
बिनामर्द केटी कतै टाढा जान सक्तिन चाहे ऊ जुसुकै उमेरककी किन नहोस् । बसमा चढ्दा कण्डक्टरले सोध्छ, “तपाईंंसँग कोही लोग्नेमान्छे छैन ?” उनीहरु एकजना मर्द भएको कुराले निश्चिन्त रहन्छन् ।
ठाउँ–ठाउँमा परपुरुष साथमा हुँदा वा नहुँदा मानिसले कैयौं अप्ठ्यारा व्यहोर्नु पर्छ । साथमा पुरुष होस् तर ऊ लोग्ने वा नजिकैको नातेदार नहोस्, त्यस अवस्थामा पनि झंझट व्यहोर्नु पर्छ– “त्यो लोग्नेमान्छे को हो ? ऊसँग के नाता पर्छ ? र, यदि साथमा लोग्नेमान्छे छैन भने किन छैन ?”
मान्नोस्, मेरो इच्छा होला, म समुद्र–स्नानको आनन्द लिऊँ, सीताकुण्ड पहाड आऊँ, बिहारका सालबनमा घुमूँ, काप्तुई सरोवरमा स्पीड बोटमा दिनभर घुमुँ, पद्मा नदीमा पौडी खेलुँ, त्यतिखेर मैले के गर्नु पर्ला ? एक थान लोग्नेको व्यवस्था गर्नु पर्ला ।

१
त्यतिखेर म अठार वर्षकी थिएँ । मयमनसिंह शहरको एउटा सिनेमा हलमा दिउँसोको ‘शो’ समाप्त भएको थियो । लाइनमा रिक्साहरु खडा थिए । म एउटा रिक्सा चढें ।
भीडले गर्दा रिक्सा एक ठाउँमा रोकिएको थियो । अलिकति चल्थ्यो, अनि फेरि रोकिन्थ्यो । यत्तिकैमा मैले आफ्नो दायाँ पाखुरामा अत्यन्त कडा बेदना महसूस गरें । हेर्छु त यस्तै १२,१३ वर्षको केटाले मेरो पाखुरामा चुरोटको ठूटो पो झोस्तै छ । उसले लुङ्गी र कमिज लगाएको थियो । मैले उसलाई चिन्दिनथें न पहिले कहिल्यै देखेकी नै थिएँ ।
म पोलेको वेदनाले चिच्याएँ । तर ऊ मजासँग हाँस्तै अगाडि बढ्यो । मैले सोचे, “पक्रनका लागि गुहार मागौं, कसैलाई बोलाउँ वा दौडेर उसलाई समाउँ । सबैलाई जम्मा गरेर बेलिबिस्तार सुनाउँ । तर केटीहरुमा एउटा छैठौं इन्द्रीय पनि हुने गर्छ ।
सम्भवतः यसै कारणले त्यस दिन मैले त्यस केटालाई सजाय दिलाउने कुनै कोसिस गरिनँ । त्यो बेला मेरो विचार के आयो भने, मैले त्यो केटालाई पक्रें भने अथवा पक्रनको लागि कसैलाई गुहारेंं भने सबैले मलाई घेर्नेछन्, मेरो शरीरको उतारचढावको आनन्द लिनेछन्, मेरो शरीरको चिल्लोपनमा आँखा गाड्नेछन्, मेरो वेदना, मेरो चिच्याहट र मेरो रोदन हेर्नेछन् । कसैले समवेदना प्रकट गर्दै, “के भएको हो” भन्ने जान्न चाहे जस्तो गर्ला, कसले भन्ला, केटालाई समातेर २,४ थप्पड हान्नु पर्छ । कसले बाबुको नाम के हो ?, घर कहाँ हो ? आदि सोध्ला, वास्तवमा सबै मिलेर मेरो खिल्ली उडाउनेछन् । मेरो कमजोर अवस्थाको उपयोग गर्नेछन् । “कता पोल्यो, भन्दै मेरो पुष्ट स्तन र खुला पाखुरा हेर्नेछन् । म हिंडिसकेपछि ती मेरा शुभचिन्तक गण सिठ्ठी बजाउनेछन् । यिनै कुरा सोचेर मैले आफ्नो कष्ट भित्र–भित्रै दबाएर सहें ।
मेरो दाहिने पाखुरामा आज पनि त्यो दाग छ । म त्यो उद्दण्ड अनपढ केटालाई के दोष दिऊँ ? शिक्षित सुसंस्कृत मानिस पो कति निर्दोष छन् र ? मैले देखादेखी एउटा केटाले मेरी एउटी संगिनीको तीघ्रमा चिमोटेर दौडेको थियो । एउटा नचिनेको केटाले मेरै बहिनीको पछ्यौरी तानेर भागेको थियो । भीडभाडमा स्तन र नितम्ब छुन मर्दका सयौं हात अगाडि बढेका हुन्छन् । रिक्सामा जाँदै गरेकी युवतीका कपडामा आगो लाग्नु र अर्धनग्न अवस्थामा घर पुग्नु कुनै ठूलो कुरा हुँदैन । यो केवल दुई महिना अगाडिको मात्र कुरा हो । यो कुरा सुनेर यस शहरका धेरै जना नागरिकहरुले महिनौं दिनसम्म बडो स्वाद लिएका थिए । कुनै जमाना थियो, जब मानिस गुफामा रहन्थ्यो, त्यतिखेर छोरी जन्मनासाथ जिउँदै खाल्टामा पुर्थे । त्यसपछि यस संसारमा निकै ठूलो परिवर्तन भयो, तर मानिसको भावनामा कुनै परिवर्तन आएको छैन ।
मयमनसिंह शहरका ठाउँ–ठाउँमा, खासगरी कन्या स्कुल, कलेज, सिनेमाहलका छेउछाउ, काठका खम्बाहरुमा एउटा सूचना पाटीमा लेखिएको हुन्थ्यो– “गुण्डाहरुका गतिविधिबाट बँच्न प्रहरीको सहायता लिनुहोस्” यो कुरा धेरै दिन टिक्न सकेन । सायद गुण्डाहरुले ती खम्बाहरु नै उखेलेर लगे । जति दिन ती सूचना पाटी थिए, तिनै खम्बामा अडेस लिएर गुण्डाहरुले सिठ्ठी बजाउँथे । एकपटक त अचम्म के भैदियो भने पुलिसको अत्याचार विरुद्ध केही युवतीहरुले तिनै गुण्डाहरुको सहायता लिनु परेको थियो ।
२.
कलकत्ताको “साहित्यसंसद्” द्वारा प्रकाशित शब्दकोशले विगत तीन वर्षदेखि बंगला भाषाभाषी पाठकलाई विशेष सेवा पु¥याएको छ । जनवरी १९८७ मा “साहित्यसंसद्” द्वारा प्रकाशित अशोक मुखोपाध्यायद्वारा संपादित÷सङ्कलित “समानार्थ शब्दकोश” एउटा छुट्टै प्रकारको ‘शब्दकोश’ छ । यो समानार्थ शब्दकोश बंगला भाषाको थिसारस (प्रमाणित) हो । यस शब्दकोशमा कुनै शब्दका पनि प्रतिशब्द, त्यसैको अनुशासित शब्द (नजिकैैको शब्द), समानार्थका शब्द र समवर्गीय शब्द एकत्रित गरिएको छ । समानार्थ शब्दकोश बंगला साहित्यको एउटा अनुपम संयोजन हो । यस मूल्यवान् शब्दकोशमा पुरुष शब्दको समानार्थक शब्दमा– पुरुष, मनुष्य, छोरो, मर्द, पुमान्, मानुष, नर, मानव, मानुस, लोग्नेमान्छे र “नारी” का समानार्थक शब्दमा– स्त्री, छोरी, स्त्रीलोक, रमणी, छोरीमान्छे, केटी, महिला, ललना, अङगना, बामा, रमा, मानवी, मानविका, कामिनी, अवला, आइमाई, जनाना, योषिता, योषा, जननी, वाला, प्रमदाजन, वनिता, भामिनी, शार्वरी र प्रतिप्रदर्शिनी लेखिएका छन् । यसमा नारी शब्दका समानार्थक रुपमा अधिक छन् । तर ध्यान दिनुपर्ने कुरा के छ भने “मनुष्य” शब्दको समानार्थक शब्दमा व्यवहृत छ तर “नारी” शब्दको समानार्थक रुपमा कही“ छैन । विद्वानहरु , आदरणीय यस ग्रन्थमा ‘पुरुष’ र ‘नारी’ को यो अद्भुत अर्थले मलाई चकित पा¥यो । म त्यसै गरी चकित भएँ, जसरी विश्वविद्यालयका महिला छात्राास साँझ पर्ने बित्तिकै बन्द हुँदा पुग्ने गर्छु । मानौ“, साँझ परेपछि कुखुरा हाँस आदिलाई खोरमा थुनिने गर्छ । यस कुरामा आश्चर्य हुनेछैन, जब यी सबै फाइदा दिने पाल्तु जनावरका नाम पनि नारी शब्दकै समानार्थक नाममा स्थान ग्रहण गर्नेछन् छिट्टै नै । एउटा छात्र आफ्नो आवश्यकताअनुसार कतै पनि जान आउन सक्छ तर छात्राको आवश्यकताको कुनै मूल्य छैन । विश्वविद्यालयमा जब मेधा या प्रतिभाको कुरा आउँछ त्यतिखेर छात्र र छात्रा दुवैले, एउटै प्रकारको अध्ययन र प्रतियोगितामा भाग लिने गर्दछन् । छात्राहरुको लागि कुनै कमजोर, सजिलो र निम्नस्तरको शिक्षा व्यवस्था त उपलब्ध छैन । निश्चित समयमा यदि कुनै छात्रा फर्केर आइन भने र आइसकेपछि कारण जान्ने निहुँमा व्यवस्थापन पक्षले जुन प्रकारका प्रश्न र शब्द प्रयोग गर्दछ, त्यो सुनेपछि कुनै पनि दुर्बल र अस्वस्थ दिमागको व्यक्ति स्वतः वशमा पर्ने गर्दछ । परन्तु आफ्नो अधिकारप्रति सचेत छात्रहरु पनि त्यस प्रकारको अवैध र फोहरी नियमलाई मानेर स्वयं प्रमाणित गर्दछन् । गरिसकेका छन् कि तिनीहरु असहाय, दुर्बल र पुरुषहरुका भोग्य सामान हुन् । तिनीहरु पर्खाल र चौकीदारविना सुरक्षित छैनन् ।
(छात्राहरुको छात्रावासको मुख्यद्वार साँझ पर्नासाथ बन्द गरिन्छ भने प्रकारान्तले विश्वविद्यालयका प्राध्यापकहरुले तिनीहरुलाई वेश्या भनेनन् ? भनेर भन्नेछन् ।)
वास्तवमा रात भन्नु मात्र हो, अन्धकार पनि भनाइ मात्र हो, दुर्घटना पनि कुनै कारण होइन, केवल यी सबका आडमा एउटै उद्देश्य छ र त्यो हो, नारीदमन । सारा प्रतिकूलहरु, सारा विध्न बाधा, सङ्कट दुःखमय, दुःशासन, दुष्परिस्थिति, उत्पीडनको पर्वाह नगर्दै नारी स्वावलम्बी, स्वाभिमानी नहोस्, स्वतन्त्र नहोस्, सबल एवम् दुर्लभ्य÷अविज्ञेय नहोस्, यही मात्र कामना एवम् प्रायोजन हो ।
यदि नारी त्यस्ती भई भने बडो असुविधा हुनेछ किनभने शिक्षित युवतीहरु “आधुनिक दासी” हुन सर्वथा योग्य छन् । पतिलाई मुग्ध पार्न र सन्तुष्ट पार्न अल्छी नमानीकन रुपचर्या– शृङ्गारपटार र यिनीहरुद्वारा बनाइएका साझा समितिहरु, कला, संस्कृतिसित, नारी–आन्दोलन, यी सब कुरा, धर्मशिक्षाका साथै बंगाली युवतीहरुद्वारा सिलाइ–बुनाइ गरेर लेखिने गरेका, “सतीका देवता पनि” को आधुनिकीकरण मात्र हो ।
जर्मन ग्रियर पुस्तक “फिमेल युनाक” मा केटीहरुका खराउ जस्ता उठेका जुत्ताको आविष्कारको बारेमा बडो गज्जबको कुरा भनिएको छ– “पुरुष जब कुनै युवतीलाई आक्रमण गर्दछ, त्यतिखेर ऊ आफूलाई बचाउन दगुर्छे । ज्यादा दौडन नसकोस् भनेर नै उसका खुट्टामा ‘हाइ हिल’ अर्थात् कुर्कुच्चा उठेका जुत्ताको व्यवस्था गरिएको छ ।”
म भारत घुम्न गएकी थिएँ । कलकत्ता, दिल्ली, आगरा, जयपुर, सिमला, काश्मीर आदि ठाउँहरु घुमेर फर्कें । यो थाहा पाएपछि मानिसहरुले मसँग सबभन्दा पहिले जुन प्रश्न गरे, यस्तो थियो– “साथमा को थियो ?” काश्मीरको हिउँले ढाकेको गुलमर फूल, बनिहाल टनेल, हिमालका पहाडमा विद्यमान रोपवेका कुर्सीमा घुमेको स्वाद र घरजस्ता डुङ्गाको बारेमा कुरा गर्न म कति उत्साहित थिएँ, आतुर थिएँ तर तिनीहरुको प्रश्न एउटै थियो, “सँगै को थियो ?”
मैले जवाफ दिएँ, “म एक्लै थिएँ ।” 

“एक्लै ?”, एक्लै एउटी केटी यसरी बाहिर घुम्न जान सक्छे ? कोही विश्वासै गर्न सक्तैन । त्यसपछि मसँग कसैले पनि मैले शान्ति निकेतन, दिघाको समुद्र, कन्याकुमारीको अद्भुत अनुभवबारे जे जाने“, त्यसबारे जिज्ञासा व्यक्त गरेनन् । जुन कुरा तिनीहरुको मन–मस्तिष्कमा थियो, त्यो थियो, “साथमा को थियो ?” मैले एक पटक भने“ पनि साथमा आतसी, कृष्णकली र मिल्लाका पनि थिए ।
“अरु ?”
“अरु कोही थिएन ।”
“कुनै लोग्नेमान्छे थिएन ?”
“अहँ ।”
तिनीहरुले मलाई आश्चर्य मानेर हेरिरहे । बिनालोग्नेमान्छे स्वास्नीमान्छे हुनु र सात–सात स्वास्नी–मानिससँगै हुनुमा कुनै भेद छैन ।
यस अवस्थामा मेरै उमेरको कुनै केटो दार्जिलिङ्ग, सिमला, काश्मीर आदि ठाउँहरु घुमेर आउँथ्यो भने, ऊसँग प्रभावित भएर सबैले भन्दथे, आहा ! कस्तो पवित्र आत्मा हो, कस्तो गजबको रुचि ! कस्तो अगाध सौन्दर्यबोध ! के कुरा गर्नु !
मान्नोस्, मेरो इच्छा होला, म समुद्र–स्नानको आनन्द लिऊँ, सीताकुण्ड पहाड आऊँ, बिहारका सालबनमा घुमूँ, काप्तुई सरोवरमा स्पीड बोटमा दिनभर घुमुँ, पद्मा नदीमा पौडी खेलुँ, त्यतिखेर मैले के गर्नु पर्ला ? एक थान लोग्नेको व्यवस्था गर्नु पर्ला ।
बिनामर्द केटी कतै टाढा जान सक्तिन चाहे ऊ जुसुकै उमेरको किन नहोस् । बसमा चढ्दा कण्डक्टरले सोध्छ, “तपाईंंसँग कोही लोग्नेमान्छे छैन ?”
उनीहरु एकजना मर्द भएको कुराले निश्चिन्त रहन्छन् ।
ठाउँ–ठाउँमा परपुरुष साथमा हुँदा वा नहुँदा मानिसले कैयौं अप्ठ्यारा व्यहोर्नु पर्छ । साथमा पुरुष होस् तर ऊ लोग्ने या नजिकैको नातेदार नहोस्, त्यस अवस्थामा पनि झंझट व्यहोर्नु पर्छ– “त्यो लोग्नेमान्छे को हो ? ऊसँग के नाता पर्छ ? र, यदि साथमा लोग्नेमान्छे छैन भने किन छैन ?”
यो निकै षडयन्त्रपूर्ण तरिका हो । मध्यमवर्गीय या उच्चवर्गीय बाबुका छोरीहरु या त्यस वर्गका पतिका पत्नीहरु दुईचार नातेदारका घरका र बजारमा एक्लै जान पाउँदा “नारी स्वाधीनता” प्राप्त गरेको मान्दछन्, धन्य हो तर यसले केही फरक पार्दैन । युवतीहरुका खुट्टामा लगाइएका नेल निकै बलिया छन् । त्यसैले चुपचाप बसेर कुनै मान्छेले भन्ने छैन– “आइज, यसबाट बाहिर निक्ली ।” काल्पनिक कहानीहरुमा यस प्रकारका सदाशयी भेटिएलान्, यथार्थमा भेटिंदैनन् ।
केटीहरु आजभोलि खुब खुसी हुँदै पाउजु लगाउँछन् तर यो पाउजुको आविष्कार हुनु र केटाकेटीहरुले लगाउनु भित्र एउटा उद्देश्य छ, त्यो के भने पाउजु लगाएपछि केटीहरुका गतिविधि अथवा ऊ कहाँ जाँदैछे, के गर्दैछे, यसको खबर आवाजद्वारा रहिरहन्छ । मूर्ख केटीहरु त्यही पाउजु जो उसलाई निश्चित सीमामा बाँध्दछ, लगाएर गजक्क पर्दछन् “आहा, कति राम्रा खुट्टा !”
३
हाम्रो देशका सुपरिचित कवि एवम् मेरा बाका दौंतरीले मेरो कविताको निकै प्रशंसा गरे । परन्तु त्यो प्रशंसा उनले केवल मेरो अगाडि मात्र गरे । अरुका अगाडि केही भन्दैनन्, समाचारपत्रमा लेख्तैनन् किनभने मैले चाहे जति राम्रो नै किन नलेखूँ तर हुँ आइमाई नै । कुनै आइमाईको प्रशंसा खुलेआम गर्न हुन्छ ? यसो गर्दा उनको (पुरुषको) इज्जत जाँदैन ?
यस देशका चरित्रवान बुद्धिजीवी र नेताहरु घरमा स्वास्नी छोडेर गोप्यरुपमा केटीहरुसँग घुमफिर गर्न निकै मन पराउँछन् । शहरका ठूलाठूला रेष्टुराहरुमा छेउको टेबुलमा बसेर “चाइनिज” खाना खाँदै गफ गर्न मन पराउँछन् किनभने तिनीहरुभित्र त घीन लाग्ने संस्कार छैन, उनको जीवन तरङ्गहीन तलाउ हैन, सफा समुद्र हो । जीवनको विचित्र आनन्दलाई आफूभित्र समाहित गर्न चाहन्छन् र केटीका कानमा सुस्त भन्छन्– “म तिमीलाई माया गर्छु ।” तर धेरैैको अगाडि बोल्दा भन्छन्– “चुप !” अर्थात् लोग्नेजगत्मा आउनासाथ, प्रतिष्ठित हुनासाथ केटीहरुसित खुलेर कुरा गर्नु राम्रो हुँदैन नि !
मेरा एक उपन्यासकार मित्रले त्यस दिन मसँग भने– “तिम्रो स्तम्भ राम्रो छ ।” मैले धन्यवाद दिइसकेपछि उनले जुन कुरा भने, त्यो सुन्न म तयार थिइनँ ।
उनले भने, “सेलिना हुसेनको तुलनामा तिम्रो शैली राम्रो छ ।”
मैले सोधे“, “अचानक सेलिना हुसेनको प्रसङ्ग कसरी आयो ?”
उनले भने– “स्त्रीहरुमा सेलिनाले राम्रो लेख्तछे ।” त्यसैले ‘स्त्रीहरुमा’ शब्दको उपहार दिएर मेरो मित्र गयो र मलाई सम्झायो कि म जतिसुकै राम्रो किन नलेखूँ , मेरो तुलना स्त्रीहरुसँग नै हुनेछ किनभने, स्त्री अलग हुन् । राष्ट्रिय दैनिकमा ‘बाला स्तम्भ’ जस्तै ‘नारी स्तम्भ’ को नामबाट अलग्गै स्तम्भ हुने गर्छन् । ‘डाँकसाइट’ मा काव्य समालोचकहरु मैले राम्रो लेख्तछु , या नासिमा या हिता या विरोला राम्रो लेख्छे । यसैमा गम्भीर चर्चा गर्ने गर्छन् । परन्तु कहिल्यै फरीद राम्रो लेख्छ कि म, या शहरयार राम्रो लेख्छ कि म ? यस विषयमा चर्चा हुँदैन किनभने म त एक स्त्री हुँ । मेरो तुलना स्त्रीसँग नै हुनुपर्छ ।
यस देशका नामी उपन्यासकार तथा नाट्यकार प्रायः भन्ने गर्दछन्– महिलाहरु उनलाई निकै चिठी लेख्ने गर्दछन् किनभने तिनीहरु उनका प्रेमाशक्तहरु हुन् । यद्यपि धेरै त्यसमा कुनै चासो राख्दैनन् । एकपटक त उनले कैयौ“का घरका ढोका–ढोका चाहर्दै भने– “एउटी केटीले आफ्नो छातीको रगतले आफूलाई पत्र लेखी ।” पछि थाहा भयो, रगत–सगत केही हैन, रातो रङले लत्पत कार्डमा नयाँ वर्षको शुभकामना पठाएकी रहिछ, त्यसैलाई लिएर मनगढन्ते कहानी तयार गरेका रहेछन् । केटीहरुका बारेमा यस प्रकारका कहानी बनाएर ‘यिनीहरु’ एक प्रकारको विकृत आनन्द लिने गर्छन् ।
मेरो एउटा साथी एउटा साप्ताहिक पत्रिकाको सम्पादक छ । एकदिन उसले केही उद्धिघ्न र असन्तोषपूर्ण ढङ्गले भन्यो– “शाहबागको घुम्तीमा दुईजना केटाहरुले तिम्रो बारेमा तथानाम कुरा गर्दै थिए ।”
सुन्नासाथ म एकदमै हाँसें र हाँस्ता–हाँस्तै भनें– “यो कुन आश्चर्यको कुरा हो र ? मेरो बारेमा नगरेर अब्दुल कलामको बारेमा कुरा गर्लान् त तिनीहरुले ?“
“अब्दुल कलाम” नामबाट हाम्रो सम्पादक– बन्धुले के बुझ्यो ? मलाई थाहा भएन । तर म भन्न चाहन्थे“, ‘तथानाम’ भन्नुको तात्पर्य हो, अबूल अब्दुल कलाम या अब्दुल रहमान या शमसुल इश्लामको लागि त्यो ‘तथानाम’ उपयुक्त हुँदैन । त्यस्तो भन्न केटी हुनु उपयुक्त हुने गर्छ ।
जो महिला लेख्ने गर्छन्, साधारणतया के आमधारणा छ भने, तिनीहरु जे लेख्छन् त्यो अवश्य पनि जीवनमा घटेको कुनै दुर्घटना नै होला । जीवनमा कहिलेकहीं कुनै दुर्घटना भयो भने महिलाहरुमा कसैले आत्महत्या गर्छन् या कुनै वेश्याहरुका टोलमा जाने गर्छन् । त्यसैगरी कुनै साहित्य रचनाको सहारा लिने गर्छन् । एउटी केटी जब लेख्न शुरु गर्छे, उसको लेखनप्रति भन्दा पनि उसको व्यक्तिगत मामलामा मानिसहरुको रुचि बढ्ने गर्छ । प्रेमाशक्त हुनु अथवा प्रेम असफल हुनु परिवारमा अशान्ति हुनु वा परिवारबाट निराश हुुनुजस्ता घटना नघटी कुनै केटीले विनामतलब साहित्य रचना किन गर्दछे ? यस्ता कुरा कैयौ“ मान्छेको समझभन्दा टाढाको कुरा हो । साहित्य त टाढाको कुरा भो, पढाइ–लेखाइजस्ता कुरासमेत केटीहरुका लागि होइन । केटीहरुलाई कुरानको प्रशिक्षण दिइने गरिन्थ्यो, लोग्नेको रेखदेख सेवा सुश्रुषाका लागि ताकि औषधीमूलोका नाम पढ्न जानोस्, त्यसपछि अलि–अलि आक्षरिक ज्ञान दिन थालियो, ताकि कम भन्दा कम तकियाको खोलमा ‘मलाई नबिर्से’ जस्ता कुरा कढाई गर्न सकून् र परदेशमा रहेका आप्mनो लोग्नेलाई जानी–नजानी पत्र लेख्न सकून् । अहिले केटीहरुको शिक्षा भनेको अधिकांशतः बालबच्चाहरुलाई पढाउने, लेखाउने र पालनपोषण गर्ने सम्मको छ । यसका अतिरिक्त आज भोलिका (स्मार्ट) पतिगण ‘घरमा शिक्षित पत्नी छ’ भनेर गर्व गर्ने गर्छन् । मानौ“, शिक्षित हुनाको श्रेय पतिले पाउनु पर्छ । यसका साथै शिक्षित पत्नीको सेवा लिनुको स्वाद नै अर्कै छ । भनेपछि यी युवतीहरु साहित्य लेखनतिर किन लागून् ? खुब भो भने विहावारी दाइजो प्रथाजस्ता केही समस्याका बारेमा विभिन्न पत्र–पत्रिकामा महिलास्तम्भ लेखेर पेज भर्न सक्छन् । यसभन्दा ज्यादा लेख्न थालेर पुरुषसँग नै गद्य, पद्य साहित्य, पाण्डित्यमा महिलाको तुलना हुन थाल्यो भने पुरुषलाई शरमले मर्नु हुँदैन ?
“छि !”
आइमाईको हक (उपन्यास)
भाग–१
लेखकः तसलीमा नसरिन
अनुवादः विनिता पौडेल
के भाग २ पढ्न चहानु हुन्छ? प्रतिक्रिया दिनुस् ।




























