
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणको सुनसरी, इनरुवास्थित सबस्टेशनको शुक्रबार उद्घाटन गरेका छन् ।इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००–२२०–१३२–३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हु्न् ।त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने दाबी गरे ।९८ प्रतिशत जनतामा विद्युत पुगेको उल्लेख गर्दै उनले अब डेढ बर्षभित्र शतप्रतिशत जनताकहाँ विद्युत पुर्याउने सरकारले लक्ष्य लिएको बताए । ठूला क्षमताका प्रशारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए ।




























