
गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिनुभएका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा पदमुक्त हुनुभएको छ ।शुक्रबार गण्डकी प्रदेशसभामा सभामुख कृष्ण प्रसाद धितालले नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्यबाट कारवाही गरेको पत्र पढेर सुनाएसंगै देवकोटा पदमुक्त हुनुभएको हो ।पार्टीको ह्विप बिपरित पाण्डेलाई मत दिएको भन्दै माओवादी केन्द्रले देवकोटालाई कारवाही गर्ने निर्णय गरेको थियो । सभामुख धितालले माओवादी केन्द्रको चूनाव चिन्हबाट गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुईको प्रदेश सभा क बाट निर्वाचनमा उम्मेद्वार भइ निर्वाचित भएका देवकोटालाई प्रदेशसभा सदस्यबाट निष्काशन गरि दलत्याग गरेको पत्र पढेर सुनाउनुभएको थियो ।देवकोटाले जेठ २८ गते फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिनुभएको थियो । मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटा हाल प्रदेशको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुनुहुन्छ ।




























