संगठन प्रयोग गरेर असहमति दबाउने यी सबै लोकतान्त्रिक पार्टीको चरित्रविपरीत हुन्।देश बदलिँदा पनि कांग्रेस पार्टी नबदलिनु, देशमा नयाँ मतदाता, सामाजिक सञ्जाल, भ्रष्टाचारप्रति असहिष्णुता तर पार्टी अझै १९९० को मोडेल मै अड्किएको छ । हो यही यही असन्तुलनबाट “जेनेरेशन विद्रोह” जन्मिएको हो।
विशेष अधिवेशनको माग: पार्टी फुटाउने षड्यन्त्र कि पार्टी जोगाउने प्रयास?संस्थापन पक्षको आरोप के छ भने विशेष अधिवेशन भनेको पार्टी फुटाउने चाल हो तर वस्तुगत रूपमा हेर्दा कांग्रेसको विधानले विशेष अधिवेशनको व्यवस्था गरेको छ । दुई महामन्त्रीको पहल वैधानिक छ र अहिलेको राजनीतिक संकट, नयाँ शक्ति उदय, कांग्रेसको साख खस्किँदै जानु असाधारण अवस्था हो । देउवाको अनुहार लिएर कांग्रेस निर्वाचनमा जानु भनेको युवाको अपमान गर्दै कॅाग्रेस सिद्धिनु हो ।त्यसैले गगन र विश्वको यो माग फुटाउने होइन, सुधार गर्ने प्रयास हो। बरु अधिवेशन रोक्नु, डर देखाउनु, संगठन दुरुपयोग गर्ने क्रियाकलापले चाहिं पार्टी फुट्ने सम्भावना बढाउँछन्, घटाउँदैनन् ।
- गगन थापाले बोकेको “नयाँ विचार” के हो त?
- गगन नेतृत्वमा कांग्रेस चुनाव लड्यो भने के हुन्छ?
- कांग्रेस फुट्ने सम्भावना कति छ?




























