
काठमाडाैं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन् ।कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।अध्यक्षमा उम्मेदवारीका लागि शुक्रबार दिउँसो २ बजेसम्म समय ताेकिएकाे थियाे । साे समयभित्र चौधरीको मात्रै उम्मेदवारी परेकोले उनी सर्वसम्मतरुपमा अध्यक्ष चयन भएका हुन् । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनकी पत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् ।




























