
काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात मंगलवार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७९ डलरमा कारोबार हुँदैछ ।




























