
उर्वर जमिन बाँझो छोडेर रोजगारीका लागि लाखौं युवा विदेशिएर नेपालले करोडौं डलरको कृषिजन्य उत्पादन आयात गरिरहँदा म्यानमारले भने आर्थिक वर्ष २०२३–२४ मा १७ लाख टनभन्दा बढी सिमी र दालको निर्यातबाट १ अर्ब ४८ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको वाणिज्य मन्त्रालयले बताएको छ ।
गत वर्षको अप्रिल १ देखि यस वर्षको मार्च ३१ सम्मको अवधिमा मुलुकले १६ लाख टनभन्दा बढी सिमी र दाल सामुन्द्रिक मार्गबाट ढुवानी गरेको थियो भने १ लाख ५७ हजार ४०९ टनभन्दा बढी भूमि नाका हुँदै निर्यात भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । म्यानमारले मुख्यतया कालो चना, हरियो चना, परेवा मटर र अन्य धेरै निर्यात गर्दछ । तीमध्ये कालो चना धेरै बिक्री भएको छ । कालो चनाले ७२४ मिलियन अमेरिकी डलर भित्र्याएको छ । मन्त्रालयका अनुसार सिमी र दालहरू म्यानमारको सबैभन्दा बढी खेती गरिने बालीहरू मध्येका हुन् । जो धानपछि दोस्रो स्थानमा छन् र तिनीहरूले देशको कुल कृषि उत्पादनको ३० प्रतिशतभन्दा बढी योगदान गर्दछन् । म्यानमारले चीन, भारत र युरोपेली देशहरूमा सिमी र दाल निर्यात गर्दछ । अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा १९ करोड १ लाख टनभन्दा बढी सिमी तथा दाल निर्यातबाट मुलुकले १ अर्ब ४७ करोडभन्दा बढी आम्दानी गरेको थियो ।
सिन्ह्वा




























