
काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य घटेको छ । बुधवार प्रतितोला १ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ७०० रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १२ डलरमा कारोबार हुँदैछ ।




























