
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा निर्णय गर्न आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक भोली बुधबार विहान बस्दैछ । काठमाडौं स्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाइएको आजपाका स्थायी कमिटी सदस्य बालकृष्ण सापकोटाले बताए ।प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले बुधबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । आजपाले विश्वासको मत दिने की नदिने भन्ने बारेमा पदाधिकारी बैठकबाट निर्णय गर्दैछ । आजपा अध्यक्ष एवं सांसद प्रभु साहले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा पार्टीका नेताहरुसंग आन्तरिक छलफलमै रहेका छन् ।पछिल्लो समय आजपाले उठाउँदै आएको मागको बारेमा सरकारको धारणा के छ भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवाज समेत पार्टीमा उठदै आएको छ ।




























